EnglishConnect for Missionaries
परिशिष्ट: वार्तालापका समूहका खेलहरू


“परिशिष्ट: वार्तालापका समूहका खेलहरू,” सिकारूहरूका लागि EnglishConnect २ (२०२२)

“वार्तालापका समूहका खेलहरू,” सिकारूहरूका लागि EnglishConnect २

Appendix

Conversation Group Games

वार्तालापका समूहका खेलहरू

यस पुस्तिकामा अङ्ग्रेजी अभ्यास गर्न रमाइला खेलहरूको सूची समावेश गरिएको छ । तपाईंहरू कुनै पनि समूह वैठकका समयमा यी खेलहरू खेल्न सक्नुहुन्छ । तपाईंहरूले पढिरहनुभएको पाठ वा अघिल्लो पाठबाट नमूना र शब्दावली प्रयोग गर्नुहोस् । (यी मध्ये अधिकांश खेलहरूमा तपाईंहरूलाई सहपाठी वा सानो समूहसँग कार्य गर्न आवश्यक हुन्छ ।)

Questions (10–15 minutes)

प्रश्नहरू (१०-१५ मिनेट)

तीन प्रश्न चिन्हहरू

Steps

चरणहरू

  1. सूचीबाट एउटा प्रश्न छनोट गर्नुहोस् । सम्झनुहोस् कि तपाईंहरूले रेखाङ्कित शब्दहरूलाई अन्य शब्दहरू र वाक्यांशहरूले परिवर्तन सक्नुहुन्छ ।

  2. आफ्नो उत्तर समूहमा बाँढ्नुहोस् ।

  3. पालैपालो प्रश्नहरू छनोट गर्नुहोस् र उत्तरहरू बाँढ्नुहोस् ।

Questions to Review Patterns:

नमूनाहरू समीक्षा गर्न प्रश्नहरू:

  • What do you like doing? Why?

  • Tell me about your extended family.

  • How are you and your sister different?

  • Are you happy? Why or why not?

  • Tell me about where you live.

  • What were you like as a child?

  • Tell me about your weekly routine.

  • What did you do yesterday?

  • Where were you yesterday? Why?

  • When did you finish school?

  • What happened when you moved to the United States?

  • Tell me about shopping in your city.

  • Which phone is better?

  • Tell me about your neighborhood.

  • What will you do tomorrow?

  • Tell me about your favorite holiday.

  • Tell me about your plans for the summer.

  • What do you do when you are sick?

  • Tell me about a time when you got hurt. What happened?

  • Tell me about an event next week.

  • Tell me about your last vacation.

  • What are your future plans?

More Questions:

थप प्रश्नहरू:

  • What’s your favorite thing to do on the weekend?

  • What’s your favorite place to visit?

  • Tell me about your favorite memory from your childhood.

  • Describe your favorite family tradition.

  • Name one great thing about your family.

  • What is something you really want to do in the future?

  • What adjectives best describe you?

  • Where would you like to go on vacation?

  • What is your favorite movie?

  • Tell me about your greatest adventure.

  • Tell me about your favorite food.

  • What is your dream job?

  • Who is your role model? Why?

  • Why do you want to learn English?

  • Tell me about your best friend.

  • What is one of your current goals?

Notes

सूचीहरू

  • तपाईंहरूले यो खेल सम्पूर्ण समूह वा तीन देखि पाँच व्यक्तिको सानो समूहमा खेल्न सक्नुहुन्छ ।

  • तपाईंहरू यस सूचीमा रहेका प्रश्नहरूमा सीमित हुनुहुँदैन । तपाईंहरू नयाँ प्रश्नहरू सिर्जना गर्न सक्नुहुन्छ । तपाईंहरू थप प्रश्नहरू सिर्जना गर्न रेखाङ्कित शब्दहरू पनि परिवर्तन गर्न सक्नुहुन्छ ।

  • यदि तपाईंहरू यस खेललाई थप चुनौतीपूर्ण बनाउन चाहनुहुन्छ भने, समूहका प्रत्येक सदस्यबाट तपाईंहरूले सम्झनुभएका उत्तरहरू पालैपालो बाँढ्नुहोस् ।

  • तपाईंहरूले यी प्रश्नहरू तलका अन्य खेलहरूमा प्रयोग गर्न सक्नुहुन्छ जस्तै “साइकलको चेन” अथवा “भकुण्डो फाल्नुहोस् ।”

Hot Seat (10–20 minutes)

तातो कुर्सी (१०-२० मिनेट)

