धर्मशास्त्रहरू
मोरोनी १०


अध्याय १०

मोर्मोनको पुस्तकको गवाही पवित्र आत्माका शक्तिद्वारा आउँछ—आत्माका उपहारहरू आस्थावान्हरूलाई दिइन्छ—आत्मिक उपहारहरूले सदैव आस्थालाई साथ दिन्छन्—मोरोनीका वचनहरू धुलोबाट बोल्छन्—ख्रीष्टमा आऊ र उहाँमा परिपूर्ण होऊ र आफ्ना जीवात्माहरूलाई पवित्र पार। लगभग ई.सं. ४२१।

अब म, मोरोनी मलाई जे असल लाग्दछ त्यो लेख्दछु; र म मेरा लमानी बन्धुहरूका निम्ति लेख्छु; र म चाहान्छु कि उनीहरूले थाहा पाउनु पर्छ कि ख्रीष्टको आगमनको सङ्केत दिइएदेखि चारसय बीस वर्षभन्दा बढी गुज्रेका थिए।

अनि तिमीहरूको प्रोत्साहनको निम्ति मैले केही वचनहरू बोलेपछि म यी अभिलेखहरूलाई छाप लगाएर बन्द गर्छु।

हेर, म तिमीहरूलाई प्रोत्साहन गर्छु कि जब तिमीहरूले यी कुराहरू पढ़नेछौ, यदि यो परमेश्वको इच्छा भयो भने तिमीहरूले ती पढ़नेछौ, कि तिमीहरूले सम्झनेछौ आदमको सृष्टि देखि तिमीहरूले यी कुराहरू प्राप्त गर्ने त्यो समयसम्म परमप्रभु मानिसका छोराछोरीहरूप्रति कति कृपालु हुनुभएको छ र यसलाई तिमीहरूका हृदयहरूमा चिन्तन गर्नेछौ।

अनि जब तिमीहरूले यी कुराहरू प्राप्त गर्नेछौ, म तिमीहरूलाई प्रोत्साहन गर्छु कि तिमीहरूले ख्रीष्टका नाउँमा, परमेश्वर, अनन्त पितालाई सोध, के यी कुराहरू सत्य होइनन्; र यदि तिमीहरूले निष्कपट हृदयले, सच्चा उद्धेश्यका साथ्, ख्रीष्टमाथिको आस्थाका साथ, सोध्नेछौ भने उहाँले पवित्र आत्माको शक्तिद्वारा तिमीहरूसामु सत्य प्रकट गर्नुहुनेछ।

अनि पवित्र आत्माको शक्तिद्वारा तिमीहरूले सबै कुराहरूको बारेमा सत्यता थाहापाउन सक।

अनि जे कुरा असल छ न्यायपूर्ण र सत्य छ; यसकारण, कुनै पनि कुरा जुन असल छ त्यसले ख्रीष्टलाई अस्वीकार गर्दैन, तर स्वीकार्छ कि उहाँ हुनुहुन्छ।

अनि तिमीहरूले पवित्र आत्माको शक्तिद्वारा थाहा पाउन सक कि उहाँ हुनुहुन्छ; यसकारण म तिमीहरूलाई प्रोत्साहन गर्दछु कि तिमीहरूले परमेश्वरको शक्तिलाई अस्वीकार नगर; किनकि उहाँले शक्तिद्वारा, मानिसका छोराछोरीहरूको आस्थाअनुसार कार्य गर्नुहुन्छ, आज र भोलि र सदासर्वदा एकसमान।

अनि फेरि, म मेरा बन्धुहरू तिमीहरूलाई प्रोत्साहन गर्दछु, कि तिमीहरूले परमेश्वरको उपहार अस्वीकार नगर, किनकि ती धेरै छन्; र ती उही परमेश्वरबाट आउँछन्। अनि त्यहाँ विभिन्न तरिकाहरू छन् कि यी उपहारहरू प्रदान गरिन्छ; तर यो उही एउटा परमेश्वर हुनुहुन्छ जसले यी सबैभित्र काम गर्नुहुन्छ; र ती मानिसहरूसामु परमेश्वरको आत्माको प्रकटद्वारा उनीहरूलाई फाइदा गर्न दिइएको छ।

किनकि हेर, कसैलाई परमेश्वरको आत्माद्वारा दिइएको छ, कि उसले विवेकका वचन सिकाउन सकोस्;

