EnglishConnect for Missionaries
पाठ ७: आवश्यकताहरू


“पाठ ७: आवश्यकताहरू,” सिकारूहरूका लागि EnglishConnect २ (२०२२)

“पाठ ७,” सिकारूहरूका लागि EnglishConnect २

प्रौढ मानिस मुस्कुराउँदै

Lesson 7

Needs

उद्देश्य: म सहयोगका लागि अनुरोध गर्न र प्रतिक्रिया दिन सिक्ने छु ।

Personal Study

A देखि E सम्मका क्रियाकलापहरू पूरा गरेर आफ्नो वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।

परिशिष्ट क
Study the Principle of Learning: Exercise Faith in Jesus Christ

येशू ख्रीष्टमा आस्थाको अभ्यास गर्नुहोस्

Jesus Christ can help me do all things when I exercise faith in Him.

येशू ख्रीष्टले मलाई सबै कार्य गर्नका लागि सहयोग गर्न सक्नुहुन्छ जब म उहाँमा आस्थाको अभ्यास गर्छु ।

येशू ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ । उहाँसँग सबै शक्ति छ । धर्मशास्त्रहरूमा, हामी येशू ख्रीष्टमा उनको आस्थाको अभ्यास गर्ने व्यक्तिका सम्बन्धमा पढ्छौँ । ती मानिसका बालक धेरै बिरामी थिए र कसैले पनि उहाँलाई सहयोग गर्न सकेनन् । ती पिताले येशूलाई आफ्नो बालकलाई चङ्गाइ दिन आग्रह गर्नुभयो । येशूले उहाँलाई भन्नुभयो:

“यदि तिमी विश्वास गर्न सक्छौ भने सबै चीजहरू सम्भव छन् …अनि तत्कालै बालकका पिता चिच्याए र आँसु सहित भने, परमप्रभु, म विश्वास गर्छु; मलाई मेरो अविश्वासमा सहयोग गर्नुहोस् । … येशूले [बालक]लाई हात समातेर माथि उठाउनुभयो; र ऊ उठ्यो” (मर्कूस ९:२३-२४, २७) ।

यी मानिस जस्तै, तपाईंहरूसँग पहिले नै भएको आशा र आस्था सँगै तपाईंहरू सुरु गर्न सक्नुहुन्छ । त्यसपछि तपाईंहरूले प्रार्थना र धर्मशास्त्र अध्ययनद्वारा आफ्नो आस्था बढाउन सक्नुहुन्छ । तपाईंहरूले अङ्ग्रेजी सिक्ने प्रयास गर्दा आफ्नो आस्था पनि बढाउन सक्नुहुन्छ । तपाईंहरूले अहिले जानकारी प्राप्त गरेका विषयबाट सुरु गर्न सक्नुहुन्छ । तपाईंहरूले अङ्ग्रेजीमा के गर्न सक्नुहुन्छ भन्ने विषयमा जोड दिनुहोस् र सम्भव भएसम्म प्रयोग गर्नुहोस् । हरेक दिन अङ्ग्रेजीमा सुन्न, पढ्न, बोल्न र लेख्न प्रयास गर्नुहोस् । जब तपाईंहरू आफ्नो सर्वोत्तम प्रयास गर्न आस्थामा कार्य गर्नुहुन्छ, उहाँले तपाईंहरूको आस्थामा वृद्धि गर्न सहयोग गर्न सक्नुहुन्छ ।

येशू ख्रीष्टको आकृति

Ponder

  • तपाईंहरूले कसरी येशू ख्रीष्टमा आस्थाको अभ्यास गर्न सक्नुहुन्छ?

  • अङ्ग्रेजी सिक्दा तपाईंहरूले आफ्नो आस्थामा कसरी वृद्धि गर्न सक्नुहुन्छ?

परिशिष्ट ख
Memorize Vocabulary

आफ्नो वार्तालाप समूह अघि प्रत्येक शब्दको अर्थ र उच्चारण सिक्नुहोस् । आफ्नो दैनिक अभ्यासमा “Memorize Vocabulary” खण्डका शब्दहरू प्रयोग गर्ने प्रयास गर्नुहोस् ।

Can you … ?

के तपाईं ……सक्नुहुन्छ?

Could you … ?

के तपाईंले…सक्नुहुन्छ?

Will you … ?

के तपाईंले…गर्नुहुन्छ?

Would you … ?

के तपाईंले …गर्नुहुन्छ?

