धर्मशास्त्रहरू
मोरोनी ४


अध्याय ४

एल्डरहरू र पादरीहरूले कसरी प्रभुभोजको रोटीको सञ्चालन गर्ने व्याख्या गरिन्छ। लगभग ई.सं. ४०१–४२१।

उनीहरूका एल्डरहरू र पादरीहरूले ख्रीष्टको शरीर र रगत चर्चसामु सञ्चालन गर्ने तरिका; र उनीहरूले ख्रीष्टको आज्ञाहरूअनुसार सञ्चालन गरे, यसकारण तरिका सत्य भएको हामीलाई थाहा छ र एल्डर अथवा पादरीले यसको सेवा गरे—

अनि उनीहरूले चर्चसँग घुँडा टेके र ख्रीष्टका नाउँमा पितासामु प्रार्थना गरे, यसो भन्दै:

हे परमेश्वर, अनन्त पिता, हामी हजुरको पुत्र येशु ख्रीष्टका नाउँमा यसको भाग लिनेहरू सबैका आत्माहरुका लागि यो रोटी आशिषित गर्न र पवित्र पार्न हजुरसामु विन्ती गर्दछौ, ताकि तिनीहरूले हजुरका पुत्रको शरीरको सम्झनामा खानेछन्, र हजुरका साक्षी हुनेछन्। हे परमेश्वर अनन्त पिता, तिनीहरु आफूमा हजुरका पुत्रको नाम लिन र उहाँलाई संधै सम्झन र उहाँले तिनीहरूलाई दिनुभएका उहाँका आज्ञाहरु पालन् गर्न इच्छुक छन्: ताकि उहाँको आत्मा तिनीहरूको साथमा संधै रहिरहनेछ। आमिन।