१० अनि अर्कालाई, कि उसले सोही आत्माद्वारा ज्ञानका वचन सिकाउन सकोस्;

११ अनि अर्कालाई, अत्यन्त महान् आस्था; र अर्कालाई, सोही आत्माद्वारा चङ्गाइका उपहारहरू;

१२ अनि फेरि, अर्कालाई, कि उसले शक्तिशाली आश्चर्यकर्महरू गर्न सकोस्;

१३ अनि फेरि, अर्कालाई, कि उसले सबै कुराहरूका बारेमा अगमवाणी गर्न सकोस्;

१४ अनि फेरि, अर्कालाई, स्वर्गदूतहरू र सेवा गर्ने आत्माहरूलाई देख्न;

१५ अनि फेरि, अर्कालाई, सबै प्रकारका भाषाहरू;

१६ अनि फेरि, कसैलाई, भाषाहरूको भाषान्तरण र विभिन्न प्रकारका बोलीहरूको व्याख्या।

१७ अनि यी सबै उपहारहरू ख्रीष्टको आत्माद्वारा आउँछन्; र ती प्रत्येक मानिसमा भिन्नाभिन्नै तरिकाले, उहाँले इच्छा गरेअनुसार आउँछन्।

१८ अनि म तिमीहरूलाई प्रोत्साहन गर्दछु, मेरा प्रिय बन्धुहरू, कि तिमीहरूले सम्झनू कि प्रत्येक असल उपहार ख्रीष्टबाट आउँछ।

१९ अनि म तिमीहरूलाई प्रोत्साहन गर्दछु, मेरा प्रिय बन्धुहरू, कि तिमीहरूले सम्झनू कि उहाँ हिजो, आज र सदासर्वदा समान हुनुहुन्छ र यी सबै उपहारहरू जुन मैले बोलेको छु, जुन आत्मिक छन्, कहिल्यै रोकिनेछैनन्, जहाँसम्म संसार रहनेछ, केवल मानिसका छोराछोरीहरूको अविश्वासअनुसार मात्र रोकिनेछन्।

२० यसकारण, त्यहाँ आस्था हुनुपर्छ; र यदि त्यहाँ आस्था हुनुपर्दछ भने त्यहाँ आशा पनि हुनुपर्छ; र यदि त्यहाँ आशा हुनुपर्दछ भने त्यहाँ ख्रीष्टिय प्रेम पनि हुनुपर्छ।

२१ अनि यदि तिमीहरूसँग प्रेम नभए तिमीहरू कुनै पनि हालतमा परमेश्वरको अधिराज्यमा मुक्त हुन सक्दैनौ; न त तिमीहरू परमेश्वरको अधिराज्यमा मुक्त हुन सक्छौँ यदि तिमीहरूसँग आस्था नभए; न त तिमीहरू सक्छौ यदि तिमीहरूसँग आशा नभए।

२२ अनि यदि तिमीहरूसँग आशा छैन भने तिमीहरू निराशामा हुन आवश्यक छ; र निराशा दुष्टताका कारण आउँछ।

२३ अनि ख्रीष्टले साँचै नै हाम्रा पितापुर्खाहरुलाई भन्नुभयो: यदि तिमीहरूसँग आस्था भए तिमीहरू सबै कुराहरू गर्न सक्छौ जुन मेरासामु उचित छ।

२४ अनि अब म पृथ्वीका पल्लो छेउकासामु बोल्छु—कि यदि त्यो दिन आउनेछ कि परमेश्वरका शक्ति र उपहारहरू तिमीहरूमाझ बाट हटाइनेछ, यो अविश्वासका कारणले हुनेछ।

२५ अनि धिक्कार छ मानिसका छोराछोरीहरूलाई यदि यो अवस्था भयो भने; किनकि तिमीहरूमाझ असल गर्ने कोही हुनेछैन, एउटा पनि हुनेछैन। किनकि यदि तिमीहरूमाझ एक रहेको छ जसले असल गर्दछ भने, उसले परमेश्वरका शक्ति र उपहारहरूद्वारा कार्य गर्नेछ।

२६ अनि धिक्कार छ उनीहरूलाई जसले यी कुराहरू हटाउँछन् र मर्दछन्, किनकि उनीहरू आफ्ना पापहरूमा मर्दछन् र उनीहरूले परमेश्वरका अधिराज्यमा मुक्ति पाउन सक्दैनन्; र म यो ख्रीष्टका वचनहरूअनुसार बोल्दछु; र म ढाँट्दिन।

