धर्मशास्त्रहरू
मोरोनी ८


अध्याय ८

साना बालबालिकाहरूको बप्तिस्मा दुष्ट कुकर्म हो—प्रायश्चित्तका कारण साना बालबालिकाहरू ख्रीष्टमा जीवित छन्—आस्था, पश्चात्ताप, हृदयको नम्रता र कोमलता, पवित्र आत्माको प्राप्ति र अन्त्यसम्मको सहनशीलताले मुक्तिसम्म अगुवाइ गर्दछन्। लगभग ई.सं. ४०१–४२१।

मेरा पिता मोर्मोनले मलाई लेखेको एक पत्र; र यो सेवामा मेरो बोलावटपछि तुरुन्तै लेखिएको थियो। अनि यसप्रकारले उहाँले मलाई लेख्नुभयो, यसो भन्दै:

मेरा प्रिय पुत्र मोरोनी म अत्यन्त खुसी मनाउँछु कि तिम्रा परमप्रभु येशू ख्रीष्ट तिम्रा निम्ति चिन्तनशील हुनुभएको छ र तिमीलाई उहाँको सेवामा र उहाँको पवित्र कार्यमा बोलाउनुभएको छ।

म तिम्रा निम्ति मेरा प्रार्थनाहरूमा सदैव चिन्तनशील छु, निरन्तर परमेश्वर पितासामु उहाँको पवित्र बालक, येशूका नाउँमा प्रार्थना गर्दै, कि उहाँले, उहाँको अनन्त कृपा र अनुग्रह मार्फत् तिमीलाई उहाँको नाउँमाथिको आस्थामा अन्त्यसम्मको सहनशीलतामार्फत् राख्नुहुनेछ।

अनि अब, मेरा छोरा, म तिमीसामु त्यसकाबारेमा बोल्दछु जसले मलाई अत्यन्त शोकाकूल बनाउँछ; किनकि यसले मलाई शोकाकूल बनाउँछ कि तिमीहरूमाझ विवादहरू उठ्नुपर्छ।

किनकि, मैले सत्य थाहा पाएको छु, तिमीहरूमाझ तिम्रा साना बालबालिकाहरूको बाप्तिस्माका बारेमा विवादहरू भएको छ।

अनि अब, मेरा छोरा, म चाहान्छु कि तिमीले लगनशिलताका साथ परिश्रम गर्नुपर्छ, कि यो ठूलो गल्ती तिमीहरूमाझ बाट हटाइनुपर्छ; किनकि, यस लक्ष्यका निम्ति मैले यो पत्र लेखेको हुँ।

किनकि मैले तिमीहरूका यी कुराहरू थाहापाएपछि लगत्तै मैले परमप्रभुसँग यो विषयका बारेमा सोधखोज गरें। अनि परमप्रभुका वचन पवित्र आत्माको शक्तिद्वारा ममा आयो, यसो भन्दै:

ख्रीष्ट, तिम्रा उद्धारकर्ता, तिम्रा परमप्रभु र तिम्रा परमेश्वरका वचनहरूलाई सुन। हेर, म संसारमा धर्मीहरूलाई बोलाउन आएको होइन तर पापीहरूलाई पश्चात्ताप गर्न बोलाउन आएको हुँ; निरोगीलाई वैद्यको खाँचो छैन, तर उनीहरूलाई खाँचो छ जो विरामी छन्; त्यसकारण साना बालबालिकाहरू निष्पाप छन्, किनकि उनीहरू पाप गर्न सक्षम छैनन्; यसकारण आदमको श्राप उनीहरूबाट ममा लिइएको छ, ताकि यसको उनीहरूमाथि कुनै शक्ति छैन; र खतनाको नियम ममा हटाइएको छ।

अनि यस प्रकारले पवित्र आत्माले परमेश्वरका वचन मेरासामु प्रकट गरे; यसकारण, मेरो प्रिय छोरा, मलाई थाहा छ कि यो परमेश्वरअगाडि एक गम्भीर उपहास हो, कि तिमीहरूले साना बालबालिकाहरूलाई बप्तिस्मा दिनुपर्दछ।

