धर्मशास्त्रहरू
मोरोनी ९


मोर्मोनका छोरा मोरोनीलाई उनको दोस्रो पत्र।

अध्याय ९

अध्याय ९

नफीहरू र लमानीहरू दुबै पथभ्रष्ट र पतित हुन्छन्—उनीहरूले एक अर्कालाई कष्ट दिन्छन् र हत्या गर्छन्—मोर्मोनले प्रार्थना गर्छन् कि अनुग्रह र कृपा सदासर्वदा मोरोनीमाथि रहोस्। लगभग ई.सं. ४०१

मेरो प्रिय छोरा, म तिमीलाई फेरि लेख्छु कि तिमीले थाहा पाउन सक कि म अझै जीवित छु; तर म त्यसको बारेमा केही लेख्दछु जुन दुखदायी छ।

किनकि हेर, लमानीहरूसँग मैले कष्टप्रद लडाइँ लडेको छु, जुनमा हामीले जितेनौँ; र अर्खेयान्तसलाई तरबारद्वारा ढालियो र लुराम र एम्रोनलाई पनि; हो र हामीले हाम्रा उत्तम मानिसहरूलाई ठूलो सङ्ख्यामा गुमाएका छौँ।

अनि अब हेर, मेरो छोरा, म डराउँछु कि लमानीहरूले यी जनको विनाश गर्नेछन्; किनकि उनीहरूले पश्चात्ताप गर्दैनन्; र सैतानले उनीहरूलाई निरन्तर रुपमा एक अर्कासँग क्रोधित हुन् उक्साउँछ।

हेर, म उनीहरूसँग निरन्तर परिश्रम गरिरहेको छु; र जब म उनीहरूसँग बुद्धिका साथ परमेश्वरका वचन बोल्छु उनीहरू मेरा विरुद्ध काँप्छन् र रिसाउँछन्; र जब म कुनै तिब्रता प्रयोग गर्दिन उनीहरूले आफ्ना हृदयहरू यसविरुद्ध कठोर बनाउँछन्; यसकारण, म डराउँछु कि परमप्रभुको आत्मा उनीहरूसँग रहन छाडिसकेको छ।

किनकि उनीहरूले त्यस्तो अत्यन्त रिस गर्छन् कि मलाई यो लाग्दछ कि उनीहरूसँग मृत्युको डर छैन; र उनीहरूले एक अर्काप्रतिको माया गुमाएका छन्; र उनीहरू निरन्तर रगत र बदलाका निम्ति तिर्खाउछन्।

अनि अब, मेरो प्रिय छोरा, उनीहरूको कठोरताका बदलामा, हामीले लगनशीलताका साथ परिश्रम गरौँ; किनकि यदि हामीले परिश्रम गर्न छाड्यौँ भने, हामीलाई तिरस्कारमुनि ल्याइनुपर्नेछ; किनकि हामीले हामी यो माटाको शरीरमै रहदा परिश्रम गर्नुछ, कि हामीले सम्पूर्ण धार्मिकताको शत्रुलाई जित्न सकौँ र हाम्रा जीवात्माहरू परमेश्वरको अधिराज्यमा आराम गर्न सकून्।

अनि अब म यी जनको दु:खका बारेमा केही लेख्दछु। किनकि मैले अमोरोनबाट प्राप्त गरेको ज्ञानअनुसार, हेर, लमानीहरूले धेरै कैंदीहरू लगेका छन्, जुन उनीहरूले शिरिजाहको धरहराबाट लगे; र त्यहाँ पुरुष, स्त्री र बालबालिकाहरू थिए।

अनि ती स्त्रीहरूका र बालबालिकाहरूका पतिहरू र बाबुहरूलाई उनीहरूले वध गरेका छन्; र उनीहरूले स्त्रीहरूलाई उनीहरूका पतिहरूको मासु खुवाउँछन् र बालबालिकाहरूलाई उनीहरूका बाबुहरूको मासु खुवाउँछन्; र उनीहरूले तिनीहरूलाई थोरै बाहेक पानी दिँदैनन्।

अनि लमानीहरूको यो महान् कुकर्म हुँदाहुँदै पनि, यसले हाम्रा जनको मोरियान्तोमको त्यसलाई उछिन्दैन। किनकि हेर, लमानीहरूका धेरै छोरीहरूलाई उनीहरूले कैदमा लिएका छन्; र उनीहरूबाट त्यो खोसे जुन सबै कुराहरू भन्दा अत्यन्त प्रिय र बहुमूल्य थियो, जुन पवित्रता र नैतिक गुण हो—

१० अनि उनीहरू यो कुरा गरेपछि, उनीहरूले तिनीहरूको अति निष्ठुर तरिकाले हत्या गरे, तिनीहरूका शरीरहरूलाई मृत्युसम्म समेत दु:ख दिँदै; र उनीहरूले यो गरेपछि, तिनीहरूको मासु जङ्गली जनावरले जस्तै खान्छन्, उनीहरूका हृदयका कठोरताका कारण; र उनीहरू त्यो शाहसका सङ्केतका निम्ति गर्छन्।

११ हे मेरो प्रिय छोरा, कसरी जन त्यस्ता हुन सक्छन्, जो बिना सभ्यताका छन्—

१२ (अनि केही थोरै वर्ष मात्र गुज्रेका छन् र उनीहरू सभ्य र आनन्ददायक जन थिए)

१३ तर हे मेरो छोरा, जन कसरी यस्तो हुन सक्छन्, जसको आनन्द त्यस्तो धेरै कुकर्ममा छ—

१४ हामी कसरी सोच्न सक्छौँ कि परमेश्वरले हाम्रा विरुद्ध न्यायमा आफ्ना हात रोक्नुहुनेछ?

