साधारण सम्मेलन
करारबद्ध सम्बन्धमा ख्रीष्टसँग हिँड्दै
अक्टोबर २०२३ को साधारण सम्मेलन


करारबद्ध सम्बन्धमा ख्रीष्टसँग हिँड्दै

जसले हाम्रा लागि चोट खानुभयो र विघटित भयो उहाँले मरणशीलतालाई हामीमा यसको कार्य गर्न अनुमति दिनुहुने छ तर उहाँले हामीलाई ती चुनौतीहरू एक्लै सामना गर्न आग्रह गर्नुहुँदैन ।

मलाई मेरो असल मित्र इलानले इस्राएलको एक गोरेटो बाटोको परिचय गराउनुभएको थियो । “यसलाई येशूको गोरेटो बाटो भनिन्छ,” उसले भन्यो, “किनभने यो नासरतदेखि कफर्नहुमसम्मको मार्ग हो जसमा येशू हिँड्नुभएको थियो भनेर धेरैले विश्वास गर्छन् ।” मैले त्यसैबेला अनि त्यहीँ निर्णय गरेँ कि म त्यो गोरेटो बाटो हिड्न चाहन्छु, त्यसैले मैले इस्राएलको यात्राको योजना गर्न थालेँ ।

यात्राको छ हप्ता अघि, मेरो कुर्कुच्चा भाँचियो । मेरा श्रीमान् चोटका सम्बन्धमा चिन्तित हुनुहुन्थ्यो; मेरो सबैभन्दा ठूलो चिन्ता थियो कि एक महिना पछि म कसरी “येशूको मार्गमा” हिँड्ने छु । म स्वभावले जिद्दी छु, त्यसैले मैले विमानको टिकट रद्द गरिनँ ।

जुनको त्यो सुन्दर बिहानीमा मैले हाम्रो इस्राएली गाइडलाई भेटेको मलाई स्मरण छ । म गाडीबाट बाहिर निस्केँ र त्यसपछि एक जोडी बैसाखी र घुँडाको स्कुटर बाहिर निकालेँ । हाम्री गाइड, मायाले मेरो बैसाखीलाई एक पटक हेरिन् र भनिन्, “अहँ, मलाई लाग्दैन कि तपाईं त्यो अवस्थामा यो बाटो हिड्न सक्नुहुन्छ ।”

“नहुन सक्छ,” मैले जवाफ दिएँ । “परन्तु मलाई प्रयास गर्नबाट कुनैपनि वस्तुले रोक्न सक्दैन ।” उनले टाउको हल्लाइन् र हामीले यात्रा सुरू गर्‍यौं । म भाँचिएको खुट्टाले त्यो गोरेटो बाटो हिड्न सक्छु भन्ने उनको विश्वासका लागि म उनलाई प्रेम गर्छु ।

म आफैले केही समयका लागि उकालो बाटो र ढुङ्गाहरूको अवलोकन गरेँ । त्यसपछि, मेरो प्रतिबद्धताको इमानदारीबाट उत्प्रेरित भएर मायाले एउटा पातलो डोरी निकालिन्, यसलाई मेरो स्कुटरको बींडमा बाँधिन् र तान्न सुरू गरिन् । उनले मलाई भिरहरूमा, कागतीका बगैंचाहरूका बीचमा र गालील समुद्रको किनारमा तानिन् । यात्राको अन्त्यमा, मैले मेरो असल गाइडप्रति कृतज्ञता व्यक्त गरेँ, जसले मलाई आफूले कहिल्यै पूरा गर्न नसक्ने त्यो चीज पूरा गर्न सहयोग गरेकी थिइन् ।

