धर्मशास्त्रहरू
मोर्मोन ५


अध्याय ५

मोर्मोन नफीका सेनाहरूलाई रक्तपात र हिंसाका लडाइँहरूमा फेरि अगुवाइ गर्छन्—मोर्मोनको पुस्तक सबै इस्राएललाई त्यो विश्वास दिलाउन अघि आउनेछ कि येशू नै ख्रीष्ट हुनुहुन्छ—उनीहरूका अविश्वासका कारण, लमानीहरूलाई यत्र तत्र छरिनेछ र आत्माले उनीहरूसँग रहन छाड्नेछन्—उनीहरूले सुसमाचार पछिल्ला दिनहरूमा गैह्र-यहूदीहरूबाट प्राप्त गर्नेछन्। लगभग ई.सं. ३७५–३८४।

अनि यस्तो हुन गयो कि म नफीहरूमाझ अघि गएँ र त्यो शपथको पश्चात्ताप गरेँ जुन मैले गरेको थिएँ कि म उनीहरूलाई अरु सहयोग गर्दिनँ; र उनीहरूले मलाई उनीहरूका सेनाहरूको फेरि अगुवाइ गर्न दिए, किनकि उनीहरूले मैले उनीहरूका कष्टहरूबाट उनीहरूलाई मुक्त गर्न सक्ने झैं गरी मलाई हेरे।

तर हेर, म आशाबिनाको थिएँ, किनकि मलाई परमप्रभुका ती न्यायहरू थाहा थियो जुन उनीहरूमाथि आउनुपर्दछ; किनकि उनीहरूले उनीहरूका दुष्टताहरूको पश्चात्ताप गरेनन्, तर उनीहरूका जीवनहरूका निम्ति त्यस व्यक्तिलाई नपुकारी सङ्घर्ष गरे जसले उनीहरूको सृष्टि गर्नुभयो।

अनि यस्तो हुन गयो कि लमानीहरू हाम्रा विरुद्ध आए जब हामी यर्दनको सहरतिर भागेका थियौँ; तर हेर, उनीहरूलाई धपाइयो कि उनीहरूले त्यस समयमा त्यो सहरलाई लिएनन्।

अनि यस्तो हुन गयो कि उनीहरू हामीविरुद्ध फेरि आए र हामीले त्यो सहरलाई कायम राख्यौँ। अनि त्यहाँ अरु सहरहरू पनि थिए जुन नफीहरूले कायम राखेका थिए, जसका शक्तिले उनीहरूलाई छेक्यो ताकि उनीहरू हाम्रो भूमिका बासिन्दाहरूको विनाश गर्न त्यस देशतिर आउन सकेनन् जुन हाम्रा अगाडि थियो।

तर यस्तो हुन गयो कि जुन भूमि हुँदै हामी गयौँ र त्यसका बासिन्दाहरूलाई जम्मा गरिएको थिएन, लमानीहरूद्वारा विनाश गरियो र उनीहरूका नगरहरू र गाउँहरू र सहरहरू आगोले जलाइएको थियो; अनि यसरी तीनसय उनासी वर्ष बिते।

अनि यस्तो हुन गयो कि तीनसय असीऔँ वर्षमा लमानीहरू फेरि हामीविरुद्ध लड्न आए र हामी उनीहरूविरुद्ध सहासपूर्वक खडा भयौँ; तर त्यो सबै व्यर्थमा भयो, किनकि उनीहरूको सङ्ख्या यति महान् थियो कि उनीहरूले नफीका जनलाई उनीहरूका पाउमुनि किचिमिची गरे।

अनि यस्तो हुन गयो कि हामी फेरि भाग्यौँ र त्यो जसको भगाइ लमानीहरू भन्दा छिटो थियो उनीहरू उम्के र त्यो जसको भगाइले लमानीहरूलाई उछिनेन् उनीहरूलाई बढारियो र विनाश गरियो।

