धर्मशास्त्रहरू
मोर्मोन ३


अध्याय ३

मोर्मोन नफीहरूकहाँ पश्चात्तापको घोषणा गर्दछन्—उनीहरूले महान् विजय प्राप्त गर्छन् र उनीहरूको आफ्ना शक्तिमा महिमा गर्छन्—मोर्मोन उनीहरूको अगुवाइ गर्न अस्वीकार गर्छन् र उनीहरूका निम्तिका उनका प्रार्थनाहरूबिना आस्थाका हुन्छन्—मोर्मोनको पुस्तकले इस्राएलका बाह्र कूलहरूलाई सुसमाचारमा विश्वास गर्न निम्त्याउँछ। लगभग ई.सं. ३६०–३६२।

अनि यस्तो हुन गयो कि लमानीहरू दश वर्ष अरु नबितिन्जेलसम्म लडाइँ गर्न आएनन्। अनि हेर, मैले मेरा जन, नफीहरूलाई उनीहरूका भूमिहरू र लडाइँको समयका निम्ति उनीहरूका हतियारहरू तयार गर्न लगाएँ।

अनि यस्तो हुन गयो परमप्रभुले मेरासामु भन्नुभयो: यी जनसामु कराऊ—पश्चात्ताप गर र मसमक्ष आओ र तिमीहरूले बप्तिस्मा लिअ र मेरो चर्चलाई फेरि बनाओ र म तिमीहरूलाई छाड्नेछु।

अनि मैले यी जनसामु कराएँ, तर यो व्यर्थमा थियो; र उनीहरूले महसुस गरेनन् कि यो परमप्रभु हुनुहुन्थ्यो जसले उनीहरूलाई जोगाइदिनुभएको थियो र उनीहरूलाई पश्चात्तापको मौका दिनुभएको थियो। अनि हेर उनीहरूले आफ्ना हृदयहरूलाई परमप्रभु उनीहरूका परमेश्वरविरुद्ध कठोर बनाए।

अनि यस्तो हुन गयो कि यो दशौँ वर्ष बितेपछि, समष्ठिमा ख्रीष्टको आगमनदेखि तीनसय साठी वर्ष बनाउँदै, लमानीहरूका राजाले मलाई एउटा पत्र लेखे, जुनले मलाई ज्ञान दियो कि उनीहरू फेरि हाम्रा विरुद्ध लडाइँ गर्न आउन तयारी गरिरहेका थिए।

अनि यस्तो हुन गयो कि मैले मेरा जनलाई अह्राएँ कि उनीहरू उजाड भूमिमा एकसाथ भेला हुनू, एक सहरमा जुन सिमानामा थियो, त्यो साँघुरो घाँटीनजिक जुनले दक्षिणतर्फको भूमितिर लैजान्थ्यो।

अनि हामीले हाम्रा सेनाहरू त्यहाँ राख्यौँ, कि हामीले लमानीहरूका सेनाहरूलाई रोक्न सकौँ, कि उनीहरूले हाम्रा भूमिहरू कुनैलाई अधीनमा लिन नसकून्; त्यसकारण हामीले उनीहरूविरुद्ध हाम्रा सबै फौजका साथ बलिया बनायौँ।

अनि यस्तो हुन गयो कि तीनसय एकसठ्ठीयौँ वर्षमा लमानीहरू हाम्रा विरुद्ध लडाइँ गर्न उजाडको सहरसम्म तल आए; र यस्तो हुन गयो कि त्यो वर्षमा हामीले उनीहरूलाई हरायौँ, यतिसम्म कि उनीहरू फेरि उनीहरूका आफ्ना भूमितिर फर्के।

अनि तीनसय बैसठ्ठीयौँ वर्षमा उनीहरू लडाइँ गर्न फेरि तल आए। अनि हामीले उनीहरूलाई फेरि हरायौँ र उनीहरूका ठूलो सङ्ख्यालाई बध गऱ्यौँ र उनीहरूका मृतकहरूलाई समुद्रमा फ्याँक्यौँ।

अनि अब, यो महान् कुराका कारण जुन मेरा जन, नफीहरूले गरेका थिए, उनीहरूले आफ्नो शक्तिमा घमण्ड गर्न थाले र स्वर्गहरूअगाडि कसम खान थाले कि उनीहरूले आफ्ना ती बन्धुहरूको रगतको बदला लिनेछन् जसलाई उनीहरूका शत्रुहरूद्वारा वध गरिएको थियो।

१० अनि उनीहरूले स्वर्गको र परमेश्वरको सिंहासनको पनि कसम खाए, कि उनीहरू उनीहरूका शत्रुहरूविरुद्ध लड्न जानेछन् र तिनीहरूलाई भूमिको सतहदेखि हटाउनेछन्।

११ अनि यस्तो हुन गयो कि उनीहरूका दुष्टता र कुकर्मका कारण म, मोर्मोन यस समयदेखि उनीहरूको सेनानी र यी जनको अगुवा हुन पूरै अस्वीकार गरेँ।