जब परमप्रभुले हनोकलाई ती भूमिको यात्रा गर्न र उहाँको गवाही दिन बोलाउनुभयो, हनोक हिचकिचाए । ऊ केवल एक युवक थियो, बोलीमा ढिलो । आफ्नो यो अवस्थामा ऊ त्यो बाटो कसरी हिँड्न सक्थ्यो? उनीमा के अभाव थियो भन्ने विषयले उनी अन्धा भएका थिए । उसलाई व्यवधान पुर्‍याउने विषयका सम्बन्धमा परमप्रभुको जवाफ सरल र शीघ्र थियो: “मसँग हिँड ।” हनोकले जस्तै, हामीले यो स्मरण गर्नुपर्छ कि जसले हाम्रो लागि चोट खानुभयो र विघटित हुनु भयो उहाँले मरणशीलतालाई हामीमा यसको कार्य गर्न अनुमति दिनुहुने छ तर उहाँले हामीलाई ती चुनौतीहरू एक्लै सामना गर्न आग्रह गर्नुहुन्न । हाम्रो कथाको भारीपन वा हाम्रो मार्गको वर्तमान स्थिति जस्तोसुकै होस्, उहाँले हामीलाई उहाँसँग हिँड्न आमन्त्रण गर्नुहुने छ ।

समस्यामा परेका ती युवकले उजाड स्थानमा परमप्रभुलाई भेटेको सम्बन्धमा सोच्नुहोस् । याकूब घरबाट धेरै टाढा गएका थिए । रातको अँध्यारोमा, उनले एउटा सपना देखे जसमा एउटा भर्याङ मात्र थिएन तर महत्त्वपूर्ण करार प्रतिज्ञाहरू पनि थिए, जसलाई म पाँच औँला प्रतिज्ञा भन्न चाहन्छु । त्यस रात परमप्रभु याकूबको छेउमा उभिनुभयो, आफूलाई याकूबका पिताको परमेश्वरका रूपमा परिचित गराउनुभयो र त्यसपछि प्रतिज्ञा गर्नुभयो:

  • म तिम्रो साथमा छु ।

  • म तिमीलाई सुरक्षित राख्ने छु ।

  • म तिमीलाई फेरि घर ल्याउँने छु ।

  • म तिमीलाई छोड्ने छैन ।

  • म तिमीसँग मेरो प्रतिज्ञा पूरा गर्ने छु ।

याकूबसँग छनोट गर्ने विकल्प थियो । उनले आफ्नो पिताका परमेश्वरसँग परिचित भएर आफ्नो जीवन बिताउन रोज्न सक्थे वा उहाँसँग करारबद्ध सम्बन्धमा जीवन बिताउन रोज्न सक्थे । वर्षौंपछि याकूबले ती करारका प्रतिज्ञाहरूभित्र जीवन बिताएको गवाही दिए: “परमेश्वरले… मेरो सङ्कटका दिनमा मलाई जवाफ दिनुभयो र म जुन मार्गमा हिँडेँ त्यसमा मसँग हुनुहुन्थ्यो ।” जसरी उहाँले याकूबको लागि गर्नुभयो, यदि हाम्रो जीवन हामीले उहाँसँग बाँधिने छनोट गर्‍यौँ भने परमप्रभुले हामी प्रत्येकको दुःखको दिनमा हामीलाई जवाफ दिनुहुने छ । उहाँले हामीसँग मार्गमा साथ दिई हिंड्ने प्रतिज्ञा गर्नुभएको छ ।

हामी यसलाई करारको मार्गमा हिँड्ने भन्छौँ—एउटा मार्ग जुन बप्तिस्माको करारबाट सुरू हुन्छ र हामीले मन्दिरमा गरिने गहन करारहरूमा अगुवायी गर्छन् । संभवतः तपाईंले ती शब्दहरू सुन्नुहुन्छ र चेकबक्सहरूका सम्बन्धमा मनन गर्नुहुन्छ । सम्भवत: तपाईंले आवश्यकताहरूको मार्ग मात्र देख्नुहुन्छ । नजिकबाट हेर्दा केही थप आकर्षक विषयहरू देखिन्छ । करार एउटा सम्झौता मात्र होइन, यद्यपि त्यो महत्त्वपूर्ण छ । यो एक सम्बन्धको विषय हो । अध्यक्ष नेल्सनले सिकाउनुभयो, “करारको मार्ग भनेको परमेश्वरसँगको हाम्रो सम्बन्ध हो ।

