साधारण सम्मेलन
शब्दहरूको महत्त्व छ
शब्दहरूको महत्त्व छ


शब्दहरूको महत्त्व छ

शब्दहरूले एक सामान्य मनोवृत्ति निर्धारित गर्छ । तिनीहरूले हाम्रा विचारहरू, भावनाहरू र अनुभवहरूलाई राम्रो वा खराबको लागि आवाज दिन्छन् ।

संसारभरका दाजुभाइ, दिदीबहिनी र साथीहरू, म यस विशाल श्रोताहरूलाई सम्बोधन गर्न पाउँदा सम्मानित छु, जसमध्ये धेरै हाम्रो चर्चका सदस्यहरू हुनुहुन्छ र जसमध्ये धेरै साथीहरू र यस सम्मेलन प्रसारणका नयाँ श्रोताहरू हुनुहुन्छ । स्वागत् छ!

यस मञ्चबाट बाँढिने सन्देशहरू शब्दहरूमा सञ्चार गरिन्छ । तिनीहरू अङ्ग्रेजीमा दिइन्छ र लगभग एक सय विभिन्न भाषाहरूमा अनुवाद गरिन्छ । आधार सदैव एउटै हुन्छ । शब्दहरू । अनि शब्दहरू धेरै महत्त्वपूर्ण छन् । म पुन: भन्न चाहन्छु । शब्दहरू महत्त्वपूर्ण छन्!

हामी कसरी जोडिन्छौँ भन्ने आधार तिनीहरू हुन्; तिनीहरूले हाम्रो विश्वास, नैतिकता र दृष्टिकोणको प्रतिनिधित्व गर्छ । कहिलेकाहीँ हामी शब्दहरू बोल्छौँ, अन्य समयमा हामी सुन्छौँ । शब्दहरूले एक सामान्य मनोवृत्ति निर्धारित गर्छ । तिनीहरूले हाम्रा विचारहरू, भावनाहरू र अनुभवहरूलाई असल वा खराबका लागि आवाज दिन्छन् ।

दुर्भाग्यवश, शब्दहरू सोचविहीन, हतारमा भएको र हानिकारक हुन सक्छ । एक पटक भनेपछि, हामी तिनीहरूलाई फिर्ता लिन सक्दैनौँ । तिनीहरूले घाउ लगाउन, दण्ड दिन, काट्न र विनाशकारी कार्यहरू गर्न पनि नेतृत्व गर्न सक्छन् । तिनीहरू हामीमाथि भारी हुन सक्छ ।

अर्कोतर्फ, शब्दहरूद्वारा विजय मनाउन सकिन्छ, शब्दहरू आशावादी र उत्साहजनक हुन सक्छन् । तिनीहरूले हामीलाई हाम्रो मार्गका सम्बन्ध पुनर्विचार गर्न, पुनः सुरू गर्न र पुनः निर्देशित गर्न प्रेरित गर्न सक्छन् । शब्दहरूले सत्यतातर्फ हाम्रो मस्तिष्कलाई खोल्न सक्छ ।

त्यसकारण, पहिलो र प्रमुख, परमप्रभुका वचनहरू महत्त्वपूर्ण छन् ।

मोर्मोनको पुस्तकमा, प्राचीन अमेरिकामा अगमवक्ता अल्मा र उनका मानिसहरूले परमेश्वरको वचनलाई बेवास्ता गर्नेहरू, तिनीहरूको हृदयलाई कठोर बनाएका र तिनीहरूको संस्कृतिलाई भ्रष्ट गर्नेहरूसँग अनन्त युद्धको सामना गरे । आस्थावानहरूले लड्न सक्थे तर अल्माले सल्लाह दिए: “अनि अब, जब वचनको प्रचारमा जनहरूलाई अगुवाइ गर्ने महान् प्रवृति भएकाले त्यसो गर्न जुन न्यायोचित छ—हो, जनहरूको मस्तिष्कमा तरबारले अथवा उनीहरूमाथि भएका कुनै पनि विषयले भन्दा पनि यसको बढी प्रभाव पार्न सक्ने शक्ति थियो—त्यसकारण अल्माले सोचे कि यो उचित छ कि परमेश्वरका वचनको प्रभावकारितालाई कोसिस गर्नु पर्छ ।”

“परमेश्वरको वचन” अरू सबै अभिव्यक्तिहरूभन्दा उत्कृष्ट छ । पृथ्वीको सृष्टिदेखि नै यस्तो भएको छ जब परमप्रभुले भन्नुभयो: “त्यहाँ उज्यालो होस्: र त्यहाँ उज्यालो भयो ।”

