धर्मशास्त्रहरू
मोर्मोन ८


अध्याय ८

लमानीहरूले नफीहरूलाई खोज्दछन् र विनाश गर्दछन्—मोर्मोनको पुस्तक परमेश्वरको शक्तिद्वारा अघि बढाइनेछ—परमप्रभुको कार्यविरुद्ध क्रोध र कलह हुँकार्नेहरूमाथि धिक्कार उच्चारण गरिन्छ—नफीका अभिलेख दुष्टताका, पतनका र धर्मत्यागका दिनमा अघि आउनेछ। लगभग ई.सं. ४००–४२१।

हेर म, मोरोनी, मेरा पिता मोर्मोनको अभिलेखको अन्त्य गर्दछु। हेर, लेख्नलाई मसँग केही कुराहरू मात्र छन्, जुन कुराहरू मेरा पिताद्वारा आज्ञा गरिएको छ।

अनि अब यस्तो हुन गयो कि कुमोराहको त्यो भयङ्कर र अत्यन्त ठूलो लडाइँपछि, दक्षिणतर्फको भूमितिर भागेका नफीहरूलाई लमानीहरूद्वारा उनीहरूको पूरै विनाश नभइन्जेलसम्म खोजियो।

अनि मेरा पितालाई पनि उनीहरूद्वारा मारियो र म समेत मेरा जनको विनाशको दुखद कथा लेख्न एक्लै बाँकी छु। तर हेर, उनीहरू गएका छन् र म मेरा पिताको आज्ञा पूरा गर्छु। अनि यदि उनीहरूले मेरो बध गर्नेछन्, मलाई थाहा छैन।

त्यसकारण म लेख्नेछु र यी अभिलेखहरूलाई पृथ्वीमा लुकाउनेछु; र म कहाँ जान्छु त्यसको मतलब छैन।

हेर, मेरा पिताले यो अभिलेख बनाउनु भएको हो र उहाँले त्यसको आशय लेख्नुभएको हो। अनि हेर, म पनि लेख्ने थिएँ यदि मसँग यी पाताहरूमा ठाउँ भए, तर मसँग छैन; र कच्चा धातु मसँग छैन; किनकि म एक्लो छु। मेरा पितालाई लडाइँमा वध गरिएको छ र मेरा सबै आफन्तलाई पनि र मसँग कुनै मित्र छैनन् न त जाने ठाउँ नै छ; र परमप्रभुले कतिन्जेल सहनुहुनेछ कि म जिउँदो होऊँ मलाई थाहा छैन।

हेर, हाम्रा परमप्रभु र मुक्तिदाताको आगमनदेखि चारसय वर्षहरू बितेका छन्।

अनि हेर, लमानीहरूले मेरा जन, नफीहरूलाई सहरदेखि सहरसम्म र स्थानदेखि स्थानसम्म, उनीहरू अरु नरहिन्जेलसम्म समेत लखेटेका छन्; र उनीहरूको पतन महान् भएको छ; हो, मेरा जन, नफीहरूको विनाश महान् र अद्भूत छ।

अनि हेर, यो परमप्रभुको हात हो जसले यो गरेको छ। अनि यो पनि हेर, लमानीहरू एकअर्कासँग युद्धमा छन्; र सम्पूर्ण भूमिको सतह हत्या र रक्तपातको निरन्तर चक्रमा छ; र युद्धको अन्त्य कसैलाई थाहा छैन।

अनि अब, हेर, म उनीहरूका बारेमा अरु भन्दिनँ, किनकि त्यहाँ लमानीहरू र डाँकाहरू बाहेक कोही छैनन् जो भूमिको सतहमा छन्।

१० अनि त्यहाँ सत्य परमेश्वरलाई चिन्ने कोही छैनन् येशूका ती शिष्यहरू बाहेक, जो भूमिमा जनको दुष्टता त्यस्तो महान् नभइन्जेलसम्म बास गरे कि परमप्रभुले उनीहरूलाई यी जनसँग रहन सहनुभएन; र उनीहरू यो भूमिको सतहमा छन् कि छैनन् कुनै मानिसलाई थाहा छैन।

११ तर हेर, मेरा पिताले र मैले उनीहरूलाई देखेका छौँ र उनीहरूले हाम्रो सेवा गरेका छन्।