अनि अब हेर, म, मोर्मोनले मानिसहरूका आत्माहरूलाई उनीहरूअगाडि मेरा आँखाअगाडि भएको जस्तो त्यस्तो रक्तपात र हिंसाको भयावह दृश्य दिएर उत्पीडन थप्न चाहान्नँ; तर म, यो थाहा भएकाले कि यी कुराहरू निश्चय नै अवगत गराउनुपर्छ र सबै कुराहरू जुन लुकाइएका छन् ती घरका धुरीहरूबाट प्रकट गरिनुपर्छ—

अनि यो पनि कि यी कुराहरूको ज्ञान यी जनका अवशेषसामु र ती गैह्र-यहूदीहरूसामु पनि आउनुपर्दछ, जसलाई परमप्रभुले भन्नुभएको छ यी जनलाई यत्र तत्र छरिनेछ र यी जनलाई उनीहरूमाझ तुच्छ गनिनेछ—त्यसकारण मैले देखेका सबै कुराहरूको पूर्ण विवरण दिन आँट नगरेकाले म एक सानो संक्षिप्त विवरण लेख्छु, ती आज्ञाका कारण जुन मैले प्राप्त गरेको छु र यो पनि कि तिमीहरूसँग यी जनका दुष्टताका कारण धेरै दु:ख नहोस्।

१० अनि अब हेर, यो म उनीहरूका सन्ततिसामु र ती गैह्र-यहूदीहरूसामु पनि बोल्छु जसले इस्राएलका घरानाको हेर विचार गरेका छन्, जसले कहाँबाट उनीहरूका आशीषहरू आउँछन् भनी महसूस गर्छन् र थाहा पाउँछन्।

११ किनकि मलाई थाहा छ कि त्यस्ताले इस्राएलका घरानाका प्रकोपका निम्ति दु:ख मान्नेछन्; हो, उनीहरूले यी जनको विनाशका निम्ति दु:ख मान्नेछन्; उनीहरूले दु:ख मान्नेछन् कि यी जनले पश्चात्ताप गरेका थिएनन् ताकि उनीहरू येशूका बाहुहरूमा लीन हुन सक्थे।

१२ अब यी कुराहरू याकूबको घरानाका अवशेषका निम्ति लेखिएको हो; र ती यस प्रकारले लेखिएका हुन्, किनभने यो परमेश्वरलाई थाहा छ कि दुष्टताले ती उनीहरूसामु ल्याइने छैनन्; र ती परमप्रभुमा लुकाइन्छन् ताकि ती उहाँको आफ्नै उचित समयमा ल्याउन सकियून्।

१३ अनि यो आज्ञा हो जुन मैले प्राप्त गरेको छु; र हेर, ती परमप्रभुका आज्ञाअनुसार अघि आउनेछन् जब उहाँले आफ्नो विद्धत्तामा योग्य देख्नुहुनेछ।

१४ अनि हेर, ती विश्वास नगर्ने यहूदीहरूसामु जानेछन्; र यो लक्ष्यका निम्ति ती जानेछन्—कि उनीहरूलाई मनाउन सकियोस् कि येशू नै ख्रीष्ट, जीवित परमेश्वरका पुत्र हुनुहुन्छ; ताकि पिताले, आफ्नो अति प्रिय मार्फत्, यहूदीहरूलाई अथवा इस्राएलका सबै घरानालाई उनीहरूको रिक्थको भूमिमा पुनर्स्थापित गर्ने आफ्नो महान् र अनन्त प्रयोजन पूरा गर्न सक्नुहुनेछ, जुन परमप्रभु उनीहरूका परमेश्वरले उनीहरूलाई दिनुभएको छ, उहाँको करार पूरा गर्नमा;

