“पाठ २: अभिवादन र परिचयहरू,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)
“पाठ २,” सिकारूहरूका लागि EnglishConnect १
Lesson 2
Greetings and Introductions
उद्देश्य: म अरूहरूलाई अभिवादन गर्न र को कहाँबाट आउनुभएको हो भन्न सिक्ने छु ।
Personal Study
A देखि E सम्मका क्रियाकलापहरू पूरा गरेर आफ्नो वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।
Study the Principle of Learning: Exercise Faith in Jesus Christ
येशू ख्रीष्टमा आस्थाको अभ्यास गर्नुहोस्
Jesus Christ can help me do all things as I exercise faith in Him.
येशू ख्रीष्टले मलाई सबै कार्य गर्नका लागि सहयोग गर्न सक्नुहुन्छ जब म उहाँमा आस्थाको अभ्यास गर्छु ।
येशू ख्रीष्टपरमेश्वरका पुत्र हुनुहुन्छ । हामीहरूलाई सिकाउन र सहयोग गर्न परमेश्वरले येशूलाई पठाउनुभयो । परमेश्वरका सन्ततिका रूपमा हाम्रो सम्भाव्यतामा सत्य जीवन कसरी बिताउने भनेर येशूले हामीहरूलाई सिकाउनुहुन्छ । हाम्रा कमजोरीहरू र हाम्रा चुनौतीहरू माथि विजयी हुन सहयोग गर्ने शक्ति येशू सँग छ । उहाँले हामीलाई सिकाउनुभयो:
“यदि तिमीहरूमा रायोको दाना जत्तिकै आस्था छ भने, तिमीहरूले यस पहाडलाई भन्ने छौ, यताबाट हट; अनि त्यो हट्ने छ र तिमीहरूका लागि केही असम्भव हुने छैन” (मत्ती १७:२०) ।
अङ्ग्रेजी सिक्नु ठूलो पहाड हो—एक असम्भव कार्य हो भनेर तपाईंहरूलाई महसुस हुन सक्छ । परन्तु जब तपाईंहरूले येशू ख्रीष्टमा थोरै मात्रामा भएपनि आस्थाको अभ्यास गर्नुभएमा, तपाईंहरूको आस्थामा वृद्धि हुने छ । उहाँमा वृद्धि हुँदै गएको तपाईंहरूको आस्थाले तपाईंहरूलाई आफ्ना चुनौतीहरू पार गर्न सहयोग गर्ने छ ।
Ponder
-
अङ्ग्रेजी सिक्ने क्रममा तपाईंहरूले सामना गर्न सक्ने केही चुनौतीहरू के के हुन्?
-
तपाईंहरूले येशू ख्रीष्टमा आफ्नो आस्था वृद्धि गर्न सक्ने केही तरिकाहरू के-के हुन्?
Memorize Vocabulary
आफ्ना वार्तालाप समूहसँग भेट गर्नुपूर्व प्रत्येक शब्दको अर्थ र उच्चारण सिक्नुहोस् । तपाईंहरूले अध्ययन गर्न सम्भव भएसम्मको प्रयास गर्दा तपाईंहरूले सिकेका विषयहरू सम्झन परमेश्वरले तपाईंहरूलाई सहयोग गर्नुहुने छ ।
|
I |
म |
|
you |
तिमी/तपाईं |
|
we |
हामी |
|
they |
तिनीहरू |
|
he |
ऊ |
|
she |
उनी |
|
I am/I’m |
म हुँ/म छु |
|
you are |
तिमी छौ/हौ |
|
we are |
हामीहरू छौँ/हौँ |
|
they are |
तिनीहरू छन्/हुन् |
|
he is |
ऊ हो/छ |
|
she is |
उनी छन्/हुन् |
|
How are you? |
तिमीलाई कस्तो छ? |
|
Nice to meet you. |
“तपाईंलाई भेटेर खुशी लाग्यो ।” |
|
country |
देश |
|
what |
के |
|
where |
कहाँ |
Adjectives
|
fine |
राम्रो |
|
OK |
ठीक छ |
Nouns
|
Japan |
जापान |
|
Kenya |
केन्या |
|
Mexico |
मेक्सिको |
Practice Pattern 1
अङ्ग्रेजीमा धेरै नमूनाहरू छन् । एउटा नमूना र केही शब्दावली शब्दहरू सहित, तपाईंहरू दर्जनौँ वाक्यहरू सिर्जना गर्न सक्नुहुन्छ! तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्दा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूले Memorize Vocabulary खण्डका शब्दहरू सँग रेखाङ्कित शब्दहरूलाई परिवर्तन गर्न सक्नुहुन्छ ।
Q: How are you?A: I’m (adjective), thanks.
