साधारण सम्मेलन
“समुद्रका टापुहरूमा” मुक्तिदाताको चङ्गाइ प्रदान गर्ने शक्ति
अक्टोबर २०२३ को साधारण सम्मेलन


समुद्रका टापुहरूमा मुक्तिदाताको चङ्गाइ प्रदान गर्ने शक्ति

मन्दिरको आशीर्वादका माध्यमबाट, मुक्तिदाताले व्यक्ति, परिवार र राष्ट्रहरूलाई चङ्गाइ दिनुहुन्छ ।

सन् १९६० को दशकमा मेरा पिताले हवाईको चर्च कलेजमा पढाउनुहुन्थ्यो, जहाँ मेरो जन्म भयो । मेरा सात दिदीहरूले मेरा मातापितालाई मेरो नाम “किमो” राख्न जोड दिनुभयो । हामी लेई हवाई मन्दिर नजिकै बस्थ्यौँ जब यस मन्दिरले जापान लगायत एशिया प्रशान्त क्षेत्रमा बस्ने चर्चका धेरै सदस्यहरूको सेवा गर्‍थ्यो । यसै समयमा, जापानी सन्तहरूका समूहहरू मन्दिरका आशीर्वाद लिन हवाईमा आउन सुरू गरे ।

यी सदस्यहरू मध्येकी एक दिदी ओकिनावा भन्ने एक सुन्दर टापुकी हुनुहुन्थ्यो । हवाई मन्दिरमा उहाँको यात्राको कथा उल्लेखनीय छ । दुई दशक पहिले, उहाँको विवाह परम्परागत बुद्ध धर्मअनुसार एक मागी विवाह भएको थियो । त्यसको केही महिनापछि, जापानले पर्ल हार्बर, हवाईमा आक्रमण गरी संयुक्त राज्य अमेरिकालाई जापानसँगको द्वन्द्वमा धकेल्यो । मिडवे र इवो जिमा जस्ता लडाइहरूमा, युद्धको लहरले जापानी सेनाहरूलाई उनको घर भएको टापू, ओकिनावाको किनारमा धकेल्यो, जुन जापानका प्रमुख भागहरू अगाडि मित्र राष्ट्रहरू विरुद्ध खडा भएको सुरक्षाको अन्तिम स्थान थियो ।

सन् १९४५ मा तीन महिनासम्म ओकिनावाको युद्ध चर्कियो । १,३०० अमेरिकी युद्धका जहाजहरूको समूहले टापुलाई घेरे र गोला बारूद बर्साए । लडाईंमा मारिने सैनिक र नागरिकको हताहत भनायक थियो । ओकिनावाको एउटा सम्मानित स्मारकले आज पनि युद्धमा मारिएका व्यक्तिहरूको २४०,००० भन्दा बढी ज्ञात नामहरू सूचीबद्ध गर्छ ।

आक्रमणबाट बच्नका लागि उम्कने प्रयासमा, यी ओकिनावान महिला, उहाँका पति र तिनीहरूका दुई साना बालबालिकाहरूले पहाडको एक गुफामा शरण लिनुभयो । उहाँहरूले आगामी हप्ता र महिनाहरूमा अकथनीय पीडा सहनुभयो ।

युद्धको बीचको एक निराशाजनक रातको, भोकमरीमा उहाँनको परिवार र उहाँका पति बेहोश हुनुभयो, उहाँले स्थानीय अधिकारीहरूले उहाँलाई र अरूहरूलाई सोही प्रयोजनका लागि दिनुभएको एक हाते बमले आफ्नो पीडालाई समाप्त गर्ने विचार गर्नुभयो । यद्यपि, जब उहाँ त्यसो गर्न तयार हुनुभएन, एक गहिरो आध्यात्मिक अनुभव प्रकट भयो जसले उहाँलाई परमेश्वरको वास्तविकता र उहाँप्रतिको उहाँको प्रेमको मूर्त अनुभूति दियो, जसले उहाँलाई निरन्तरता दिने शक्ति प्रदान गर्‍यो । त्यसपछिका दिनहरूमा, उहाँले आफ्ना पतिलाई पुनर्जीवित गर्नुभयो र आफ्नो परिवारलाई झार, जङ्गली घारबाट मह र नजिकैको खोलामा पाइएका जीवहरू खुवाउनुभयो । उल्लेखनीय बिषय के छ भने, उहाँहरूले गुफामा छ महिना बिताउनुभयो, तबसम्म जबसम्म स्थानीय गाउँलेहरूले उहाँहरूलाई युद्ध समाप्त भएको जानकारी दिनुभएन ।

