धर्मशास्त्रहरू
याकूब २


अध्याय २

याकूब धन, घमण्ड, अनि अपवित्रता प्रतिको मायालाई भर्त्सना गर्छन्—मानिसहरूले उनीहरूका आफ्नो आफन्तलाई साहयता गर्न धनको खोजी गर्न सक्छन्—परमप्रभूले आज्ञा दिनुहुन्छ कि नफीहरू माझ कसैले पनि एक भन्दा बढि पत्नी ल्याउनु हुँदैन—परमप्रभु स्त्रीहरूका पवित्रतामा आनन्दित हुनुहुन्छ। लगभग ई.पु. ५४४–४२१।

नफीका भाइ, याकूबले नफीका जनसामु, नफीको मृत्यु पश्चात् बोलेका वचनहरू:

अब, मेरा प्रिय बन्धुहरू, म याकूब, परमेश्वरले मलाई दिएको जिम्मेवारीअनुसार, गम्भीरताकासाथ मेरो जिम्मेवारीलाई विस्तृतीकरण गर्न, र म तिमीहरूका पापहरू मेरो वस्त्रबाट हटाउन, म यो दिन मन्दिरभित्र आउँछु कि म तिमीहरूसामु परमेश्वरका वचनहरू घोषणा गर्न सँकू।

अनि तिमीहरू आफैँलाई थाहा छ कि म आजसम्म मेरो बोलावटको जिम्मेवारीमा लगनशील भएको छु; तर यो दिन म तिमीहरूका जीवात्माहरूको कल्याणका निम्ति पहिले भन्दा अझ बढी चाहना र चिन्ताले भारी भएको छु।

किनकि हेर, आजसम्म, मैले तिमीहरूलाई दिएका परमेश्वरका वचनहरूप्रति तिमीहरू आज्ञाकारी भएका छौ।

तर हेर, तिमीहरू मलाई सुन, अनि जान कि सर्व-शक्तिमान् स्वर्ग र पृथ्वीका सृष्टिकर्ताको सहयोगद्वारा म तिमीहरूका विचारका बारेमा भन्न सक्दछु, कसरी कि तिमीहरू पापमा परिश्रम गर्न प्रारम्भ गर्दैछौ, जुन पाप मेरोसामु धेरै कुकर्मी देखिन्छ, हो, अनि परमेश्वरसामु धेरै घृणित देखिन्छ।

हो, यसले मेरो जीवात्मालाई शोक दिन्छ र मलाई मेरो निर्माताको उपस्थितिअगाडि लाजले खुम्च्याउँछ, कि मैले तिमीहरूका हृदयहरूको दुष्टताका बारेमा तिमीहरूसामु गवाही दिनुपर्दछ।

अनि अझ यसले मलाई शोक दिन्छ कि मैले तिमीहरूका बारेमा यति धेरै सहासिलो बोली प्रयोग गर्नुपर्छ, तिमीहरूका श्रीमतीहरू र छोराछोरीहरूअगाडि, जसमध्ये धेरैका भावनाहरू परमेश्वरअगाडि अत्यन्त नरम र पवित्र र कोमल छन्, जुन कुरा परमेश्वरका लागि खुशीका हुन्।

अनि मलाई यस्तो लाग्दछ कि उनीहरू परमेश्वरका खुशीका वचन सुन्न यहाँ आएका हुन्, हो ती वचन जुनले घाइते जीवात्मालाई निको पार्दछन्।

यसकारण, यसले मेरो जीवात्मालाई भारी बनाएको छ कि, परमेश्वरबाट मैले प्राप्त गरेका कठोर आज्ञाको कारण, म तिमीहरूका अपराधअनुसार तिमीहरूलाई चेतावनी दिन, सान्त्वना दिएर उनीहरूका घाऊहरू निको पार्नुको सट्टा घाइते भैसकेकाहरूका घाऊहरूलाई अझ ठूलो पार्न, अझै घाइते नभएकाहरूलाई, परमेश्वरका खुशीका वचनमा भोज गराउनुका सट्टामा उनीहरूका जीवात्माहरूलाई चक्कुले घोच्न र उनीहरूका कोमल मस्तिष्कहरूलाई घाइते पार्न म बाध्य हुनु परेको छ।

१० तर, कार्य महान् हुँदाहुँदै पनि, मैले शुद्ध र चुर्ण हृदयका उपस्थितिमा, अनि सर्व-शक्तिमान् परमेश्वरको तीक्ष्ण आँखाका दृष्टिमुनि, परमेश्वरका कठोर आज्ञाहरूअनुसार गर्नुपर्दछ अनि तिमीहरूका दुष्टता र कुकर्महरूका बारेमा भन्नु पर्छ।

११ यसकारण, मैले तिमीहरूलाई परमेश्वरका वचनको सरलताअनुसार सत्य बोल्नुपर्छ। किनकि हेर, जब मैले परमेश्वरसँग सोधखोज गरेँ, यसरी उहाँको वचन ममा आयो, यसो भन्दै: याकूब, तिमी भोलि मन्दिरमा जाऊ, अनि मैले तिमीलाई दिने वचन यी मानिसहरूसामु घोषणा गर।

