धर्मशास्त्रहरू
मोरोनी ७


अध्याय ७

परमप्रभुको विश्रममा प्रवेश गर्न निम्ता दिइन्छ—सच्चा अभिप्रायका साथ प्रार्थना गर—ख्रीष्टको आत्माले मानिसहरूलाई खराबबाट असल छुट्याउन सक्षम बनाउँछ—सैतानले मानिसहरूलाई ख्रीष्टको अस्वीकार गर्न र दुष्टता गर्न मनाउँछ—अगमवक्ताहरूले ख्रीष्टको आगमन प्रकट गर्छन्—आस्थाद्वारा आश्चर्यकर्महरू गरिन्छ र स्वर्गदूतहरूले सेवा गर्छन्—मानिसले अनन्त जीवनको आशा गर्छन् र ख्रीष्टिय प्रेममा लाग्छन्। लगभग ई.सं. ४०१–४२१।

अनि अब म, मोरोनीले मेरा पिता मोर्मोनका वचनहरूमध्ये केही लेख्छु, जुन उहाँले आस्था, आशा र ख्रीष्टिय प्रेमका बारेमा बोल्नुभयो; किनकि उहाँले जनसामु यसप्रकारले बोल्नुभयो, जब उहाँले उनीहरूलाई सभा-घरमा सिकाउनुभयो जुन उनीहरूले आराधनाका स्थानका निम्ति बनाएका थिए।

अनि अब म, मोर्मोन तिमीहरूसामु बोल्दछु, मेरा प्रिय बन्धुहरू; र यो परमेश्वर पिताको र हाम्रा परमप्रभु येशू ख्रीष्टको अनुग्रह र उहाँको पवित्र इच्छाद्वारा, उहाँको मप्रतिको बोलावटको उपहारका कारणले हो कि यससमयमा मलाई तिमीहरूसामु बोल्न अनुमति दिइएको छ।

यसकारण, म तिमीहरूसामु बोल्दछु जो चर्चका हौ, जो ख्रीष्टका शान्तमय अनुयायीहरू हौ र जसले पर्याप्त आशा प्राप्त गरेकाछौ जुनबाट तिमीहरूले परमेश्वरको विश्रममा प्रवेश गर्नसक्छौ, यस समयदेखि उपरान्त तिमीहरूले स्वर्गमा उहाँसँग आराम नगरिन्जेलसम्म।

अनि अब मेरा बन्धुहरू, म तिमीहरूका यी कुराहरूको मूल्याङ्कन मानिसका छोराछोरीहरूसँगको तिमीहरूको शान्तप्रीय हिँडाइका कारण गर्दछु।

किनकि म परमेश्वरका ती वचन सम्झन्छु जसले भन्छ उनीहरूका कार्यहरूद्वारा तिमीहरूले उनीहरूलाई चिन्नेछौ; किनकि यदि उनीहरूका कार्यहरू असल भए, तब उनीहरू पनि असल छन्।

किनकि हेर, परमेश्वरले भन्नुभएको छ मानिस खराब भएर त्यो गर्न सक्दैन जुन असल छ; किनकि यदि उसले उपहार दिन्छ, अथवा प्रार्थना गर्दछ भने, यदि उसले सच्चा चाहनाले नगरे यसले उसलाई कुनै फाइदा हुँदैन।

किनकि हेर, यो उनका लागि धार्मिकताका निम्ति गनिने छैन।

किनकि हेर, यदि मानिस खराब हुँदाहुँदै उपहार दिन्छ, उसले सो अनकनाइ—अनिच्छापूर्वक दिन्छ भने, यसकारण यो उसका निम्ति त्यस्तै गनिन्छ जसरी यदि उसले उपहार राखेको थियो; यसकारण उसलाई परमेश्वरअगाडि खराब गनियो।

अनि त्यसरीनै मानिसहरूका सामु पनि यो खराब गनिनेछ, यदि उसले सच्चा अभिप्रायले प्रार्थना गर्दैन भने, हो, यसले उसलाई कुनै फाइदा हुँदैन, किनकि परमेश्वरले त्यस्तो कसैलाई पनि ग्रहण गर्नुहुन्न।

