“पाठ २५: समीक्षा गर्नुहोस्,” सिकारूहरूका लागि EnglishConnect २ (२०२२)
“पाठ २५,” सिकारूहरूका लागि EnglishConnect २
Lesson 25
Review
उद्देश्य: म EnglishConnect २ को समीक्षा गर्ने छु र मेरो अनुभवलाई प्रतिबिम्बित गर्ने छु ।
Personal Study
A देखि D सम्मका क्रियाकलापहरू पूरा गरेर आफ्नो वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।
Study the Principle of Learning: Learn by Study and by Faith
अध्ययन र आस्थाद्वारा सिक्नुहोस्
I can rely on God to seek learning by study and by faith.
अध्ययन र आस्थाद्वारा सिक्ने प्रयास गर्दा म परमेश्वरमा निर्भर रहन सक्छु ।
परमप्रभुले हामीलाई सिक्नका लागि एउटा नमूना दिनुभएको छ:
“लगनशीलताका साथ खोज र एक-अर्कालाई ज्ञानका वचनहरू सिकाओ; हो, उत्कृष्ट पुस्तकहरूबाट ज्ञानका वचनहरू प्राप्त गर; शिक्षा प्राप्त गर, अध्ययन गरेर समेत र आस्थाद्वारा पनि ।सिद्धान्त र करार ८८:११८) ।
EnglishConnect मा आफ्ना अनुभवहरू प्रतिबिम्बित गर्नुहोस् । तपाईंहरूले यो नमूना कसरी लागू गर्नुभयो? हामीले सँगै सिकेका सिकाइका आधारभूत सत्यहरू र कथनहरूलाई प्रतिबिम्बित गर्नुहोस्:
-
“तपाईंहरू परमेश्वरका सन्तति हुनुहुन्छ”—म अनन्त क्षमता र उद्देश्य भएको परमेश्वरको सन्तति हुँ ।
-
“येशू ख्रीष्टमा आस्थाको अभ्यास गर्नुहोस्”—येशू ख्रीष्टले मलाई सबै कार्य गर्न सहयोग गर्न सक्नुहुन्छ जब म उहाँमा आस्थाको अभ्यास गर्छु ।
-
“उत्तरदायित्व वहन गर्नुहोस्”—मसँग छनोट गर्ने शक्ति छ र म मेरो आफ्नै सिकाइका लागि उत्तरदायी छु ।
-
“एकअर्कालाई प्रेम गर्नुहोस् र सिकाउनुहोस्”—म आत्माबाट सिक्न सक्छु जब म अरूहरूलाई प्रेम गर्छु, सिकाउँछु र उहाँहरूसँग सिक्छु ।
-
“अगाडि बढ्नुहोस्”—परमेश्वरको सहयोगले, म अवरोधहरूको सामना गर्दा पनि अगाडि बढ्न सक्छु ।
-
“परमप्रभुसँग सल्लाह लिनुहोस्”—म मेरा प्रयासहरूका सम्बन्धमा दैनिक रूपमा परमेश्वरसँग सल्लाह गरेर मेरो सिकाइलाई सुधार गर्छु ।
EnglishConnect समूहसँग तपाईंहरूको समय समाप्त हुन सक्छ तर त्यहाँ धेरै विषयहरू छन् जुन परमेश्वरले तपाईंहरूले सिकेको र अनुभव गरेको चाहनुहुन्छ । तपाईंहरूका स्वर्गका पिताले तपाईंहरूलाई प्रेम गर्नुहुन्छ र तपाईंहरूको दैवी क्षमता प्राप्तिका लागि सहयोग गर्न चाहनुहुन्छ । तपाईंहरू परमेश्वरमा निर्भर रहन सक्नुहुन्छ र “अध्ययन गरेर समेत र आस्थाद्वारा पनि” सिकाइ प्राप्त गर्न निरन्तर प्रयास गर्न सक्नुहुन्छ ।
Ponder
-
तपाईंहरूले अङ्ग्रेजी सिक्नमा परमेश्वरको प्रेम र सहयोग कसरी अनुभव गर्नुभएको छ?
-
तपाईंहरूले EnglishConnect मा सिकाइका सिद्धान्तहरू कसरी लागू गर्नुभयो?
-
तपाईंहरू आफ्नो जीवनको अन्य भू-भागहरूमा सिकाइका सिद्धान्तहरू कसरी लागू गर्नुहुन्छ?