कालो बोर्ड अगाडि बसेकी महिला

Steps

चरणहरू

  1. दुई टोलीमा विभाजन गर्नुहोस् ।

  2. दुई सिकारूहरू छनोट गर्नुहोस् (प्रत्येक टोलीबाट एक सिकारू) । यी सिकारूहरू समूहको सामना गर्दै (“तातो कुर्सी” मा) बोर्डतर्फ आफ्नो पीठ देखाएर बस्नुहुन्छ ।

  3. तपाईंहरूका शिक्षकले बोर्डमा शब्दावलीका शब्द वा वाक्यांश लेख्नुहुन्छ । “तातो कुर्सी” मा सिकारूहरूले त्यो शब्द देख्न सक्नुहुँदैन ।

  4. समूहहरूसँग “तातो कुर्सी” मा आफ्नो समूहका साथीलाई शब्द नबोली बोर्डमा शब्द अनुमान गर्न सहयोग गर्न दुई मिनेट हुन्छ ।

  5. “तातो कुर्सी” मा रहेको व्यक्ति जसले पहिले शब्द भन्नुभयो उहाँले आफ्नो समूहका लागि एक अङ्क प्राप्त गर्नुहुन्छ । यदि कुनै समूहले आफ्नो समूहका साथीलाई अनुमान गर्न सहयोग गर्ने क्रममा बोर्डमा भएको शब्द भन्नुहुन्छ भने, उहाँहरूले अङ्क प्राप्त गर्दैनन् ।

  6. नयाँ शब्दहरू सहित दोहोर्याउनुहोस् ।

Notes

सूचीहरू

  • समूह सङ्ख्यालाई हेरेर एक देखि तीन समूहहरू निर्माण गर्नुहोस् ।

  • यदि तपाईंहरू भर्चुअल रूपमा भेट्दै हुनुहुन्छ भने, भिन्दाभिन्दै समूहमा भन्दा पनि एक सम्पूर्ण समूहको रूपमा खेल्नुहोस् । एक व्यक्ति “तातो कुर्सी” मा हुनुहुन्छ । यो व्यक्तिलाई त्यो शब्दको जानकारी छैन । एक व्यक्ति “सुराग दिने” हुने छ । “तातो कुर्सी” मा भएको व्यक्तिले शब्द अनुमान गर्न सक्नुहुन्छ भनेर “सुराग दिने” ले एउटा शब्द छनोट गर्नुहुन्छ र सुराग दिनुहुन्छ ।

Ball Toss (10–15 minutes)

भकुण्डो फाल्नुहोस् (१०-१५ मिनेट)

भकुण्डो सहित जवान महिला

Steps

चरणहरू

  1. एउटा भकुण्डो, नरम वस्तु वा खुम्चाइएको कागज लिनुहोस् ।

  2. एउटा प्रश्न छनोट गर्नुहोस् । (पाठबाट कुनै प्रयोग गर्नुहोस् वा यो परिशिष्टमा “प्रश्नहरू” हेर्नुहोस् ।)

  3. प्रश्न सोध्नुहोस् र सिकारूलाई भकुण्डो फाल्नुहोस् ।

  4. सिकारूले भकुण्डो समात्नुहुन्छ र प्रश्नको उत्तर दिनुहुन्छ ।

  5. सिकारूले पुनः प्रश्न सोध्नुहुन्छ र भकुण्डो अर्को सिकारूलाई फाल्नुहुन्छ ।

  6. तपाईंहरूको समूहमा प्रत्येक सिकारूले प्रश्नको जवाफ नदिएसम्म दोहोर्याउनुहोस् । त्यसपछि पुनः नयाँ प्रश्न सँगै सुरु गर्नुहोस् ।

Notes

सूचीहरू

  • यस खेललाई थप चुनौतीपूर्ण बनाउनका लागि, प्रत्येक पटक भकुण्डो फाल्दा प्रश्न परिवर्तन गर्नुहोस् ।

  • यदि तपाईंहरू भर्चुअल रूपमा भेट्दै हुनुहुन्छ भने, भकुण्डो फाल्नुको सट्टा नामहरू उच्चारण गर्नुहोस् ।

Give One, Get One (10–20 minutes)

एउटा दिनुहोस्, एउटा प्राप्त गर्नुहोस् (१०-२० मिनेट)