१२ अनि अब हेर, मेरा बन्धुहरू, मैले तिमीहरूसामु घोषणा गर्ने वचन यो हो, कि तिमीहरूमध्ये धेरैले सुन, र चाँदि, र सबै प्रकारका अनमोल धाउहरू को खोजी गर्न प्रारम्भ गरेकाछौ, जुन तिमीहरूका र तिमीहरूका सन्तानको प्रतिज्ञाको भूमि, यो भूमिमा प्रशस्त उपलब्ध छ।

१३ अनि विधाताको हात तिमीहरूमाथि धेरै खुशीका साथ मुस्कुराएका छन्, कि तिमीहरूले धेरै धन प्राप्त गरेका छौ; अनि किनभने तिमीहरूमध्ये केहीले तिमीहरूका बन्धुहरूभन्दा बढी प्रचुरमात्रामा प्राप्त गरेकाले तिमीहरू आफ्ना हृदयका घमण्डले मातिएका छौ, अनि आफ्नो महङ्गा वस्त्रको कारण अटेरी घाँटी र घमण्डी शिर बनाउछौ, तिमीहरू उनीहरूभन्दा असल छौँ भन्ने ठानेर तिमीहरूका बन्धुहरूलाई सताउँछौँ।

१४ अनि अब, मेरा बन्धुहरू, के तिमीहरू यो ठान्दछौ कि परमेश्वर तिमीहरूलाई यो कुरामा सफाइ दिनुहुन्छ? हेर, म तिमीहरूलाई भन्दछु, दिनुहुन्न। तर उहाँले तिमीहरूलाई दोषी ठहाऱ्याउनु हुन्छ, अनि यदि यी कुराहरू जारी राख्यौ भने उहाँको न्याय तिमीहरूमाथि द्रूतगतिले आउनुपर्छ।

१५ हे उहाँले तिमीहरूलाई देखाउनुहोओस् कि उहाँले तिमीहरूलाई छेड्न सक्नुहुन्छ, अनि उहाँको आँखाको एक द्र्ष्टिमा उहाँले तिमीहरूलाई प्रहार गरेर धुलो बनाइदिन सक्नुहुन्छ।

१६ हे उहाँले यो दुष्टता र कुकर्म तिमीहरूबाट हटाउनुहोओस्। अनि, हे उहाँका आज्ञाका वचन तिमीहरूले सुन, अनि तिमीहरूका हृदयका यी घमण्डले आफ्ना जीवात्माहरूलाई विनाश हुन नदेओ!

१७ आफ्ना बन्धुहरूलाई आफूजस्तै सोच, अनि सबैसँग परिचित होऊ र आफ्नो सम्पत्तिमा उदार होऊ, कि उनीहरू पनि तिमीहरू जस्तै धनी होऊन्।

१८ तर धनको खोजी गर्नुभन्दा पहिले परमेश्वरको अधिराज्यको खोजी गर।

१९ अनि तिमीहरूले ख्रीष्टमा एक आशा प्राप्त गरेपछि तिमीहरूले धन प्राप्त गर्नेछौ, यदि तिमीहरूले त्यसलाई खोज्यौ भने; अनि तिमीहरूले त्यसको खोजी भलो गर्ने नियतले गर्नेछौ—नाङ्गालाई पहिराउन, अनि भोकालाई खुवाउन, अनि बन्दीलाई स्वतन्त्र गर्न, अनि बिरामी र पीडितलाई राहत प्रदान गर्न।

२० अनि अब, मेरा बन्धुहरू, मैले तिमीहरूसामु घमण्डको बारेमा बोलेकोछु; अनि तिमीहरू मध्ये जसले परमेश्वरले तिमीहरूलाई दिनुभएका कुराहरूका कारण, तिमीहरूले आफ्ना हृदयहरूमा घमण्ड भएकाले आफ्नो छिमेकीलाई कष्ट दिएका छौ, अनि उनीहरूलाई सताएका छौ, तिमीहरू यसका बारेमा के भन्छौ?

२१ के तिमीहरू ठान्दैनौ कि सबै मानवको सृष्टि गर्ने उहाँसामु यस्ता कुराहरू घृणित छन्? अनि उहाँको नजरमा एक प्राणी अर्को जत्तिकै बहुमूल्य छ। अनि सबै मानव धूलोका हुन्; अनि एउटै कारणका निम्ति उहाँले उनीहरूको सृष्टि गर्नु भएको हो, कि उनीहरू उहाँका आज्ञाहरू पालन गरून् र उहाँलाई सदासर्वदा महिमित गरून्।

२२ अनि अब म यो घमण्डको बारेमा तिमीहरूसामु बोल्न अन्त्य गर्दछु। अनि यदि अझ गम्भीर अपराधको बारेमा बोल्नु नपर्ने भए, मेरो हृदयले तिमीहरूका कारण अत्यन्त खुशी मनाउने थियो।

