धर्मशास्त्रहरू
मोर्मोनको पुस्तकको शीर्षक पृष्ठ


मोर्मोनको पुस्तक

मोर्मोनको हातद्वारा
नफीका पाताहरूबाट
लिइएका पाताहरूमाथि
लेखिएको विवरण

यसकारण, यो लमानीहरू, जो इस्राएलको घरानाका अवशेष हुन् र साथै यहूदी र गैह्र-यहूदीलाई लेखिएको—आदेशको माध्यमबाट र साथै अगमवाणीको र प्रकाशको आत्माबाट लेखिएको—लेखिएर र छाप लगाएर बन्द गरिएर र विनाश नहोस् भनेर परमप्रभुसामु लुकाइएको—परमेश्वरको उपहार र शक्तिद्वारा यसको भाषान्तरण हुने गरी बाहिर आउनको लागि मोरोनीको हातबाट छाप लगाएर बन्द गरिएको र उचित समयमा गैह्र-यहूदीको माध्यमबाट बाहिर आउनको लागि—परमेश्वरको उपहार र शक्तिद्वारा यसको भाषान्तरण हुनका लागि परमप्रभुसामु लुकाइएको नफीका जनको र साथै लमनीहरूको, अभिलेखको संक्षेप हो।

यो एतेरको पुस्तकबाट लिइएको संक्षेप पनि हो, जुन येरेदका जनको अभिलेख हो, जो परमेश्वरले मानिसहरूको भाषा खलबल पार्नु भएको समयमा छरिएका थिए, जब उनीहरू स्वर्ग पुग्नको लागि धरहरा बनाउँदै थिए—जो इस्राएलको घरानाका अवशेषसामु परमप्रभुले उनीहरूका पितापुर्खाहरुका लागि के महान् कुराहरू गर्नु भएको छ भनी देखाउनको निम्ति हो ताकि उनीहरूले परमप्रभुका करारहरू जान्न सकून्, ताकि उनीहरू सदासर्वदाका लागि निष्कासित नहोऊन्—अनि यहूदी र गैह्र यहुदीहरू सबै राष्ट्रहरूसामु प्रकट हुनुहुने येशू ख्रीष्ट नै, अनन्त परमेश्वर हुनुहुन्छ भनी विश्वास दिलाउनका लागि समेत—र अब, यदि त्यहाँ केही कमजोरीहरू छन् भने तिनीहरू मानिसहरूका गल्तीहरू हुन्; यसकारण, परमेश्वरका कुराहरूको निन्दा नगर, ताकि तिमीहरू ख्रीष्टको न्याय-आसनमा निष्कलङ्क भेट्टिइनेछौ।

योसेफ स्मिथ, जुनियरद्वारा
सक्कल अनुवाद पाताहरूबाट अंग्रेजीमा