१२ अनि जसले यी अभिलेख प्राप्त गर्छ र यसमा भएका कमजोरीहरूका कारण यसलाई दोषी ठहऱ्याउँनेछैन सोहीले यी भन्दा अझ महान् कुराहरू थाहा पाउनेछ। हेर, म मोरोनी हुँ; र यदि सम्भव भए, म तिमीहरूलाई सबै कुराहरूको ज्ञात गराउने थिएँ।

१३ हेर, म यी जनका बारेमा बोल्न अन्त्य गर्दछु। म मोर्मोनको पुत्र हुँ र मेरा पिता नफीका सन्तति हुनुहुन्थ्यो।

१४ अनि म उही हुँ जसले यो अभिलेख परमप्रभुमा लुकाउँछ। पाताहरू आफ्नै कुनै मूल्य छैन, परमप्रभुको आज्ञाका कारणले। किनकि उहाँले साच्चैँ नै भन्नुहुन्छ कि कसैले पनि फाइदा उठाउनका निमित्त ती पाउनेछैन। तर तिनमा भएका अभिलेखको ठूलो मूल्य छ; र जसले यसलाई प्रकाशमा ल्याउँछ, उसलाई परमप्रभुले आशीष दिनुहुनेछ।

१५ किनकि परमेश्वरले उसलाई दिए बाहेक कसैसँग पनि यसलाई प्रकाशमा ल्याउने शक्ति हुनेछैन; किनकि परमेश्वर चाहानुहुन्छ कि उहाँको महिमाप्रति, अथवा प्राचीन र लामो समयसम्म छरिएका परमप्रभुका करारवद्ध जनको कल्याणप्रति एकाग्रताका साथ यसो गरिनेछ।

१६ अनि ऊ आशीषित होओस् जसले यी कुरा प्रकाशमा ल्याउनेछ; किनकि यसलाई अन्धकारबाट प्रकाशतिर बाहिर ल्याइनेछ, परमेश्वरका वचनअनुसार; हो, यसलाई जमिनबाट बाहिर ल्याइनेछ र यो अन्धकारबाट चम्किनेछ र जनको ज्ञानमा आउनेछ; र यो परमेश्वरको शक्तिद्वारा गरिनेछ।

१७ अनि यदि त्यहाँ गल्ती भए त्यो एउटा मानिसको गल्ती हो। तर हेर, हामीलाई कुनै गल्ती थाहा छैन, तैपनि परमेश्वरलाई सबै कुराहरू थाहा छ, त्यसकारण, ऊ जसले दोषी ठहऱ्याउँछ, उसलाई थाहा होस् कथंकदाचित् ऊ नरकको आगाको खतरामा हुनेछ।

१८ अनि ऊ जसले भन्दछ: मलाई देखाऊ, अन्यथा तिमीलाई प्रताडित गरिनेछ—उसलाई थाहा होस् कथंकदाचित् उसले त्यो आज्ञा गर्छ जुन परमप्रभुबाट निषेधित गरिएको छ।

१९ किनकि हेर, जसले हतारका साथ न्याय गर्दछ उसलाई फेरि हतारका साथ न्याय गरिनेछ; किनकि उसको कार्यहरूअनुसार उसको ज्याला हुनेछ; त्यसकारण, जसले प्रहार गर्छ उसलाई परमप्रभुद्वारा फेरि प्रहार गरिनेछ।

२० हेर धर्मशास्त्र के भन्दछ—मानिसले प्रहार गर्नेछैन, न त उसले न्याय गर्नेछ, किनकि न्याय मेरो हो, परमप्रभु भन्नुहुन्छ र बदला लिने काम पनि मेरो हो र म तिर्नेछु।

२१ अनि जसले परमप्रभुको कार्य विरुद्ध र परमप्रभुका ती करारवद्ध जन, जो इस्राएलका घरानाका हुन्, उनीहरूका विरुद्ध क्रोध र कलह हुँकार्नेछ र भन्नेछ: हामी परमप्रभुका कार्यको विनाश गर्नेछौँ र परमप्रभुले आफ्नो करारलाई सम्झनु हुनेछैन जुन उहाँले इस्राएलका घरानासँग गर्नुभएको छ—सोही नै काटिएर ढलाई आगोमा फ्याँकिने खतरामा छ;

२२ किनकि परमप्रभुको अनन्त प्रयोजनहरू अघि बढ्नेछन्, उहाँका सबै वाचाहरू पूरा नभइन्जेलसम्म।