Prepare for Activity 1
क्रियाकलाप १ का लागि निर्देशनहरू पढ्नुहोस् । क्रियाकलापमा प्रत्येक परिवारका लागि प्रश्न र प्रश्नको उत्तर लेख्नुहोस् । तिनीहरूलाई ठूलो स्वरमा पढ्नुहोस् । शब्दावली र नमूनाहरूका लागि पाठ ४ र पाठ ५ हेर्नुहोस् ।
Prepare for Activity 2
क्रियाकलाप २ का लागि निर्देशनहरू पढ्नुहोस् । एक तस्वीर छनोट गर्नुहोस् । त्यस कार्यक्रमका सम्बन्धमा चार प्रश्नहरू लेख्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । तिनीहरूलाई ठूलो स्वरमा पढ्नुहोस् । शब्दावली र नमूनाहरूका लागि पाठ १२ र पाठ २३ हेर्नुहोस् ।
Prepare for Activity 3
खण्ड १ को क्रियाकलाप ३ का लागि निर्देशनहरू पढ्नुहोस् । कुनै कार्यक्रम आयोजन गर्नका लागि तीन प्रश्नहरू लेख्नुहोस् र प्रश्नहरूको उत्तरहरू दिनुहोस् । तिनीहरूलाई ठूलो स्वरमा पढ्नुहोस् । शब्दावली र नमूनाहरूका लागि पाठ १७ र पाठ २२ हेर्नुहोस् ।
खण्ड २ को क्रियाकलाप ३ दोहोर्याउनुहोस् ।
Additional Activities
englishconnect.org/learner/resources मा वा EnglishConnect २ कार्यपुस्तिका मा पाठका क्रियाकिलापहरू र मूल्याङ्कनहरू अनलाइनमा पूरा गर्नुहोस् ।
Act in Faith to Practice English Daily
दैनिक अङ्ग्रेजी अभ्यास गर्न निरन्तरता दिनुहोस् । “व्यक्तिगत अध्ययन ट्र्याकर (सूचक)” प्रयोग गर्नुहोस् । आफ्नो अध्ययनको लक्ष्यको समीक्षा गर्नुहोस् र आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस् ।
Conversation Group
Discuss the Principle of Learning: Learn by Study and by Faith
(20–30 minutes)
-
यो पाठका सिकाइका सिद्धान्त ठूलो स्वरले पढ्नुहोस् ।
-
प्रश्नहरूका सम्बन्धमा छलफल गर्नुहोस् ।
Activity 1: Create Your Own Conversations
(10–15 minutes)
तस्वीरहरूमा हेर्नुहोस् । प्रत्येक परिवारका सम्बन्धमा प्रश्न सोध्नुहोस् र उत्तर दिनुहोस् । सम्भव भए जति भन्नुहोस् । सिर्जनशील हुनुहोस्! पालैपालो गर्नुहोस् ।
Example
-
A: How many grandchildren does he have?
-
B: He has two grandchildren.
-
A: Tell me about his daughter-in-law.
-
B: She is thirty years old, short, intelligent, and thoughtful.
-
A: How are the grandfather and the grandmother different?
-
B: The grandfather is more generous than the grandmother.
-
A: How are this sister and that sister different?
-
B: This sister is older. That sister is younger.
Image 1
Image 2
Image 3
Image 4
Activity 2: Create Your Own Conversations
(10–15 minutes)
भूमिका- निर्वाह । सहपाठी क तस्वीरमा भएको कार्यक्रममा सहभागी हुनुभयो । सहपाठी क ले कार्यक्रमका सम्बन्धमा प्रश्नहरू सोध्नुहुन्छ । सम्भव भए सम्म भन्नुहोस् । सिर्जनशील हुनुहोस्! भूमिका परिवर्तन गर्नुहोस् ।
Example
-
A: Where were you last night?
-
B: I was at a birthday party.
-
A: How was the birthday party?
-
B: It was fun. I had a wonderful time. There were lots of gifts.
-
A: What did you do?
-
B: We listened to music, danced, and shared memories.
-
A: Was there cake at the birthday party?
-
B: Yes, there was cake!