१० हेर, म तिमीलाई भन्दछु कि यो कुरा तिमीले सिकाउनू—तीसामु पश्चात्ताप र बप्तिस्मा जो पाप गर्न जिम्मेवार र सक्षम छन्; हो आमाबाबुहरूलाई सिकाउनू कि तिनीहरूले पश्चात्ताप गर्नु पर्दछ र बप्तिस्मा लिनुपर्छ र उनीहरूका साना छोराछोरीहरू जस्तै आफैलाई विनम्र बनाउनुपर्छ; र उनीहरूलाई आफ्ना साना छोराछोरीहरूसँग बचाइनेछ।

११ अनि उनीहरूका साना छोराछोरीहरूलाई पश्चात्ताप आवाश्यक छैन, न त बप्तिस्मा आवश्यक छ। हेर, बप्तिस्मा पापहरूका छुट्काराका लागि आज्ञाहरू पालना गर्न पश्चात्तापका निम्ति हो।

१२ तर साना बालबालिकाहरू ख्रीष्टमा, संसारको उत्पत्तिदेखि नै जिउँदा छन्; यदि त्यसो नभए, परमेश्वर पक्षपाती परमेश्वर र परिवर्तनशील परमेश्वर र मानिसहरू बीच भेदभाव गर्ने परमेश्वर हुनुहुन्छ; किनकि कति बालबालिकाहरू बप्तिस्मा बिना मरेका छन्!

१३ यसकारण, यदि साना बालबालिकाहरूलाई बप्तिस्मा बिना बचाउन सकिन्न भने, यी एक अन्त्यहीन नरकमा गएका हुनुपर्दछ।

१४ हेर, म तिमीहरूसामु भन्दछु, कि जसले सोच्दछ कि साना बालबालिकाहरूलाई बप्तिस्माको आवश्यक छ ऊ तिक्तताले भरिएको र दुष्टताको बन्धनमा छ; किनकि ऊसँग न त आस्था, आशा छ, न त ख्रीष्टिय प्रेम छ; यसकारण, विचारमा हुँदा नै उसलाई हटाइनुपर्छ, ऊ नरकतिर जानुपर्छ।

१५ किनकि त्यो सोच्नु भयावह दुष्टता हो कि परमेश्वरले बप्तिस्माका कारण एक बालकलाई बचाउनुहुन्छ र अर्कोको नाश हुनुपर्दछ किनभने उसले बप्तिस्मा लिएको छैन।

१६ धिक्कार छ उनीहरूलाई जसले परमेश्वरका तरिकाहरूलाई यसप्रकारले भ्रष्ट गर्छन्, किनकि यदि पश्चात्ताप नगरे उसको नाश हुनेछ। हेर म, परमेश्वरबाट अधिकार पाएको हुनाले साहासका साथ बोल्छु; र मानिसले के गर्न सक्दछन भनी म डराउँदिन; किनकि परिपूर्ण ख्रीष्टिय प्रेमले सबै डर लखेट्छ।

१७ अनि म ख्रीष्टिय प्रेमले भरिएको छु, जुन अनन्त माया हो; यसकारण, सबै बालबालिकाहरू मेरासामु उस्तै छन्; यसकारण, म परिपूर्ण मायाले बालबालिकाहरूलाई माया गर्छु; र उनीहरू सबै उस्तै छन् र मुक्तिका सहभागी हुन्।

१८ किनकि मलाई थाहा छ कि परमेश्वर पक्षपाती परमेश्वर हुनुहुन्न, न त परिवर्तनशील व्यक्ति हुनुहुन्छ; तर उहाँ सम्पूर्ण अनन्तदेखि सम्पूर्ण अनन्तसम्म अपरिवर्तनशील हुनुहुन्छ।

१९ साना बालबालिकाहरूले पश्चात्ताप गर्न सक्दैनन्; यसकारण, उनीहरूलाई परमेश्वरका शुद्ध क्रिपाहरूको अस्वीकार गर्नु यो भयावह दुष्टता हो; किनकि उनीहरू सबै उहाँका कृपाका कारण उहाँमा जीवित छन्।