जब उहाँको परिवार घरले फर्किएर आफ्नो जीवन पुन: सुरू गर्न प्रारम्भ गरयो यी जापानी महिलाले परमेश्वरका सम्बन्धमा जवाफ खोज्न सुरू गर्नुभयो । उहाँ बिस्तारै येशू ख्रीष्टमा विश्वास र बप्तिस्मा लिनुपर्ने आवश्यकताबाट प्रेरित हुन सुरू गर्नुभयो । यद्यपि, येशू ख्रीष्ट र बप्तिस्माका सम्बन्धमा जानकारी नभई मृत्यु भएका आफ्ना प्रियजनहरूका सम्बन्धमा उउहाँले सोच्न सुरू गर्नु भयो, जसमा उहाँकी आमा पनि हुनुहुन्थ्यो जो उहाँलाई जन्म दिएर बित्नुभयो ।

उहाँको प्रसन्नताको कल्पना गर्नुहोस् जब एक दिन, पछिल्ला दिनका सन्तहरूका येशू ख्रीस्टको चर्चका दुई सुसमाचार प्रचारक बहिनीहरू उहाँनको घरमा आए र उहाँनलाई सिकाउनुभयो कि मानिसहरूले आत्मिक संसारमा येशू ख्रीष्टका विषयमा सिक्न सक्छन् । उहाँका मातापिताले मृत्यु पछि येशू ख्रीष्टको अनुशरण गर्न र मन्दिर भनिने पवित्र स्थानहरूमा उहाँहरूका लागि गरिने बप्तिस्मा स्वीकार गर्न सक्नुहुन्छ भन्ने शिक्षाले उहाँ आकर्षित हुनुभयो । उहाँ र उहाँको परिवारले मुक्तिदातामा परिणत भए र बप्तिस्मा लिए ।

उहाँको परिवारले कडा परिश्रम गरयो र अरू तीन बालबालिकाहरू थपेर समृद्धि गर्न सुरू गर्यो । तिनीहरू आस्थावान र चर्चमा सक्रिय थिए । त्यसपछि, अप्रत्याशित रूपमा, उहाँको श्रीमानलाई स्ट्रोक भयो र उहाँको मृत्यु भयो, जसले गर्दा उहाँका पाँच छोराछोरीहरूको पालनपोषण गर्न धेरै वर्षसम्म उहाँले कयौँ कार्य गर्न बाध्य हुनुपर्‍यो ।

उहाँको परिवार र छिमेकका केही व्यक्तिहरूले उहाँको आलोचना गर्नुभयो । उहाँहरूले ख्रीष्टीय चर्चमा सहभगी हुने उहाँको निर्णयका कारणले उहाँले समस्या भोगेको हो भनेर दोष दिनुभयो । अत्यन्त दुखद घटना र कठोर आलोचनाबाट निरुत्साहित नभई, उनले येशू ख्रीष्टमा आफ्नो विश्वासलाई अडिग राखिन्, परमेश्वरले उनलाई चिन्नुहुन्छ र अगाडि उज्याला दिनहरू छन् भनी विश्वास गर्दै अगाडि बढ्न उनी कटिबद्ध भइन् ।

उहाँको श्रीमानको असामयिक निधनको केही वर्षपछि, जापानका सुसमाचार प्रचार क्षेत्राध्यक्षले जापानी सदस्यहरूलाई मन्दिरमा उपस्थित हुनका लागि कार्य गर्न प्रोत्साहित गर्न प्रेरणा प्राप्त गर्नुभयो । ती सुसमाचार प्रचार क्षेत्राध्यक्ष ओकिनावाको युद्धको अमेरिकी सैनिक हुनुहुन्थ्यो, जसमा ओकिनावाका ती दिदी र उहाँका परिवारले धेरै पीडा भोग्नुभएको थियो ।. जे होस्, ती विनम्र दिदीले उहाँका सम्बन्धमा यसो भन्नुभयो: “उहाँ त्यस समयमा हाम्रा घृणित शत्रुहरूमध्ये एक हुनुहुन्थ्यो तर अहिले उहाँ यहाँ प्रेम र शान्तिको सुसमाचार लिएर आउनुभएको थियो । यो, मेरो लागि, एक चमत्कार थियो ।

सुसमाचार प्रचार क्षेत्राध्यक्षको सन्देश सुनेपछि, ती विधवा दिदीले एक दिन मन्दिरमा आफ्नो परिवारसँग बाँधिने चाहना राख्नुभयो । यद्यपि, आर्थिक स्थिति र भाषाको अवरोधका कारण उहाँका लागि यो असम्भव थियो ।