विवाहको करारलाई महत्व दिनुहोस् । विवाहको मिति महत्त्वपूर्ण हुन्छ तर पछि सँगै यापन गर्ने जीवनको माध्यमबाट निर्माण गरिएको सम्बन्ध उत्तिकै महत्त्वपूर्ण हुन्छ । परमेश्वरसँगको करारबद्ध सम्बन्धमा पनि त्यही नै सत्य हुन्छ । सर्तहरू निर्धारण गरिएका छन् र बाटोमा अपेक्षाहरू हुने छन् । आफ्नो क्षमताअनुसार, हृदयको पूर्ण उद्देश्यका साथ र उहाँका छेउमा रहेर “अगाडि बढ्न,”१० उहाँले प्रतिज्ञा गर्नुभएका आशीर्वादहरू प्राप्त हुने छन् भन्ने विश्वास गरेर उहाँले हामी प्रत्येकलाई आउन आमन्त्रण गर्नुहुन्छ । प्रायश: ती आशीर्वादहरू उहाँको आफ्नै समयमा र उहाँको आफ्नै तरिकामा आउँछन् भनेर धर्मशास्त्रले हामीलाई स्मरण गराउँछ: ३८ वर्ष,११ १२ वर्ष,१२ तत्कालै ।१३ जस्तै त्यो गोरेटो बाटोले माग गर्ने छ, त्यस्तै उहाँको सहयोग हुने छ ।१४

उहाँको उद्देश्य संवेदनाको हो । हामी जहाँ छौँ जस्तो छौँ त्यही अवस्थामा येशू ख्रीष्टले हामीलाई भेट्नुहुने छ । बगैंचा, क्रूस र चिहानको किन को कारण यही हो । मुक्तिदातालाई हामीले सबै परास्त गर्नका लागि हामीलाई सहयोग गर्न पठाइएको थियो ।१५ तर हामी जहाँ छौँ त्यहीँ बस्नाले हामीले खोजेको छुटकारा ल्याउँदैन । जसरी उहाँले याकूबलाई त्यहाँ फोहोरमा छोड्नुभएन, त्यसरी नै परमप्रभुले हामीमध्ये कसैलाई पनि हामी जहाँ छौँ त्यहाँ छोड्न चाहनु हुँदैन ।

उहाँको उद्देश्य आरोहणको उद्देश्य पनि हो । उहाँले हामीमा रहेर कार्य गर्नुहुने छ१६ हामीलाई उहाँ जहाँ हुनुहुन्छ त्यहाँ माथि उठाउन र त्यो प्रक्रियामा, हामीलाई उहाँ जस्तै बन्न सक्षम बनाउनुहुने छ । येशू ख्रीष्ट हामीलाई माथि उठाउन आउनुभयो ।१७ उहाँ हामीलाई सक्षम बन्न सहयोग गर्न चाहनुहुन्छ । यो नै मन्दिरको किन हो ।

हामीले स्मरण गर्नु पर्छ: हामीलाई उच्च पार्ने यो मात्रै एक मार्ग होइन, यी ती साथी हुन्––हाम्रो मुक्तिदाता । अनि यो नै करारबद्ध सम्बन्धको किन हो ।

