“परमप्रभु एलियासँग बोल्नुहुन्छ,” पुरानो करारका कथाहरू (२०२२)
“परमप्रभु एलियासँग बोल्नुहुन्छ,” पुरानो करारका कथाहरू
१ राजाहरू १९
परमप्रभु एलियासँग बोल्नुहुन्छ
परमप्रभुको वाणी सुन्दै
राजा आहाबले रानी ईजेबेललाई परमप्रभुले बालका पादरीहरूलाई हराउनुभएको कुरा बताउनुभयो। ईजेबेल रिसाईन् र भनिन् कि उनले अगमवक्ता एलियालाई मार्नेर्छिन्।
१ राजाहरू १९:१–२
सुरक्षित रहनका लागि, एलियाले इस्राएलको भूमि छोडे। उनी जाँदै गर्दा उपवास बसेर उनले ४० दिन र ४० रात यात्रा गरे। त्यसपछि तिनी सिनै पर्वतमा आए र लुक्नका लागि एउटा गुफा भेट्टाए। परमप्रभुले एलियालाई पहाडको टुप्पोमा जान भन्नुभयो ताकि उहाँले एलियासँग कुरा गर्न सक्नुहोस्।
१ राजाहरू १९:३, ८–११
मजबुत बतास आयो र गुफा वरपरका चट्टानहरू टुक्रा-टुक्रा पार्यो । त्यसपछि भूकम्पले जमिन हल्लियो। त्यसपछि आगो सुरुभयो। एलियाले हावा, भूकम्प र आगोको ठूलो आवाज सुने। तर ती चर्का आवाजहरूमा परमप्रभुको वाणी थिएन।
१ राजाहरू १९:११–१२
तब एलियाले शान्त, सुमधुर, सानो वाणी सुने। यो परमप्रभु हुनुहुन्छ भनेर उनलाई थाहा थियो। परमप्रभुले एलियालाई उनले त्यहाँ के गरिरहेका थिए भनेर सोध्नुभयो।
१ राजाहरू १९:१२–१३
एलियाले आफु सुरक्षित रहन लुकेको बताए। सबै अगमवक्ताहरू मारिएका थिए र मानिसहरूले परमप्रभुलाई अस्वीकार गरेका थिए।
१ राजाहरू १९:१४
परमप्रभुले एलियालाई सान्त्वना दिनुभयो र उनलाई भन्नुभयो कि त्यहाँ धेरै इस्राएलीहरू थिए जसले अझै पनि परमप्रभुको आराधना गरिरहेका थिए। परमप्रभुले एलियालाई घर फर्कन र अर्को अगमवक्ता तयार पार्न भन्नुभयो। यो नयाँ अगमवक्ताको नाम एलीशा थियो।
१ राजाहरू १९:१५–१८