त्यसपछि कैयौँ अभिनव समाधानहरू देखा परे । जापानका सदस्यहरूले पर्यटकीय समय नपारी हवाईतर्फ उडान भर्न पूरै विमान भाडामा लिएमा लागत आधाले घटाउन सकिन्थ्यो । सदस्यहरूले जापानी सन्तहरू गाउँछन्नामक रेकर्डहरूमा गीत रेकर्ड गर्दै बिक्री समेत गरे । केही सदस्यहरूले आफ्ना घर समेत बिक्री गर्नुभयो । अरूहरूले यात्राको लागि आफ्ना जागिरहरू छाड्नुभयो ।

सदस्यहरूका लागि अर्को चुनौती यो थियो कि मन्दिरको प्रस्तुति जापानी भाषामा उपलब्ध थिएन । चर्चका अगुवाहरूले एक जापानी दाजुलाई अभिदान समारोह अनुवाद गर्न हवाईको मन्दिरमा आउन आग्रह गर्नुभयो । उहाँ युद्ध पछि परिवर्तित हुनुभएका पहिलो जापानी हुनुहुन्थ्यो, जसलाई आस्थावान् अमेरिकी सैनिकहरूले सिकाउनुभएको र बप्तिस्मा दिनुभएको थियो ।

जब हवाईमा बसोबास गर्ने अभिदान प्राप्त गरेका जापानी सदस्यहरूले पहिलो पटक त्यो अनुवाद सुन्नुभयो, उहाँहरू रूनुभयो । एक सदस्यले अभिलेख गरे, “हामी धेरै धेरै पटक मन्दिर गएका छौँ । हामीले अंग्रेजीमा समारोहहरू सुनेका छौँ । [परन्तु] हामीले मन्दिरको कार्यको आत्मालाई … हाम्रो आफ्नै मातृभाषामा अहिले [सुन्दै] गरेको यो महसुस कहिल्यै गरेका थिएनौँ ।”१०

पछि त्यही वर्ष, १६१ वयस्क र बालबालिकाहरू टोकियोबाट हवाई मन्दिरमा जानका लागि प्रस्थान गरे । एक जापानी दाजुले यात्राको दौरान विगतका घटना सोच्दै भन्नुभयो: “जब मैले हवाईजहाजबाट बाहिर हेरेँ र पर्ल हार्बर देखेँ र हाम्रो देशले डिसेम्बर ७, १९४१ मा यी मानिसहरूलाई के गरेका थिए भन्ने बारेमा सम्झेँ, मलाई मनमा डर लाग्यो । के तिनीहरूले हामीलाई स्वीकार्ने छन्? परन्तु मेरो आश्चर्यको विषय के थियो भने उहाँहरूले मेरो जीवनमा मैले देखेको भन्दा पनि धेरै प्रेम र दया देखाउनुभयो ।”११

छवि
जापानी सन्तहरूलाई लेसको फूलले स्वागत गरिन्छ ।

जापानी सन्तहरूको आगमनमा, हवाईका सदस्यहरूले जापानी सन्तहरूलाई अनगिन्ती लेसका फूलमालाहरूका साथ स्वागत गर्नुभयो र अङ्कमाल गर्दै गालामा चुम्बन आदानप्रदान गर्नुभयो, जुन जापानी संस्कृतिको लागि विदेशी परम्परा थियो । हवाईमा १० परिवर्तनिय दिनहरू बिताएपछि, ती जापानी सन्तहरूलाई हवाई सन्तहरूले “अलोहा ओ” गीत गाएर आफ्नो विदाई गर्नुभयो ।१२

जापानी सदस्यहरूका लागि आयोजना गरिएको दोस्रो मन्दिर यात्रामा ओकिनावाका विधवा दिदी समावेश हुनुहुन्थ्यो। उहाँले १६,००० कि.मी. को यात्रा गर्नुभयो, उहाँको शाखामा सेवा गरेका सुसमाचार प्रचारकहरू जसले उहाँका टेबुलमा कैयौँ भोजन ग्रहण गर्नुभएको थियो यो उदार उपहारका लागि धन्यबाद छ । मन्दिरमा हुँदा, जब उनले आफ्नी आमाको बप्तिस्माका लागि प्रतिनिधिका रूपमा कार्य गर्नुभयो र उहाँको मृत पतिसँग बन्धनमा बाँधिनुभयो, उहाँले हर्षका आँसु झार्नुभयो ।