Steps

चरणहरू

  1. समूहका लागि विषय छान्नुहोस् (उदाहरणका लागि: परिवार, खेलकुद वा खाना) ।

  2. एक देखि दुई मिनेटको लागि विषयको बारेमा तपाईंहरूलाई जानकारी भएजति धेरै शब्दहरू लेख्नुहोस् ।

  3. उठ्नुहोस् र कोठा वरिपरि हिँड्नुहोस् । सहपाठी खोज्नुहोस् ।

  4. आफ्ना सहपाठी सँग आफ्नो सूचीको कुनै शब्द बाँढ्नुहोस् । तपाईंहरूका सहपाठीले तपाईंहरू सँग एउटा शब्द बाँढ्नुहुन्छ । यदि यो नयाँ शब्द हो भने, तपाईंहरूको सूचीमा त्यो शब्द थप्नुहोस् ।

  5. पुनः कोठा वरिपरि हिँड्नुहोस् । नयाँ सहपाठी खोज्नुहोस् । दोहोर्‍याउनुहोस् ।

Example

विषय: परिवार

सहपाठी क ले लेख्नुहुन्छ:

  • mom

  • dad

  • sister

  • brother

सहपाठी ख ले लेख्नुहुन्छ:

  • grandfather

  • grandmother

  • mother

  • father

  • aunt

  • uncle

A: What’s one word from your list?
B: Grandmother.
A: I don’t have that word. I’ll add it to my list.
B: What’s a word from your list?
A: Mom.
B: I have mother. I will write mom next to mother.

दुबै सिकारूहरूले आफ्नो सूचीमा नयाँ शब्दहरू थप्नुहुन्छ ।

सहपाठी क को सूची:

  • mom

  • dad

  • sister

  • brother

  • grandmother

सहपाठी ख को सूची:

  • grandfather

  • grandmother

  • mother, mom

  • father

  • aunt

  • uncle

Notes

सूचीहरू

  • यो पाठमा नभएको नयाँ शब्दावली सिक्ने वा अभ्यास गर्ने उत्तम तरिका यहि हो ।

  • यदि तपाईंहरू भर्चुअल रूपमा भेट्दै हुनुहुन्छ भने, प्रत्येक व्यक्तिलाई जोडीमा कार्य गर्नुको सट्टा सम्पूर्ण समूहसँग उहाँहरूको सूचीबाट एक एक शब्द बाँढ्न लगाउनुहोस् ।

Speculation—“I think that you …” (15–20 minutes)

अनुमान—“मेरो विचारमा तपाईं…” (१५-२० मिनेट)

दुईजना महिलाहरू हाँस्दै

Steps

चरणहरू

  1. क्रियापदका सम्बन्धमा सोच्नुहोस् ।

  2. त्यो क्रियापद ठूलो स्वरमा भन्नुहोस् ।

  3. क्रियापद प्रयोग गरेर, अर्को सिकारूका सम्बन्धमा एउटा वास्तविक वाक्य सिर्जना गर्नुहोस् । आफ्नो वाक्य सुरु गर्न “मेरो विचारमा तपाईं…” भन्नुहोस् ।

  4. तपाईंहरूको भनाइ सत्य हो वा होइन अर्को सिकारूले भन्नुहुन्छ ।

  5. यदि यो सत्य हो भने, तपाईंहरूले एक अङ्क प्राप्त गर्नुहुन्छ । यदि यो सत्य होइन भने, तपाईंहरूले अङ्क प्राप्त गर्नुहुँदैन ।

  6. सबै भन्दा पहिला पाँच अङ्कमा पुग्ने सिकारू विजयी हुनुहुन्छ!

  7. १० देखि २० राउन्ड पूरा गर्नुहोस् । प्रत्येक राउन्डका लागि क्रिया परिवर्तन गर्नुहोस् ।

Example

सिकारू क बाट (सिकारू ख लाई): The verb is like. I think that you like chocolate.

सिकारू ख: That’s true! (सिकारू क ले एक अङ्क प्राप्त गर्नहुन्छ ।)

सिकारू ख बाट (सिकारू ग लाई): I think that you like to play basketball.

सिकारू ग: That’s not true! (सिकारू ख ले अङ्क प्राप्त गर्नहुँदैन ।)

Notes

सूचीहरू

  • तीन देखि पाँच व्यक्तिको समूह बनाउनुहोस् ।

  • यो खेल १० देखि २० राउन्डसम्म हुने छ । तपाईंहरूलाई प्रत्येक राउन्डका लागि एउटा क्रियापद चाहिन्छ । प्रत्येक पटक तपाईंहरूले एउटा राउन्ड सुरु गर्दा नयाँ क्रियापद भन्दै पालैपालो गर्नुहोस् ।

Tell Me a Story! (5–15 minutes)

मलाई एउटा कथा भन्नुहोस्!

