EnglishConnect for Missionaries
पाठ २५: समीक्षा गर्नुहोस्


“पाठ २५: समीक्षा गर्नुहोस्,” सिकारूहरूका लागि EnglishConnect २ (२०२२)

“पाठ २५,” सिकारूहरूका लागि EnglishConnect २

बालकहरू मुस्कुराउँदै र अँकमाल गर्दै

Lesson 25

Review

उद्देश्य: म EnglishConnect २ को समीक्षा गर्ने छु र मेरो अनुभवलाई प्रतिबिम्बित गर्ने छु ।

Personal Study

A देखि D सम्मका क्रियाकलापहरू पूरा गरेर आफ्नो वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।

परिशिष्ट क
Study the Principle of Learning: Learn by Study and by Faith

अध्ययन र आस्थाद्वारा सिक्नुहोस्

I can rely on God to seek learning by study and by faith.

अध्ययन र आस्थाद्वारा सिक्ने प्रयास गर्दा म परमेश्वरमा निर्भर रहन सक्छु ।

परमप्रभुले हामीलाई सिक्नका लागि एउटा नमूना दिनुभएको छ:

“लगनशीलताका साथ खोज र एक-अर्कालाई ज्ञानका वचनहरू सिकाओ; हो, उत्कृष्ट पुस्तकहरूबाट ज्ञानका वचनहरू प्राप्त गर; शिक्षा प्राप्त गर, अध्ययन गरेर समेत र आस्थाद्वारा पनि ।सिद्धान्त र करार ८८:११८) ।

EnglishConnect मा आफ्ना अनुभवहरू प्रतिबिम्बित गर्नुहोस् । तपाईंहरूले यो नमूना कसरी लागू गर्नुभयो? हामीले सँगै सिकेका सिकाइका आधारभूत सत्यहरू र कथनहरूलाई प्रतिबिम्बित गर्नुहोस्:

  • “तपाईंहरू परमेश्वरका सन्तति हुनुहुन्छ”—म अनन्त क्षमता र उद्देश्य भएको परमेश्वरको सन्तति हुँ ।

  • येशू ख्रीष्टमा आस्थाको अभ्यास गर्नुहोस्”—येशू ख्रीष्टले मलाई सबै कार्य गर्न सहयोग गर्न सक्नुहुन्छ जब म उहाँमा आस्थाको अभ्यास गर्छु ।

  • “उत्तरदायित्व वहन गर्नुहोस्”—मसँग छनोट गर्ने शक्ति छ र म मेरो आफ्नै सिकाइका लागि उत्तरदायी छु ।

  • “एकअर्कालाई प्रेम गर्नुहोस् र सिकाउनुहोस्”—म आत्माबाट सिक्न सक्छु जब म अरूहरूलाई प्रेम गर्छु, सिकाउँछु र उहाँहरूसँग सिक्छु ।

  • “अगाडि बढ्नुहोस्”—परमेश्वरको सहयोगले, म अवरोधहरूको सामना गर्दा पनि अगाडि बढ्न सक्छु ।

  • “परमप्रभुसँग सल्लाह लिनुहोस्”—म मेरा प्रयासहरूका सम्बन्धमा दैनिक रूपमा परमेश्वरसँग सल्लाह गरेर मेरो सिकाइलाई सुधार गर्छु ।

EnglishConnect समूहसँग तपाईंहरूको समय समाप्त हुन सक्छ तर त्यहाँ धेरै विषयहरू छन् जुन परमेश्वरले तपाईंहरूले सिकेको र अनुभव गरेको चाहनुहुन्छ । तपाईंहरूका स्वर्गका पिताले तपाईंहरूलाई प्रेम गर्नुहुन्छ र तपाईंहरूको दैवी क्षमता प्राप्तिका लागि सहयोग गर्न चाहनुहुन्छ । तपाईंहरू परमेश्वरमा निर्भर रहन सक्नुहुन्छ र “अध्ययन गरेर समेत र आस्थाद्वारा पनि” सिकाइ प्राप्त गर्न निरन्तर प्रयास गर्न सक्नुहुन्छ ।

पुरुष र महिला मुस्कुराउँदै

Ponder

  • तपाईंहरूले अङ्ग्रेजी सिक्नमा परमेश्वरको प्रेम र सहयोग कसरी अनुभव गर्नुभएको छ?

  • तपाईंहरूले EnglishConnect मा सिकाइका सिद्धान्तहरू कसरी लागू गर्नुभयो?

  • तपाईंहरू आफ्नो जीवनको अन्य भू-भागहरूमा सिकाइका सिद्धान्तहरू कसरी लागू गर्नुहुन्छ?

