EnglishConnect for Missionaries
परिशिष्ट: साधारण वाक्पद्धतिहरू


“परिशिष्ट: साधारण वाक्पद्धतिहरू,” सिकारूहरूका लागि EnglishConnect २ (२०२२)

“साधारण वाक्पद्धतिहरू,” सिकारूहरूका लागि EnglishConnect २

Appendix

Common Idioms

साधारण वाक्पद्धतिहरू

वाक्पद्धतिहरू वाक्यांशहरू हुन् जसले प्रत्येक भिन्न शब्दलाई सँगै राखिएको भन्दा फरक अर्थ दिन्छन् । “piece of cake.” भन्ने वाक्यांशलाई हेरौँ । यदि मैले I want a piece of cake भनेँ भने मैले म मिष्ठान्न चाहन्छु भनेको हुन्छु । परन्तु यदि मैले Learning English with EnglishConnect is a piece of cakeभनेँ भने मैले EnglishConnect मार्फत अङ्ग्रेजी सिक्नु सजिलो छ भनेको हुन्छु । वाक्पद्धति piece of cake”को अर्थ “सजिलो” हो ।

वाक्पद्धतिहरू प्रयोग गर्नु बोल्ने अनौपचारिक तरिका हो जसले तपाईंलाई आदिवासी वक्ताको जस्तो लवज दिन्छ । वाक्पद्धतिहरूले हाम्रो मस्तिष्कमा परिकल्पनाहरू सिर्जना गर्छन् र हामीलाई निश्चित अनुभूतिहरू दिन्छन् । हामी सबैजना एउटै अवस्थामा हुँदा हामी, अङ्ग्रेजीमा “We’re all in the same boat” भन्छौँ । यसले कहीँ पुग्नका लागि डुङ्गामा सँगै काम गर्ने मानिसहरूको परिकल्पना गराउँछ । We’re all in the same boat” भन्नुले सहकारी र बुझाइको अनुभूति सिर्जना गर्छ ।

वाक्पद्धतिहरूलाई बुझ्नु र प्रयोग गर्नु अति नै रोचक विषय हो! अङ्ग्रेजीका साधारण वाक्पद्धतिहरूको सूची निम्नानुसार छन् ।

वाक्पद्धतिहरू कसरी सिक्ने:

  1. वाक्पद्धतिलाई हेर्नुहोस् । परिभाषा र उदाहरण अध्ययन गर्नुहोस् ।

  2. तपाईंको भाषाका समान वाक्पद्धतिहरू मनन गर्नुहोस् ।

  3. वाक्पद्धति प्रयोग गर्ने तरिकाहरूका सम्बन्धमा मनन गर्नुहोस् ।

  4. वाक्पद्धति सहित वाक्यहरू लेख्नुहोस् । यसलाई संवादमा प्रयोग गर्नुहोस् ।

  5. तपाईंले अङ्ग्रेजीमा पढ्नुहुँदा वा सुन्नुहुँदा वाक्पद्धतिलाई ध्यान दिनुहोस् ।

वाक्पद्धति

परिभाषा

उदाहरण

वाक्पद्धति

a piece of cake

परिभाषा

सजिलो

उदाहरण

That test was a piece of cake!

वाक्पद्धति

a blessing in disguise

परिभाषा

असल विषय जुन प्रारम्भमा खराब महसुस हुन्छ

उदाहरण

She lost her job, but it was a blessing in disguise. She found a better job.

वाक्पद्धति

all in the same boat

परिभाषा

सबै उस्तै अवस्थामा छन्

उदाहरण

Nobody can leave this room. We’re all in the same boat.

वाक्पद्धति

barking up the wrong tree

परिभाषा

केही प्राप्त गर्न प्रयास गर्दै तर यो गलत तरिकाले गर्दै

उदाहरण

If you think I’m going to loan you more money, you’re barking up the wrong tree.

वाक्पद्धति

better late than never

परिभाषा

हुँदै नहुनु भन्दा ढिलो हुनु उपयुक्त हो

उदाहरण

A: He didn’t repay the money until last week.

B: That’s okay. Better late than never.

वाक्पद्धति

birds of a feather flock together

परिभाषा

समान चरित्र, मनोवृत्ति, चाहना वा स्वाद भएका मानिसहरू प्रायः सँगै एकत्रित हुन्छन्

उदाहरण

I was right that Paul and Ben would get along. Birds of a feather flock together.

वाक्पद्धति

no use crying over spilled milk

परिभाषा

यसले चिन्ता गर्न वा परिवर्तन गर्न नसकिने अनुचित विषयहरूलाई पुनरावलोकन गर्न सहयोग गर्दैन

उदाहरण

We can’t get the money back, so let’s make a new plan. It’s no use crying over spilled milk.

वाक्पद्धति

don’t count your chickens before they’re hatched

परिभाषा

केही हुने छ भनेर तपाईं सुनिश्चित हुनुहुन्न, त्यसैले अझै पनि तपाईंले यसका योजना बनाउनु हुँदैन

उदाहरण

A: I will probably get a raise soon, so I bought a new bed!

B: Well, don’t count your chickens before they’re hatched. You might not get the raise.