मुक्तिदाताबाट नयाँ करारमा यी आश्वासनहरू आए: “आकाश र पृथ्वी बितेर जाने छन् तर मेरा वचनहरू बितेर जाने छैनन् ।”

अनि यो: “यदि कुनै मानिसले मलाई प्रेम गर्छ भने, उसले मेरा वचनहरू पालना गर्ने छ: र मेरा पिताले उसलाई प्रेम गर्नुहुने छ र हामी त्यसकहाँ आउने छौँ र त्यससँग बास गर्ने छौँ ।

अनि येशूकी आमा, मरियमबाट यो नम्र गवाही आयो: “हेर्नुहोस् म परमप्रभुको दासी; मलाई तपाईंको वचनअनुसार होस् ।”

परमेश्वरको वचनमा विश्वास गर्नाले र ध्यान दिनाले हामीलाई उहाँको नजिक ल्याउने छ । अध्यक्ष रसल एम्. नेल्सनले प्रतिज्ञा गर्नुभएको छ, “यदि तपाईंहरूले उहाँका वचनहरू अध्ययन गर्नुभयो भने, उहाँ जस्तै बन्ने तपाईंहरूको क्षमता बढ्ने छ ।”

यस भजनले भने जस्तै के हामी सबै बन्न चाहँदैनौँ, “अधिक धन्य र पवित्र—अधिक, मुक्तिदाता, हजुर जस्तै”?

म युवा जोसेफ स्मिथलाई घुँडा टेकेर स्वर्गमा हुनुहुने उनका पिताका शब्दहरू सुनिरहेको चित्रण गर्छु: “[जोसेफ,] यो मेरो प्रिय पुत्र हो । तिनलाई सुन!”

हामी धर्मशास्त्रका शब्दहरूमा “उहाँलाई सुन्छौँ” तर के हामी तिनीहरूलाई पानामा मात्र रहन दिन्छौँ वा उहाँ हामीसँग बोल्दै हुनुहुन्छ भनेर चिन्छौँ? के हामी परिवर्तन हुन्छौँ?

हामी “उहाँलाई सुन्छौँ,” व्यक्तिगत प्रकाश र पवित्र आत्माबाट उत्प्रेरणहरूमा, प्रार्थनाको जवाफमा र ती क्षणहरूमा जब येशू ख्रीष्टले मात्र उहाँको प्रायश्चितको शक्तिद्वारा हाम्रो बोझ उठाउन सक्नुहुन्छ, हामीलाई क्षमा र शान्ति दिन सक्नुहुन्छ र हामीलाई “उहाँको प्रेमको बाहुमा” अँगालो हाल्न सक्नुहुन्छ ।

दोस्रो, अगमवक्ताहरूका शब्दहरू महत्त्वपूर्ण छन् ।

अगमवक्ताहरूले येशू ख्रीष्टको देवत्वको गवाही दिन्छन् । तिनीहरूले उहाँको सुसमाचार सिकाउँछन् र सबैलाई उहाँको प्रेम देखाउँछन् । म मेरो गवाही दिन्छु कि हाम्रा जीवित अगमवक्ता, अध्यक्ष रसल एम्. नेल्सनले परमप्रभुको वचन सुन्नुहुन्छ र बोल्नुहुन्छ ।

अध्यक्ष नेल्सनसँग शब्दहरू अभिव्यक्त गर्ने क्षमता छ । उहाँले भन्नुभएको छ, “करारको मार्गमा अघि हिँड्नुहोस्”, “इस्राएललाई एकत्रित गर्नुहोस्,” “परमेश्वरलाई विजयी हुन दिनुहोस्,” “समझदारीका पुलहरू निर्माण गर्नुहोस्,” “धन्यवाद दिनुहोस्,” “येशू ख्रीष्टमा विश्वास बढाउनुहोस्,” “आफ्नो गवाहीको जिम्मा लिनुहोस्,” र “शान्तिकर्ता बन्नुहोस् ।”

