धर्मशास्त्रहरू
हेलामान ७


हेलामानको छोरा नफीको अगमवाणी—परमेश्वरले नफीका जनलाई चेतावनी दिनुहुन्छ कि उहाँले उनीहरूलाई आफ्नो क्रोधमा भेट्नुहुनेछ, उनीहरूका पूरै विनाशका निम्ति यदि उनीहरूले आफ्ना दुष्टताको पश्चात्ताप नगरे। परमेश्वरले नफीका जनलाई महामारीका साथ प्रहार गर्नुहुन्छ; उनीहरूले पश्चात्ताप गर्छन् र उहाँतिर फर्कन्छन्। शमुएल, एक लमानीले, नफीहरूसामु अगमवाणी गर्छन्।

अध्याय ७ देखि १६ सम्म

अध्याय ७

नफी उत्तरमा अस्वीकार गरिन्छन् र जरहेम्ला फर्किन्छन्—उनी आफ्नो बगैँचाको धरहरामा प्रार्थना गर्छन् र तब जनसामु अनुरोध गर्छन् पश्चात्ताप गर्न अथवा नासिन। लगभग ई.पू. २३–२१।

हेर, अब नफीका जनमाथिको न्यायकर्ताहरूको शासनको उनान्सत्तरीऔँ वर्षमा यस्तो हुन गयो, कि नफी, हेलामानको छोरा, उत्तरतर्फको भूमिबाट जरहेम्लाको भूमिमा फर्के।

किनकि हेर उनी उत्तरतर्फको भूमिमा भएका जनमाझ गएका थिए र परमेश्वरका वचन उनीहरूसामु प्रचार गरे र उनीहरूसामु धेरै कुराहरूको अगमवाणी गरे।

अनि उनीहरूले उनका सबै वचनहरूको अस्वीकार गरे, यतिसम्म कि उनी तिनीहरूमाझ रहन सकेनन्, तर आफ्नो जन्मभूमितिर फेरि फर्के।

अनि जनलाई एक त्यस्तो भयावह दुष्टताको अवस्थामा देखेर र ती गादियान्तोन डाँकाहरूले न्यायको आसन भरेर—भूमिको शक्ति र अधिकारलाई हत्याएको हुनाले; परमेश्वरका आज्ञाहरूलाई अनास्था गरेर र उहाँका अगाडि अलिकति पनि सही नभएकाले; मानिसका छोराछोरीहरूलाई न्याय नगरी;

धार्मिकताका कारण धर्मीहरूलाई घृणा गरेर; दोषी र दुष्टलाई उनीहरूका पैसाका कारण सजाय बिना छाडिदिएर र अझ बढी उनीहरूलाई सरकारका कार्यालयहरूका प्रमुख पद दिएर, उनीहरूका इच्छाअनुसार शासन गर्न र मनखुसी गर्न दिएर, कि उनीहरूले फाइदा र संसारको महिमा पाउन सकून् र अझ बढी, कि उनीहरूले अझ बढी सजिलैसँग व्यभिचार गर्न र चोर्न र मार्न र उनीहरूका आफ्ना इच्छाअनुसार गर्न सकून्—

अनि यो महान् दुष्टता नफीहरूमाथि थोरै वर्षको अन्तरालमा आएको थियो; अनि जब नफीले यो देखे, उनको हृदय आफ्नो छाती भित्र दु:खले फुल्यो; र उनले आफ्नो आत्माको वेदनामा पुकारे:

हे, कि मेरा दिनहरू जब मेरा पिता नफी पहिला यरुशलेमको भूमिबाट बाहिर आएका दिनहरूमा भएको भए हुन्थ्यो, कि मैले प्रतिज्ञाको भूमिमा उहाँसँग खुसी मनाउँथे, तब उहाँका जनले सजिलैसँग अनुरोधहरू मान्थे, परमेश्वरका आज्ञाहरू पालना गर्न स्थिर थिए र दुष्टतातिर अगुवाइ गरिन सुस्त थिए र उनीहरू परमप्रभुका वचनहरू सुन्न द्रूत थिए—