१० यसकारण, खराब मानिसले त्यो गर्न सक्दैन जुन असल छ, न त उसले असल उपहार नै दिनेछ।

११ किनकि हेर, तीतो फोहोराले असल पानी ल्याउन सक्दैन, न त असल फोहोराले तितो पानी ल्याउन सक्छ; यसकारण, सैतानको सेवक भएको मानिसले ख्रीष्टलाई पछ्याउन सक्दैन; र यदि उसले ख्रीष्टलाई पछ्याउँछ भने ऊ सैतानको सेवक हुन सक्दैन।

१२ यसकारण, सबै कुराहरू जुन असल छन् परमेश्वरबाट आउँछन्; र जुन खराब छ त्यो सैतानबाट आउँछ; किनकि सैतान परमेश्वरको शत्रु हो र उसले उहाँविरुद्ध निरन्तर लड्दछ र पाप गर्न र त्यो गर्न निम्त्याउँछ र लोभ्याउँछ जुन निरन्तर खराब छ।

१३ तर हेर, जुन परमेश्वरको हो, त्यसले निरन्तर असल गर्न निम्त्याउँछ र लोभ्याउँछ; यसकारण, जुन कुराले असल गर्न र परमेश्वरलाई माया गर्न र उहाँको सेवा गर्न निम्त्याउँछ र लोभ्याउँछ त्यो परमेश्वरद्वारा प्रेरित गरिएको हो।

१४ यसकारण, ध्यान देऊ, मेरा प्रिय बन्धुहरू, कि तिमीहरूले जुन खराब छ त्यसलाई परमेश्वरबाट भएको भनी, अथवा जुन असल छ र परमेश्वरबाट हो त्यसलाई खराब भएको भनी मूल्याङ्कन नगर।

१५ किनकि हेर, मेरा बन्धुहरू, यो तिमीहरूलाई मूल्याङ्कन गर्न दिइएको छ, कि तिमीहरूले खराबबाट असल चिन्न सक; र मूल्याङ्कन गर्ने तरिका जसरी दिनको प्रकाश रातको अन्धकारबाट स्पष्ट छ त्यसरी नै स्पष्ट छ, कि तिमीहरूले पूर्ण ज्ञानका साथ चिन्न सक।

१६ किनकि हेर, ख्रीष्टको आत्मा प्रत्येक मानिसलाई दिइएको छ, कि उसले असलबाट खराब चिन्न सकोस्; यसकारण, म तिमीहरूसामु मूल्याङ्कन गर्ने तरिका देखाउँछु; किनकि प्रत्येक कुरा जसले असल गर्न निम्त्याउँछ र ख्रीष्टमा विश्वासगर्न मनाउँछ, त्यो ख्रीष्टको शक्ति र उपहारद्वारा पठाइएको हो, यसकारण तिमीहरूले पूर्ण ज्ञानका साथ चिन्न सक यो परमेश्वरबाट हो।

१७ तर जेले मानिसहरूलाई खराब गर्न र ख्रीष्टमा विश्वास नगर्न र उहाँलाई अस्वीकार गर्न र परमेश्वरको सेवा नगर्न मनाउँछ, तब तिमीहरूले पूर्ण ज्ञानका साथ चिन्न सक यो सैतानबाट हो; किनकि सैतानले यसप्रकारले कार्य गर्छ, किनकि उसले कुनै मानिसलाई असल गर्न मनाउँदैन, होइन, कसैलाई पनि मनाउँदैन; न त उसका दूतहरूले गर्छन्, न त उनीहरूले नै गर्छन् जो आफैँ उसका मातहतमा छन्।

१८ अनि अब, मेरा बन्धुहरू, यो देखेर कि तिमीहरूले त्यो ज्योतिलाई चिन्न सक्छौ जुनबाट तिमीहरूले मूल्याङ्कन गर्न सक्छौ, जुन ज्योति ख्रीष्टको ज्योति हो, हेर कि तिमीहरूले गलत तरिकाले मूल्याङ्कन नगर; किनकि जुन तरिकाले तिमीहरूले मूल्याङ्कन गर्दछौ सोही तरिकाले तिमीहरूको मूल्याङ्कन गरिनेछ।

१९ यसकारण, म तिमीहरूसँग बिन्ती गर्दछु, बन्धुहरू, कि तिमीहरूले लगनशीलताका साथ ख्रीष्टको ज्योतिमा खोज्नुपर्दछ कि तिमीहरूले खराबबाट असल चिन्न सक; र यदि तिमीहरूले प्रत्येक असल कुरालाई समात्यौ भने र त्यसलाई दोषी ठहऱ्याएनौँ भने, तिमीहरू निश्चय नै ख्रीष्टका छोराछोरी हुनेछौ।

२० अनि अब, मेरा बन्धुहरू, यो कसरी सम्भव छ कि तिमीहरूले प्रत्येक असल कुरालाई समात्न सक्छौ?

