धर्मशास्त्रहरू
मोर्मोनको पुस्तकका बारेमा संक्षिप्त विवरण


मोर्मोनको पुस्तकका बारेमा एक संक्षिप्त विवरण

मोर्मोनको पुस्तक प्राचीन अमेरिकाका जनको एउटा पवित्र अभिलेख हो र यो धातुका पाताहरूमा कुँदिएको थियो। जुन स्रोतबाट यी अभिलेखहरू तयार पारिएका थिए:

  1. नफीका पाताहरू, जुन दुई प्रकारका थिए: साना पाताहरू र ठूला पाताहरू। अगिल्लोलाई विशेष गरी बढी धार्मिक विषयवस्तु र अगमवक्ताहरूका सेवा र शिक्षाहरूका निम्ति छुट्याइएको थियो, जब कि पछिल्लोमा सम्बन्धित जनको लौकिक इतिहास थियो (१ नफी ९:२–४)। मोसीयाहको समयदेखि, तैपनि, ठूला पाताहरूमा पनि आत्मिक महत्वका प्रमुख घटनाहरू सम्मिलित थिए।

  2. मोर्मोनका पाताहरू, जुनमा मोर्मोनले नफीका ठूला पाताहरूबाट धेरै टिकाटिप्पणीका साथ गरेको संक्षेपीकरण छ। यी पाताहरूमा मोर्मोनद्वारा गरिएको इतिहासको निरन्तरता र उनका छोरा मोरोनीद्वारा थपिएका कुराहरू पनि थिए।

  3. एतेरका पाताहरू, जुनले येरेदीहरूका इतिहास प्रस्तुत गर्दछ। यो अभिलेखलाई मोरोनीद्वारा संक्षेपीकरण गरिएको थियो, जसले आफ्ना टिकाटिप्पणीहरू घुसाए र “एतेरको पुस्तक” भन्ने शीर्षकमा सामान्य इतिहासका साथ अभिलेख पनि थपे।

  4. काँसका पाताहरू जुन लहीले ई.पू. ६०० मा यरुशलेमबाट ल्याएका थिए। यिनमा “मोशाका पाँच पुस्तकहरू,… अनि प्रारम्भदेखिको यहूदाका राजा सिदकियाहको शासनसम्म यहूदीहरूको एउटा अभिलेख पनि र पवित्र अगमवक्ताहरूका अगमवाणीहरू पनि” थिए (१ नफी ५:११–१३)। यी पाताहरूदेखि, यशैया र बाइबलका र बाइबल बाहिरका अगमवक्ताहरूका धेरै वाणीहरू उद्धृत गर्दै मोर्मोनको पुस्तकमा देखापर्छन्।

मोर्मोनको पुस्तक एक बाहेक अरु पुस्तकको रुपमा चिनिने पन्ध्र विभिन्न भागहरू अथवा विभाजनहरूबाट बन्दछ, सामान्यतय तिनको प्रमुख लेखकको नाउँद्वारा तोकिएको छ। पहिलो भाग (ओम्नीसम्मका पहिला छ पुस्तकहरू) नफीका साना पाताहरूबाट अनुवाद गरिएको हो। ओम्नी र मोसीयाहका पुस्तकहरूको बीचमा मोर्मोनका वचनहरू निविष्ट गरिएको छ। निविष्ट गरिएको यसले साना पाताहरूका कुँदाइलाई मोर्मोनद्वारा गरिएको ठूला पाताहरूको संक्षेपीकरणसँग जोड्दछ

सबभन्दा लामो भाग, मोसीयाह देखि मोर्मोनको अध्याय ७ सम्म नफीका ठूला पाताहरूको मोर्मोनले गरेको संक्षेपीकरणको अनुवाद हो। अन्तिम भाग, मोर्मोनको अध्याय ८ देखि पुस्तकको अन्तिमसम्म मोर्मोनका छोरा मोरोनीले कुँदेका हुन्, जसले, आफ्ना पिताका जीवनको अभिलेखको अन्त्य गरेपछि, येरेदीहरूको अभिलेखको (एतेरको पुस्तकको रुपमा) संक्षेपीकरण गरे र पछि मोरोनीको पुस्तक भनिने भागहरूलाई थपे।

ई.सं. ४२१ सालमा अथवा लगभग त्यतिखेर, मोरोनी, नफीका अन्तिम अगमवक्ता-इतिहासकारले ती पवित्र अभिलेखलाई छाप लगाएर बन्द गरे र परमप्रभुमा लुकाए, उहाँका अगमवक्ताहरूमार्फत् परमेश्वरको आवाजद्वारा पूर्वसूचना गरे जस्तै पछिल्ला दिनहरूमा अघि ल्याइनका निम्ति ई.सं. १८२३ मा, सोही मोरोनीले, तब एक पुनरुत्थित व्यक्तिका रुपमा अगमवक्ता योसेफ स्मिथलाई भेटे र तत्पश्चात् ती कुँदेका पाताहरू उनलाई हस्तान्तरण गरे।

यो संस्करणका बारेमा: विषय सूचीको पृष्ठको लगत्तै अगाडिको पूरानो शीर्षक पृष्ठ पाताहरूबाट नै लिइएको हो र पवित्र शब्दहरू मध्येको भाग हो। १ नफीमा र मोसियाहको अध्याय ९ भन्दा पछि लेखिएको जस्तै छड्के अक्षरमा लेखिएको परिचय पनि पवित्र वचनहरूका भाग हुन्। अध्यायको शीर्षकमा भए जस्तै छड्के अक्षरमा भएका परिचयहरू पुराना वचनहरूबाट आएका होइनन् तर अध्ययन् गर्न सरल बनाउन सहयोग गर्नका निम्ति समावेश गरिएका हुन्।

अंग्रेजीमा प्रकाशित गरिएका मोर्मोनका पुस्तकका विगतका संस्करणहरूमा केही साना गल्तीहरू कायमै रहेका छन्। यो संस्करणमा ती सच्चाइहरू छन् जुन विषयवस्तुलाई प्रकाशन पहिलेका पाण्डुलिपिहरूसँग र अगमवक्ता योसेफ स्मिथद्वारा सम्पादन गरिएका पहिलेका संस्करणहरूसँग मिलाउन उपयुक्त ठहरिए।