I need you to …

मलाई तपाईंले … गर्नुहोस्

I want you to …

मलाई तपाईंले … गर्नुहोस्

I have to …

मैले गर्नु पर्छ…

I need to …

मैले गर्नु पर्छ…

I want to …

म चाहन्छु…

please

कृपया

Verbs

carry the groceries

किराना सामग्रीहरू बोक्नुहोस्

clean this room

यो कोठा सफा गर्नुहोस्

cook dinner

बेलुकाको खाना पकाउनुहोस्

do the dishes

भाँडाहरू माझ्नुहोस्

do the laundry

लुगा धुनुहोस्

drop off food

खाना पुर्याउनुहोस्

fix the computer

कम्प्युटर मर्मत गर्नुहोस्

go to the store

पसलमा जानुहोस्

help me

मलाई सहयोग गर्नुहोस्

make an appointment

भेटघाटको समय तय गर्नुहोस्

send an email

इमेल पठाउनुहोस्

take Lisa to school

लिसालाई विद्यालय लैजानुहोस्

परिशिष्ट ग
Practice Pattern 1

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र जवाफ दिन नसक्दा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूले Memorize Vocabulary खण्डका शब्दहरूसँग रेखाङ्कित शब्दहरूलाई परिवर्तन गर्न सक्नुहुन्छ ।

Q: Will you please (verb)?A: No, I can’t (verb) because I need to (verb).

विनम्र अनुरोधहरू

नमूना १ प्रश्न के तपाईं कृपया क्रिया गरिदिनुहुन्छ

नोट: कसैलाई केही गर्न अनुरोध गर्दा please भन्नु शिष्टता हो ।

Answers

नमूना १ उत्तर होइन म क्रिया सक्दिन किनभने मैले क्रिया गर्नु पर्छ

Examples

अस्तव्यस्त शयनकक्ष

Q: Will you please clean this room?A: No, I can’t clean this room because I need to do the laundry.

Q: Would you please do the dishes?A: Yes, I will do the dishes.

Q: Could you please fix the computer?A: Sorry, I can’t fix the computer because I have to go to the store.

Q: Can you please cook dinner?A: Yes, I can.

परिशिष्ट घ
Practice Pattern 2

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । यस पाठका नमूनाहरूका सम्बन्धमा थप जानकारी लिने प्रयास गर्नुहोस् । व्याकरणका पुस्तकहरू वा वेबसाइटहरू प्रयोग गर्ने विचार गर्नुहोस् ।

A: I need you to (verb).B: No, I can’t (verb) because I have to (verb).

प्रत्यक्ष अनुरोधहरू

नमूना २ प्रश्न म चाहन्छु कि तपाईंले क्रिया गर्नुहोस्

Answers

नमूना २ उत्तर होइन, म क्रिया सक्दिन किनभने मैले क्रिया गर्नु पर्छ

Examples

मोपेडमा यात्रा गर्दै दुई महिला

A: I need you to take Lisa to school.B: OK, I can take Lisa to school.

A: I want you to cook dinner.B: Sorry, I can’t cook dinner because I have to help Lisa.

A: I need you to make an appointment.B: OK, I will make an appointment.

परिशिष्ट ङ
Use the Patterns

तपाईंहरूले कसैलाई सोध्न सक्ने चार प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । तिनीहरूलाई ठूलो स्वरमा पढ्नुहोस् ।

Additional Activities

englishconnect.org/learner/resources वा EnglishConnect 2 कार्यपुस्तिकामा पाठका क्रियाकलापहरू र मूल्याङ्कनहरू अनलाइनमा पूरा गर्नुहोस् ।

Act in Faith to Practice English Daily

दैनिक अङ्ग्रेजी अभ्यास गर्न निरन्तरता दिनुहोस् । “व्यक्तिगत अध्ययन ट्र्याकर (सूचक)” प्रयोग गर्नुहोस् । आफ्नो अध्ययन लक्ष्यको समीक्षा गर्नुहोस् र आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस् ।

Conversation Group

Discuss the Principle of Learning: Exercise Faith in Jesus Christ

(20–30 minutes)

येशू ख्रीष्टको आकृति

परिशिष्ट १
Activity 1: Practice the Patterns

(10–15 minutes)

सहपाठी सँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।

सहपाठी सँग नमूना १ अभ्यास गर्नुहोस्:

  • प्रश्नहरू सोधेर अभ्यास गर्नुहोस् ।

  • प्रश्नहरूको उत्तर दिएर अभ्यास गर्नुहोस् ।

  • नमूनाहरू प्रयोग गर्दै वार्तालाप गरेर अभ्यास गर्नुहोस् ।

नमूना २ दोहोर्याउनुहोस् ।

परिशिष्ट २
Activity 2: Create Your Own Sentences

(10–15 minutes)

चित्रहरू हेर्नुहोस् । प्रत्येक चित्रमा भएका क्रियाकलापमा प्रश्न सोध्नुहोस् र उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् ।

Example

महिला लुगा धुँदै
  • A: Can you do the laundry?