Steps

चरणहरू

  1. एउटा सहपाठी सँग वा सानो समूहमा कार्य गर्नुहोस् ।

  2. कुनै व्यक्तिले सिर्जना गरिएको कथाको पहिलो वाक्य भन्नुहुन्छ ।

  3. अर्को व्यक्तिले दोस्रो वाक्य भन्नुहुन्छ ।

  4. कथा समाप्त नभएसम्म पालैपालो कथाका एक एक वाक्य भन्दै जानुहोस् ।

Example

A: Yesterday, Sara and Mari missed the bus to come to conversation group.
B: They waited for the next bus, but it didn’t come.
C: They started to walk to the church.
A: Luke was driving to conversation group and saw them walking.
B: He stopped so they could go with him.
C: Sara, Mari, and Luke arrived 20 minutes late.
A: Luke was happy to help Sara and Mari.
B: He said it was a blessing in disguise that he was late.
C: They all had a fun time.

Notes

सूचीहरू

  • तीन देखि पाँच व्यक्तिको समूह बनाउनुहोस् ।

  • तपाईंले कथा सुरु गर्नका लागि तस्विर देखाएर यस क्रियाकलापलाई सहज बनाउन सक्नुहुन्छ ।

  • यस क्रियाकलापलाई सहज बनाउने अर्को तरिका प्रत्येक समूहलाई एउटै वाक्यबाट सुरु गर्न लगाउनु हो । उदाहरणका लागि, प्रत्येक समूहले “मेरो सप्ताहन्त कठीन थियो” वा “यो मेरो जीवनको सबैभन्दा उत्तम दिन थियो” भनेर सुरु गर्न सक्छन् ।

Two Truths and One Lie (10–15 minutes)

दुई सत्य र एउटा झूट (१०-१५ मिनेट)

Steps

चरणहरू

  1. आफ्ना सम्बन्धमा दुई सत्य विषयहरू सोच्नुहोस् । एक त्यो विषय बनाउनुहोस् जुन सत्य होइन । पाठबाट शब्दावली र वाक्यांशहरू प्रयोग गर्ने प्रयास गर्नुहोस् ।

  2. सहपाठी वा तीन देखि पाँच व्यक्तिको सानो समूहसँग तपाईंका कथनहरू ठूलो स्वरमा पढ्नुहोस् ।

  3. कुन कथन सत्य होइन भन्ने अनुमान गर्नका लागि तपाईंहरूका समूहका सदस्यहरूले तपाईंहरूलाई प्रश्नहरू सोध्नुहुन्छ । उहाँहरूका प्रश्नहरूको उत्तर दिनुहोस् ।

Example

समूह सदस्य १: I like pizza. I like French fries. I like chocolate. Which is not true?

समूहका अन्य सदस्यहरूले प्रश्नहरू सोध्छन्:

Q: What is your favorite kind of pizza?
A: I like cheese pizza.
Q: What is your favorite candy bar?
A: I like chocolate and caramel.
Q: Where do you like to get French fries?
A: I don’t have a favorite place.

समूहका अन्य सदस्यहरूले अनुमान लगाउनुहुन्छ: “I think you don’t like French fries.

समूहका सदस्य १: “That’s right! I don’t like French fries.

Vocabulary Cards (10–15 minutes)

शब्दावली कार्डहरू (१०-१५ मिनेट)

मानिस सुन्दै

Steps

चरणहरू

  1. कागजको सानो टुक्रामा ५ देखि १० शब्दावलीका शब्दहरू लेख्नुहोस् (नोट लेख्ने टाँसिने कागजहरूले राम्रो काम गर्छन्) । कागजका टुक्राहरूलाई खातमा राख्नुहोस् ।

  2. एक सहपाठी खोज्नुहोस् ।

  3. खातमा राखेका शब्दहरूलाई उल्टो पल्टाउनुहोस् ताकि तपाईंहरूले शब्दहरू देख्न सक्नुहुँदैन । आफ्नो सहपाठी सँग शब्दहरूको खात साटासाट गर्नुहोस् ।