भर्खरै उहाँले हामीलाई “सेलेस्टियल सोच राख्नुहोस्” भनेर भन्नुभएको छ । “जब तपाईंहरू दुविधाको सामना गर्नुहुन्छ,” उहाँ भन्नुहुन्छ, “सेलेस्टियल सोच राख्नुहोस्! प्रलोभनद्वारा परीक्षण गरिँदा, सेलेस्टियल सोच राख्नुहोस्! जब जीवन वा प्रियजनहरूले तपाईंहरूलाई निराश पार्छन्, सेलेस्टियल सोच राख्नुहोस्! जब कसैको अकालमै मृत्यु हुन्छ, सेलेस्टियल सोच राख्नुहोस् ।जब जीवनका दबाबहरू तपाईंहरूमाथि आउँछन्, सेलेस्टियल सोच राख्नुहोस्! तपाईंहरूले सेलेस्टियल सोच राख्दा, तपाईंहरूको हृदय बिस्तारै परिवर्तन हुने छ, … तपाईंहरूले परीक्षण र विपक्षलाई नयाँ प्रकाशमा हेर्नुहुने छ, … [र] तपाईंहरूको आस्था बढ्ने छ ।”

“जब हामी सेलेस्टियल सोच्छौँ, हामी “वास्तवमा अहिलेका विषयहरू, अनि वास्तवमा नै हुने विषयहरू देख्छौँ ।” भ्रम र विवादले बोझिएको यस संसारमा, हामी सबैलाई त्यो दृष्टिकोण चाहिन्छ ।

एल्डर जर्ज अल्बर्ट स्मिथले, चर्चको अध्यक्ष बन्नु भन्दा धेरै अघि, अगमवक्तालाई समर्थन गर्ने र उहाँका शब्दहरू सुन्ने सम्बन्धमा कुरा गर्नुभयो । उहाँले भन्नुभयो: “हामीले हात उठाउँदा हामीले गर्ने दायित्व … सबैभन्दा पवित्र छ । … यसको अर्थ … हामी उहाँको पछाडि उभिने छौँ; हामी उहाँको लागि प्रार्थना गर्ने छौँ; … र हामी उहाँका निर्देशनहरू पालना गर्न प्रयास गर्ने छौँ जसरी परमप्रभुले निर्देशन दिनुहुने छ । अर्को शब्दमा, हामी हाम्रो अगमवक्ताका शब्दहरूमा लगनशीलताका साथ कार्य गर्ने छौँ ।

हाम्रो विश्वव्यापी चर्चद्वारा हिजो नियुक्त गरिएका १५ अगमवक्ताहरू, द्रष्टाहरू र प्रकाशकर्ताहरू मध्ये एकका रूपमा, म अगमवक्तालाई समर्थन गर्ने र उहाँका शब्दहरूलाई अँगाल्ने मेरा अनुभवहरू मध्ये एक बाँढ़्न चाहन्छु । यो मेरा लागि अगमवक्ता याकूबलाई भएको जस्तै थियो, जसले यसो भने, “मैले परमप्रभुको वाणीले मलाई त्यही शब्दमा भन्नुभएको मैले सुनेको थिएँ ।”

छवि
एल्डर र सिस्टर रसब्याण्ड थाइल्याण्डमा ।

गत अक्टोबर मेरी श्रीमती, मेलनी र म थाइल्याण्डको बैङ्ककमा थियौँ, जब म चर्चको १८५औँ मन्दिरलाई समर्पण गर्ने तयारी गरिरहेको थिएँ । मेरा लागि, त्यो कार्यभार वास्तविक र विनम्र अनुभव दुबै थियो । यो दक्षिणपूर्वी एशिया प्रायद्वीपमा पहिलो मन्दिर थियो । यो परमप्रभुको गृह हुन निपुणतापूर्वक रचना गरिएको छ—छ तल्ला, नौ-मीनार भएको संरचना, “सही रूपमा एकैसाथ जोडिएको” । महिनौँसम्म मैले समर्पणका सम्बन्धमा मनन गरेको थिएँ । मेरो आत्मा र दिमागमा महसुस भएको विषय के थियो भने यो देश र मन्दिरलाई अगमवक्ता र प्रेरितहरूद्वारा समर्थन र पोषण गरिएको थियो । अध्यक्ष थमस एस्. मन्सनले यस मन्दिरको निर्माणको अनि अध्यक्ष नेल्सनले समर्पणको घोषणा गर्नुभएको थियो ।

छवि
बैङ्कक थाइल्याण्ड मन्दिर ।

मैले महिनौँ अघि नै समर्पणको प्रार्थनाको तयारी गरेको थिएँ । ती पवित्र शब्दहरू १२ भाषाहरूमा अनुवाद गरिएका थिए । हामी तयार थियौँ । अथवा मैले त्यस्तो सोचेँ ।

