धर्मशास्त्रहरू
हेलामान १२


अध्याय १२

मानीसहरू अस्थिर र मुर्ख्याईँ र दुष्ट्याइँ गर्न छिटा छन्—परमप्रभुले उहाँका जनलाई ताडना दिनुहुन्छ—मानिसको शुन्यतालाई परमेश्वरको शक्तिसँग दाँजिन्छ—न्यायको दिनमा मानिसहरूले या त अजर जीवन या त अजर अभिशाप पाउनेछन्। लगभग ई.पू. ६।

अनि यसरी हामीले कति गल्ती र मानिसका छोराछोरीहरूका हृदयहरूको अस्थिरता देख्न सक्छौँ; हो, हामीले देख्न सक्छौँ कि परमप्रभु उहाँको महान् अनन्त कृपामा उहाँमा भरोसा राख्नेलाई आशीष दिनुहुन्छ र उन्नति गराइदिनुहुन्छ।

हो, अनि हामीले यसै समयमा देख्न सक्छौँ जब उहाँले आफ्ना जनको उन्नति गराउनुहुन्छ, हो, उनीहरूका जमिनहरूको, उनीहरूका बथान र झुण्डहरूको र सुनमा र चाँदीमा र सबै प्रकारका प्रत्येक किसिमका र कलाका अनमोल कुराहरूको वृद्धिमा; उनीहरूका जीवनहरूलाई बचाउँदै र उनीहरूका शत्रुहरूका हातहरूबाट उनीहरूलाई मुक्ति दिँदै, उनीहरूका शत्रुहरूका हृदयहरूलाई कोमल बनाउँदै कि तिनीहरू उनीहरूविरुद्द युद्ध घोषणा गर्दैनन्; हो, निष्कर्षमा, आफ्ना जनको कल्याण र खुसियालीका निम्ति सबै कुराहरू गरेर; हो, तब त्यो समय हो कि उनीहरूले आफ्ना हृदयहरूलाई कठोर बनाउँछन् र परमप्रभु आफ्ना परमेश्वरलाई विर्सन्छन् र पवित्र जनलाई आफ्ना पाउमुनि कुल्चन्छन्—हो, अनि यो तिनको सरलता र अत्यन्त महान् उन्नतिका कारण।

अनि यसरी हामी देख्छौँ कि परमप्रभुले आफ्ना जनलाई धेरै कष्टहरूका साथ ताडना दिएर नसुधारे, हो, उहाँले मृत्यु र आतङ्क र अनिकाल र सबै प्रकारका महामारीका साथ उनीहरूलाई नभेटे, उनीहरूले उहाँलाई सम्झने छैनन्।

हे कति मूर्ख र कति व्यर्थ र कति खराब र दुष्ट र दुष्ट्याइँ गर्न कति शीघ्र छन् र असल गर्न कति सुस्त छन् मानिसका छोराछोरीहरू; हो, दुष्ट जनका वचनहरू सुन्न र उनीहरूका हृदयहरूलाई संसारका व्यर्थ कुराहरूमा राख्न कति शीघ्र छन्!

हो, घमण्डमा उचालिन कति शीघ्र; हो, घमण्ड गर्न र सबै प्रकारका दुष्ट्याइँ गर्न कति शीघ्र र परमप्रभु उनीहरूका परमेश्वरलाई सम्झन र उहाँका परामर्शहरूलाई कान थाप्न उनीहरू कति सुस्त छन्, हो, विवेकको मार्गमा हिँड्न कति सुस्त छन्!

हेर, उनीहरूले चाहँदैनन् कि परमप्रभु उनीहरूका परमेश्वर, जसले उनीहरूको सृष्टि गर्नुभएको थियो, उहाँले उनीहरूमाथि शासन गर्न र राज्य गर्नुपर्दछ; उनीहरूप्रतिको उहाँको महान् कृपा र दया हुँदाहुँदै, उनीहरूले उहाँका परामर्शहरूलाई तुच्छ बनाउँछन् र उनीहरूले चाहँदैनन् कि उहाँ उनीहरूको मार्गप्रदर्शक हुनुपर्दछ।

हे मानिसका छोराछोरीहरूको शुन्यता कति महान् छ; हो, वास्तवमा उनीहरू पृथ्वीको धूलोभन्दा पनि कमजोर छन्।

किनकि हेर, पृथ्वीको धूलो टुक्रा-टुक्रामा विभाजित भएर, हाम्रो महान् र चीरस्थायी परमेश्वरको आज्ञामा यता र उता जान्छ।