  4. एउटा कागजको टुक्रा छान्नुहोस् । त्यसमा भएको शब्दलाई नहेर्नुहोस् । आफ्नो निधारमा त्यस कागज टाँस्नुहोस् । तपाईंहरूका सहपाठीले शब्द वर्णन गर्नुहुन्छ (वा अनुवाद गर्नुहुन्छ), ताकि तपाईंहरूले कागजमा भएको शब्द अनुमान गर्न सक्नुहुन्छ । यदि तपाईंहरूले सही अनुमान गर्नुहुन्छ भने, तपाईंहरूले एक अङ्क प्राप्त गर्नुहुन्छ ।

  5. पालैपालो गर्नुहोस् । तपाईंहरूले खातमा राखेका प्रत्येक कागजहरू खेलमा प्रयोग गर्नुहोस् ।

Notes

सूचीहरू

  • यो शब्दावली अभ्यास गर्ने एक उत्तम तरिका हो ।

  • यदि तपाईंहरू भर्चुअल रूपमा भेट्दै हुनुहुन्छ भने, जोडीको सट्टामा सम्पूर्ण समूहसँग कार्य गर्नुहोस् । प्रत्येक व्यक्तिले शब्दहरूको सूची लेख्नुहुन्छ । समूहलाई आफ्नो सूची नदेखाउनुहोस् । आफ्नो सूचीबाट एउटा शब्द छनोट गरेर पालैपालो गर्नुहोस् । शब्दको उच्चारण नगरी त्यसका सम्बन्धमा समूहलाई वर्णन गर्नुहोस् । समूहका सदस्यहरूले शब्द अनुमान गर्छन् ।

Dice Game 2 (10–15 minutes)

पासाको खेल २ (१०-१५ मिनेट)

Steps

चरणहरू

दुई पासा
  1. तपाईंहरूलाई दुईवटा पासा (वा सङ्ख्या उल्लेखित कार्डहरू १ देखि ६ सम्म) को आवश्यकता पर्छ ।

  2. छवटा क्रियापदहरू छनोट गर्नुहोस् र तिनीहरूलाई १ देखि ६को सङ्ख्यामा बोर्डमा लेख्नुहोस् ।

  3. अन्य शब्दहरू, सर्वनामहरू वा कालहरू छनोट गर्नुहोस् र तिनीहरूलाई १ देखि ६को सङ्ख्यामा बोर्डमा लेख्नुहोस् ।

  4. सहपाठी वा तीन देखि पाँच व्यक्तिको सानो समूहसँग कार्य गर्नुहोस् । पासा गुडाउनुहोस् । पासा गुडाएर आएका दुबै सङ्ख्याहरू प्रयोग गरेर तपाईंले सम्बन्धित शब्दहरूबाट वाक्य सिर्जना गर्नुहोस् । पालैपालो गर्नुहोस् ।

Example

शिक्षकले बोर्डमा निम्न क्रिया र कालहरू लेख्नुहुन्छ:

क्रियापदहरू

  1. eat

  2. play

  3. talk

  4. laugh

  5. go

  6. buy

कालहरू

  • 1, 3, 5 = past tense

  • 2, 4, 6 = present tense

सिकारू १ ले पासा गुडाउनुहुन्छ र ६ र ३ प्राप्त गर्नुहुन्छ । उहाँले किन्नु + भूत काल प्रयोग गरेर वाक्य सिर्जना गर्नुहुन्छ ।

  • I bought rice and chicken at the store last night.

सिकारू २ ले गोटी गुडाउनुहुन्छ र ४ र ६ प्राप्त गर्नुहुन्छ । उहाँले हास्नु + वर्तमान काल प्रयोग गरेर वाक्य सिर्जना गर्नुहुन्छ ।

  • I always laugh at my dog. He’s so silly.”

सिकारू ३ ले गोटी गुडाउनुहुन्छ र १ र ५ प्राप्त गर्नुहुन्छ । उहाँले खानु + भूत काल प्रयोग गरेर वाक्य सिर्जना गर्नुहुन्छ ।

  • I ate pizza for lunch.

