धर्मशास्त्रहरू
मोरोनी ५


अध्याय ५

प्रभुभोजको दाखमद्ध सञ्चालन गर्ने तरिका तोकिन्छ। लगभग ई.सं. ४०१–४२१।

दाखमद्ध सञ्चालन गर्ने तरिका—हेर, उनीहरूले कचौरा लिए र भने:

हे परमेश्वर, अनन्त पिता, हामी हजुरका पुत्र येशु ख्रीष्टका नाउँमा यो पिउनेहरू सबैका आत्माहरूका लागि यो दाखरस आशिषित गर्न र पवित्र पार्न हजुरसामु विन्ती गर्दछौ, ताकि तिनीहरुले हजुरका पुत्रको रगतका सम्झनामा यसो गर्नेछन् जुन तिनीहरूका लागि बगाइएको थियो, ता कि तिनीहरू हजुरका साक्षी हुन सक्नेछन्, हे परमेश्वर अनन्त पिता, तिनीहरूले उहाँलाई संधै सम्झने गर्दछन्, ता कि तिनीहरूको साथमा उहाँको आत्मा रहिरहनेछ। आमिन।