२७ अनि म तिमीहरूलाई यी कुराहरू सम्झन प्रोत्साहन गर्दछु; किनकि समय द्रूतगतिले आउँछ कि तिमीहरूले थाहा पाउनेछौ कि मैले ढाँटिन, किनकि तिमीहरूले मलाई परमेश्वरको न्यायलयमा देख्नेछौ; र परमप्रभु परमेश्वरले तिमीहरूसामु भन्नुहुनेछ: के मैले मेरा वचनहरू तिम्रासामु घोषणा गरिन, जुन यो मानिसद्वारा लेखियो, मृत्युबाट कराइरहेको एकझैं, हो, धूलोबाट बोलिरहेको एक झैं?

२८ म यी कुराहरू अगमवाणी पूरा गर्न घोषणा गर्दछु। अनि हेर, ती चीरस्थायी परमेश्वरका मुखबाट अगाडि आउनेछन्; र उहाँका वचन एक पिँढीदेखि अर्को पिँढीसम्म सुसेलिनेछ।

२९ अनि परमेश्वरले तिमीहरूसामु देखाउनुहुनेछ, कि जुन मैले लेखेको छु त्यो सत्य छ।

३० अनि फेरि म तिमीहरूलाई प्रोत्साहन गर्दछु कि तिमीहरू ख्रीष्टकहाँ आओ र प्रत्येक असल उपहारलाई समात र खराब उपहारलाई नछोऊ, न त अशुद्ध कुरालाई।

३१ अनि धूलोबाट उठ र जाग, हे यरुशलेम; हो र तिम्रा सुन्दर वस्त्रहरू लगाऊ, हे सियोनकि छोरी; तिम्रा कीलाहरूलाई बलियो बनाऊ र तिम्रा सिमानाहरूको सदासर्वदाका निम्ति बढाऊ, कि तिमीलाई अब अरु अशुद्ध नपारियोस्, कि अनन्त पिताका करारहरू जुन उहाँले तिमीसँग गर्नुभएको छ, हे इस्राएलका घराना, पूरा होऊन्।

३२ हो, ख्रीष्टकहाँ आऊ र उहाँमा परिपूर्ण होऊ र आफैँलाई सम्पूर्ण भक्तहिनतालाई अस्वीकार गर; र यदि तिमीहरूले सम्पूर्ण भक्तहिनतालाई अस्वीकार गर्दछौ र परमेश्वरलाई आफ्नो सम्पूर्ण शक्ति, मस्तिष्क र क्षमताका साथ माया गर्दछौ भने, तब उहाँको अनुग्रह तिम्रा निम्ति पर्याप्त हुनेछ, कि उहाँको अनुग्रहद्वारा तिमी ख्रीष्टमा परिपूर्ण हुन सक्छौ; र यदि परमेश्वरको अनुग्रहद्वारा तिमीहरू ख्रीष्टमा परिपूर्ण हुन्छौ भने, तिमीले कुनै पनि हालतमा परमेश्वरको शक्तिलाई अस्वीकार गर्नसक्दैनौ।

३३ अनि फेरि, यदि तिमी परमेश्वरको अनुग्रहद्वारा ख्रीष्टमा परिपूर्ण छौ र उहाँको शक्तिलाई अस्वीकार गर्दैनौ भने, तब तिमी परमेश्वरको अनुग्रहद्वारा ख्रीष्टमा पवित्र हुन्छौ, ख्रीष्टले बगाएको रगत मार्फत्, जुन तिम्रा पापहरूका छुटकाराका निम्ति पिताको करारमा छ, कि तिमी कुनै दाग बिना पवित्र बन्दछौ।

३४ अनि अब म सबैसँग बिदा माग्छु। म छिट्टै परमेश्वरको परमधाममा आराम गर्न जान्छु, मेरो आत्मा र शरीर फेरि नजोडिन्जेलसम्म र जिउँदो र मृतकहरू दुबैको अनन्त न्यायकर्ता, महान् यहोवाको चित्तबुझ्दो न्यायलयअगाडि तिमीलाई भेट्न मलाई विजयी बनाएर हावाबाट अगाडि नल्याइन्जेलसम्म। आमिन।

अन्त्य