समर्पणको अघिल्लो रात म समर्पण प्रार्थनाका सम्बन्धमामा अस्तव्यस्त, तत्काल भावनाका साथ मेरो निद्राबाट ब्यूँझिएँ । प्रार्थना सकिइसकेको छ भन्ने सोचेर मैले ती उत्प्रेरणालाई पन्छाउने प्रयास गरेँ । परन्तु आत्माले मलाई एक्लै छोड्नु भएन । मैले केही शब्दहरू हराइरहेको महसुस गरेँ र दैवी रचनाद्वारा तिनीहरू मलाई प्रकाशमा आए र मैले यी शब्दहरू प्रार्थनाको अन्त्यमा सम्मिलित गरेँ: “हामीले सेलेस्टियल सोचौँ, तपाईंको आत्मालाई हाम्रो जीवनमा विजयी हुन दिएर र सदैव शान्ति स्थापना गर्ने प्रयास गरौँ ।” परमप्रभुले मलाई हाम्रा जीवित अगमवक्ताका शब्दहरू पालना गर्न स्मरण गराउँदै हुनुहुन्थ्यो: “सेलेस्टियल सोच राख्नुहोस्,” “आत्मालाई विजयी हुन दिनुहोस्,” “शान्ति स्थापना गर्ने प्रयास गर्नुहोस् ।” अगमवक्ताका शब्दहरू परमप्रभु र हाम्रा लागि महत्त्वपूर्ण छन् ।

तेस्रो अनि धेरै महत्त्वपूर्ण, हाम्रा आफ्नै शब्दहरू हुन् । मलाई विश्वास गर्नुहोस्, हाम्रो इमोजीले भरिएको संसारमा, हाम्रा शब्दहरू महत्त्वपूर्ण छन् ।

हाम्रा शब्दहरू सहयोगी वा क्रोधित, प्रसन्न वा स्वार्थी, दयालु वा बेवास्ता गरिएका हुन सक्छन् । भावनात्मक रूपमा विचलित भएको कुनै क्षणमा, शब्दहरूले आत्मामा पीडादायी रूपमा गहिरिएर घोच्न सक्छ—र त्यहाँ रहन सक्छ । इन्टरनेटमा हाम्रा शब्दहरू, सन्देश, सामाजिक सञ्जाल वा ट्वीटहरूले हामीले चाहेको भन्दा भिन्दै किसिमले व्याख्या गर्न सक्छ । त्यसैले तपाईंहरूले के भन्नुहुन्छ र कसरी भन्नुहुन्छ भन्ने सम्बन्धमा होसियार हुनुहोस् । हाम्रो परिवारहरूमा, विशेष गरी पति, पत्नी र छोराछोरीहरूसँग, हाम्रा शब्दहरूले हामीलाई एकसाथ ल्याउन सक्छ वा हामी बीचमा फाटो ल्याउन सक्छ ।

म तीन सरल वाक्यांशहरू सुझाव गर्न चाहन्छु जुन हामीले कठिनाइ र भिन्नताहरूबाट पीडालाई बाहिर निकाल्न, उठाउन र एकअर्कालाई आश्वस्त पार्न प्रयोग गर्न सक्छौँ ।

“धन्यवाद ।”

“मलाई माफ गर ।”

अनि “म तपाईंलाई प्रेम गर्छु ।”

विशेष अवसर वा विपत्तिको समयका लागि यी नम्र वाक्यांशहरू बचत नगर्नुहोस् । तिनीहरूलाई प्रायः र निष्कपट प्रयोग गर्नुहोस्, किनकि तिनीहरूले अरूहरूलाई आदर देखाउँछ । वार्ता सस्तो हुँदै छ; त्यो ढाँचा पालना नगर्नुहोस् ।

हामी लिफ्टमा, पार्किङमा, बजारमा, कार्यालयमा, लाईनमा बसेको समयमा वा हाम्रा छिमेकी वा साथीहरूसँग “धन्यवाद” भन्न सक्छौँ । जब हामी गल्ती गर्छौं, कसैलाई भेट्न छुटाउँछौँ, जन्मदिन बिर्सन्छौँ वा कसैलाई पीडामा देख्छौँ, हामी “मलाई माफ गर्नुहोस्” भन्न सक्छौँ । हामी “म तिमीलाई प्रेम गर्छु” भन्न सक्छौँ र ती शब्दहरूले सन्देश बोक्छ “म तपाईंका सम्बन्धमा मनन गरिरहेको छु,” “म तिम्रो ख्याल राख्छु,” “म यहाँ तपाईंका लागि छु” वा “तपाईं मेरा लागि सबै हुनुहुन्छ ।”

