EnglishConnect for Missionaries
पाठ २३: विशेष समारोहहरू


“पाठ २३: विशेष समारोहहरू,” सिकारूहरूका लागि EnglishConnect २ (२०२२)

“पाठ २३,” सिकारूहरूका लागि EnglishConnect २

पुरुषहरू र बालकहरू हिँड्दै

Lesson 23

Special Occasions

उद्देश्य: म विगतका घटनाहरूका सम्बन्धमा वर्णन गर्न सिक्ने छु ।

Personal Study

A देखि E सम्मका क्रियाकलापहरू पूरा गरेर आफ्नो वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।

परिशिष्ट क
Study the Principle of Learning: Exercise Faith in Jesus Christ

येशू ख्रीष्टमा आस्थाको अभ्यास गर्नुहोस्

Jesus Christ can help me do all things as I exercise faith in Him.

येशू ख्रीष्टले मलाई सबै कार्य गर्नका लागि सहयोग गर्न सक्नुहुन्छ जब म उहाँमा आस्थाको अभ्यास गर्छु ।

बाइबलमा हामी एउटी महिलाका सम्बन्धमा सिक्छौँ जो धेरै वर्षदेखि बिरामी थिइन् । उनले आफ्नो सबै पैसा औषधिउपचार गर्नका लागि खर्च गरिन् । उनी धेरै डाक्टरकहाँ गएकी थिइन् तर उनको रोग झनै बढ्दै गयो । तब स्त्रीले येशूका सम्बन्धमा सुनिन् । तिनले मानिसहरूको भीडमा उहाँलाई देखिन् । तिनले विश्वास गरिन् कि येशूमा तिनलाई चङ्गाइ प्रदान गर्ने शक्ति छ । तिनले विश्वास गरिन् कि यदि तिनले उहाँको वस्त्र छुन पाएमा, उनी निको हुने छिन् । तिनी येशूको पछाडि आइन् र उहाँको वस्त्र छोईन् । उनले आफ्नो शरीर निको भएको महसुस गरिन् । येशूले आफ्नो शरीरबाट शक्ति निस्केको महसुस गर्नुभयो । जब उहाँले सोध्नुभयो कि उहाँको वस्त्र कसले छोयो, तिनी सुरुमा उनले छोएको हो भनेर स्वीकार गर्न डराइन् तर पछि तिनले स्वीकार गरिन् कि यो उनी नै थिइन् ।

येशूले भन्नुभयो, “सान्त्वना प्राप्त गर: तिम्रो आस्थाले तिमीलाई निको पारेको छ; शान्तिमा जाऊ” (लूका ८:४८)।

यी महिलाले विश्वास गरिन् र तिनले आस्थामा कार्य गरिन् । येशूकहाँ पुग्नु एउटा सानो कार्य थियो तर यसले तिनको जीवनमा उहाँको शक्ति ल्यायो । परमेश्वरसँग सहयोग माँग्न तपाईंहरू लज्जित हुनु वा डराउनु पर्दैन । उहाँले तपाईंहरूलाई सहयोग गर्न चाहनुहुन्छ । जब तपाईंहरू आस्थाको अभ्यास गर्नुहुन्छ, सानो तरिकामा भएपनि, यसले तपाईंहरूको जीवनमा येशू ख्रीष्टको शक्ति ल्याउन सक्छ ।

ख्रीष्ट महिलालाई सान्त्वना दिनुहुँदै

Ponder

  • तपाईंले अङ्ग्रेजी सिक्नुभएपछि परमप्रभुले तपाईंलाई कसरी मजबुत बनाउनुभएको छ?

  • तपाईंहरूले आफ्नो जीवनका अन्य पक्षहरूमा आस्थाको अभ्यास कसरी गर्न सक्नुहुन्छ?