२३ यशैयाका अगमवाणीहरूलाई खोज। हेर, म ती लेख्न सक्दिन। हो, हेर, म तिमीहरूलाई भन्दछु, कि ती सन्तहरू जो मेरा अगाडि गएका छन्, जसले यो भूमिलाई अधीनमा लिएका छन्, उनीहरू पुकार्नेछन्, हो, धुलोबाट समेत उनीहरू परमप्रभुसामु पुकार्नेछन्; र परमप्रभु जीवित भए झैं उहाँले ती करारहरूलाई सम्झनुहुनेछ जुन उहाँले उनीहरूसँग गर्नुभएको थियो।

२४ अनि उहाँलाई उनीहरूका प्रार्थनाहरू थाहा छ, कि ती उनीहरूका बन्धुहरूका निम्ति थियो। अनि उहाँलाई उनीहरूको आस्था थाहा छ, किनकि उहाँको नाउँमा उनीहरूले पर्वत हटाउन सक्थे; र उहाँको नाउँमा उनीहरूले पृथ्वीलाई हल्लाउन सक्थे; र उहाँको वचनको शक्तिमा उनीहरूले कारागारहरूलाई पृथ्वीमा ढाल्न सक्थे; हो, अग्निमय भट्टीले समेत उनीहरूलाई हानि गर्न सकेन, न त जङ्गली जनावरहरूले न त विषालु सर्पले नै सक्यो, उहाँको वचनका शक्तिका कारणले।

२५ अनि हेर, उनीहरूका प्रार्थनाहरू तिनीहरूका निम्ति पनि थियो जसलाई परमेश्वरले यी कुराहरू ल्याउन सहनुहुनेछ।

२६ अनि कसैले भन्न आवश्यक छैन ती आउँदैनन्, किनकि ती निश्चय नै आउनेछन्, किनकि परमप्रभुले यो बोल्नुभएको छ; किनकि ती पृथ्वीबाट बाहिर आउनेछन्, परमप्रभुका हातद्वारा र कसैले यसलाई रोक्न सक्दैन; र यो त्यस दिनमा आउनेछ जुन दिनमा भनिनेछ कि आश्चर्यकर्महरू सकिए; र यो एक मृत्युबाट बोलेको झैँ गरी समेत आउनेछ।

२७ अनि यो त्यस दिनमा आउनेछ जब, गोप्य गुटबन्दी र अन्धकारका कामहरूका कारण, सन्तहरूको रगतले परमप्रभुसामु पुकार्नेछ।

२८ हो, यो त्यस दिनमा आउनेछ जब परमेश्वरको शक्तिलाई अस्वीकार गरिनेछ र चर्चहरू प्रदूषित बन्नेछन् र उनीहरूका हृदयहरूका घमण्डले उचालिनेछन्; हो, त्यस दिनमा समेत जब चर्चहरूका अगुवाहरू र शिक्षकहरू उनीहरूका हृदयहरूका घमण्डमा उचालिनेछन्, तिनका ईर्ष्यामा समेत जो उनीहरूका चर्चहरूका मातहतका छन्।

२९ हो, यो त्यस दिनमा आउनेछ जब आगाहरूका र आँधिबेहेरीहरूका र धुवाँका वाफहरूका बारेमा विदेशी भूमिहरूमा सुनिनेछ;

३० अनि विभिन्न ठाउँहरूमा युद्धका बारेमा, युद्धका हल्लाहरूका वारेमा र भूकम्पका बारेमा सुनिनेछ।

३१ हो, यो त्यो दिनमा आउनेछ जब पृथ्वीको सतहमा महान् प्रदूषणहरू हुनेछन्; त्यहाँ हत्या र चोरी र झुट र छकाइ र वेश्यावृत्ति र सबै प्रकारका कुकर्म हुनेछन्; जब त्यहाँ धेरै हुनेछन् जसले भन्नेछन्, यो गर, वा त्यो गर र यसको कुनै अर्थ छैन, किनकि परमप्रभुले अन्तिम दिनमा समर्थन गर्नुहुनेछ। तर धिक्कार छ त्यस्तालाई, किनकि उनीहरू तिक्तताले भरिएका र दुष्टताको बन्धनमा छन्।