२३ तर मलाई तिमीहरूका अझ गम्भीर अपराधहरूका कारण परमेश्वरका वचनले भारी बनाउँछ। किनकि हेर, परमप्रभु यसो भन्नुहुन्छ: यी मानिसहरू दुष्टतामा बढ्न थाले, उनीहरू धर्मशास्त्र बुझ्दैनन्, किनकि उनीहरू दाउद, अनि उनका पुत्र सोलोमनका बारेमा लेखिएका कुराहरूका कारण वेश्यावृत्ति गर्न आफैँलाई छुट् दिन्छन्।

२४ हेर, दाउद र सोलोमनका साँचै नै धेरै श्रीमतीहरू र रखौटीहरू थिए, जुनकुरा मेरा अगाडि घृणित थियो, परमप्रभु भन्नुहुन्छ।

२५ यसकारण, परमप्रभु यसो भन्नुहुन्छ, मैले यी मानिसहरूलाई, मेरा पाखुराका बलले, यरुशलेमको भूमिबाट अगुवाइ गरेर ल्याएँ, कि मैले योसेफका नितम्बका फलबाट धर्मी शाखा हुर्काउन सकूँ।

२६ यसकारण, म परमप्रभु परमेश्वर सहनेछैन कि यी मानिसहरूले प्राचीनकालका उनीहरू जस्तै गरून्।

२७ यसकारण, मेरा बन्धुहरू, मलाई सुन, अनि परमप्रभुका वचन सुन: किनकि त्यहाँ त्यस्तो तिमीहरूमध्ये कुनै पनि पुरुषको एक भन्दा बढी श्रीमती हुनुहुँदैन; अनि उसको कुनै रखौटीहरू हुनुहुँदैन;

२८ किनकि म, परमप्रभु परमेश्वर, स्त्रीहरूका पवित्रतामा आनन्दित हुन्छु। अनि वेश्यावृत्तिहरू मेरा अगाडि कुकर्म हुन्; सैन्यहरूका अधिपति यसो भन्नुहुन्छ।

२९ यसकारण, यी मानिसहरूले मेरा आज्ञाहरू पालन गरुन्, सैन्यहरूका अधिपति भन्नुहुन्छ, अथवा यो भूमि उनीहरूका निमित्त श्रापित हुनेछ।

३० किनकि यदि मैले, सैन्यहरूका अधिपति भन्नुहुन्छ, मेरा निम्ति सन्तान हुर्काएँ भने, म मेरा जनलाई आज्ञा दिने छु; अन्यथा उनीहरूले यी कुराहरू सुन्नेछन्।

३१ किनकि हेर, म, परमप्रभुले, येरुशेलमको भूमिका, हो, मेरा जनका सबै भूमिका छोरीहरूले शोक गरेको सुनेको छु, दु:ख देखेको छु, उनीहरूका श्रीमान्‌हरूका दुष्टता र कुकर्महरूका कारण।

३२ अनि म सहनेछैनँ, सैन्यहरूका अधिपति भन्नुहुन्छ, कि येरुशेलमबाट मैले अगुवाइ गरेर ल्याएका मेरा जनका सुन्दरी छोरीहरूका रोदन मेरा जनका पुरुषहरूविरुद्ध मसम्म आइपुगोस्, सैन्यहरूका अधिपति भन्नुहुन्छ।

३३ किनकि उनीहरूले उनीहरूका कोमलताको कारण मेरा जनका छोरीहरूलाई बन्दी बनाएर अगुवाइ गरिने छैन, मैले कष्टप्रद श्रापले, विनाशमा समेत, उनीहरूलाई नभेटेसम्म; किनकि उनीहरूले, प्राचीनकालका उनीहरूजस्तै, वेश्यावृत्ति गर्नेछैनन्, सैन्यहरूका अधिपति भन्नुहुन्छ।

३४ अनि अब हेर, मेरा बन्धुहरू, तिमीहरूलाई थाहा छ कि यी आज्ञाहरू हाम्रा पिता लहीलाई दिइएको थियो; यसकारण, तिमीहरूलाई यी पहिल्यै थाहा थियो; अनि तिमीहरू महान् तिरस्कारमा परेका छौ, किनकि तिमीहरूले गर्न नहुने यी कुराहरू गरेका छौ।

३५ हेर, तिमीहरूले, तिमीहरूका बन्धुहरू, लमानीहरूभन्दा पनि ठूला दुष्ट्याँईहरू गरेका छौ। तिमीहरूले आफ्ना श्रीमतीहरूका कोमल हृदयलाई टुक्र्याएका छौ, अनि तिम्रा छोराछोरीहरूको आस्वासनलाई गुमाएका छौ, तिमीहरूका खराब उदाहरणहरूका कारणले; अनि उनीहरूका हृदयहरूका वेदना तिमीहरूका विरुद्ध परमेश्वरसम्म आइपुग्दछ। अनि तिमीहरूका विरुद्द आउने परमेश्वरका कडा वचनका कारण, जुन तिमीहरूविरुद्द आउनेछ, गहिरो घाउहरूले छेडिएर, धेरै हृदयहरू मरे।