धर्मशास्त्रहरू
मोर्मोन ६


अध्याय ६

नफीहरू कुमोराहको भूमिमा अन्तिम लडाइँहरूका निम्ति जम्मा हुन्छन्—मोर्मोनले पवित्र अभिलेखहरू कुमोराह डाँडामा लुकाउँछन्—लमानीहरू विजयी हुन्छन् र नफी राष्ट्रको विनाश हुन्छ—लाखौँलाई तरबारद्वारा वध गरिन्छ। लगभग ई.सं. ३८५।

अनि अब मैले मेरा जन, नफीहरूका विनाशका बारेको मेरो अभिलेख सिध्याएँ। अनि यस्तो हुन गयो कि हामीहरू लमानीहरूअगाडि अघि बढ्यौँ।

अनि म, मोर्मोनले लमानीहरूका राजालाई एक पत्र लेखेँ, उससँग चाहे कि उसले हामीलाई दिऊन् कि हामी हाम्रा जनलाई कुमोराहको भूमिमा एकसाथ जम्मा गर्न सकौँ, एउटा डाँडा नजिक जसलाई कुमोराह भनिन्थ्यो र त्यहाँ हामी उनीहरूसँग लड्न सकौँ।

अनि यस्तो हुन गयो कि लमानीहरूका राजाले मलाई त्यो कुरा दिए जुन मैले चाहेँ।

अनि यस्तो हुन गयो कि हामी कुमोराहको भूमितिर अघि बढ्यौँ र हामीले हाम्रा पालहरू कुमोराह डाँडाको वरिपरि टाँग्यौ; र यो धेरै पानीको, नदीको र फोहोराको भूमि थियो; र यहाँ हामीले लमानीहरूमाथि विजय पाउने आशा गरेका थियौँ।

अनि जब तीनसय चौरासी वर्ष बितेका थिए, हामीले हाम्रा जनका बाँकी सबैलाई कुमोराहको भूमिमा जम्मा गरेका थियौँ।

अनि यस्तो हुन गयो कि हामीले हाम्रा सबै जनलाई एक समूहमा कुमोराहको भूमिमा जम्मा गरेका थियौँ, हेर, म, मोर्मोन बूढो हुन थालेँ; र यो थाहा भएर कि यो मेरा जनको अन्तिम सङ्घर्ष हो र परमप्रभुबाट आज्ञा पाएर कि मैले ती अभिलेखहरू जुन हाम्रा पितापुर्खाहरुद्वारा हस्तान्तरण गरिएका थियो, जुन पवित्र थिए, लमानीहरूका हातमा पर्न दिनुहुँदैन, (किनकि लमानीहरूले तिनको विनाश गर्नेछन्) त्यसकारण मैले नफीका पाताहरूबाट यो अभिलेख बनाएँ र ती सबै अभिलेखहरू कुमोराहको डाँडामा लुकाएँ जुन परमप्रभुका हातद्वारा मलाई जिम्मा लगाइएको थियो, यी केही पाताहरू बाहेक जुन मैले मेरो छोरा मोरोनीलाई दिएँ।

अनि यस्तो हुन गयो कि मेरा जन, उनीहरूका पत्नीहरू र उनीहरूका छोराछोरीहरू साथ, आफूतर्फ आइरहेका लमानीहरूका सेनाहरूलाई देखे; र त्यो मृत्युको डरका साथ जसले सबै दुष्टका छाती भर्छ, तिनीहरूले उनीहरूलाई प्राप्त गर्न प्रतीक्षा गरे।

अनि यस्तो हुन गयो कि उनीहरू हाम्रा विरुद्ध लड्न आए र प्रत्येक आत्मा उनीहरूको सङ्ख्याको ठूलो भएको कारण भयले भरिए।

अनि यस्तो हुन गयो कि उनीहरू मेरा जनमाथि तरबारका साथ र धनुका साथ र वाणका साथ र बन्चाराका साथ र सबै प्रकारका युद्धका हतियारहरूका साथ आइलागे।

१० अनि यस्तो हुन गयो कि मेरा मानिसहरूलाई काटेर ढालियो, हो, मेरा दशहजारलाई समेत जो मसँग थिए र ममाझमा ढले; र उनीहरू मनजिकबाट गए तर उनीहरूले मेरो जीवनको अन्त्य गरेनन्।