  • B: No, I can’t do the laundry because I have to go to work.

Image 1

दराजबाट दूध निकाल्दै

Image 2

महिला भाँडा माझ्दै

Image 3

भुइँ पुछ्दै

Image 4

दम्पत्ति कारबाट किराना सामग्रीहरू निकाल्दै

Image 5

आमा र छोरी पकाउँदै

परिशिष्ट ३
Activity 3: Create Your Own Conversations

(15–20 minutes)

प्रत्येक परिस्थितिमा भूमिका- निर्वाह गर्नुहोस् । सहपाठी क ले अनुरोध गर्नुहुन्छ । सहपाठी ख ले उत्तर दिनुहुन्छ । सम्भव भए सम्म भन्नुहोस् । सिर्जनशील हुनुहोस्! भूमिका परिवर्तन गर्नुहोस् ।

Example

परिवार संवाद गर्दै

सहपाठी क अभिभावक हुनुहुन्छ । सहपाठी ख एक बालक हो । अभिभावकले बालकलाई ऊ वा उनको कोठा सफा गर्न भन्नुहुन्छ ।

  • A: I need you to clean your room, please.

  • B: OK, I will.

  • A: Thank you.

Situations

  • सहपाठी क विद्यार्थी हुनुहुन्छ । सहपाठी ख शिक्षक हुनुहुन्छ । विद्यार्थीलाई ऊ वा उनको गृहकार्य गर्नका लागि सहयोगको आवश्यक छ ।

  • सहपाठी क सचिव हुनुहुन्छ । सहपाठी ख हाकिम हुनुहुन्छ । सचिवले आफ्नो हाकिमसँग भेटघाटको समय तालिका बनाउनु छ ।

  • सहपाठी क हाकिम हुनुहुन्छ । सहपाठी ख कुनै कार्यालयको कर्मचारी हुनुहुन्छ । महत्त्वपूर्ण इमेल पठाउनका लागि हाकिमलाई कार्यालयको कर्मचारी आवश्यक छ ।

  • सहपाठी क र सहपाठी ख साथीहरू हुनुहुन्छ । कुनै साथीले आफ्नो साथीले कार मर्मत गर्न सहयोग गरेको चाहनुहुन्छ ।

  • सहपाठी क र सहपाठी ख पति/पत्नी हुनुहुन्छ । कुनै पति वा पत्नीले आफ्नो पत्नी वा पतिले रातको खाना बनाउन सहयोग गरेको चाहनुहुन्छ ।

  • सहपाठी क को घर छ । सहपाठी ख एक बिजुली मर्मत गर्ने मिस्त्री हुनुहुन्छ । बिग्रिएका धेरै बत्तीहरूको मर्मत गर्न घरमालिकलाई बिजुली मर्मत गर्ने मिस्त्रीको आवश्यक छ ।

Evaluate

(5–10 minutes)

उद्देश्यहरू र दैनिक अङ्ग्रेजी अभ्यास गर्ने तपाईंहरूको प्रयासहरूमा तपाईंहरूको प्रगतिको मूल्याङ्कन गर्नुहोस् ।

Evaluate Your Progress

I can:

  • Ask for help.

    सहयोगका लागि अनुरोध गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Make requests.

    अनुरोध गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Understand and respond to requests for help.

    बुझ्नुहोस् र सहयोगका लागि अनुरोधहरूको प्रतिक्रिया दिनुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार

Evaluate Your Efforts

निम्नानुसार गरेर आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस्:

  1. सिकाइका सिद्धान्त अध्ययन गर्नुहोस् ।

  2. शब्दावली स्मरण गर्नुहोस् ।

  3. नमूनाहरू अभ्यास गर्नुहोस् ।

  4. दैनिक अभ्यास गर्नुहोस् ।

लक्ष्य निर्धारण गर्नुहोस् । “व्यक्तिगत अध्ययन ट्रयाकर” मा अध्ययन सुझावहरू मनन गर्नुहोस् ।

आफ्नो लक्ष्य एक सहपाठी सँग बाँढ्नुहोस् ।

Act in Faith to Practice English Daily

“उहाँको परिपूर्ण शक्तिमा पहुँच पाउनका लागि हामी सँग परिपूर्ण आस्था हुनु परमप्रभुका लागि आवश्यक छैन । परन्तु उहाँले हामीलाई विश्वास गर्न आग्रह गर्नुहुन्छ । … विश्वास गर्नेहरूका लागि सबै कार्य सम्भव छन्” (रसल एम्. नेल्सन, “Christ is Risen; Faith in Him Will Move Mountains,” Liahona, मे २०२१, १०१) ।