हो, यदि मेरा दिनहरू ती दिनहरूमा भइदिएको भए, तब मेरो आत्मा मेरा बन्धुहरूका धार्मिकताका कारण खुसी मनाउँथ्यो।

तर हेर, मलाई पठाइएको छ कि मेरा दिनहरू यी हुन् र मेरो आत्मा मेरा बन्धुहरूका यो दुष्टताका कारण दु:खले भरिनु पर्दछ।

१० अनि हेर, अब यस्तो हुन गयो कि यो एक धरहरामाथि थियो, जुन नफीको बगैँचामा थियो, जुन प्रमुख बजारतिर लैजाने राजमार्ग नजिक थियो, जुन जरहेम्लाको सहरमा थियो; त्यसकारण नफीले आफैँलाई बगैँचामा भएको धरहरामाथि निहुऱ्याएका थिए, जुन धरहरा बगैँचाको राजमार्गतिर जाने द्वारनजिक थियो।

११ अनि यस्तो हुन गयो कि निश्चित मानिसहरू त्यहाँबाट जाँदै थिए र नफीलाई उनले परमेश्वरसामु आफ्ना आत्मा पोखिरहेको देखे र उनीहरू दौडे र जनलाई उनीहरूले देखेको बताए र जन एक साथ भीडमा आए कि उनीहरूले जनका दुष्टताका निम्ति त्यस्तो माहान् शोकको कारण थाहा पाउन सकून्।

१२ अनि अब, जब नफी उठे उनले एक साथ भेला भएका जनका भीडलाई देखे।

१३ अनि यस्तो हुन गयो कि उनले आफ्नो मुख खोले र उनीहरूसामु भने: हेर, तिमीहरू किन एक साथ आफैँ भेला भएका छौ? कि मैले तिमीहरूका दुष्टताहरू भन्न सकूँ?

१४ हो, किनभने म मेरो धरहरामा चढेको छु कि म तिमीहरूका दुष्टताहरूले गर्दा मेरो हृदयको अत्यन्त दु:खका कारण मेरो आत्मा आफ्ना परमेश्वरसामु पोख्न सकूँ!

१५ अनि मेरा शोक र विलापका कारण तिमीहरू आफैँ एक साथ भेला भएका छौ र आश्चर्य मान्छु; हो र तिमीहरूलाई आश्चर्य मान्नु अत्यन्त आवश्यक छ; हो, तिमीहरूले आश्चर्य मान्नुपर्छ किनभने तिमीहरूले लत्तो छोडेका छौ कि सैतानले तिमीहरूका हृदयहरूमाथि त्यस्तो महान् पकड पाएको छ।

१६ हो, कसरी तिमीहरू उसको प्रलोभनमा फँसेका छौ जसले तिमीहरूका आत्माहरूलाई चीरस्थायी दु:ख र अन्त्यहीन धिक्कारतिर लैजान खोजिरहेको छ?

१७ हे पश्चात्ताप गर तिमीहरू, पश्चात्ताप गर तिमीहरू! तिमीहरू किन मर्नेछौ? तिमीहरू फर्क, तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरसामु फर्क। तिमीहरूलाई उहाँले किन त्याग्नु भएको छ?

१८ यो किनभने तिमीहरूका हृदयहरूको कठोरताका कारण हो; हो, तिमीहरूले असल गोठालोको आवाज सुन्दैनौ; हो, तिमीहरूले उहाँलाई तिमीहरूविरुद्ध क्रोधमा भड़्काएका छौ।

१९ अनि हेर, तिमीहरूलाई जम्मा गर्नुको सट्टा, यदि तिमीहरूले पश्चात्ताप नगरे, हेर उहाँले तिमीहरूलाई छरपष्ट पार्नु हुनेछ कि तिमीहरू कुकुरहरू र जङ्गली पशुहरूका निम्ति मासु बन्नेछौ।

२० हे, उहाँले तिमीहरूलाई मुक्त गरेको सोही दिनमा तिमीहरूले तिमीहरूका परमेश्वरलाई कसरी बिर्सन सकेका थियौ?