११ अनि जब उनीहरू गएका थिए र हामी चौबीस जनालाई (जसमध्ये मेरो छोरा मोरोनी थिए) बाहेक मेरा सबै जनलाई ढालेका थिए र हामी हाम्रा जनका मृतकहरूबाट बचेका थियौँ, भोलिपल्ट देख्यौँ, जब लमानीहरू उनीहरूका शिविरहरूमा फर्केका थिए, कुमोराहको डाँडाको टुप्पोबाट, मद्वारा अगाडि अगुवाइ गरिएका मेरा दशहजार जन जो काटेर ढालिए।

१२ अनि हामीले मेरा जनमध्ये ती दशहजारलाई पनि देख्यौँ जसलाई मेरो छोरा मोरोनीद्वारा अगुवाइ गरिएको थियो।

१३ अनि हेर, गिद्गिद्दोनाहका दशहजार ढलेका थिए र उनी पनि तिनका माझमा थिए।

१४ अनि लमाह उनका दशहजारकासाथ ढलेका थिए; र गिलगाल उनका दशहजारका साथ ढलेका थिए; र लिम्हाह उनका दशहजार सहित ढलेका थिए; र येनेयुम उनका दशहजारका साथ ढलेका थिए; र कुमेनीहाह र मोरोनीहाह र अन्टिओनुम र शिब्लोम र शेम र योश, प्रत्येक उनीहरूका दशहजारका साथ ढलेका थिए।

१५ अनि यस्तो हुन गयो कि त्यहाँ अरु दश थिए जो प्रत्येकका दशहजारका साथ तरबारद्वारा ढले; हो, ती मसँग भएका चौबीस र दक्षिण भागतिर भागेका केही र लमानीहरूसँग मिल्न गएका केही बाहेक मेरा सबै जनसमेत ढलेका थिए; र उनीहरूका शरीर र हाडहरू र रगत पृथ्वीको सतहमा, उनीहरूको बध गर्नेहरूका हातद्वारा, भूमिमा कुहिन र क्षय हुन र आफ्नो पृथ्विमातामा फर्कन छाडिएको थियो।

१६ अनि मेरो जीवात्मा वेदनाले टुक्रा टुक्रा भयो, मेरा जनको बधका कारण र म कराएँ।

१७ हे तिमी सुन्दरहरू, तिमीहरू कसरी परमप्रभुका मार्गहरूबाट विचलित हुन सक्यौ! हे तिमी सुन्दरहरू, तिमीहरूले कसरी ती येशूलाई अस्वीकार गर्न सक्यौ, जो तिमीहरूलाई ग्रहण गर्न खुल्ला बाहुहरूकासाथ खडा हुनुभयो!

१८ हेर, यदि तिमीहरूले यो नगरेको भए, तिमीहरूको पतन हुने थिएन। तर हेर, तिमीहरू पतित छौ र म तिमीहरूको क्षतिको विलाप गर्छु।

१९ हे तिमी सुन्दर छोरा र छोरी, तिमी पिता र माता, तिमी पति र पत्नीहरू, तिमी सुन्दरहरू, यो कसरी भयो कि तिमीहरू पतित हुन सक्यौ!

२० तर हेर, तिमीहरू गयौ र मेरा दु:खले तिमीहरूलाई फर्काएर ल्याउन सक्दैन।

२१ अनि त्यो दिन छिट्टै आउनेछ जब तिमीहरूको मरणशीलताले अमरत्व धारण गर्नेछ र यी शरीरहरू जुन अहिले नाश भएर कुहिरहेका छन् ती छिट्टै अविनाश्य शरीर बन्नुपर्छ; र तब तिमीहरू ख्रीष्टको न्यायको आसनअगाडि खडा हुनुपर्छ, आफ्ना कार्यहरूका अनुसार न्याय गरिइन; र यदि यसो भयो कि तिमीहरू धर्मी छौ भने, तब तिमीहरू तिमीहरूका ती पितापुर्खाहरुसँग हुन्छौ जो तिमीहरू अघि गएका छन्।

२२ हे कि तिमीहरूले यो महान् विनाश तिमीहरूमाथि आउनुअगाडि पश्चात्ताप गरेको भए। तर हेर, तिमीहरू गयौ र पिता, हो, स्वर्गका अनन्त पितालाई तिमीहरूको अवस्था थाहा छ र उहाँले तिमीहरूलाई आफ्नो न्याय र कृपाअनुसार गर्नुहुन्छ।