“एलीशाले नामानलाई निको पार्छन्,” पुरानो करारका कथाहरू (२०२२)
“एलीशाले नामानलाई निको पार्छन्,” पुरानो करारका कथाहरू
२ राजाहरू ५
एलीशाले नामानलाई निको पार्छन्
साधारण आस्था पछि कसरी माहान् चमत्कार भयो
धेरै टाढा सिरियामा नामान नाम गरेका मानिस बस्थे । उनी सिरियाली सेनामा एक महान् कप्तान थिए । तर नामानलाई कुष्ठरोग भनिने पीडादायी छालाको रोग थियो ।
२ राजाहरू ५:१
नामानकी पत्नीकी नोकर एक इस्राएली केटी थिईन् । केटीको परमप्रभुमा आस्था थियो । उनले भनिन् कि यदि नामानले अगमवक्ता एलीशालाई भेटे भने, नामान उनको रोगबाट निको हुनेछन् ।
२ राजाहरू ५:२–४
नामानले एलिषालाई खोज्न लामो यात्रा गरे । नामानले ठूलो चमत्कारद्वारा आफूलाई निको हुने सोचे।
२ राजाहरू ५:५–८
आफ्ना सेवकहरू, घोडाहरू र रथहरू लिएर नामान एलीशाको घरमा आए । नामानलाई परमप्रभुका निर्देशनहरू दिनका लागि एलीशाले आफ्ना सेवकलाई पठाए । यदि उनले आफुस्वयंलाई यर्दन नदीमा सात पटक नुहाएमा परमप्रभुले नामानलाई निको पार्नुहुनेछ ।
२ राजाहरू ५:९-१०
नामान रिसाए किनभने उनी परमप्रभुका अगमवक्ता बाहिर आएर उनलाई छिट्टै निको पारेको चाहन्थे । नामानले यर्दन नदी सिरियाका ठूला नदीहरू जत्तिकै महान नभएको गुनासो गरे ।
२ राजाहरू ५:११-१२
तर नामानका सेवकहरूले नामानले यस्तो साधारण काम किन गर्दैनन् भनेर सोधे । यसले नामानलाई कुनै अर्थ नराख्दा पनि, परमप्रभुका अगमवक्ताले उनलाई यसो गर्न भनेका थिए ।
२ राजाहरू ५:१३
नामानले घमण्ड गर्न छोडे र आफ्ना सेवकहरूका कुरा सुने । तिनले आफुस्वयंलाई यर्दन नदीमा सात पल्ट नुहाए । तब परमप्रभुले एलीशाले भनेजस्तै नामानलाई निको पार्नुभयो । नामानलाई थाहा थियो कि एलीशा अगमवक्ता थिए र परमप्रभु वास्तविक हुनुहुन्छ ।
२ राजाहरू ५:१४-१५