परिशिष्ट ख
Memorize Vocabulary

आफ्नो वार्तालाप समूहपूर्व प्रत्येक शब्दको अर्थ र उच्चारण जान्नुहोस् । आफ्नो जीवनमा शब्दहरू लागू गर्ने प्रयास गर्नुहोस् । तपाईंहरूले यी शब्दहरू कहिले र कहाँ प्रयोग गर्न सक्नुहुन्छ भनेर सोच्नुहोस् ।

a fun time

कुनै रोचक समय

Nouns

awards ceremony

पुरस्कार वितरण समारोह

family reunion

पारिवारिक पुनर्मिलन

food

खाना

graduation

उपाधिग्रहण

nice speeches

सुन्दर भाषणहरू

wedding dinner

विवाहको रात्रिभोज

Verbs Past

ate food

खाना खाइयो

danced

नाचियो

gave gifts

उपहारहरू दिइयो

got together with friends

साथीहरूसँग समय बिताइयो

listened to speeches

व्यक्तव्यहरू सुनियो

shared memories

सम्झनाहरू बाँढियो

watched fireworks

पटाका पड्काएको हेरियो

Adjectives

beautiful

सुन्दर

boring

पट्टाइ लाग्दो

exciting

रोमाञ्चक

fun

रमाइलो

horrible

डरलाग्दो

tiring

थकाउने

weird

अनौठो

परिशिष्ट ग
Practice Pattern 1

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र जवाफ दिन नसक्दा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूले Memorize Vocabulary खण्डका शब्दहरूसँग रेखाङ्कित शब्दहरूलाई परिवर्तन गर्न सक्नुहुन्छ ।

Q: How was the (noun)?A: It was (adjective). I had a (adjective) time. There were (noun).

Questions

नमूना १ प्रश्न संज्ञा/नाम कस्तो थियो?

Answers

नमूना १ उत्तर यो विशेषण थियो । मैले विशेषणको समय बिताएँ । त्यहाँ संज्ञा/नामहरू थिए ।

Examples

आमा र छोरा उपाधिग्रहणमा फोटो खिच्दै

Q: How was the graduation?A: It was exciting. We had a fun time. There were nice speeches.

Q: How did the party go?A: It was tiring. I had a horrible time. There was a weird band.

परिशिष्ट घ
Practice Pattern 2

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । कुनै सहपाठी सँग वार्तालापमा नमूनाहरू प्रयोग गर्ने प्रयास गर्नुहोस् । तपाईंहरू संवाद गर्न वा सन्देश पठाउन सक्नुहुन्छ ।

Q: What did you do at the (noun)?A: I (verb past).

Questions

नमूना २ प्रश्न प्र: तपाईंले संज्ञा/नाममा के गर्नुभयो

Answers

नमूना २ उत्तर म अतीतको क्रिया

Examples

उपाधि ग्रहण गर्नेहरू टोपी हावामा फ्याँक्दै

Q: What did you do at the graduation?A: We ate food and shared memories.

विचित्रको स्थान व्यवस्थापन गर्दै

Q: What did they do at the wedding dinner?A: They got together with friends.

परिशिष्ट ङ
Use the Patterns

तपाईंहरूले कसैलाई सोध्न सक्ने चार प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । तिनीहरूलाई ठूलो स्वरमा पढ्नुहोस् ।

Additional Activities

englishconnect.org/learner/resources मा वा EnglishConnect २ कार्यपुस्तिका मा पाठका क्रियाकिलापहरू र मूल्याङ्कनहरू अनलाइनमा पूरा गर्नुहोस् ।

Act in Faith to Practice English Daily

दैनिक अङ्ग्रेजी अभ्यास गर्न निरन्तरता दिनुहोस् । “व्यक्तिगत अध्ययन ट्र्याकर (सूचक)” प्रयोग गर्नुहोस् । आफ्नो अध्ययन लक्ष्यको समीक्षा गर्नुहोस् र आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस् ।

Conversation Group

Discuss the Principle of Learning: Exercise Faith in Jesus Christ

(20–30 minutes)

ख्रीष्ट महिलालाई सान्त्वना दिनुहुँदै

परिशिष्ट १
Activity 1: Practice the Patterns

(10–15 minutes)

सहपाठी सँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।

सहपाठी सँग नमूना १ अभ्यास गर्नुहोस्:

  • प्रश्नहरू सोधेर अभ्यास गर्नुहोस् ।

  • प्रश्नहरूको उत्तर दिएर अभ्यास गर्नुहोस् ।

  • नमूनाहरू प्रयोग गरेर वार्तालाप गर्ने अभ्यास गर्नुहोस् ।

नमूना २ दोहोर्याउनुहोस् ।

परिशिष्ट २
Activity 2: Create Your Own Sentences

(10–15 minutes)

चित्रहरू हेर्नुहोस् । प्रत्येक घटनाका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र उत्तर दिनुहोस् । सम्भव भए सम्म भन्नुहोस् । पालैपालो गर्नुहोस् । सहपाठीहरू परिवर्तन गर्नुहोस् र पुन: अभ्यास गर्नुहोस् ।

Example: graduation

उपाधिग्रहण समारोहमा मुस्कुराउँदै महिला
  • A: How was the graduation?

  • B: It was boring.

  • A: What did you do at the graduation?

  • B: We listened to speeches.

Image 1: wedding

मन्दिरमा विवाहित जोडी

Image 2: birthday party

बालकको जन्मदिनको जमघट

Image 3: awards ceremony

प्रमाण-पत्र प्रदान गर्दै

Image 4: retirement party

सेवानिवृत्ति समारोहमा महिला

परिशिष्ट ३
Activity 3: Create Your Own Conversations

(15–20 minutes)

तपाईं भर्खरै सहभागी हुनुभएका घटनाहरू, उत्सवहरू वा विशेष समारोहहरूका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र उत्तर दिनुहोस् । यस पाठ र पाठ २२. बाट शब्दावली प्रयोग गर्नुहोस् । सम्भव भए सम्म भन्नुहोस् । पालैपालो गर्नुहोस् ।

परिवारको जन्म उत्सव

Example

  • A: How was the family reunion?

  • B: It was fun!

  • A: What did you do at the family reunion?

  • B: We shared memories with family members.

  • A: Who was there?

  • B: My aunts, uncles, and cousins were there.

Evaluate

(5–10 minutes)

तपाईंका उद्देश्यहरू र दैनिक अङ्ग्रेजी अभ्यास गर्ने प्रयासहरूमा तपाईंहरूको प्रगतिको मूल्याङ्कन गर्नुहोस् ।

Evaluate Your Progress

I can:

  • Ask about past events.

    विगतका घटनाहरूका सम्बन्धमा सोध्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Talk about past events.

    विगतका घटनाहरूका सम्बन्धमा संवाद गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार

Evaluate Your Efforts

निम्नानुसार गरेर आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस्:

  1. सिकाइका सिद्धान्त अध्ययन गर्नुहोस् ।

  2. शब्दावली स्मरण गर्नुहोस् ।

  3. नमूनाहरू अभ्यास गर्नुहोस् ।

  4. दैनिक अभ्यास गर्नुहोस् ।

लक्ष्य निर्धारण गर्नुहोस् । “व्यक्तिगत अध्ययन ट्रयाकर” मा अध्ययन सुझावहरू मनन गर्नुहोस् ।

आफ्नो लक्ष्य सहपाठीसँग साझा गर्नुहोस् ।

Act in Faith to Practice English Daily

“जब मुक्तिदातालाई जानकारी छ कि तपाईंहरू वास्तवमा नै उहाँसम्म पुग्न चाहनुहुन्छ—जब उहाँले महसुस गर्न सक्नुहुन्छ कि तपाईंहरूको हृदयको सबैभन्दा उत्तम चाहना उहाँको शक्तिलाई तपाईंहरूको जीवनमा आकर्षण गर्ने हो—तपाईंहरूले वास्तवमा नै के गर्नु पर्छ भनेर बुझ्नका लागि तपाईंहरूलाई पवित्र आत्माले नेतृत्व गर्नुहुने छ [हेर्नुहोस् सिद्धान्त र करार ८८:६३] । जब तपाईंहरू आध्यात्मिक तवरमा तपाईंहरूले पहिले गर्नुभएका विषयहरू भन्दा बाहिर तन्किनुहुन्छ, तब उहाँको शक्ति तपाईंहरूमा प्रवाहित हुने छ ।” (रसल एम्. नेल्सन, “Drawing the Power of Jesus Christ into Our Lives,” लियाहोना, मे २०१७, ४२) ।