१५ हेर, मेरो हृदय पुकार्दछ: धिक्कार छ यी जनलाई। न्यायमा बाहिर आउनुहोस्, हे परमेश्वर र उनीहरूका पापहरू र कुकर्महरू हजुरको अनुहार अगाडिबाट लुकाउनुहोस्।

१६ अनि फेरि, मेरो छोरा, त्यहाँ धेरै विधवाहरू र उनीहरूका छोरीहरू छन् जो शिरिजाहमा छन्; र बन्दोबस्तीका सामानहरूको त्यो भाग जुन लमानीहरूले लगेनन्, हेर, जेनेफीका सेनाले लागेका छन् र खानाका निम्ति जता सक्छन् उनीहरू उतै बरालिन तिनीहरूले छाडेका छन्; र धेरै बृद्ध स्त्रीहरू बाटामा बेहोस हुन्छन् र मर्छन्।

१७ अनि मसँग भएको सेना कमजोर छ; र लमानीहरूको सेना शिरिजाह र मेरा बीचमा छन्; र जत्ति हारुनका सेनातिर भागे उनीहरू तिनीहरूको भयावह निर्ममताको शिकार भएका छन्।

१८ ओहो मेरा जनको पतन! उनीहरू बिना अनुक्रम र बिना कृपाका छन्। हेर, म केवल एक मानिस हुँ र मसँग केवल एक मानिसको शक्ति छ र म मेरा आज्ञा लागू गर्न अरु सक्दिनँ।

१९ अनि उनीहरू आफ्ना पथभ्रष्टतामा बलिया छन्; र उनीहरू न त बृद्ध र न त तरुण कसैलाई नछाडी उत्तिकै निर्मम छन्; र त्यो बाहेक जुन असल छ उनीहरू सबै कुरामा आनन्दित हुन्छन्; र यो भूमिका सम्पूर्ण सतहमाथिका हाम्रा स्त्रीहरूको र हाम्रा बालबालिकाहरूको दु:खले प्रत्येक कुरालाई उछिन्छ; हो, जिब्राले भन्न सक्दैन, न त लेख्न नै सकिन्छ।

२० अनि अब, मेरो छोरा, म यो भयावह दृश्यमा अरु रहन्नँ। हेर, तिमीलाई यी जनको दुष्टता थाहा छ; तिमीलाई थाह छ कि उनीहरू बिना सिद्धान्तका र चेतना शून्य भइसकेका छन्; र उनीहरूका दुष्टताले लमानीहरूको दुष्टतालाई उछिन्छ।

२१ हेर, मेरो छोरा, म उनीहरूलाई परमेश्वरसामु सिफारिस गर्न सक्दिन कथंकदाचित उहाँले मलाई प्रहार गर्नुहुनेछ।

२२ तर हेर, मेरो छोरा, म तिमीलाई परमेश्वरसामु सिफारिस गर्नेछु र म ख्रीष्टमा भरोसा गर्छु कि तिमीलाई बचाइनेछ; र म परमेश्वरसामु प्रार्थना गर्छु कि उहाँले तिम्रो जीवन, उहाँका जन उहाँसामु फर्केको अथवा उनीहरूको पूरा विनाश प्रत्यक्ष देख्न जोगाउनुहुनेछ; किनकि मलाई थाहा छ कि उनीहरूले पश्चाताप नगरे र उहाँमा नफर्के उनीहरूको विनाश हुनुपर्दछ।

२३ अनि यदि उनीहरूको नाश भए यो येरेदीहरूलाई जस्तै हुनेछ, उनीहरूका हृदयहरूको रगत र बदलाको खोजी गर्ने चाहनाका कारण।

२४ अनि यदि यस्तो भयो कि उनीहरू नाश हुनेछन्, हामीलाई थाहा छ कि हाम्रा बन्धुहरूमध्ये धेरै त्यागेर लमानीहरूसामु गएका छन् र अरु धेरै उनीहरूसामु जानेछन्; यसकारण, कुनै हदसम्म केही कुराहरू लेख, यदि तिमीलाई जोगाइयो भने र मेरो नाश हुन गयो र तिमीलाई देखिनँ भने; तर म भरोसा गर्छु कि म तिमीलाई छिट्टै देख्न सक्नेछु; किनकि मसँग पवित्र अभिलेखहरू छन् जुन मैले तिम्रासामु हस्तान्तरण गर्नेछु।

२५ मेरो छोरा, ख्रीष्टमा आस्थावान होऊ र मैले लेखेका कुराहरूले तिमीलाई दुखदायी नबनाऊन्, बोझ बनेर तिमीलाई मृत्युसम्म तल नझारून्; तर ख्रीष्टले तिमीलाई माथि उचालून् र उहाँका कष्टहरू र मृत्यु र हाम्रा पितापुर्खाहरुसामु देखाइएको उहाँको शरीर र उहाँको कृपा र धीरता र उहाँको महिमाको र अनन्त जीवनको आशाले तिम्रो मस्तिष्कमा सदासर्वदाका लागि आश्रम पाओस्।

२६ अनि परमेश्वर पिता, जसको सिंहासन स्वर्गहरूमा उच्च छ र परमप्रभु येशू ख्रीष्ट, जो उहाँको शक्तिको दाहिने हाततिर बस्नुहुन्छ, उहाँहरूको अनुग्रह, सबै कुराहरू उहाँका अधीनमा नबनिन्जेलसम्म, सदासर्वदा तिमीसँग होऊन् र रहून्। आमिन।