१२ हेर, मैले उनीहरूको अगुवाइ गरेको थिएँ, उनीहरूको दुष्टता हुँदाहुँदै पनि मैले उनीहरूलाई धेरै पटक लडाइँमा अगुवाइ गरेको थिएँ र उनीहरूलाई माया गरेको थिएँ, ममा भएको परमेश्वरको मायाअनुसार, मेरो पूरै हृदयका साथ; अनि मेरो जीवात्मा उनीहरूका निम्ति सारा दिनभरि परमेश्वरसामु प्रार्थनामा खन्याइएको थियो; तैपनि, यो आस्था बिना थियो, उनीहरूका हृदयका कठोरताका कारण।

१३ अनि मैले उनीहरूलाई तीन पटक उनीहरूका शत्रुहरूका हातहरूबाट मुक्त गरेको छु र उनीहरूले आफ्ना पापहरूको पश्चात्ताप गरेका छैनन्।

१४ अनि जब उनीहरूले त्यो सबैको कसम खाएका थिए जुन हाम्रा परमप्रभु र मुक्तिदाता येशू ख्रीष्टद्वारा निषेधित गरिएको थियो, कि उनीहरू आफ्ना शत्रुहरूसामु लडाइँ गर्न जानेछन् र आफ्ना बन्धुहरूको रगतको बदला लिनेछन्, हेर, परमप्रभुको आवाज मकहाँ आयो, यसो भन्दै:

१५ बदला लिने काम मेरो हो र म बदला लिनेछु र किनभने यी जनले मैले उनीहरूलाई मुक्त गरेपछि पश्चात्ताप गरेनन्, हेर, उनीहरूलाई पृथ्वीको सतहबाट अलग्याइनेछ।

१६ अनि यस्तो हुन गयो कि मैले मेरा शत्रुहरूविरुद्ध जान पूरै अस्वीकार गरेँ; र मैले परमप्रभुले आज्ञा गरेजस्तै समेत गरेँ; र म संसारसामु ती कुराहरूको प्रकट गर्न एक निष्क्रिय साक्षीका रुपमा खडा भएँ जुन मैले देखेँ र सुनेँ, ती आत्माका प्रकटहरूअनुसार जुनले आगामी कुराहरूको गवाही दिएका थिए।

१७ त्यसकारण, म तिमीहरूलाई लेख्छु, गैह्र-यहूदीहरू र तिमीहरूलाई पनि, इस्राएलका घराना, जब कार्य आरम्भ हुनेछ, कि तिमीहरू तिमीहरूको रिक्थको भूमिमा फर्कन तयार गर्न लागेका हुनेछौ।

१८ हो, हेर, म पृथ्वीका पल्लो छेउकाहरूलाई लेख्छु; हो, तिमीहरूलाई, इस्राएलका बाह्र कूलहरूलाई, जसलाई उनीहरूका कार्यहरूअनुसार ती बाह्रद्वारा न्याय गरिनेछ जसलाई येशू ख्रीष्टले यरुशलेमको भूमिमा उहाँका शिष्यहरू हुन चुन्नुभयो।

१९ अनि म यी जनका अवशेषलाई पनि लेख्दछु, जसलाई ती बाह्रद्वारा न्याय पनि गरिनेछ जसलाई येशूले यो भूमिमा चुन्नुभयो; र उनीहरूलाई ती अर्का बाह्रद्वारा न्याय गरिनेछ जसलाई येशूले यरुशलेमको भूमिमा चुन्नुभयो।

२० अनि यी कुराहरू आत्माले मलाई प्रकट गर्छन्; त्यसकारण म तिमीहरू सबैलाई लेख्दछु। अनि यो कारणका निम्ति म तिमीहरूलाई लेख्दछु, कि तिमीहरूले थाहा पाउन सक कि तिमीहरू ख्रीष्टको न्यायको आसनअगाडि खडा हुनुपर्छ, हो, प्रत्येक आत्मा जुन आदमको सम्पूर्ण मानव परिवारको मातहतका हुन्; र तिमीहरू आफ्ना कार्यहरूको न्याय गरिन खडा हुनुपर्छ, चाहे ती असल भए पनि अथवा खराब भए पनि;

२१ अनि यो पनि कि तिमीहरूले येशू ख्रीष्टको सुसमाचारको विश्वास गर्न सक, जुन तिमीहरूले तिमीहरूमाझ पाउनेछौ; र यो पनि कि यहूदीहरू, परमप्रभुका कारारवद्ध जनले उनीबाहेक अरु साक्षी पाउनेछन् जसलाई उनीहरूले देखे र सुने, कि येशू, जसलाई उनीहरूले वध गरे, सोही ख्रीष्ट र सोही परमेश्वर हुनुहुथ्यो।

२२ अनि म चाहान्छु कि मैले पृथ्वीका पल्लो छेउका तिमीहरू सबैलाई पश्चात्ताप गर्न र ख्रीष्टको न्यायको आसनअगाडि खडा हुन तयार गर्न मनाउन सकूँ।