जापानबाट मन्दिर भ्रमणहरू नियमित रूपमा निरन्तर रह्यो जबसम्म टोकियो जापान मन्दिर सन् १९८० मा समर्पण भएन, यो समयावधिमा सञ्चालनमा रहेको १८औँ मन्दिर । यस वर्षको नोभेम्बरमा, १८६औँ मन्दिर जापानको ओकिनावामा समर्पण गरिने छ । यो मध्य ओकिनावाको त्यो गुफाभन्दा त्यति टाढा अवस्थित छैन जहाँ यो महिला र उनको परिवारले आश्रय लिएका थिए ।१३

मैले ओकिनावाका यी अद्वितीय दिदीलाई कहिल्यै भेट्न नपाए तापनि, उहाँको प्रभाव उहाँको आस्थावान् वंशज द्वारा जीवित छ, जसमध्ये धेरैलाई म चिन्छु र प्रेम गर्छु ।१४

एक युवा सुसमाचार प्रचारकको रूपमा जापानमा सेवा गर्नका लागि जब मैले मेरो बोलावट प्राप्त गरेँ, मेरा पिता, प्रशान्त महासागरका दोस्रो विश्वयुद्धका सैनिक हर्षित हुनुभयो । टोकियो मन्दिर समर्पित भएको केही समयपछि म जापान आइपुगेँ र मन्दिरप्रतिको उहाँहरूको प्रेम प्रत्यक्ष देखेँ ।

मन्दिरका करारहरू हाम्रा स्वर्गका पिताबाट उहाँका पुत्र, येशू ख्रीष्टका विश्वासी अनुयायीहरूलाई उपहारहरू हुन् । मन्दिरको माध्यमबाट, स्वर्गका हाम्रा पिताले व्यक्ति र परिवारहरूलाई मुक्तिदाता र एकअर्कासँग बाँध्नुहुन्छ ।

अध्यक्ष रसल एम्. नेल्सनले गत वर्ष घोषणा गर्नुभयो:

“प्रत्येक व्यक्ति जसले बप्तिस्माका कुण्डहरूमा र मन्दिरहरूमा करारहरू गर्नुहुन्छ—र तिनीहरूलाई पालना गर्नुहुन्छ—येशू ख्रीष्टको शक्तिमा उहाँहरूको पहुँच वृद्धि गर्नु भएको छ । …

“परमेश्वरसँग गरिएका करारहरू पालना गर्दा प्राप्त हुने पुरस्कार भनेको स्वर्गको शक्ति हो—त्यो शक्ति जसले हामीलाई हाम्रा परीक्षाहरू, प्रलोभनहरू र हृदयका पीडाहरूलाई अझै राम्ररी सामना गर्न मजबुत बनाउँछ । यो शक्तिले हाम्रो बाटो सहज बनाउँछ ।”१५

मन्दिरको आशीर्वादका माध्यमबाट, मुक्तिदाताले व्यक्ति, परिवार र राष्ट्रहरूलाई चङ्गाइ दिनुहुन्छ—एक पटक कटु शत्रुका रूपमा खडा भएकाहरूलाई समेत । पुनरुत्थान हुनुभएको परमप्रभुले द्वन्द्वग्रस्त समाजलाई घोषणा गर्नुभयो, जसले सम्मान गर्छ “मेरो नामलाई, धार्मिकताका पुत्र आफ्नो पखेटाहरूको चङ्गाइका साथ उठ्नुहुने छ ।”१६

म परमप्रभुको प्रतिज्ञाको निरन्तर पूर्तिको साक्षी हुन पाउँदा कृतज्ञ छु कि “समय आउने छ जब मुक्तिदाताको ज्ञान हरेक राष्ट्र, जाति, भाषा र मानिसहरूमा फैलिने छ,”१७ “समुद्रका टापुहरू” लगायत ।”१८

म यी पछिल्ला दिनहरूमा मुक्तिदाता येशू ख्रीष्ट र उहाँका अगमवक्ता र प्रेरितहरूको गवाही दिन्छु । पृथ्वीमा बाँधिएका विषयहरू स्वर्गमा बाँध्ने स्वर्गको शक्तिको म गम्भीरतापूर्वक गवाही दिन्छु ।

