धर्मशास्त्रहरू
याकूब १


नफीका भाइ
याकूबको पुस्तक

उनका बन्धुहरूसामुको उनले प्रचार गरेका वचनहरू। उनले ख्रीष्टका सिद्धान्तलाई हराउन चाहने एक मानिसलाई लज्जित पार्छन्। नफीका जनका बारेमा केही वचनहरू।

अध्याय १

याकूब र योसेफ मानिसहरूलाई ख्रीष्टमा विश्वास गर्न र उहाँको आज्ञाहरू पालना गर्न मनाउन खोज्दछन्—नफी मर्दछन्—नफीहरूमाझ दुष्टता फैलिन्छ। लगभग ई.पु. ५४४–४२१।

किनकि हेर, यस्तो हुन गयो कि लहीले यरुशेलम छाडेदेखि पचपन्न वर्ष बितिसकेको थियो; यसकारण, नफीले म, याकूबलाई यी कुराहरू कुँदिएका ती साना पाताहरूका बारेमा आज्ञा दिए।

अनि उनले म, याकूबलाई आज्ञा दिए कि मैले धेरै मूल्यवान ठानेका कुराहरूमध्ये केही कुराहरू मैले यी पाताहरूमा लेखूँ; कि नफीका जन भनिने यी मानिसहरूको इतिहासका बारेमा हल्कारुपमा बाहेक मैले अरु लेख्नु हुँदैन।

किनकि उनले भने कि उनका जनका इतिहास उनका अन्य पाताहरूमा कुँदिनु पर्दछ, र मैले यी पाताहरूको संरक्षण गर्नुपर्छ अनि एक पिँढीदेखि अर्को पिँढीसम्म मेरा सन्ततिसामु हस्तान्तरण गर्नुपर्दछ।

अनि यदि त्यहाँ पवित्र प्रवचन, अथवा महान् प्रकाश, अथवा अगमवाणी छन् भने, कि मैले तिनीहरूका मुख्य भागहरू पनि कुँद्नुपर्छ, अनि ख्रीष्टका निमित्त, अनि हाम्रा जनका निम्ति, यथासक्य ती लेख्नुपर्छ।

किनकि हाम्रो आस्था र महान् चिन्ताका कारण, हाम्रा जन, उनीहरूमाथि हुने कुराहरूका बारेमा हामीलाई साँचै नै प्रकट गरिएको छ।

अनि हामीसँग धेरै प्रकाश, र धेरै अगमवाणीका आत्मा पनि थिए; यसकारण, हामीले ख्रीष्ट र आउनु पर्ने उहाँको अधिराज्यका बारेमा थाहा पायौँ।

यसकारण हामीले लगनशीलतापूर्वक हाम्रा जनमाझ परिश्रम गऱ्यौँ, कि हामी उनीहरूलाई ख्रीष्टसामु आउन र उहाँको कृपा चाख्न पाउन सकौँ, कि उहाँको विश्राममा प्रवेश गर्न सकुन, अन्यथा कुनै कारणबस, इस्राएलका छोराछोरीहरूको उजाड स्थानमा भएको परीक्षणकालका दिनहरूमा भएको विद्रोहमा जस्तै, उनीहरूले प्रवेश गर्नुहुँदैन भनेर क्रोधमा उहाँले कसम खानु होला।

यसकारण, हामी परमेश्वरसँग चाहन्छौँ कि हामीले परमेश्वरका विरुद्ध विद्रोह नगर्न र उहाँलाई रिस उठ्नेगरी नभड्काउन सबै मानिसहरूलाई मनाउन सकौँ, तर कि सबै मानिसहरूले ख्रीष्टमा विश्वास गर्न, अनि उहाँको मृत्युको चिन्तन गर्न, अनि उहाँको क्रुस सहेर संसारको खिल्लीलाई बोक्न चाहून्; यसकारण, म, याकूबले मेरा दाजु नफीको आज्ञा पूरा गर्ने जिम्मेवारी लिएको छु।