हो, हेर उहाँको आवाजमा डाँडाहरू र पर्वतहरू काँप्छन् र हल्लिन्छन्।

१० अनि उहाँको आवाजको शक्तिद्वारा ती फुट्दछन् र उपत्यका जस्तै, हो, समतल बन्दछन्।

११ हो, उहाँको आवाजको शक्तिद्वारा सारा पृथ्वी नै हल्लिन्छन्;

१२ हो, उहाँको आवाजको शक्तिद्वारा, जगहरू हल्लिन्छन्, भित्र केन्द्रमा समेत।

१३ हो, यदि उहाँले पृथ्वीलाई भन्नुभयो—चल्—त्यसलाई चलाइनेछ।

१४ हो, यदि उहाँले पृथ्वीलाई भन्नुभयो—तँ पछि जा, कि दिनहरू धेरै घण्टाहरूले लम्बिऊन्—त्यो गरिइन्छ।

१५ अनि यसरी, उहाँका वचनअनुसार पृथ्वीपछाडि हट्छ र मानिसअगाडि यस्तो देखिन्छ कि सूर्य स्थिर खडा छ; हो र हेर, यो यस्तो हो; किनकि निश्चय नै यो पृथ्वी हो जुन घुम्दछ र सूर्य होइन।

१६ अनि हेर, यो पनि, यदि उहाँले महान् गहिराइका पानीलाई भन्नुभयो—तँ सुकिजा—त्यसो गरिन्छ।

१७ हेर, यदि उहाँले यो पर्वतलाई भन्नुभयो—तँ उठ् र यहाँ आइज र त्यो सहरमाथि ढल्, ताकि त्यो पुरियोस्—हेर त्यसो गरिन्छ।

१८ अनि हेर, यदि एउटा मानिसले पृथ्वीमा खरखजाना लुकाउँछ र परमप्रभूले भन्नु हुन्छ—लुकाउनेको दुष्ट्याइँका कारण त्यो श्रापित होओस्—हेर, त्यो श्रापित हुनेछ।

१९ अनि यदि परमप्रभुले भन्नु हुन्छ—तँ श्रापित भएस्, कि कुनै मानिसले यस समयदेखि उपरान्त र सदासर्वदा तँलाई फेला पर्नेछैनन्—हेर, त्यसपछि र सदासर्वदा कुनै मानिसले पाउने छैन।

२० अनि हेर, यदि परमप्रभुले मानिससामु भन्नुहुन्छ—तेरो दुष्टताहरूका कारण, तँ सदासर्वदाका लागि श्रापित हुनेछस्—त्यो हुनेछ।

२१ अनि यदि परमप्रभुले भन्नुहुन्छ—तेरो दुष्टताहरूका कारण तँलाई मेरो उपस्थितिबाट हटाइनेछ—उहाँले अह्राउनुहुनेछ कि यो त्यस्तै हुनेछ।

२२ अनि धिक्कार छ उसलाई जसलाई उहाँले त्यो भन्नुहुनेछ, किनकि त्यो उसलाई हुनेछ जसले दुष्ट्याइँ गर्छ र उसलाई बचाइनेछैन; यसकारण, यो कारणका निम्ति, कि मानिसहरूलाई बचाउन, पश्चात्तापको घोषणा गरिएको हो।

२३ त्यसकारण, उनीहरू आशीषित छन् जसले पश्चात्ताप गर्नेछ र परमप्रभु उनीहरूका परमेश्वरका आवाजलाई सुन्नेछ; किनकि ती उनीहरू नै हुन् जसलाई बचाइनेछ।

२४ अनि परमेश्वरले दिनुहोस्, उहाँको महान् पूर्णतामा, कि मानिसहरूलाई पश्चात्ताप र असल कार्यहरूमा ल्याइन सकियोस्, कि उनीहरू, तिनीहरूका कार्यहरूअनुसार, अनुग्रहमाथि अर्को अनुग्रहमा पुनर्स्थापित होऊन्।

२५ अनि म चाहान्छु कि सबै मानिसहरूलाई बचाइयोस्। तर हामी पढ़दछौँ कि महान् र अन्तिम दिनमा केही हुनेछन् जसलाई निकाला गरिनेछ, हो, जसलाई परमप्रभुको उपस्थितिबाट निकाला गरिनेछ;

२६ हो, जसलाई अन्त्यहीन दु:खमा बन्धित गरिनेछ, ती वचनहरू पूरा गर्नमा जसले भन्दछन्: जसले असल गरेका छन् उनीहरूले अजर जीवन पाउनेछन्; र जसले खराब गरेकाछन् उनीहरूले अजर अभिशाप पाउने छन्। अनि यो यस्तै हो। आमिन।