२१ तर हेर, यो फाइदा पाउन, मानिसहरूबाट प्रशंसित हुन हो, हो र तिमीहरूले सुन र चाँदी पाउन सक। अनि तिमीहरूले आफ्ना हृदयहरू धनहरू र यो संसारका व्यर्थका कुराहरूमाथि राखेका छौ, जसका निम्ति तिमीहरूले हत्या गर्दछौ र लुट्छौ र चोर्दछौ र आफ्ना छिमेकीहरूका विरुद्ध झुटो गवाही दिन्छौ र सबै प्रकारका दुष्टता गर्दछौ।

२२ अनि यसकारण यदि तिमीहरूले पश्चात्ताप नगरे धिक्कार तिमीहरूमाथि आउनेछ। किनकि यदि तिमीहरूले पश्चात्ताप नगरे, हेर, यो महान् सहर र हाम्रा अधीनमा रहेका भूमिहरू वरिपरिका ती महान् सहरहरूलाई हटाइनेछ कि तिमीहरूलाई तिनमा स्थान हुनेछैन; किनकि हेर, जसरी अहिलेसम्म उहाँले गर्नु भएको छ, तिमीहरूका शत्रुहरूको सामना गर्ने शक्ति परमप्रभुले तिमीहरूलाई दिनुहुनेछैन।

२३ किनकि हेर, परमप्रभु यसो भन्नुहुन्छ: म मेरो शक्ति दुष्टलाई देखाउँदिनँ, एउटालाइ अर्कोलाई भन्दा बढी, पश्चात्ताप गर्नेहरू र मेरा वचनहरूलाई सुन्नेहरू भन्दा बाहेक। अब त्यसकारण म चाहान्छु कि मेरा बन्धुहरू, तिमीहरूले देख्नु पर्दछ कि यदि तिमीहरूले पश्चात्ताप नगरे लमानीहरूलाई तिमीहरूलाई भन्दा राम्रो हुनेछ।

२४ किनकि हेर, उनीहरू तिमीहरू भन्दा बढी धर्मी छन्, किनकि उनीहरूले तिमीहरूले पाएको त्यो महान् ज्ञानका विरुद्ध पाप गरेका छैनन्; त्यसकारण परमप्रभु उनीहरूसामु कृपालु हुनुहुनेछ; हो, उहाँले उनीहरूका दिनहरू लम्ब्याउनु हुनेछ र उनीहरूका सन्तानहरू बढाउनुहुनेछ, यदि तिमीहरूले पश्चात्ताप नगरे तिमीहरूलाई पूरै विनाश समेत गर्नुहुनेछ।

२५ हो, तिमीहरूमाझमा भएको त्यो भयानक कुकर्मका कारण तिमीहरूमाथि धिक्कार छ; र तिमीहरूले यसमा, हो, गादियान्तोनद्वारा स्थापित गरिएको त्यो गोप्य समूहमा आफैँलाई एकीकृत गरेका छौ!

२६ हो, तिमीहरूमा धिक्कार आउनेछ त्यो घमण्डका कारण जसलाई तिमीहरूले आफ्ना हृदयमा प्रवेश गर्न दिएका छौ, जसले तिमीहरूलाई आफ्ना अत्यन्त धेरै धनका कारणले त्यो असलता भन्दा पर उचालेको छ!

२७ हो, तिमीहरूका दुष्टता र कुकर्महरूका कारण तिमीहरूलाई धिक्कार छ!

२८ अनि यदि तिमीहरूले पश्चात्ताप नगरे तिमीहरू नाश हुनेछौ; हो, तिमीहरूका भूमिहरूसमेत तिमीहरूबाट लगिनेछ र तिमीहरूलाई पृथ्वीको सतहबाट विनाश गरिनेछ।

२९ हेर अब, म आफैँले भन्दिनँ कि यी कुराहरू हुनेछन्, किनभने यो आफैँले होइन कि म यी कुराहरू थाहा पाउँछु; तर हेर, मलाई थाहा छ कि यी कुराहरू सत्य हुन् किनभने परमप्रभु परमेश्वरले मसामु अवगत गराउनु भएको छ, त्यसकारण म गवाही दिन्छु कि ती हुनेछन्।