धर्मशास्त्रहरू
मोरोनी ३


अध्याय ३

एल्डरहरूले हातहरू राखेर पादरीहरू र शिक्षकहरूको नियुक्ति गर्छन्। लगभग ई.सं. ४०१–४२१।

यो त्यो तरिका हो जुनबाट चर्चका एल्डरहरू भनिने शिष्यहरूले पादरीहरू र शिक्षकहरूको नियुक्ति गरे—

उनीहरूले पितासामु ख्रीष्टका नाउँमा प्रार्थना गरेपछि, उनीहरूले आफ्ना हातहरू तिनीहरूमाथि राखे र भने:

येशू ख्रीष्टका नाउँमा म तिमीलाई पश्चात्ताप र उहाँको नाउँमाथिको आस्थामा अन्त्यसम्म सहेर येशू ख्रीष्ट मार्फत् पापहरूको छुट्कराको प्रचार गर्न पादरी हुन (अथवा यदि उनी शिक्षक भए, शिक्षक हुन) नियुक्त गर्छु। आमिन।

अनि यसप्रकारले उनीहरूले पादरीहरू र शिक्षकहरूको नियुक्ति गरे, परमेश्वरले मानिसहरूसामु दिएका उपहारहरू र बोलावटहरूअनुसार; र उनीहरूले तिनीहरूलाई पवित्र आत्माको शक्तिअनुसार नियुक्ति गरे, जुन उनीहरूमा थियो।