EnglishConnect for Missionaries
पाठ ४: परिवार र साथीहरू


“पाठ ४: परिवार र साथीहरू,” सिकारूहरूका लागि EnglishConnect २ (२०२२)

“पाठ ४,” सिकारूहरूका लागि EnglishConnect २

टेबुल छेउमा बसेर मुस्कुराइरहेकी महिला

Lesson 4

Family and Friends

उद्देश्य: म विस्तारित परिवारका सदस्यहरूको वर्णन गर्न सिक्ने छु ।

Personal Study

A देखि E सम्मका क्रियाकलापहरू पूरा गरेर आफ्नो वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।

परिशिष्ट क
Study the Principle of Learning: Love and Teach One Another

एकअर्कालाई प्रेम गर्नुहोस् र सिकाउनुहोस्

I can learn from the Spirit as I love, teach, and learn with others.

मैले अरूहरूलाई प्रेम गर्दा, सिकाउँदा र उनीहरू सँगै सिक्दा म आत्माबाट सिक्न सक्छु ।

EnglishConnect मा, हामीलाई जानकारी छ कि परमेश्वर सत्य शिक्षक हुनुहुन्छ र उहाँले हामीलाई उहाँको आत्माद्वारा सिकाउनुहुन्छ । आत्माले प्रसन्नता, शान्ति र प्रेमको भावना ल्याउँछ । आत्माले हामीलाई सत्य बुझ्न सहयोग गर्छ र हाम्रो सिक्ने क्षमतामा अविवृद्धि गर्न सक्छ । हामीले आत्मालाई हामीसँग हुनका लागि आमन्त्रण गर्ने एउटा तरिका प्रेम गर्नु, सिकाउनु र सँगै सिक्नु हो । मोर्मोनको पुस्तकका अगमवक्ता अल्मा मानिसहरूलाई सिकाउन उत्तरदायी हुनुहुन्थ्यो । उहाँले मानिसहरूलाई समूहहरूमा विभाजन गर्नुभयो र प्रत्येक समूहका लागि एक अगुवा चयन गर्नुभयो । अल्माले तिनीहरूलाई सिकाए:

“प्रवाचक श्रोताभन्दा माथिको थिएन, न त शिक्षक सिक्नेभन्दा माथिको थियो; अनि यसरी तिनीहरू सबै समान थिए” (अल्मा १:२६) ।

EnglishConnect मा, हामी विश्वास गर्छौं कि शिक्षक र सिकारूहरू समान रूपमा महत्त्वपूर्ण छन् । हामी सबै शिक्षक र सिकारू हौँ । हामी एकअर्कालाई सम्मान गर्छौँ र सुन्छौँ । हामी एकअर्कालाई सिकाउँछौँ । हामी एकअर्कालाई प्रेम गर्छौँ र सम्मान गर्छौँ । हामी अरूहरूलाई उहाँहरू सफल हुनुहुँदा बधाई दिन र उहाँहरूले गल्ती गर्दा प्रोत्साहन गर्न सक्छौँ । हामीहरूले एकअर्कालाई समर्थन गर्न र हप्ताभरि एकअर्कासँग अभ्यास गर्न समय निर्धारण गर्ने तरिकाहरू पनि पत्ता लगाउन सक्छौँ । हामीले एकअर्कालाई प्रेम गर्दा र सिकाउँदा परमेश्वरले हामीलाई उहाँको आत्माले आशीष् दिनुहुने छ ।

तीनजना महिलाहरू अङ्कमाल गरेर मुस्कुराउँदै

Ponder

  • भिन्न अङ्ग्रेजी क्षमता भएकाहरूलाई प्रेम र समर्थन गर्न तपाईंहरूले के गर्न सक्नुहुन्छ?

  • EnglishConnect मा सिक्ने अनुभव तपाईंहरूले यसपूर्व अध्ययन गर्नुभएका अन्य शिक्षाहरू भन्दा कसरी भिन्न हुन सक्छ?