परिशिष्ट ख
Prepare for Activity 1

क्रियाकलाप १ का लागि निर्देशनहरू पढ्नुहोस् । क्रियाकलापमा प्रत्येक परिवारका लागि प्रश्न र प्रश्नको उत्तर लेख्नुहोस् । तिनीहरूलाई ठूलो स्वरमा पढ्नुहोस् । शब्दावली र नमूनाहरूका लागि पाठ ४पाठ ५ हेर्नुहोस् ।

परिशिष्ट ग
Prepare for Activity 2

क्रियाकलाप २ का लागि निर्देशनहरू पढ्नुहोस् । एक तस्वीर छनोट गर्नुहोस् । त्यस कार्यक्रमका सम्बन्धमा चार प्रश्नहरू लेख्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । तिनीहरूलाई ठूलो स्वरमा पढ्नुहोस् । शब्दावली र नमूनाहरूका लागि पाठ १२पाठ २३ हेर्नुहोस् ।

परिशिष्ट घ
Prepare for Activity 3

खण्ड १ को क्रियाकलाप ३ का लागि निर्देशनहरू पढ्नुहोस् । कुनै कार्यक्रम आयोजन गर्नका लागि तीन प्रश्नहरू लेख्नुहोस् र प्रश्नहरूको उत्तरहरू दिनुहोस् । तिनीहरूलाई ठूलो स्वरमा पढ्नुहोस् । शब्दावली र नमूनाहरूका लागि पाठ १७पाठ २२ हेर्नुहोस् ।

खण्ड २ को क्रियाकलाप ३ दोहोर्याउनुहोस् ।

Additional Activities

englishconnect.org/learner/resources मा वा EnglishConnect २ कार्यपुस्तिका मा पाठका क्रियाकिलापहरू र मूल्याङ्कनहरू अनलाइनमा पूरा गर्नुहोस् ।

Act in Faith to Practice English Daily

दैनिक अङ्ग्रेजी अभ्यास गर्न निरन्तरता दिनुहोस् । “व्यक्तिगत अध्ययन ट्र्याकर (सूचक)” प्रयोग गर्नुहोस् । आफ्नो अध्ययनको लक्ष्यको समीक्षा गर्नुहोस् र आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस् ।

Conversation Group

Discuss the Principle of Learning: Learn by Study and by Faith

(20–30 minutes)

पुरुष र महिला मुस्कुराउँदै
  • यो पाठका सिकाइका सिद्धान्त ठूलो स्वरले पढ्नुहोस् ।

  • प्रश्नहरूका सम्बन्धमा छलफल गर्नुहोस् ।

परिशिष्ट १
Activity 1: Create Your Own Conversations

(10–15 minutes)

तस्वीरहरूमा हेर्नुहोस् । प्रत्येक परिवारका सम्बन्धमा प्रश्न सोध्नुहोस् र उत्तर दिनुहोस् । सम्भव भए जति भन्नुहोस् । सिर्जनशील हुनुहोस्! पालैपालो गर्नुहोस् ।

Example

सोफामा बसेका बहु-पुस्ताको पारिवारिक फोटो
  • A: How many grandchildren does he have?

  • B: He has two grandchildren.

  • A: Tell me about his daughter-in-law.

  • B: She is thirty years old, short, intelligent, and thoughtful.

  • A: How are the grandfather and the grandmother different?

  • B: The grandfather is more generous than the grandmother.

  • A: How are this sister and that sister different?

  • B: This sister is older. That sister is younger.

Image 1

आमा र छोराको पारिवारिक चित्र

Image 2

नौ मानिस सहितको पारिवारिक चित्र

Image 3

परिवार बैठक कक्षमा कुराकानी गर्दै

Image 4

बाहिर हजुरबुबा हजुरआमा र नातिनातिनाहरू

परिशिष्ट २
Activity 2: Create Your Own Conversations

(10–15 minutes)

भूमिका- निर्वाह । सहपाठी क तस्वीरमा भएको कार्यक्रममा सहभागी हुनुभयो । सहपाठी क ले कार्यक्रमका सम्बन्धमा प्रश्नहरू सोध्नुहुन्छ । सम्भव भए सम्म भन्नुहोस् । सिर्जनशील हुनुहोस्! भूमिका परिवर्तन गर्नुहोस् ।

Example

साथीहरू जमघटमा रमाउँदै र उत्सव मनाउँदै
  • A: Where were you last night?

  • B: I was at a birthday party.

  • A: How was the birthday party?

  • B: It was fun. I had a wonderful time. There were lots of gifts.

  • A: What did you do?

  • B: We listened to music, danced, and shared memories.

  • A: Was there cake at the birthday party?

  • B: Yes, there was cake!