जब म इस्राएलमा थिएँ, मैले पश्चिमी पर्खालको भ्रमण गरेँ । यहूदीहरूका लागि यो इस्राएलको सबैभन्दा पवित्र स्थल हो । यो तिनीहरूको मन्दिरको अवशेष हो । तिनीहरूले यो पवित्र स्थान भ्रमण गर्दा तिनीहरूको सबैभन्दा उत्कृष्ट लुगा लगाउँछन्; तिनीहरूको पहिरनको छनोट परमेश्वरसँगको सम्बन्धप्रति तिनीहरूको भक्तिको प्रतीक हो । तिनीहरू धर्मशास्त्र पढ्न, आराधना गर्न र आफ्ना प्रार्थनाहरू पोख्न ती पर्खालमा जान्छन् । तिनीहरूको बीचमा एउटा मन्दिरको लागि बिन्तीमा, तिनीहरूका हरेक दिन, तिनीहरूका हरेक प्रार्थना, करारको गृहको यो चाहना समावेश हुन्छ । म तिनीहरूको भक्तिको प्रशंसा गर्छु ।

जब म इस्राएलबाट घर फर्किएँ, मैले मेरो वरिपरि करारहरू सम्बन्धी वार्तालापहरू अझै ध्यान दिएर सुनेँ । मैले मानिसहरूले सोधेको देखेँ, मैले किन करारको मार्गमा हिँड्नु पर्छ? के प्रतिज्ञाहरू गर्नका लागि मैले कुनै गृहमा प्रवेश गर्नु पर्छ? मैले पवित्र वस्त्र किन लगाउनु पर्छ? मैले परमप्रभुसँगको करारबद्ध सम्बन्धमा किन लगानी गर्नुपर्छ? यी असल र महत्त्वपूर्ण प्रश्नहरूको जवाफ सरल छ: यो तपाईं येशू ख्रीष्टसँग कुन श्रेणीको सम्बन्धको अनुभव गर्न चाहनुहुन्छ भन्ने विषयमा निर्भर गर्छ ।१८ हामीहरू प्रत्येकले ती गहिरा व्यक्तिगत प्रश्नहरूको आफ्नै जवाफ खोज्नुपर्ने छ ।

मेरो यहाँ छ: म “स्वर्गका मातापिताकाप्रिय छोरी,”का रूपमा१९, ईश्वरीय रूपमा परिचित२० र गहिरो भरोसाका साथमा यो मार्गमा हिँड्छु ।२१ करारको एक सन्तानका रूपमा, म प्रतिज्ञा गरिएका२२ आशीर्वादहरू प्राप्त गर्न योग्य छु । मैले परमप्रभुसँग हिँड्न रोजेको२३ छु । मलाई ख्रीष्टको साक्षीको रूपमा खडा हुन बोलावट गरिएको छ२४ । जब मार्गमा भारी महसुस हुन्छ, मलाई सक्षम अनुग्रहको साथ मजबुत बनाइन्छ२५ । प्रत्येक पटक जब म उहाँको पवित्र गृहमा प्रवेश गर्छु, म उहाँसँग एक गहिरो करारबद्ध सम्बन्धको अनुभव गर्छु । म उहाँको आत्माले पवित्र हुन्छु२६, उहाँको शक्तिले सम्पन्न हुन्छु२७, र उहाँको अधिराज्य निर्माण गर्न नियुक्त गरिएको२८ छु । दैनिक रूपमा पश्चात्ताप गरेर र साप्ताहिक रूपमा प्रभुभोज ग्रहण गरेर, म दृढ बन्न२९असल काम३०गर्न सिक्दै छु । उहाँ पुन: आउनुहुने प्रतिज्ञा गरिएको दिनको प्रतीक्षा गर्दै म येशू ख्रीष्टसँग यो मार्गमा हिड्छु । त्यसपछि म उहाँसँग बाँधिने छु३१ र परमेश्वरको पवित्र३२ छोरीको रूपमा माथि उठाइने छु ।