Questions
Answers
Examples
Q: How are you?A: I’m fine, thanks.
Q: Hi, how are you?A: I’m OK, thanks.
Practice Pattern 2
जबसम्म तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदासम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । यदि केही द्विविधा छ भने, सहयोगका लागि प्रार्थना गर्नुहोस् र यसमा कार्य गरिरहनुहोस् । परमेश्वरले तपाईंहरूलाई सहयोग गर्नुहुने छ ।
Q: Where are you from?A: I’m from (noun).
Questions
Answers
Examples
Q: Where are you from?A: I’m from Mexico.
Q: Where are they from?A: They are from Japan.
Q: Where is she from?A: She is from Kenya.
Use the Patterns
तपाईंहरूले कसैलाई सोध्न सक्ने चारवटा प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । तिनीहरूलाई ठूलो स्वरमा पढ्नुहोस् ।
Additional Activities
englishconnect.org/learner/resources वा EnglishConnect १ कार्यपुस्तिका.मा पाठका क्रियाकलापहरू र मूल्याङ्कनहरू अनलाइनमा पूरा गर्नुहोस् ।
Act in Faith to Practice English Daily
नयाँ भाषा बोल्नका लागि तपाईंहरूलाई निरन्तर, दैनिक अभ्यास आवश्यक छ । लक्ष्य निर्धारण गर्नाले तपाईंहरूलाई सहयोग गर्न सक्छ । तपाईंहरूको लक्ष्य जटिल हुनु आवश्यक छैन । वास्तवमा, साधारण लक्ष्यहरू सामान्यतया अधिक प्रभावकारी हुन्छन् किनभने तिनीहरूले तपाईंहरूलाई प्रत्येक दिन अङ्ग्रेजी अभ्यास गर्ने बानी विकास गर्न सहयोग गर्छन् ।
दैनिक अङ्ग्रेजी अभ्यासलाई निरन्तरता दिनुहोस् । आफ्नो “व्यक्तिगत अध्ययन ट्र्याकर (सूचक)” प्रयोग गर्नुहोस् । आफ्नो अध्ययन लक्ष्यको समीक्षा गर्नुहोस् र आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस् ।
Conversation Group
Discuss the Principle of Learning: Exercise Faith in Jesus Christ
(20–30 minutes)
-
यस पाठका लागि सिकाइका सिद्धान्तलाई ठूलो स्वरमा पढ्नुहोस् ।
-
प्रश्नहरूको छलफल गर्नुहोस् ।
Activity 1: Practice the Patterns
(10–15 minutes)
सहपाठी सँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।
सहपाठी सँग नमूना १ अभ्यास गर्नुहोस्:
-
प्रश्न सोध्ने अभ्यास गर्नुहोस् ।
-
प्रश्नहरूको उत्तर दिने अभ्यास गर्नुहोस् ।
-
नमूनाहरू प्रयोग गरेर वार्तालापको अभ्यास गर्नुहोस् ।
नमूना २ का लागि दोहोर्याउनुहोस् ।
Activity 2: Create Your Own Sentences
(10–15 minutes)
Part 1
सहपाठीलाई आफ्नो परिचय दिनुहोस् । पालैपालो गर्नुहोस् । सहपाठीहरू परिवर्त गर्नुहोस् र पुन: अभ्यास गर्नुहोस् ।
Example
-
A: Hi! How are you?