२० अनि जसले भन्दछ कि साना बालबालिकाहरूलाई बप्तिस्माको आवश्यक छ उसले ख्रीष्टको कृपाहरूलाई अस्वीकार गर्छ र उहाँको प्रायश्चित्त र उहाँको उद्धारको शक्तिलाई तुच्छ ठान्छ।

२१ धिक्कार छ त्यस्तालाई, किनकि उनीहरू मृत्यु, नरक र अन्त्यहीन पीडाको खतरामा छन्। म सहासका साथ बोल्दछु; परमेश्वरले मलाई आज्ञा दिनुभएको छ। तिनलाई सुन र ध्यान देऊ, अन्यथा ती ख्रीष्टको न्यायको आसनअगाडि तिम्रा विरुद्ध खडा हुन्छन्।

२२ किनकि हेर कि सबै बालबालिकाहरू ख्रीष्टमा जीवित छन् र ती सबै पनि जो व्यवस्था बिना छन्। किनकि उद्धारको शक्ति उनीहरू सबैमा आउँछ जोसँग व्यवस्था छैन; यसकारण, जो दोषी ठहऱ्याइएको छैन, अथवा जो कुनै तिरस्कारमुनि छैन, उसले पश्चात्ताप गर्न सक्दैन; र त्यस्ताका निम्ति बप्तिस्माले केही उपलब्ध गराउँदैन—

२३ तर यो परमेश्वरअगाडि उपहास, ख्रीष्टका कृपाहरू र पवित्रआत्माको शक्तिको अस्वीकार गर्नु र मृत्यु तिर लैजाने कार्यहरूमा भरोसा राख्नु हो।

२४ हेर, मेरो छोरा, यी कुराहरू हुन जरुरी छैन; किनकि पश्चात्ताप उनीहरूका निम्ति हो जो तिरस्कारमुनि छन् र व्यवस्थाको पालना नगेर श्रापमा परेका छन्।

२५ अनि पश्चात्तापको पहिलो फल बप्तिस्मा हो; र बप्तिस्मा आज्ञाहरू पूरा गर्ने आस्थाद्वारा आउँछ; र आज्ञाहरू पूरा गर्नाले पापहरूको छुट्कारा ल्याउँछ;

२६ अनि पापहरूको छुट्काराले हृदयहरूको नम्रता र कोमलता ल्याउँछ; र हृदयको नम्रता र कोमलताका कारण पवित्र आत्माको भ्रमण आउँछ, जुन सान्त्वनादाताले आशाका र पूर्ण मायाका साथ भर्छ, जुन मायाले प्रार्थनामा लगनशीलताद्वारा अन्त्य नआइन्जेलसम्म सहन्छ, जब सबै सन्तहरू परमेश्वरसँग बास गर्नेछन्।

२७ हेर, मेरो छोरा, यदि म लमानीहरूविरुद्ध छिट्टै बाहिर गइन भने म तिमीलाई फेरि लेख्नेछु। हेर यो राष्ट्रको, अथवा नफीहरूका जनको घमण्डले, उनीहरूले पश्चात्ताप नगरेसम्म उनीहरूको विनाशको प्रमाणित गरेकोछ।

२८ उनीहरूका निम्ति प्रार्थना गर, मेरो छोरा, कि उनीहरूमा पश्चात्ताप आओस्। तर हेर, म डराउँछु कि आत्मा उनीहरूसँग कार्य गर्न रोकिएका छन्; र भूमिको यो भागमा उनीहरूले परमेश्वरबाट आउने सबै शक्ति र अधिकारलाई पनि हटाउन खोजिरहेका छन्; र उनीहरूले पवित्र आत्मालाई अस्वीकार गरिरहेका छन्।

२९ अनि त्यस्तो महान् ज्ञानलाई अस्वीकार गरेपछि, मेरो छोरा, उनीहरू ती अगमवाणीहरू जुन अगमवक्ताहरूले बोलेका थिए, साथसाथै मुक्तिदाता आफैँले बोलेका वचनहरू पूरा गर्न छिट्टै विनाश हुनुपर्दछ।

३० मेरो छोरा, मैले नलेखिन्जेलसम्म, अथवा फेरि नभेटिन्जेलसम्मका लागि बिदा। आमिन।