Image 1
Image 2
Image 3
Image 4
Activity 3: Create Your Own Conversations
(10–15 minutes)
Part 1
भूमिका-अभिनय । सहपाठी ख ले तपाईंको समुदायमा कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ । सहपाठी क ले कार्यक्रमको आयोजन गर्नका लागि सहयोग गर्न प्रश्नहरू सोध्नुहुन्छ । सिर्जनशील हुनुहोस्! भूमिका परिवर्तन गर्नुहोस् ।
Example
-
A: What will we do?
-
B: We will have a celebration.
-
A: OK! What will happen at the celebration?
-
B: It will be a celebration of our city. There will be games, snacks, a band, and fireworks.
-
A: Who will be there?
-
B: People from our community.
-
A: What day will it be?
-
B: It will be on August 1st.
-
A: When is it going to be?
-
B: It’s going to start at 6:30 p.m. It’s going to end after midnight.
Part 2
भूमिका- निर्वाह । तपाईंले खण्ड १ मा आयोजन गरिएको कार्यक्रममा सहपाठी क ले सहपाठी ख लाई आमन्त्रण गर्नुहुन्छ । परिपूरक प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । सहपाठी ख सहभागी हुन सक्नुहुन्न । सिर्जनशील हुनुहोस्! भूमिका परिवर्तन गर्नुहोस् ।
Example
-
A: Do you want to come to a celebration with me?
-
B: When is it?
-
A: It’s on Friday, May 10th at 6:30 p.m.
-
B: What will happen at the celebration?
-
A: There will be fireworks and games.
-
B: Sorry, I can’t come to the celebration because I need to study for a test.
-
A: Can you please come to the celebration with me?
-
B: No, I can’t come because I have to get a good grade on my test.
Reflection
(5–10 minutes)
बधाइ छ! तपाईंहरूले धेरै प्रगति गर्नुभएको छ । तपाईंहरूले अङ्ग्रेजी सिक्नमा लगाउनुभएको सबै प्रयास र समयका लागि हामी गर्व गर्छौँ ।
EnglishConnect २ मा आफ्नो अनुभवलाई प्रतिबिम्बित गर्नुहोस् र भविष्यका लागि लक्ष्यहरू बनाउनुहोस् ।
-
तपाईंहरूले सिकेका तीन विषयहरू बाँढ्नुहोस् जुन तपाईंहरूलाई सबैभन्दा उपयोगी थियो ।
-
तपाईंहरू कसरी तपाईंहरूको अङ्ग्रेजी सुधार गर्न निरन्तरता दिनुहुने छ?
-
सिकाइका आधारभूत सत्यका सम्बन्धमा सोँच्नुहोस् । तपाईंहरू आफ्नो जीवनमा यी आधारभूत सत्यहरू कसरी लागू गर्न सक्नुहुन्छ?
तपाईंहरूको अर्को चरण
अब तपाईंहरूले EnglishConnect २ पूरा गरिसक्नुभएको छ, EnglishConnect ३ मा निरन्तरता दिन विचार गर्नुहोस् । थप जानकारीका लागिjoin.englishconnect.orgमा जानुहोस् ।
EnglishConnect ३ सुरु गर्न तयार हुनुहुँदैन? EnglishConnect २ मा अङ्ग्रेजी सिक्न जारी राख्नुहोस् ।
तपाईंहरूले अर्को जे गर्नुभए पनि, सम्झनुहोस् कि तपाईंहरू परमेश्वरका सन्तति हुनुहुन्छ र उहाँले तपाईंहरूलाई प्रगति गर्न सहयोग गर्न सक्नुहुन्छ ।
Act in Faith to Practice English Daily
“आफूले सक्ने सबै शिक्षा प्राप्त गर्नुहोस् । … शिक्षा त्यो साँचो हो जसले तपाईंहरूका लागि अवसरको ढोका खोल्छ । यसका लागि त्याग गर्नु उचित हुन्छ । यो काम गर्नु उचित हुन्छ र यदि तपाईंहरूले आफ्नो मस्तिष्क र हातहरू शिक्षित गर्नुभयो भने, तपाईंहरू समाजमा ठूलो योगदान गर्न सक्षम हुनुहुने छ जसको तपाईंहरू एक हिस्सा हुनुहुन्छ र तपाईंहरू जुन चर्चमा सदस्य हुनुहुन्छ त्यसमा सम्मानजनक रूपमा प्रतिबिम्बित हुन सक्षम हुनुहुने छ” (Teachings of Presidents of the Church: Gordon B. Hinckley [२०१६], २४१) ।