२१ अनि अब म त्यो आस्थाको बारेमा भन्नेछु, जसका बारेमा मैले भनेँ म बोल्नेछु; र म तिमीहरूलाई त्यो तरिकाबाट भन्नेछु जसबाट तिमीहरूले प्रत्येक कुरा समात्न सक्छौ।

२२ किनकि हेर, परमेश्वरसँग सबै कुराहरूको ज्ञान भएकाले, चीरस्थायीदेखि चीरस्थायीसम्म भएकाले, हेर, उहाँले मानिसहरूका छोराछोरीहरूलाई सेवा गर्न, ख्रीष्टको आगमनका बारेमा प्रकट गर्न, स्वर्गदूतहरू पठाउनुभयो; र ख्रीष्टमा नै प्रत्येक असल कुरा आउनुपर्दछ।

२३ अनि परमेश्वरले अगमवक्ताहरूसामु पनि उद्घोष गर्नुभएको छ, उहाँको आफ्नै मुखद्वारा, कि ख्रीष्ट आउनुहुनेछ।

२४ अनि हेर, त्यहाँ विभिन्न तरिकाहरू थिए जुनबाट उहाँले मानिसका छोराछोरीहरूसामु कुराहरू प्रकट गर्नुभयो, जुन असल थिए; र सबै कुराहरू जुन असल छन् ख्रीष्टबाट आउँछन्; अन्यथा मानिसहरू पतित छन् र उनीहरूसामु कुनै असल कुरा आउन सक्दैनथ्यो।

२५ यसकारण, स्वर्गदूतहरूको सेवाद्वारा र प्रत्येक ती वचनद्वारा जुन परमेश्वरको मुखबाट आउँछन्, मानिसहरूले ख्रीष्टमाथिको आस्थाको अभ्यास गर्न थाले; र यसरी आस्थाद्वारा, उनीहरूले प्रत्येक असल कुरालाई समाते; र यसरी ख्रीष्ट नआइन्जेलसम्म यस्तो थियो।

२६ अनि उहाँ आएपछि मानिसहरूलाई उहाँको नाउँमाथिको आस्थाद्वारा बचाइयो; र आस्थाद्वारा, उनीहरू परमेश्वरका छोराछोरीहरू बने। अनि जति निश्चितताका साथ ख्रीष्ट जिउँदो हुनुहुन्छ उहाँले हाम्रा पितापुर्खाहरुसामु यी वचनहरू बोल्नुभयो: तिमीहरूले जे कुरा मेरा नाउँमा पितासँग अनुरोध गर्दछौ, जुन असल छ, आस्थामा विश्वास गर्दै कि तिमीहरूले प्राप्त गर्नेछौ, यो तिमीहरूका निम्ति गरिनेछ।

२७ यसकारण, मेरा प्रिय बन्धुहरू, के आश्चर्यकर्महरू रोकिएका छन् किनभने ख्रीष्ट स्वर्गतिर आरोहण गर्नुभएको छ र परमेश्वरको दाहिने हाततिर बस्नुभएको छ, मानिसका छोराछोरीहरूमाथिको उहाँको कृपाको अधिकार पितासँग दावा गर्न?

२८ किनकि उहाँले नियमका अन्त्यहरूको उत्तर दिनुभएको छ र उहाँले ती सबैलाई दावा गर्नुहुनेछ जोसँग उहाँमा आस्था छ; र जोसँग उहाँमा आस्था छ उनीहरू प्रत्येक असल कुरा समात्नेछन्; यसकारण उहाँले मानिसका छोराछोरीहरूको कारणको निम्ति पक्षपोषक गर्नुहुनेछ; र उहाँ अनन्तसम्म स्वर्गमा बास गर्नुहुन्छ।

२९ अनि किनभने उहाँले यो गर्नुभएको छ, मेरा प्रिय बन्धुहरू, के आश्चर्यकर्महरू रोकिएका छन्? हेर म तिमीहरूलाई भन्छु, छैनन्, न त स्वर्गदूतहरूले मानिसका छोराछोरीहरूको सेवा गर्न रोकेका छन्।

