धर्मशास्त्रहरू
आठ साक्षीहरूको गवाही


आठ साक्षीहरूको गवाही

सबै राष्ट्रहरू, कुटुम्बहरू, भाषाहरू र जन जसकासामु यो कृति आउनेछ उसलाई ज्ञात होस्: कि यो कृतिका अनुवादक योसेफ स्मिथ जुनिएरले हामीलाई ती पाताहरू देखाए जुनका बारेमा बोलिएको छ, जुनको आवरण सुनको जस्तो थियो; र उपर्युक्त स्मिथले जतिवटा भनेका छन् हामीले त्यतिवटा पाताहरू हाम्रा हातहरूले चलायौँ, तिनीहरूमा हामीले कुँदाइहरू पनि देख्यौँ, जुन सबै प्राचीनकालका कार्यहरूको जस्तो चाखलाग्दो शिल्पकला देखिन्छन्, कि उपर्युक्त स्मिथले हामीलाई देखाएका छन्। अनि हामी गम्भीर वचनका साथ गवाही दिन्छौँ, कि उपर्युक्त स्मिथले हामीलाई देखाएका छन्, किनकि हामीले देखेका र उचालेका छौँ र निश्चितताका साथ थाहा छ कि उपर्युक्त स्मिथले ती पाताहरू पाएका छन् जुनका बारेमा बोलिएको छ। अनि हामी हाम्रो नाउँ संसारसामु दिन्छौँ, संसारलाई गवाही वक्न कि हामीले देखेका छौँ। अनि हामीले ढाँट्दैनौँ, परमेश्वरले गवाही दिएका हुनाले।

ख्रिस्टियान व्हिट्मर

याकूब व्हिट्मर

पिटर व्हिट्मर, जु.

यूहन्ना व्हिट्मर

हाइरम पेज

योसेफ स्मिथ, सि.

हाइरम स्मिथ

सामुएल एच. स्मिथ