Image 1

दिदीबहिनीहरू हाँस्दै र रातको खाना खाँदै

Image 2

बालबालिकाहरूलाई माछा मार्ने लट्ठीहरू बनाउन सहयोग गर्दै बुबा

Image 3

विवाहमा दम्पत्ति

Image 4

परिवारले सँगै बालुवाको महल निर्माण गर्दै

परिशिष्ट ३
Activity 3: Create Your Own Conversations

(10–15 minutes)

Part 1

भूमिका-अभिनय । सहपाठी ख ले तपाईंको समुदायमा कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ । सहपाठी क ले कार्यक्रमको आयोजन गर्नका लागि सहयोग गर्न प्रश्नहरू सोध्नुहुन्छ । सिर्जनशील हुनुहोस्! भूमिका परिवर्तन गर्नुहोस् ।

Example
पटाका पट्काएर उत्सव मनाउने
  • A: What will we do?

  • B: We will have a celebration.

  • A: OK! What will happen at the celebration?

  • B: It will be a celebration of our city. There will be games, snacks, a band, and fireworks.

  • A: Who will be there?

  • B: People from our community.

  • A: What day will it be?

  • B: It will be on August 1st.

  • A: When is it going to be?

  • B: It’s going to start at 6:30 p.m. It’s going to end after midnight.

Part 2

भूमिका- निर्वाह । तपाईंले खण्ड १ मा आयोजन गरिएको कार्यक्रममा सहपाठी क ले सहपाठी ख लाई आमन्त्रण गर्नुहुन्छ । परिपूरक प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । सहपाठी ख सहभागी हुन सक्नुहुन्न । सिर्जनशील हुनुहोस्! भूमिका परिवर्तन गर्नुहोस् ।

Example
  • A: Do you want to come to a celebration with me?

  • B: When is it?

  • A: It’s on Friday, May 10th at 6:30 p.m.

  • B: What will happen at the celebration?

  • A: There will be fireworks and games.

  • B: Sorry, I can’t come to the celebration because I need to study for a test.

  • A: Can you please come to the celebration with me?

  • B: No, I can’t come because I have to get a good grade on my test.

Reflection

(5–10 minutes)

बधाइ छ! तपाईंहरूले धेरै प्रगति गर्नुभएको छ । तपाईंहरूले अङ्ग्रेजी सिक्नमा लगाउनुभएको सबै प्रयास र समयका लागि हामी गर्व गर्छौँ ।

EnglishConnect २ मा आफ्नो अनुभवलाई प्रतिबिम्बित गर्नुहोस् र भविष्यका लागि लक्ष्यहरू बनाउनुहोस् ।

  • तपाईंहरूले सिकेका तीन विषयहरू बाँढ्नुहोस् जुन तपाईंहरूलाई सबैभन्दा उपयोगी थियो ।

  • तपाईंहरू कसरी तपाईंहरूको अङ्ग्रेजी सुधार गर्न निरन्तरता दिनुहुने छ?

  • सिकाइका आधारभूत सत्यका सम्बन्धमा सोँच्नुहोस् । तपाईंहरू आफ्नो जीवनमा यी आधारभूत सत्यहरू कसरी लागू गर्न सक्नुहुन्छ?

तपाईंहरूको अर्को चरण

अब तपाईंहरूले EnglishConnect २ पूरा गरिसक्नुभएको छ, EnglishConnect ३ मा निरन्तरता दिन विचार गर्नुहोस् । थप जानकारीका लागिjoin.englishconnect.orgमा जानुहोस् ।

EnglishConnect ३ सुरु गर्न तयार हुनुहुँदैन? EnglishConnect २ मा अङ्ग्रेजी सिक्न जारी राख्नुहोस् ।

तपाईंहरूले अर्को जे गर्नुभए पनि, सम्झनुहोस् कि तपाईंहरू परमेश्वरका सन्तति हुनुहुन्छ र उहाँले तपाईंहरूलाई प्रगति गर्न सहयोग गर्न सक्नुहुन्छ ।

Act in Faith to Practice English Daily

“आफूले सक्ने सबै शिक्षा प्राप्त गर्नुहोस् । … शिक्षा त्यो साँचो हो जसले तपाईंहरूका लागि अवसरको ढोका खोल्छ । यसका लागि त्याग गर्नु उचित हुन्छ । यो काम गर्नु उचित हुन्छ र यदि तपाईंहरूले आफ्नो मस्तिष्क र हातहरू शिक्षित गर्नुभयो भने, तपाईंहरू समाजमा ठूलो योगदान गर्न सक्षम हुनुहुने छ जसको तपाईंहरू एक हिस्सा हुनुहुन्छ र तपाईंहरू जुन चर्चमा सदस्य हुनुहुन्छ त्यसमा सम्मानजनक रूपमा प्रतिबिम्बित हुन सक्षम हुनुहुने छ” (Teachings of Presidents of the Church: Gordon B. Hinckley [२०१६], २४१) ।