३२ हो, यो त्यो दिनमा आउनेछ जब चर्चहरू बनाइनेछ जसले भन्नेछन्: मसमक्ष आऊ र तिम्रो पैसाबाट तिमीहरूले तिम्रा पापहरूको क्षमा पाउनेछौ।

३३ हे दुष्ट र पथभ्रष्ट र हठी जन, किन तिमीहरूले फाइदा लिन आफ्ना निम्ति चर्च बनायौ? किन तिमीहरूले परमेश्वरका पवित्र वचनलाई रुपान्तरित गरेकाछौ, कि तिमीहरूले आफ्नो जीवात्मामाथि अभिशाप ल्याएका छौ? हेर, तिमीहरूले परमेश्वरका प्रकाशहरूतिर हेर; किनकि हेर, समय त्यस दिनमा आउँछ जब यी सबै कुराहरू पूरा हुनुपर्छ।

३४ हेर, परमप्रभुले तिनका बारेमा मलाई महान् र अद्भूत कुराहरू देखाउनुभएको छ जुन त्यस दिनमा छिट्टै आउनुपर्दछ जब यी कुराहरू तिमीहरूमाझ आउनेछन्।

३५ हेर, म तिमीहरूसामु तिमीहरू उपस्थित भए झैँ बोल्दछु र तिमीहरू नभए पनि। तर हेर, येशू ख्रीष्टले मसामु तिमीहरूलाई देखाउनुभएको छ र मलाई तिमीहरूका कार्यहरू थाहा छ।

३६ अनि मलाई थाहा छ कि तिमीहरू आफ्ना हृदयका घमण्डमा हिँड्छौ; र त्यहाँ केही बाहेक कोही छैनन् जो उनीहरूका हृदयहरूका घमण्डमा उनीहरूका राम्रा वस्त्रहरू लगाउनमा, ईर्ष्यामा र कलहमा र द्वैषमा र सताउनमा र सबै प्रकारका दुष्टतामा आफैँलाई उचालेका छैनन्; र तिम्रा चर्चहरू, हो, प्रत्येक समेत, आफ्ना हृदयहरूका घमण्डका कारण दूषित बनेका छन्।

३७ किनकि हेर, तिमीहरूले गरिब र आवश्यकतामा परेकाहरू, बिरामी र पीडितलाई माया गर्नु भन्दा तिमीहरूले पैसालाई र तिमीहरूको सम्पत्तिलाई र तिमीहरूका असली वस्त्रलाई र तिमीहरूका चर्चको श्रीङ्गारलाई बढी माया गर्छौ।

३८ हे तिमी प्रदूषितहरू, तिमी ढोँगीहरू, तिमी शिक्षकहरू, जसले आफैँलाई त्यसका निम्ति बेच्छन् जुनमा खिया लाग्छ, तिमीहरूले किन परमेश्वरको पवित्र चर्चलाई दूषित बनाएका छौ? तिमीहरू किन आफूमा ख्रीष्टको नाउँ लिन लज्जित हुन्छौ? तिमीहरू किन सोच्दैनौ कि अन्तहीन खुसियालीको महत्व त्यो दु:खभन्दा बढी छ जुन कहिल्यै मर्दैन—संसारको प्रशंसाका कारण?

३९ तिमीहरू किन आफैँलाई त्यसले सिँगार्छौ जससँग जीवन छैन र तैपनि भोका र आवश्यकतामा परेका र नाङ्गा र विरामी र पीडितलाई आफू नाजिकैबाट गएको सहन्छौ र उनीहरूलाई ध्यान दिँदैनौ?

४० हो, किन तिमीहरू फाइदका निम्ति गोप्य कुकर्महरू बनाउँछौ र अह्राउँछौ कि विधवाहरूले परमप्रभुअगाडि विलाप गर्नुपर्दछ र टुहुराहरूले पनि परमप्रभुअगाडि विलाप गर्नुपर्छ र तिमीहरूका शिरमाथि बदलाका निम्ति उनीहरूका पितापुर्खाहरु र उनीहरूका पतिहरूको रगतले जमिनबाट परमप्रभुसामु पुकार्नेछ?

४१ हेर, बदलाको तरबार तिमीहरूमाथि झुन्डिन्छ; र समय छिट्टै आउँछ कि उहाँले सन्तहरूको रगतको बदला तिमीहरूमाथि लिनुहुन्छ, किनकि उहाँले उनीहरूको रुवाई अरु सहनुहुनेछैन।