परिशिष्ट ख
Memorize Vocabulary

आफ्नो वार्तालाप समूहपूर्व प्रत्येक शब्दको अर्थ र उच्चारण जान्नुहोस् ।

extended family

विस्तारित परिवार

eyes

आँखाहरू

hair

कपाल

Adjectives

artistic

कलात्मक

athletic

खेलाडी

intelligent

बुद्धिमान

loud

जोरले

silly

मूर्ख

short

छोटो

tall

अग्लो

old

पुरानो

young

जवान

black

कालो

blonde

सुनौलो पहेँलो

brown

खैरो

gray

खरानी रङ्ग

red

रातो

white

सेतो

hazel

सुनौलो खैरो (हेजल)

blue

निलो

green

हरियो

numbersका लागि परिशिष्ट हेर्नुहोस् ।

family nounsका लागि परिशिष्ट हेर्नुहोस् ।

परिशिष्ट ग
Practice Pattern 1

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र जवाफ दिन नसक्दा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूले Memorize Vocabulary खण्डका शब्दहरूसँग रेखाङ्कित शब्दहरूलाई परिवर्तन गर्न सक्नुहुन्छ ।

Q: How many (noun) do you have?A: I have (number) (noun).

Questions

नमूना १ को प्रश्न तपाईंहरूसँग कति संज्ञाहरू छन्

Answers

नमूना १ को उत्तर मसँग सङ्ख्या संज्ञा छ

Examples

Q: How many cousins do you have?A: I have fifteen cousins.

आमा र छोराको चित्र

Q: How many nephews does she have?A: She has two nephews.

Q: How many aunts and uncles does he have?A: He has ten aunts and uncles.

परिशिष्ट घ
Practice Pattern 2

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूको समूह भेट्नुपूर्व वार्तालाप समूहका क्रियाकलापहरू १ र २ को अभ्यास गर्नुहोस् ।

A: Tell me about your (noun).B: They are (number) years old, (adjective), and (adjective).They have (adjective) hair and (adjective) eyes.

Questions

नमूना २ प्रश्न तपाईंहरूको संज्ञाका विषयमा मलाई भन्नुहोस्

Answers

नमूना २ उत्तर तिनीहरू सङ्ख्या वर्ष पुराना विशेषण र विशेषण तिनीहरूका विशेषण कपाल र विशेषण आँखा छन्

Examples

A: Tell me about your cousin.B: She is twenty-four years old, tall, and athletic.She has blonde hair and green eyes.

तीन बालबालिकाहरू सहित परिवारको चित्र

A: Tell me about your nephews.B: They are three and two years old.They have black hair and brown eyes.

परिशिष्ट ङ
Use the Patterns

तपाईंहरूले कसैलाई सोध्न सक्ने चार प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । तिनीहरूलाई ठूलो स्वरमा पढ्नुहोस् ।

Additional Activities

englishconnect.org/learner/resources मा वा EnglishConnect २ कार्यपुस्तिका मा पाठका क्रियाकिलापहरू र मूल्याङ्कनहरू अनलाइनमा पूरा गर्नुहोस् ।

Act in Faith to Practice English Daily

दैनिक अङ्ग्रेजी अभ्यास गर्न निरन्तरता दिनुहोस् । “व्यक्तिगत अध्ययन ट्र्याकर (सूचक)” प्रयोग गर्नुहोस् । आफ्नो अध्ययनको लक्ष्यको समीक्षा गर्नुहोस् र आफ्नो प्रयासहरूको मूल्याङ्कन गर्नुहोस् ।

Conversation Group

Discuss the Principle of Learning: Love and Teach One Another

(20–30 minutes)

तीनजना महिलाहरू अङ्कमाल गरेर मुस्कुराउँदै

परिशिष्ट १
Activity 1: Practice the Patterns

(10–15 minutes)

सहपाठी सँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।

सहपाठी सँग नमूना १ अभ्यास गर्नुहोस्:

  • प्रश्नहरू सोधेर अभ्यास गर्नुहोस् ।

  • प्रश्नहरूको उत्तर दिएर अभ्यास गर्नुहोस् ।

  • नमूनाहरू प्रयोग गर्दै वार्तालाप गरेर अभ्यास गर्नुहोस् ।

नमूना २ दोहोर्याउनुहोस् ।

परिशिष्ट २
Activity 2: Create Your Own Sentences

(10–15 minutes)

Part 1

चित्रहरू हेर्नुहोस् । एक परिवारको छनोट गर्नुहोस् । आफ्नो सहपाठीलाई तपाईंले कुन परिवार छनोट गर्नुभएको छ भनी नभन्नुहोस् । परिवारको अनुमान गर्न प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् ।

Example
  • A: Tell me about the family.

