धर्मशास्त्रहरू
याकूब ६


अध्याय ६

परमप्रभुले अन्तिम दिनहरूमा इस्राएललाई पुन: भेला गर्नुहुनेछ-—संसारलाई आगोले जलाइनेछ—आगो र गन्धकको कुण्डबाट बच्न मानिसहरूले ख्रीष्टको अनुशरण गर्नुपर्दछ। लगभग ई.पू. ५४४–४२१।

अनि अब,हेर, मेरा दाजुभाइहरू जसरी मैले तिमीहरूलाई भने कि म अगमवाणी गर्ने छु, हेर् यो मेरो अगमवाणी हो—कि ती कुराहरू जुन अगमवक्ता येनोशले बोलेका थिए इस्राएलको घरानाको सम्बन्धमा, जसमा उनले तिनीहरूलाई एउटा घरेलु जैतुनको वृक्षसँग दाँजेका थिए, निश्चय नै हुन जानेछन्।

अनि उहाँका जनलाई फेरि दोस्रो पटक फेला पार्नका लागि उहाँले आफ्नो हात अगाडि सार्नुहुने दिन, त्यो दिन हो, हो, त्यो अन्तिम समय हो, कि परमप्रभुका सेवकहरूअगाडि जाने छन् उहाँका शक्तिमा, उहाँका बाटिकालाई पालनपोषण गर्न र छिमल्न; अनि त्यसपछि अन्त्य छिट्टै आउनेछ।

अनि उहाँको बाटिकामा लगनशीलतापूर्वक परिश्रम गरेकाहरू कति आशीषित छन्; अनि उनीहरूका आफ्नै स्थानमा फ्याकिनेहरू कति श्रापित छन्! अनि संसारलाई आगोले जलाइनेछ।

अनि हामीहरू प्रति परमेश्वर कति कृपालु हुनुहुन्छ, किनकि उहाँले इस्राएलको घरानालाई सम्झनुहुन्छ, जराहरू र हाँगाहरू दुबै लाई; अनि उहाँले सारा दिनभरि उहाँको हात उनीहरू तिर फैल्याउनु हुनेछ, अनि तिनीहरू हठी र विरोधी जन हुन्; तर आफ्ना हृदयहरूलाई कठोर नबनाउनेहरूलाई परमेश्वरको अधिराज्यमा बचाइनेछ।

यसकारण,मेरा प्रिय बन्धुहरू, म गम्भीर शब्दहरूमा तिमीहरूलाई विनय गर्दछु कि तिमीहरू पश्चात्ताप गर र हृदयको पूरा प्रयोजन सहित आओ र परमेश्वरमा त्यसरी नै लाग जसरी उहाँ तिमीहरूमा लाग्नुभएको छ। अनि उहाँका कृपाका बाहु दिनको प्रकाशमा तिमीहरूतिर फ़ैल्याइएका छन्, तिम्रा हृदयहरूलाई कठोर नबनाऊ।

हो, आज, यदि तिमीहरूले उहाँको आवाजलाई सुन्यौ, तिमीहरूका हृदयहरूलाई कठोर बनाएनौ भने, किन तिमीहरू मर्नेछौ त?

किनकि हेर, तिमीहरू सारा दिनभरि परमेश्वरको असल वचनद्वारा पालनपोषित भएपछि के तिमीहरूले खराब फल ल्याउनेछौ कि तिमीहरूलाई काटी ढालेर आगोमा फ्याँकिनुपर्दछ?

हेर, के तिमीहरूले यी वचनहरूलाई अस्वीकार गर्छौ? के तिमीहरू अगमवक्ताका वचनहरूलाई अस्वीकार गर्छौ, अनि के तिमीहरूले येशू ख्रीष्टका बारेमा बोलिएका वचनहरूलाई अस्वीकार गर्छौ, जब कि त्यति धेरैले उहाँका बारेमा बोलेका छन्, अनि ख्रीष्टका असल वचनलाई र परमेश्वरको शक्तिलाई र पवित्र आत्माको उपहारलाई र पवित्र आत्मालाई अस्वीकार गर्छौ, अनि तिम्रा निम्ति दिइएको महान् उद्धारको योजनाको खिल्ली उडाउँछौ?

के तिमीहरूलाई थाह छैन कि यदि तिमीहरूले यी कुराहरू गर्र्यौ भने कि ख्रीष्टमा भएको उद्धार र पुनरुत्थानको शक्तिले तिमीहरूलाई परमेश्वरको न्यायलयअगाडि लज्जा र भयानक दोषका साथ खडा हुन ल्याउनेछ?

१० अनि न्यायको शक्तिअनुसार, किनकि न्यायको अस्वीकार गर्न सकिँदैन, तिमीहरू आगो र गन्धकको कुण्डमा जानुपर्दछ, जसका ज्वालाहरू निभाउन सकिँदैन, अनि जसको धुवाँ सदासर्वदा र सदाको लागि निरन्तर माथितिर आरोहण गर्दछ, जुन आगो र गन्धकको कुण्ड अन्त्यहीन पीडा हो।

११ अहो उसोभए, मेरा प्रिय बन्धुहरू, पश्चात्ताप गर तिमीहरू, अनि प्रवेश गर साँघुरो द्वारमा, अनि त्यो बाटोमा जारि राख जुन साँघुरो छ, तिमीहरूले अनन्त जीवन प्राप्त नगरेसम्म।

१२ अहो बिबेकी होऊ, अरु के नै भन्न सक्छु र म?

१३ अन्त्यमा, म तिमीहरूसँग बिदा हुन्छु, जबसम्म म तिमीहरूलाई परमेश्वरको चित्त बुझ्दो त्यो अदालतअगाडि भेट्दिन जुन अदालतले दुष्टलाई भयानक डर र भयले हिर्काउछ। आमिन।