म व्यक्तिगत उदाहरण बाँढ़्न चाहन्छु । श्रीमानहरू, ध्यान दिनुहोस् । दिदीबहिनीहरू, यसले तपाईंहरूलाई पनि सहयोग गर्ने छ । चर्चमा मैले पूर्ण-समयका लागि कार्यभार लिनु अघि, मैले मेरो कम्पनीका लागि व्यापक यात्रा गरेँ । म समयको उचित मात्रामा विश्वको धेरै टाढासम्म पुगेँ । मेरो दिनको अन्त्यमा, म जहाँ भए पनि, म सदैव घरमा फोन गर्थे । जब मेरी श्रीमती, मेलनीले फोन उठाइन् र मैले सबै बेलिबिस्तार गरेँ, हाम्रो वार्तालापले हामीलाई “म तिमीलाई प्रेम गर्छु” भन्ने अभिव्यक्त गर्न सदैव मार्गदर्शन गर्थ्यो । हरेक दिन, ती शब्दहरूले मेरो आत्मा र मेरो आचरणका लागि लङ्गरका रूपमा काम गरे; तिनीहरू दुष्ट योजनाहरूबाट मेरा लागि सुरक्षा थिए । “मेलनी, म तिमीलाई प्रेम गर्छु”ले हामी बीचको बहुमूल्य विश्वासको कुरा गर्यो ।

अध्यक्ष थमस एस्. मन्सनले भन्नुहुन्थ्यो, “त्यहाँ स्थिर बनाउन खुट्टा, समाउन हात, प्रोत्साहन गर्न मस्तिष्क, प्रेरणा दिन हृदय र बचाउन आत्माहरू छन् ।” “धन्यवाद,” “मलाई माफ गर्नुहोस्,” “म तपाईंहरूलाई प्रेम गर्छु” भन्ने जस्ता विषयले यसो गर्ने छ ।

दाजुभाइ तथा दिदीबहिनीहरू, शब्दहरू महत्त्वपूर्ण छन् ।

म प्रतिज्ञा गर्छु कि यदि हामीले मुक्तितर्फ मार्गदर्शन गर्ने “ख्रीष्टका वचनहरूमा भोज गर्यौँ भने”, हाम्रा अगमवक्ताका वचनहरू जसले हामीलाई मार्गदर्शन गर्छ र प्रोत्साहन दिन्छ र हाम्रा आफ्नै शब्दहरू जसले हामी को हौँ र हामी केलाई प्रेम गर्छौं भनेर बोल्छ, स्वर्गका शक्तिहरू हामीमाथि खन्याइने छ । “ख्रीष्टका वचनहरूले तिमीहरूले गर्नुपर्ने सबै विषयहरू भन्ने छन् ।” हामी स्वर्गका पिताका सन्तति हौँ र उहाँ हाम्रा परमेश्वर हुनुहुन्छ र उहाँले पवित्र आत्माको शक्तिद्वारा हामीले “स्वर्गदूतहरूको भाषा” मा बोलेको आशा गर्नुहुन्छ ।

म परमप्रभु येशू ख्रीष्टलाई प्रेम गर्छु । उहाँ, पुरानो करारका यशैयाका शब्दहरूमा, “अद्भुत, सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्त पिता, शान्तिका राजकुमार” हुनुहुन्छ । अनि प्रेरित यूहन्नाले स्पष्ट गरे जस्तै, ख्रीष्टस्वयम् “शब्द” हुनुहुन्छ ।

परमप्रभुको दैवी सेवामा बोलाइएको—उहाँका वचनको घोषणा गर्न— र उहाँको विशेष साक्षीका रूपमा खडा हुन बोलाइएको प्रेरितका रूपमा म यसको गवाही दिन्छु । परमप्रभु येशू ख्रीष्टको नाममा, आमीन ।

सूचीहरू

  1. अल्मा ३१:५

  2. उत्पत्ति १:३

  3. मत्ती २४:३५

  4. यूहन्ना १४:२३

  5. लूका १:३८

  6. हेर्नुहोस् रसल एम्. नेल्सन, “I Studied More Than 2,200 Scriptures about the Savior in Six Weeks: Here Is a Little of What I Learned,” Inspiration (blog), फेब्रुअरी २८, २०१७, ChurchofJesusChrist.org ।