३० किनकि हेर, उहाँको आज्ञाका वचनअनुसार सेवा गर्न, आफैँलाई ईश्वरीयताको प्रत्येक स्वरूपमा बलियो आस्था र अडिग मस्तिष्क भएका उनीहरूसामु देखाउन उनीहरू उहाँका अधीनमा छन्।

३१ अनि उनीहरूको सेवाको कार्य मानिसहरूलाई पश्चातापमा बोलाउनु हो र पूरा गर्नु र पिताको ती करारहरूको कार्य गर्नु हो, जुन उहाँले मानिसका छोराछोरीहरूसामु बनाउनुभएको छ; मानिसका छोराछोरीहरूमाझ बाटो तयार गर्न, परमप्रभुका चुनिएका पात्रहरूसामु ख्रीष्टका वचन घोषणा गर्दै, कि उनीहरूले उहाँको गवाही दिन सकून्।

३२ अनि त्यसो गरेर, परमप्रभु परमेश्वरले बाटो तयार गर्नुहुन्छ कि मानिसहरूका बाँकी भागसँग ख्रीष्टमा विश्वास होओस्, ताकि उनीहरूका हृदयहरूमा पवित्र आत्माका लागि स्थान होओस्, त्यसको शक्तिअनुसार र यसप्रकारले पिताले ती करारहरू पूरा गर्नुहुन्छ जुन उहाँले मानिसका छोराछोरीहरूसामु गर्नुभएको छ।

३३ अनि ख्रीष्टले भन्नुभएको छ: यदि तिमीहरूसँग ममा आस्था छ भने तिमीहरूसँग त्यो गर्ने शक्ति हुनेछ जुन कुरा ममा उचित छ।

३४ अनि उहाँले भन्नुभएको छ: पश्चात्ताप गर, पृथ्वीका पल्लो छेउका तिमीहरू मसमक्ष आऊ र मेरा नाउँमा बप्तिस्मा लिय र ममा आस्था गर, कि तिमीहरूलाई बचाइनेछ।

३५ अनि अब, मेरा प्रिय बन्धुहरू, यदि यो अवस्था हो भने कि यी कुराहरू सत्य छन् जुन मैले तिमीहरूसामु बोलेको छु र परमेश्वरले तिमीहरूसामु देखाउनुहुनेछ, त्यो अन्तिम दिनमा शक्ति र महान् महिमाका साथ,कि ती सत्य छन् र यदि ती सत्य भए के आश्चर्यकर्महरूका दिनहरू रोकिए?

३६ अथवा के स्वर्गदूतहरू मानिसका छोराछोरीहरूसामु देखा पर्न रोकिए? अथवा के उहाँले पवित्र आत्मा उनीहरूबाट हटाउनुभएको छ? अथवा के उहाँले हटाउनुहुनेछ, जबसम्म समय रहनेछ, अथवा पृथ्वी खडा हुनेछ, अथवा त्यसको सतहमा बचाउनका लागि एक मानिस पनि रहनेछ?

३७ हेर, म तिमीहरूलाई भन्दछु, छैन; किनकि यो आस्थाद्वारा हो कि आश्चर्यकर्महरू ल्याइएको हो; र यो आस्थाद्वारा हो कि स्वर्गदूतहरू मानिसहरूसामु देखिन्छन् र सेवा गर्छन्; यसकारण, यदि यी कुराहरू रोकिएका छन् भने मानिसका छोराछोरीहरूलाई धिक्कार छ, किनकि यो अविश्वासका कारण हो र सबै व्यर्थ छ।

३८ किनकि कुनै मानिसलाई पनि बचाउन सकिदैन, ख्रीष्टका वचनहरूअनुसार, यदि उनीहरूले उहाँको नाउँमा आस्था गर्दैनन् भने; यसकारण, यदि यी कुराहरू रोकिएका छन् भने, तब आस्था पनि रोकिएको छ; र मानिसको अवस्था भयावह छ, किनकि उनीहरू कुनै उद्धारको कार्य नभएजस्तै छ।

३९ तर हेर, मेरा प्रिय बन्धुहरू, म तिमीहरूबाट झन् राम्रा कुराहरू मूल्याङ्कन गर्छु, किनकि म तिमीहरूको विनम्रताका कारण मूल्याङ्कन गर्दछु कि तिमीहरूसँग ख्रीष्टमा आस्था छ; किनकि यदि तिमीहरूसँग उहाँमा आस्था नभए तब तिमीहरू उहाँको चर्चका जनमाझ गणना गरिन योग्य छैनौ।

४० अनि फेरि, मेरा प्रिय बन्धुहरू, म तिमीहरूसामु आशाका बारेमा बोल्दछु। यो कसरी हो कि तिमीहरूले आस्था प्राप्त गर्न सक्छौ, यदि तिमीहरूसँग आशा नभए?