१५ अनि यो पनि कि यी जनका सन्ततिले अझ पूर्ण रुपमा उहाँको सुसमाचारमा विश्वास गर्न सकून्, जुन उनीहरूसामु गैह्र-यहूदीहरूबाट अघि जानेछ; किनकि यी जनलाई यत्र तत्र छरिनेछ र काला, घिनलाग्दा र घृणास्पद जन बन्नेछन्; त्यसको व्याख्या भन्दा पनि बढी जुन अहिलेसम्म हामीमाझ भएको छ, हो, त्यो समेत कि जुन लमानीहरूमाझ भएका छैनन् र यो उनीहरूका अविश्वास र मूर्तिपूजाका कारण हो।

१६ किनकि हेर, परमप्रभुको आत्मा उनीहरूका पितापुर्खाहरुसँग रहन छाडिसकेका छन्; र उनीहरू संसारमा ख्रीष्ट र परमेश्वरबिनाका छन्; र हुरीले भूसलाई उडाएजस्तै उनीहरूलाई लखेटिन्छ।

१७ उनीहरू एक पटक आनन्ददायक जन थिए र उनीहरूसँग ख्रीष्ट उनीहरूको गोठालो हुनुहुन्थ्यो; हो, उनीहरूलाई परमेश्वर पिताद्वारा समेत अगुवाइ गरियो।

१८ तर अब, हेर, उनीहरूलाई सैतानद्वारा अगुवाइ गरिन्छ, जसरी भूसलाई बतासले लैजान्छ, अथवा जसरी एक पानीजहाजलाई छालले हल्लाउँछ, नौवस्त्र अथवा लङ्गूरबिना, अथवा उनलाई परिचालन गर्ने कुनै पनि कुराबिना; र जसरी ती छन्, उनीहरू त्यस्तै छन्।

१९ अनि हेर, परमप्रभुले उनीहरूका आशीषहरू, जुन त्यो भूमिमा उनीहरूले प्राप्त गर्न सक्थे, ती गैह्र-यहूदीहरूका निम्ति जोगाउनुभएको छ जसले यो भूमिलाई स्वामित्वमा लिनेछन्।

२० तर हेर, यस्तो हुन जानेछ कि उनीहरूलाई गैह्र-यहूदीहरूद्वारा धपाइनेछ र यत्र तत्र छरिनेछ; र उनीहरूलाई गैह्र-यहूदीहरूद्वारा लखेटिए र यत्र तत्र छरिए पछि, हेर, तब परमप्रभुले त्यो करार सम्झनुहुनेछ जुन उहाँले अब्राहाम र इस्राएलका घरानासँग गर्नुभयो।

२१ अनि परमप्रभुले धर्मीहरूका प्रार्थनाहरू सम्झनुहुनेछ, जुन उनीहरूका निम्ति उहाँसामु राखिएको छ।

२२ अनि तब, हे तिमी गैह्र-यहूदीहरू, यदि तिमीहरूले पश्चात्ताप नगरे र तिमीहरूका खराब बाटाहरूबाट नफर्के, परमेश्वरका शक्तिअगाडि कसरी तिमीहरू खडा हुन सक्छौ?

२३ के तिमीहरूलाई थाहा छैन कि तिमीहरू परमेश्वरका हातहरूमा छौ? के तिमीहरूलाई थाहा छैन कि उहाँसँग सबै शक्ति छ र उहाँका महान् आज्ञामा पृथ्वी एक मुठ्ठो झैँ बेरिनेछ?

२४ त्यसकारण, पश्चात्ताप गर तिमीहरू र आफैँलाई उहाँअगाडि विनम्र बनाऊ, कथंकदाचित् उहाँ तिमीहरूविरुद्ध न्यायमा आउनुहुनेछ—कथंकदाचित् याकूबका सन्ततिका अवशेष तिमीहरूमाझ एक सिंहझैँ अघि जानेछ र तिमीहरूलाई टुक्राटुक्रामा च्यात्नेछ र तिमीहरूलाई मुक्त गर्ने कोही हुनेछैनन्।