यही कारणले गर्दा म करारको मार्गमा हिड्छु ।

यही कारणले गर्दा म करारबद्ध प्रतिज्ञाहरूमा झुन्डिन्छु ।

यही कारणले गर्दा म उहाँको करारबद्ध गृहमा प्रवेश गर्छु ।

यही कारणले गर्दा म एक निरन्तर अनुस्मारकका रूपमा त्यो पवित्र वस्त्र लगाउँछु ।

किनभने म उहाँसँग प्रतिबद्ध करारको सम्बन्धमा जिउन चाहन्छु ।

संभवतः तपाईं पनि चाहनुहुन्छ । तपाईं जहाँ हुनुहुन्छ त्यहीँबाट सुरू गर्नुहोस् ।३३ तपाईंको परिस्थितिले तपाईंलाई बाधा ल्याउन नदिनुहोस् । स्मरण गर्नुहोस्, मार्गमा गति वा शुरुवातको बिन्दु त्यत्तिको महत्त्वपूर्ण छैन जति प्रगतिको छ ।३४ करारको मार्गमा हुनुभएका तपाईंले विश्वास गर्नुहुने कसैलाई उनीहरूलाई थाहा भएको मुक्तिदातासँग परिचय गराउन आग्रह गर्नुहोस् । उहाँका सम्बन्धमा थप सिक्नुहोस् । उहाँसँग करारमा प्रवेश गरेर त्यो सम्बन्धमा लगानी गर्नुहोस् । यसले तपाईंको उमेर वा तपाईंको परिस्थितिलाई भिन्न बनाउँदैन । तपाईं उहाँसँग हिँड्न सक्नुहुन्छ ।

हामीले येशूको गोरेटो बाटो हिँडिसकेपछि, मायाले आफ्नो डोरी फिर्ता लिइनन् । उनले त्यसलाई स्कुटरमा बाँधेको अवस्थामा छोडिदिइन् । त्यसपछिका केही दिनहरूमा मेरा किशोर भतिजाभतिजी र उनीहरूका साथीले मलाई येरूशलेमका सडकहरूमा पालैपालो ताने ।३५ मैले येशूका कथाहरू नछुटाउ भनेर तिनीहरूले निश्चित गरे । मलाई उदाउँदो पुस्ताको शक्तिको स्मरण गराइयो । हामी तपाईंहरूबाट सिक्न सक्छौँ । तपाईंहरूसँग येशू ख्रीष्ट, ती मार्गनिर्देशलाई बुझ्नका लागि वास्तविक चाहना छ । तपाईं त्यो डोरीको सामर्थ्यमा भरोसा गर्नुहुन्छ जसले हामीलाई उहाँसँग बाँध्छ । अरूहरूलाई उहाँकहाँ एकत्रित गराउनका लागि तपाईंलाई असामान्य रूपमा वरदान दिइएको छ ।३६

कृतज्ञ छौँ, हामी यो मार्गमा सँगै हिँड्छौं, बाटोमा प्रोत्साहन दिँदै ।३७ जब हामी येशू ख्रीष्टसँगको हाम्रो व्यक्तिगत अनुभव बाँढ्छौँ, हामी व्यक्तिगत भक्तिलाई मजबूत बनाउँछौँ । म यी विषयहरूको गवाही येशू ख्रीष्टको पवित्र नाममा दिन्छु, आमीन ।

सूचीहरू

  1. हनोकका मानिसहरू पथभ्रष्ट भएका थिए, तिनीहरूले ख्रीष्टलाई अस्वीकार गरेका थिए र तिनीहरूले “अन्धकारमा आफ्नै सल्लाहको खोजी गरे” (हेर्नुहोस् मोशा ६:२७-२८)। एक समयमा जब हनोकले मानवतामा विश्वास गुमाएका थिए, उनी मार्गदर्शनको लागि परमप्रभुमा फर्के । हनोकलाई दिइएको यो आह्वान परमप्रभुले हामी सबैलाई प्रदान गर्नुहुने आह्वान हो: “मसँगै हिँड” (मोशा ६:३४; यो पनि हेर्नुहोस् मत्ती ११:२८)। तर हुनसक्छ, हनोक जस्तै, तपाईं अनिश्चित हुनुहुन्छ कि तपाईं आफ्नो परिस्थितिमा यो मार्गमा हिँड्न सक्नुहुन्छ । हुनसक्छ तपाईंले कुनै न कुनै रूपमा बाधा भएको महसुस गर्नुहुन्छ । संभवतः हामीले करारको मार्गमा हिँड्नु पर्ने कारण हाम्रो परिस्थितिको कारणले हो, किनकि हामी कुनै न कुनै तरिकामा बाधामा परेका छौँ र हामीलाई उहाँको सहयोग चाहिन्छ ।