यो मुक्तिदाताको कार्य हो र मन्दिरहरू उहाँको पवित्र गृह हो ।

अटल विश्वासका साथ, म यी सत्यहरूलाई येशू ख्रीष्टको नाममा घोषणा गर्छु, आमीन ।

सूचीहरू

  1. लेई हवाई मन्दिरलाई सन् १९१९ मा अध्यक्ष हिबर जे. ग्रान्टद्वारा समर्पित गरिएको थियो । एक प्रेरितको रूपमा, उनले सन् १९०१ मा जापानमा चर्च शुरु गर्नुभयो । यो सञ्चालनमा भएको पाँचौँ मन्दिर थियो र महाद्वीपीय संयुक्त राज्य बाहिर निर्माण गरिएको पहिलो मन्दिर थियो ।

  2. मार्च २, २०२३ सम्म, स्मारकमा २,४१,२८१ नामहरू लेखिएका थिए ।

  3. हेर्नुहोस् गोर्डन बी. हिङ्क्ली, “Keep the Chain Unbroken” (Brigham Young University devotional, नोभेम्बर ३०, १९९९), ४, speeches.byu.edu.।

  4. ड्वेन एन्. एन्डरसन ओकिनावाको युद्धमा घाइते हुनुभएको थियो । उहाँले १९६२ देखि १९६५ सम्म जापानमा सुसमाचार क्षेत्राध्यक्षको रूपमा सेवा गर्नुभयो र १९८० देखि १९८२ सम्म टोकियो जापान मन्दिरको प्रथम अध्यक्ष हुनुभयो ।

  5. मेरी श्रीमती र मैले टोकियोमा सुसमाचार अगुवाहरूका रूपमा सेवा गर्दा मैले उहाँको परिवारका सदस्यहरूलाई भेटें । तिनीहरूले मलाई यो जानकारी उनको व्यक्तिगत पारिवारिक इतिहासको विवरणहरूबाट उपलब्ध गराएका हुन् ।

  6. हेर्नुहोस् ड्वेन एन्. एन्डर्सन: An Autobiography for His Posterity, १०२–५, Church History Library, सल्ट लेक सिटी ।

  7. हेर्नुहोस् ड्वेन एन्. एन्डर्सन, १०४ ।

  8. हेर्नुहोस् एडवर्ड एल्. क्लीसोल्ड, “Translating the Endowment into Japanese,” Stories of the Temple in Laie, Hawaii, comp. मा । क्लिन्टन डी. क्रिस्टनसन (२०१९), ११०–१३ ।

  9. ती अनुवादक, तात्सुई सातोलाई जुलाई ७, १९४६ मा अमेरिकी सैनिक सी. एलियट रिचर्ड्सद्वारा बप्तिस्मा दिइएको थियो । तात्सुईकी श्रीमती चियो सातोलाई सोही दिन बोइड के. प्याकरद्वारा बप्तिस्मा दिइएको थियो । भिन्दा भिन्दै स्थानमा, नील ए. म्याक्सवेल ओकिनावाको युद्धमा लड्नुभयो र एल्. टम पेरी शान्ति सन्धि पछि जापानको किनारमा जाने मरीनहरूको पहिलो समूहमा हुनुहुन्थ्यो । एल्डर प्याकर, म्याक्सवेल र पेरी बाह्र प्रेरितहरूको गणका सदस्यहरू बन्नुभयो ।

  10. क्लीसोल्डमा, “Translating the Endowment into Japanese,” ११२ ।

  11. ड्वेन एन्. एन्डर्सनमा,“१९६५ Japanese Excursion,” Stories of the Temple in Lā‘ie, Hawai‘i, ११४ ।

  12. हेर्नुहोस् एन्डर्सन, “१९६५ Japanese Excursion,” ११४, ११७ ।

  13. पछि अक्टोबर २०२३ को साधारण सम्मेलनको यस सत्रमा, अध्यक्ष रसल एम्. नेल्सनले ओसाका जापान मन्दिर सहित २० वटा नयाँ मन्दिरहरूको घोषणा गर्नुभयो, जुन जापानको पाँचौँ मन्दिर हुने छ ।

  14. २०१८ देखि २०२१ सम्मको टोकियोमा हाम्रो सुसमाचारको प्रचारको दौरानमा, कोभिड महामारीका चुनौतीहरूका बीचमा, उहाँको परिवारले म र मेरो परिवारलाई प्रेम र हेरचाह गरयो, जसका लागि हामी सदैव आभारी रहने छौँ ।

  15. रसल एम्. नेल्सनको, “Overcome the World and Find Rest,” लियाहोना, नोभेम्बर २०२२, ९६ ।

  16. ३ नफी २५:२

  17. मोसीयाह ३:२०

  18. २ नफी २९:७