  7. “More Holiness Give Me,” Hymns नं. १३१ ।

  8. जोसेफ स्मिथको—इतिहास १:१७

  9. अगमवक्ता लहीले आफ्ना छोराहरूलाई आफ्नो घोषणामा “उहाँको प्रेमका बाहु” का सम्बन्धमा वर्णन गर्छन्: “परन्तु हेर, परमप्रभुले मेरो जीवात्मालाई नरकबाट उद्धार गर्नु भएको छ; मैले उहाँको महिमा देखेको छु र मलाई अनन्ततासम्म उहाँका प्रेमका बाहुमा घेरा हालिएको छ (२ नफी १:१५)।”

  10. अध्यक्ष रसल एम्. नेल्सनले भन्नुभयो, “Prophets testify of Jesus Christ—of His divinity and of His earthly mission and ministry” (“Sustaining the Prophets,” Liahona, नोभेम्बर २०१४, ७४ ।

  11. रसल एम्. नेल्सन, “As We Go Forward Together,” Liahona, अप्रिल २०१८, ७ ।

  12. रसल एम्. नेल्सन, “इस्राएलको आशा” (विश्वव्यापी युवा आराधना, जून ३, २०१८), सुसमाचारको पुस्तकालय ।

  13. रसल एम्. नेल्सन, “Let God Prevail,”Liahona, नोभेम्बर २०२०, ९२ ।

  14. रसल एम्. नेल्सन, “President Nelson Shares Social Post about Racism and Calls for Respect for Human Dignity,” Newsroom, जून १, २०२०, newsroom.ChurchofJesusChrist.org ।

  15. रसल एम्. नेल्सन, सारा जेन विभरमा “President Nelson Invites Us to #GiveThanks,” Church News, नोभेम्बर २०, २०२०, thechurchnews.com ।

  16. रसल एम्. नेल्सनको, “Overcome the World and Find Rest,” लियाहोना, नोभेम्बर २०२२, ९८ ।

  17. रसल एम्. नेल्सन,“Choices for Eternity” (worldwide devotional for young adults, मे १५, २०२२), सुसमाचारको पुस्तकालय ।

  18. रसल एम्. नेल्सन, “Peacemakers Needed,” Liahona, मे २०२३, ९९; facebook.com/reel/277880588051925 पनि हेर्नुहोस् ।

  19. रसल एम्. नेल्सन, “Think Celestial!Liahona, नोभेम्बर २०२३, ११८-१९ ।

  20. याकूब ४:१३

  21. Teachings of Presidents of the Church: George Albert Smith (२०११), ६४ ।

  22. याकूब ७:५

  23. बैङ्कक थाइल्याण्ड मन्दिर अक्टोबर २२, २०२३ मा समर्पण गरिएको थियो ।

  24. मन्दिरको जिल्ला आफ्नो सिमा बाहिर कम्बोडियादेखि पाकिस्तान, नेपालदेखि इन्डोनेसियासम्म फैलिएको छ ।

  25. एफिसी २:२१

  26. हेर्नुहोस् थमस एस्. मन्सन, “Blessings of the Temple,” Liahona, मे २०१५, ९१ ।

  27. हेर्नुहोस् “News for Temples in Five Nations,” Newsroom, मार्च, २७, २०२३, newsroom.ChurchofJesusChrist.org ।

  28. बैङ्कक थाइल्याण्ड मन्दिरको dedicatory prayer हेर्नुहोस्, temples.ChurchofJesusChrist.org ।

  29. इमोजी, प्रायजसो सानो पहेंलो अनुहार, भावना, अभिव्यक्ति वा विचार व्यक्त गर्न इलेक्ट्रोनिक सन्देशमा जोडिने चित्र हो ।

  30. हेर्नुहोस् थमस एस्. मन्सन, “To the Rescue,” Liahona, जुलाई, २००१, ५७ ।

  31. २ नफी ३२:३

  32. २ नफी ३२:३

  33. २ नफी ३२:२

  34. नफीले लेखे, “किनकि जब मानिस पवित्र आत्माको शक्तिद्वारा बोल्छ पवित्र आत्माको शक्तिले त्यसलाई मानिसका छोराछोरीहरूका हृदयसम्म पुऱ्याउँछ” (२ नफी ३३:१)।

  35. यशैया ९:६

  36. यूहन्ना 1:1