  2. हेर्नुहोस् मोशा ६:२३-३४

  3. हेर्नुहोस् “Jesus of Nazareth, Savior and King,” Hymns, नं. १८१ ।

  4. हेर्नुहोस् एतेर १२:२७

  5. हेर्नुहोस् मत्ती ११:२८-३०

  6. हरेक बिहान मेरा छोरीहरू आफ्ना छोराछोरीहरू (मेरा नातिनातिनीहरू)लाई —आफ्ना प्रत्येक सन्ततिका सम्बन्धमा दैवी रूपमा सचेत हुन स्वर्गमा रहनुहुने पिताको स्मरण गराउने पाँच औँलाका यी प्रतिज्ञा तिनीहरूलाई बिस्तारै बताउन चाहन्छन् ।

  7. हेर्नुहोस् उत्पत्ति २८:१०-२२ । अब्राहामको करार पनि त्यो रातको महत्त्वपूर्ण विषय थियो । अब्राहामिक करारका यी तत्वहरूले हाम्रो जीवन र येशू ख्रीष्टको सुसमाचारमा एक महत्वपूर्ण भूमिका खेल्छन्: (१) अनन्त उत्तराधिकारको प्रतिज्ञा (पद १३); (२) अनन्त वंशज (पद १४); र (३) आशीर्वाद र पृथ्वीका सबै राष्ट्रहरूलाई आशीष् दिने जिम्मेवारी (पद १४) ।

  8. उत्पत्ति ३५: ३;जोड दिएर थपिएको । याकूबका मातापिताले उनलाई एसावबाट टाढा राख्नका लागि घर छोड्न निर्देशन दिए, जसले उनलाई मार्ने धम्की दिएका थिए र कसैलाई भेट्ने सुअवसर प्राप्त गर्नका लागि जसलाई उनले करारमा विवाह गर्न सक्थे (हेर्नुहोस् उत्पत्ति २७:४१-४५; २८:१-२,५) ।

  9. रसल एम्. नेल्सन, “The Everlasting Covenant,” Liahona, अक्टोबर २०२२, ११ ।

  10. २ नफी ३१:२०

  11. हेर्नुहोस् यूहन्ना ५:५, बेथेस्डाको पोखरीको कथा ।

  12. हेर्नुहोस् मर्कूस ५:२५, ख्रीष्टको वस्त्र छुने महिलाको कथा ।

  13. हेर्नुहोस् मत्ती १४:३१, पत्रुस पानीमा हिँडेको कथा ।

  14. हेर्नुहोस् “How Firm a Foundation,” Hymns, नं. ८५ ।

  15. हेर्नुहोस् १ नफी ११:१६-३३

  16. हेर्नुहोस् फिलिप्पी १:६; २:१३; मोर्मोनका वचनहरू १:७

  17. हेर्नुहोस् यूहन्ना १२:३२

  18. मार्ग प्रायः प्रमुख विशेषताहरू जस्तै मार्गदर्शकहरू वा माइलको जानकारीहरूद्वारा परिभाषित गरिन्छ । यो तपाईं सही बाटोमा हुनुहुन्छ वा सही दिशामा प्रगति गर्दै हुनुहुन्छ भनेर सुनिश्चित गर्ने तरिका हो । कुनै पनि सम्बन्धलाई प्रमुख विशेषताहरूद्वारा परिभाषित गर्न सकिन्छ । यी मध्ये केहीमा अपेक्षाहरू समावेश हुन्छन् (हेर्नुहोस् यर्मिया २९:११; सिद्धान्त र करार १३२:७); बिनम्रता (हेर्नुहोस् मोसीयाह ३:१९; अल्मा ७:२३; १३:२८; ) नम्रता; आज्ञाकारिता; धीरता; उपज; विश्वास (हेर्नुहोस् हितोपदेश ३:५); र प्रेम (हेर्नुहोस् रोमी ८:३१-३९) ।