  • B: This family has a grandmother.

  • A: Is it family 5?

  • B: No. The family also has an aunt, an uncle, and three cousins. They have black hair.

  • A: Is it family 4?

  • B: Yes!

Image 1: Family 1

आमा र छोराको चित्र

Image 2: Family 2

पार्कमा हजुरबुबा, बुबा र छोराको चित्र

Image 3: Family 3

तीन बालबालिकाहरू सहित परिवारको चित्र

Image 4: Family 4

हजुरआमा, आमा, बुबा र तीन बालबालिकाहरूको चित्र

Image 5: Family 5

नौ जनाको परिवारको चित्र

Image 6: Family 6

छ जना व्यक्तिहरूको परिवारको चित्र

Part 2

भाग १ मा चित्रहरू हेर्नुहोस् । हरेक परिवारबाट एक व्यक्ति छनोट गर्नुहोस् । व्यक्तिको व्यक्तित्व र भौतिक उपस्थितिका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । सिर्जनशील हुनुहोस्! सम्भव भए सम्म भन्नुहोस् । पालैपालो गर्नुहोस् ।

New Vocabulary

funny

हास्यास्पद

kind

दयालु

Example
  • A: Tell me about the grandmother in family 4.

  • B: The grandmother in family 4 is short. She is 70 years old. She has black hair and brown eyes. She is funny and kind.

परिशिष्ट ३
Activity 3: Create Your Own Conversations

(15–20 minutes)

साथी वा परिवारका तीन सदस्यहरू छनोट गर्नुहोस् । हरेक व्यक्तिको व्यक्तित्व र शारीरिक स्वरूपका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । सूचीबाट प्रश्नहरू प्रयोग गर्नुहोस् वा आफ्नै प्रश्नहरू विचार गर्नुहोस् । सम्भव भए सम्म भन्नुहोस् । पालैपालो गर्नुहोस् ।

New Vocabulary

calm

शान्त

Questions List

  • Tell me about your cousins.

  • What are their names?

  • Where are they from?

  • How old are they?

  • What do they like doing?

  • Are they tall or short?

  • Are they athletic?

  • Do they have black hair?

Example

  • A: Tell me about your grandfather.

  • B: His name is John. He is 80 years old. He is kind and calm.

  • A: What does he like doing?

  • B: He likes to play chess.

  • A: Is he tall or short?

  • B: He is tall.

Evaluate

(5–10 minutes)

उद्देश्यहरू र दैनिक अङ्ग्रेजी अभ्यास गर्ने तपाईंहरूको प्रयासहरूमा तपाईंहरूको प्रगतिको मूल्याङ्कन गर्नुहोस् ।

Evaluate Your Progress

I can:

  • Ask about others’ extended families.

    अरूहरूको विस्तारित परिवारका सम्बन्धमा सोध्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Talk about my and others’ extended families.

    मेरो र अरूहरूको विस्तारित परिवारका सम्बन्धमा संवाद गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार

Evaluate Your Efforts

निम्नानुसार गरेर आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस्:

  1. सिकाइका सिद्धान्त अध्ययन गर्नुहोस् ।

  2. शब्दावली स्मरण गर्नुहोस् ।

  3. नमूनाहरू अभ्यास गर्नुहोस् ।

  4. दैनिक अभ्यास गर्नुहोस् ।

लक्ष्य निर्धारण गर्नुहोस् । “व्यक्तिगत अध्ययन ट्रयाकर” मा अध्ययन सुझावहरू मनन गर्नुहोस् ।

आफ्नो लक्ष्य कुनै सहपाठी सँग बाँढ्नुहोस् ।

Act in Faith to Practice English Daily

“पवित्र आत्मा सत्य शिक्षक हुन् । कुनै पनि नश्वर शिक्षकले, चाहे जतिसुकै दक्ष वा अनुभवी भए तापनि, सत्यको गवाही दिन, ख्रीष्टको गवाही दिन र हृदय परिवर्तन गर्नमा उहाँको भूमिका बदल्न सक्नुहुँदैन । परन्तु सबै शिक्षकहरू परमेश्वरका सन्ततिहरूलाई आत्माद्वारा सिक्न सहयोग गर्ने साधन हुन सक्नुहुन्छ” (Teaching in the Savior’s Way: For All Who Teach in the Home and in the Church [२०२२], १६) ।