धर्मशास्त्रहरू
मोरोनी १


मोरोनीको पुस्तक

अध्याय १

मोरोनीले लमानीहरूका फाइदाका निम्ति लेख्छन्—ख्रीष्टलाई अस्वीकार नगर्ने नफीहरूलाई मारिन्छ। लगभग ई.सं. ४०१–४२१।

अब म, मोरोनी, येरेदका जनको विवरणको संक्षेपीकरणको अन्त्य गरेपछि, मैले अरु नलेख्ने सोचेको थिएँ, तर मेरो अझै नाश भएको छैन; र मैले आफैँलाई लमानीहरूसामु थाहा दिएको छैन कथंकदाचित् उनीहरूले मेरो विनाश गर्नेछन्।

किनकि हेर, उनीहरूका युद्धहरू आफैँमाझ अत्यन्त तीब्र छन् र उनीहरूको घृणाका कारण उनीहरूले प्रत्येक नफीलाई मार्छन् जसले ख्रीष्टलाई अस्वीकार गर्नेछैन।

अनि म, मोरोनीले ख्रीष्टलाई अस्वीकार गर्नेछैनँ; यसकारण, म मेरो आफ्नो जीवनको सुरक्षाका निम्ति जहाँ सक्छु उतै बरालिन्छु।

यसकारण, म अरु केही कुराहरू लेख्छु, त्यस विपरीत जुन मैले सोचेको थिएँ; किनकि मैले अरु केही नलेख्ने सोचेको थिएँ; तर म अरु केही कुराहरू लेख्छु, कि सम्भवत: ती मेरा बन्धु लमानीहरूसामु, भविष्यका कुनै दिनमा, परमप्रभुको इच्छाअनुसार, केही महत्वका होऊन्।