४१ अनि यो केका निम्ति हो कि तिमीहरूले आशा गर्नुपर्छ? हेर म तिमीहरूसामु भन्छु कि तिमीहरूले ख्रीष्टको प्रायश्चित्त र उहाँको पुनरुत्थानको शक्तिमार्फत्, अनन्त जीवनमा उठ्न आशा गर्नेछौ र यो प्रतिज्ञाअनुसार तिमीहरूको उहाँ माथिको आस्थाका कारण हो।

४२ त्यसकारण, यदि मानिससँग आस्था छ भने ऊसँग आशा हुन आवश्यक छ; किनकि आस्था बिना कुनै आशा हुन सक्दैन।

४३ अनि फेरि, हेर म तिमीहरूसामु भन्छु कि यदि ऊ विनम्र र हृदयको कोमल नभए उससँग कुनै आस्था र आशा हुन सक्दैन।

४४ यदि त्यसो भए, उसको आस्था र आशा व्यर्थ छ, किनकि हृदयमा कोमल र विनम्र नभए परमेश्वरअगाडि कोहि पनि स्वीकार्य छैन; र यदि मानिस हृदयमा कोमल र विनम्र भए र पवित्र आत्माद्वारा स्वीकार्दछ कि येशू नै ख्रीष्ट हुनुहुन्छ भने ऊसँग ख्रीष्टिय प्रेम हुन आवश्यक छ; किनकि यदि ऊसँग ख्रीष्टिय प्रेम नभए ऊ केही होइन; यसकारण ऊसँग ख्रीष्टिय प्रेम हुन आवश्यक छ।

४५ अनि ख्रीष्टिय प्रेम दीर्घकालसम्म सहनशील हुन्छ र दयालु हुन्छ र ईर्ष्या गर्दैन र घमण्डले फुल्दैन र आफ्नै फाइदा खोज्दैन, छिट्टै रिसाउँदैन, दुष्ट सोच्दैन र दुष्टतामा आनन्द लिँदैन तर सत्यतामा आनन्द लिन्छ, सबै कुराहरू सहन्छ, सबै कुराहरूमा विश्वास गर्दछ र सबै कुराहरूमा आशा गर्छ, सबै कुराहरू सहन्छ।

४६ यसकारण, मेरा प्रिय बन्धुहरू, यदि तिमीहरूसँग ख्रीष्टिय प्रेम छैन भने, तिमीहरू केही होइनौ, किनकि ख्रीष्टिय प्रेमको कहिल्यै अन्त्य हुँदैन। यसकारण, ख्रीष्टिय प्रेममा लाग, जुन सबै भन्दा महान् छ, किनकि सबै कुराको अन्त्य हुन्छ—

४७ तर ख्रीष्टिय प्रेम ख्रीष्टको पवित्र माया हो र यो सदासर्वदा रहन्छ; र अन्तिम दिनमा जोसँग यो भएको फेला पारिन्छ, उसलाई असल हुनेछ।

४८ यसकारण, मेरा प्रिय बन्धुहरू, पितासामु तिमीहरूका हृदयहरूका सम्पूर्ण शक्तिका साथ प्रार्थना गर, कि तिमीहरू यो प्रेमले पूर्ण होऊ, जुन उहाँले सबैमाथि खन्याउनुभएको छ जो उहाँका पुत्र येशू ख्रीष्टका सच्चा अनुयायीहरू हुन्; कि तिमीहरू परमेश्वरका छोराहरू बन्न सक; ताकि जब उहाँ देखापर्नुहुन्छ हामी उहाँ जस्तै हुनेछौ, किनकि हामीले उहाँलाई उहाँ जस्तो हुनुहुन्छ त्यस्तै देख्नेछौ; ताकि हामीसँग यो आशा हुन सकोस्; कि हामी उहाँ जस्तै पवित्र हुन सकौँ। आमिन।