-
B: I’m OK, thanks.
-
A: My name is . I’m from . What’s your name?
-
B: My name is . I’m from .
Part 2
फोटोहरूमा हेर्नुहोस् । प्रत्येक व्यक्तिका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् ।
Example: Talia, Samoa
-
A: What’s her name?
-
B: Her name is Talia.
-
A: Where is she from?
-
B: She is from Samoa.
Image 1: Marco, Italy
Image 2: Nat, Canada
Image 3: Sam, Mexico
Activity 3: Create Your Own Conversations
(15–20 minutes)
भूमिका-अभिनय । सहपाठी क ले सूचीबाट एक व्यक्ति बन्न छनोट गर्नुहुन्छ । सहपाठी ख ले सहपाठी ख लाई चिन्नका लागि प्रश्नहरू सोध्नुहुन्छ । भूमिकाहरू बदल्नुहोस् ।
-
Greta, Germany
-
Louis, France
-
Ji Hoon, Korea
-
Li Min, China
-
Luna, Peru
-
Pia, Chile
-
Dima, Russia
-
Avi, India
-
Kisi, Ghana
Example
-
A: Hi! How are you?
-
B: I’m fine, thanks.
-
A: My name is Avi. What’s your name?
-
B: My name is Kisi. I’m from Ghana. Where are you from?
-
A: I’m from India. Nice to meet you, Kisi.
Evaluate
(5–10 minutes)
उद्देश्यहरू र दैनिक अङ्ग्रेजी अभ्यास गर्ने तपाईंहरूको प्रयासहरूमा तपाईंहरूको प्रगतिको मूल्याङ्कन गर्नुहोस् ।
Evaluate Your Progress
I can:
-
Greet someone and ask how they are.
कसैलाई अभिवादन गर्नुहोस् र सोध्नुहोस् कि उहाँहरू कस्तो हुनुहुन्छ ।
-
Introduce myself and say where I’m from.
आफ्नो परिचय दिनुहोस् र भन्नुहोस् म कहाँबाट आए हुँ ।
-
Ask people’s names and where they are from.
मानिसहरूको नाम र उहाँहरू कहाँबाट आउनुभएको हो सोध्नुहोस् ।
Evaluate Your Efforts
तपाईंहरूका प्रयासहरूको मूल्याङ्कन गर्नुहोस्:
-
सिकाइका सिद्धान्त अध्ययन गर्नुहोस् ।
-
शब्दावली स्मरण गर्नुहोस् ।
-
नमूनाहरू अभ्यास गर्नुहोस् ।
-
दैनिक अभ्यास गर्नुहोस् ।
लक्ष्य निर्धारण गर्नुहोस् । “व्यक्तिगत अध्ययन ट्रयाकर” मा अध्ययन सुझावहरू विचार गर्नुहोस् ।
आफ्नो लक्ष्य एक सहकर्मी सँग बाँढ्नुहोस् ।
Act in Faith to Practice English Daily
“आफ्नो आस्था बढाउन आजै सुरु गर्नुहोस् । तपाईंहरूको आस्थाद्वारा, येशू ख्रीष्टले तपाईंहरूको जीवनमा पहाडहरू सार्न सक्ने तपाईंहरूको क्षमता बढाउनुहुने छ [हेर्नुहोस् १ नफी ७:१२], तपाईंहरूका व्यक्तिगत चुनौतिहरू सगरमाथा जत्तिकै विशाल भए तापनि” (रसल एम्. नेल्सन, “Christ Is Risen; Faith in Him Will Move Mountains,” Liahona, मे २०२१, १०२-३) ।