Notes

सूचीहरू

  • यो (भूत, वर्तमान, भविष्य) वा व्याकरणका अन्य संरचनाहरू (पूर्व एवम् पश्चात् प्रयोग गरिने, प्रश्नहरू, नकारात्मक कथनहरू र यस्तै अन्य) का कालको अभ्यास गर्ने उत्तम तरिका हो ।

  • यदि तपाईंहरू भर्चुअल रूपमा भेट्दै हुनुहुन्छ भने, सम्पूर्ण समूहसँग कार्य गर्नुहोस् । भर्चुअल पासा प्रयोग गर्नुहोस् र वाक्यहरू सिर्जना गर्न पालो गर्नुहोस् ।

Bicycle Chain (in person) (10–20 minutes)

साइकल चेन (व्यक्तिगत रूपमा) (१०-२० मिनेट)

यो क्रियाकलाप व्यक्तिगत रूपमा समूह वैठकमा भाग लिएमा मात्र काम लाग्छ ।

Steps

चरणहरू

  1. एउटा प्रश्न छान्नुहोस् । (पाठबाट एउटा प्रयोग गर्नुहोस् वा यो परिशिष्टमा “प्रश्नहरू” हेर्नुहोस् ।)

  2. एक अर्काको सामना गरी दुई पङ्क्तिमा उभिनुहोस् ।

    एकअर्काको सामना गरेर दुई पङ्क्तिहरूमा उभिरहनु भएका व्यक्तिहरूको रेखाचित्र
  3. एक अर्काको सामना गरेर उभिरहेका व्यक्तिहरू सहपाठी हुनुहुन्छ ।

  4. सहपाठीहरूले प्रश्न सोध्नुहुन्छ र उत्तर दिनुहुन्छ ।

    मानिसहरूका २ पङ्क्तिहरूको रेखाचित्र जहाँ सबैजना आफ्नो दायाँतर्फको व्यक्तिको स्थानमा सर्नुहुन्छ
  5. गोलाकारमा सर्नुहोस् ताकि प्रत्येक व्यक्तिको नयाँ सहपाठी हुन्छ ।

    रेखाचित्रले उहाँहरूले सुरु गरेको भन्दा नयाँ व्यक्तिहरूको सामना गरिरहेका व्यक्तिहरूको दुई पङ्क्तिहरू प्रदर्शन गर्दै
  6. सहपाठीहरूले प्रश्न सोध्नुहुन्छ र उत्तर दिनुहुन्छ ।

  7. चरण ५ र ६ दोहोर्याउनुहोस् ।

Notes

सूचीहरू

  • यदि तपाईंहरू सँग बिजोर सङ्ख्यामा मानिसहरू हुनुहुन्छ भने, एउटा समूहमा तीनजना राख्नुहोस् ।

Mingle and Share (in person) (10–15 minutes)

मिल्नुहोस् र बाँढ्नुहोस् (व्यक्तिगत रूपमा) (१०-१५ मिनेट)

यो क्रियाकिलाप व्यक्तिगत रूपमा समूह बैठकमा सहभागी भएमा मात्रै काम लाग्छ ।

दुई व्यक्तिहरू वार्तालाप गर्दै

Steps

चरणहरू

  1. एउटा प्रश्न छान्नुहोस् । (पाठबाट एउटा प्रयोग गर्नुहोस् वा यो परिशिष्टमा “प्रश्नहरू” हेर्नुहोस् ।)

  2. उठ्नुहोस् र एक सहपाठी खोज्नुहोस् ।

  3. आफ्नो सहपाठीलाई प्रश्न सोध्नुहोस् । आफ्नो सहपाठीको उत्तर सम्झनुहोस् । आफ्ना सहपाठीको प्रश्नको जवाफ दिनुहोस् ।

  4. कोठा वरिपरि हिँड्नुहोस् र नयाँ सहपाठी खोज्नुहोस् । सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । नयाँ सहपाठीहरूसँग धेरै पटक दोहोर्याउनुहोस् । आफ्ना सहपाठीहरूको सबै उत्तरहरू सम्झनुहोस् ।

  5. आफ्नो कुर्सीमा फर्कनुहोस् । तपाईंहरूले सिकेका विषयहरू समूहमा बाँढ्नुहोस् ।

Example

Question: What do you like to do?

सिकारूहरू विभिन्न सहपाठीहरू सँग प्रश्न सोध्दै र जवाफ दिँदै हिँड्नुहुन्छ ।

  • Sara: What do you like to do?

    Mei: I like to dance. What do you like to do?

    Sara: I like to go to karaoke.

    Mei: What’s your favorite song to sing?

    Sara: I don’t have a favorite song. I really like to sing with other people.

    Mei: What do you like to do?

    Lee: I like to play video games. What do you like to do?

    Mei: I like to dance. What is your favorite game?

    Lee: I like strategy games.

सिकारूहरूले सिकेका विषयहरू समूहमा बाँढ्नुहुन्छ ।

  • Teacher: What does Mei like to do?

    Sara: She likes to dance.

    Teacher: What does Lee like to do?

    Mei: He likes to play video games.