अब नफी बूढो हुन थाले, अनि उनले देखे कि उनी छिटै नै मर्नु पर्नेछ; यसकारण, उनले एक जनालाई, राजाहरूका शासनहरूअनुसार, राजा र शासक बन्न अभिषेक गरे।

१० मानिसहरूले नफीलाई अत्यन्त माया गर्ने हुनाले, उनी तिनीहरूका महान् सुरक्षक भएकाले, तिनीहरूका सुरक्षामा लाबानको तरबार उठाएकाले, अनि तिनीहरूको कल्याणका निम्ति उनका सारा दिनहरूमा परिश्रम गरेकाले—

११ यसकारण, उनको नाम सम्झनामा राख्न मानिसहरू इच्छुक थिए। अनि राजाहरूका शासनअनुसार, उनको सट्टामा शासन गर्ने जोसुकै भए पनि जनद्वारा दोस्रो नफी, तेश्रो नफी अनि त्यस्तै गरी बोलाइए; अनि उनीहरूका नाउँ जे भए पनि, जनद्वारा उनीहरूलाई यसरी बोलाइयो।

१२ अनि यस्तो हुन गयो कि नफी मरे।

१३ अब मानिसहरू जो लमानीहरूका होइनन् उनीहरू नफीहरूका थिए; तैपनि उनीहरूलाई नफीहरू, याकूबीहरू, योसेफीहरू, जोरामीहरू, लमानीहरू, लमुएलीहरू, अनि इश्माएलीहरू भनियो।

१४ तर म, याकूब अबदेखि यी नामहरूबाट उनीहरूलाई छुट्याउन्नँ, तर म नफीका जनलाई विनाश गर्न चाहानेलाई लमानीहरू भन्नेछु, अनि ती जो नफीप्रति मित्रताका साथ हुनेलाई, राजाका शासनअनुसार, म नफीहरू, अर्थात नफीका जन भन्नेछु।

१५ अनि अब यस्तो हुन गयो कि, दोस्रो राजाको शासन कालमा, नफीका जन उनीहरूका हृदयमा कठोर बन्न थाले, अनि केही हदसम्म पुरानो समयको दाउद, अनि उनको छोरा, सोलोमन समेतजस्तै धेरै श्रीमतीहरू र रखौटीहरूका चाहाना गर्ने दुष्ट अभ्यासमा आसक्त हुन थाले।

१६ हो, अनि उनीहरूले पनि धेरै सुन र चाँदीको खोजी गर्न थाले, अनि केही हदसम्म घमण्डमा उचालिन थाले।

१७ यसकारण, म, याकूबले, परमप्रभुबाट मेरो जिम्मेवारी प्राप्त गरेपछि, उनीहरूलाई मन्दिरमा सिकाएजस्तै यी वचनहरू दिन थालेँ।

१८ किनकि म, याकूबलाई, अनि मेरो भाइ योसेफलाई, नफीको हातबाट, यी जनका पादरी र शिक्षकका रुपमा पवित्रीकृत गरिएको थियो।

१९ अनि पुरै जिम्मेवारी हाम्रो आफ्नै शिरमाथि लिएर, यदि हामीले उनीहरूलाई लगनशीलताका साथ परमेश्वरका वचनहरू सिकाएनौँ भने यी मानिसहरूका पापहरूप्रति उत्तरदायी भएर, हामीले परमप्रभुसामु हाम्रो जिम्मेवारीलाई विस्तृतिकारण गऱ्यौँ; यसकारण, हाम्रो सामर्थ्यका साथ परिश्रम गरेमा उनीहरूका रगत हाम्रो वस्त्रमा नआउला; अन्यथा उनीहरूका रगत हाम्रो वस्त्रमा आउनेछ, अनि हामी अन्तिम दिनमा निष्कलङ्क फेला पारिनेछैनौँ।