वाक्पद्धति

get all your ducks in a row

परिभाषा

सबै विषय व्यवस्थित गर्नुहोस् र अर्को चरणका लागि तयार गर्नुहोस्

उदाहरण

We have to get all our ducks in a row before the family comes for a visit. Let’s start cleaning and cooking right now.

वाक्पद्धति

give me a hand

परिभाषा

मलाई सहयोग गर्नुहोस्

उदाहरण

I can’t lift this sofa on my own. Can you give me a hand?

वाक्पद्धति

hang in there

परिभाषा

हार नमान्नुहोस्

उदाहरण

I know learning English is very difficult. Hang in there.

वाक्पद्धति

it takes two to tango

परिभाषा

कार्य वा गल्तीमा संलग्न दुबै व्यक्ति उत्तरदायी हुन्छन्

उदाहरण

It is partially my fault that we were fighting. It takes two to tango.

वाक्पद्धति

keep an eye on

परिभाषा

सावधानीपूर्वक हेर्नुहोस्

उदाहरण

My son has been misbehaving a lot lately, so please keep an eye on him to ensure that nothing goes wrong.

वाक्पद्धति

let the cat out of the bag

परिभाषा

अनुत्तरदायी रूपमा वा सप्रयोजनसहित गोप्य खुलासा गर्नु

उदाहरण

I heard that someone let the cat out of the bag, so I might as well tell you myself—I’m pregnant!

वाक्पद्धति

out of the frying pan and into the fire

परिभाषा

कुनै नराम्रो अवस्थाबाट अझ खराब अवस्थामा जानु

उदाहरण

He didn’t like his previous job, so he quit, but now he can’t find a new job. He’s out of the frying pan and into the fire.

वाक्पद्धति

go out on a limb

परिभाषा

जोखिमपूर्ण कार्यको प्रयास गर्नु जसले तपाईंलाई दुर्बल अवस्थामा पुर्‍याउन सक्छ

उदाहरण

I’m going to go out on a limb here and invest some money in this project, even though I don’t know if the project will be successful.

वाक्पद्धति

preaching to the choir

परिभाषा

तपाईंसँग यसपूर्व नै सहमत भइसक्नु भएको कसैलाई विश्वास दिलाउन प्रयास गर्दै

उदाहरण

They are already going to vote for him. He’s just preaching to the choir.

वाक्पद्धति

rub salt in the wound

परिभाषा

व्यक्तिलाई दोषी महसुस गराएर वा उनीहरूको गल्तीको स्मरण गराएर परिस्थितिलाई अझै नराम्रो बनाउनु

उदाहरण

I know I shouldn’t have done it. You don’t have to remind me and rub salt in the wound.

वाक्पद्धति

so far, so good

परिभाषा

हालसम्म, विषयवस्तुहरू निष्पक्ष रूपमा चलिरहेका छन्

उदाहरण

This first month, they haven’t had any problems building the house. So far, so good.

वाक्पद्धति

the straw that broke the camel’s back

परिभाषा

यो लगातारका असङ्ख्य समस्याहरू मध्येको अन्तिम भएकाले कुनै सानो समस्याका भयानक परिणामहरू हुन्छन्

उदाहरण

We had a terrible week. Everything was going wrong. So when we missed the bus, that was the straw that broke the camel’s back.

वाक्पद्धति

you’re pulling my leg

परिभाषा

कसैलाई हास्यास्पद तरिकामा कुनै गलत विषयमा विश्वास दिलाउन प्रयास गर्दै; तिनीहरूलाई ठग्दै

उदाहरण

No, that celebrity isn’t calling me. You’re pulling my leg.

Note

सूची

सिकारूहरूले वाक्पद्धतिहरू सिक्दा रमाइलो मान्नुहुन्छ । सिक्नका लागि उहाँहरूलाई सहयोग गर्न यहाँ केही विचारहरू छन् ।

  • सिकारूहरूलाई सिकाउनका लागि हरेक दिन कुनै वाक्पद्धति छनोट गर्नुहोस् । अर्थ व्याख्या गर्नुहोस् र उदाहरणहरूका सम्बन्धमा संवाद गर्नुहोस् ।

  • पालैपालो सिकारूहरूलाई आफ्नो समूहका सदस्यहरू बीचमा वाक्पद्धति प्रस्तुत गर्न लगाउनुहोस् । माथिको सूचीबाट वा उहाँहरू अभ्यस्त हुनुभएको अर्को कुनै छनोट गरेर उहाँहरूले कुनै वाक्पद्धति प्रस्तुत गर्न सक्नुहुन्छ । प्रत्येक सिकारूले व्यक्तिगत रूपमा प्रस्तुत गर्न सक्नुहुन्छ वा सिकारूहरूले जोडीका रूपमा कार्य गर्न सक्नुहुन्छ ।

  • सिकारूहरूलाई यी वाक्पद्धतिहरूलाई उहाँहरूको आफ्नै भाषाका वाक्पद्धतिहरूसँग तुलना गर्न लगाउनुहोस् । उदाहरणका लागि, कठीन परिस्थितिमा प्रोत्साहन दिन संयुक्त राज्य अमेरिकाका मानिसहरू, “Hang in there!” भन्नुहुन्छ तपाईंका सिकारूहरूका मातृभाषाहरूमा कुन अभिव्यक्तिहरूको समान अर्थ छ?