  19. Young Women Theme,” Gospel Library; थप जोड दिइएको; यो पनि हेर्नुहोस् बनी एच्. कर्डन, “Beloved Daughters,” Liahona, नोभेम्बर २०१९, ६७ ।

  20. हेर्नुहोस् यूहन्ना ४:१-२९, इनारमा महिलाको कथा ।

  21. हेर्नुहोस् अल्मा ३८:१-३

  22. हेर्नुहोस् गन्ती ६:२३-२७

  23. हेर्नुहोस् यहोशू २४:२२

  24. हेर्नुहोस् सिद्धान्त र करार २५:३, एमा स्मिथको कथा ।

  25. हेर्नुहोस् १ कोरिन्थी १५:९-१०

  26. हेर्नुहोस् २ इतिहास २०:१–१७, विशेष गरी पद १४

  27. हेर्नुहोस् सिद्धान्त र करार १०९:१-४६

  28. हेर्नुहोस् १ शमूएल १६:११-१३

  29. हेर्नुहोस् एस्तर ४:१६, एस्तरको कथा ।

  30. हेर्नुहोस् प्रेरित १०:३८

  31. हेर्नुहोस् यशैया ४३:१-५

  32. हेर्नुहोस् व्यवस्था २८:१-९

  33. कुनै पनि सम्बन्धमा कार्य गर्न आग्रह गर्नु महत्त्वपूर्ण हुन्छ भनेर एक असल मित्रले मलाई स्मरण गराउनुभयो ।

  34. क्रिस्टन ओल्सनसँगको वार्तालाप, सेप्टेम्बर २०२३ ।

  35. म्याक असवल्ड, क्यामडेन असवल्ड, एश्टन मथेनी र ज्याक बट्लरलाई, मलाई सँगै लगेकोमा धन्यवाद ।

  36. “मैले पछिल्ला दिनका सन्तहरूका येशू ख्रीष्टको चर्चका युवाहरूलाई पृथ्वीमा आजको सबैभन्दा महान् उद्देश्य––इस्राएलको एकीकरणमा सहभगी हुन परमप्रभुको युवा बटालियनमा सूचीबद्ध हुन आमन्त्रण गरेको छु भनेर तपाईंले स्मरण गर्नुहुने छ । मैले हाम्रा युवाहरूलाई यो आमन्त्रण प्रदान गरेको छु किनभने तिनीहरू अरूसँग कुराकानी गर्न र उनीहरूले विश्वास गर्ने तरिकामा आफूले के विश्वास गर्छन् भन्ने विषय बाँढ्न असामान्य रूपमा प्रतिभाशाली छन्” (रसल एम्. नेल्सन, “साक्षीहरू, एरोनिक पादरित्वका गणहरू र युवा महिलाहरू,” लिआहोना, नोभेम्बर २०१९, ३९) ।

  37. “परमेश्वरको अधिराज्य … मृत्युद्वारा चारैतिर घेरिएको घेरामा परेको सहर जस्तै हो । प्रत्येक व्यक्तिको रक्षा गर्न पर्खालमा आफ्नो स्थान हुन्छ र अर्को उभिएको स्थानमा कोही पनि उभिन सक्दैन तर ‘हामीलाई एकअर्कालाई प्रोत्साहन गर्नबाट केहीले पनि रोक्दैन’” (मार्टिन लुथर, लुइस विलियम स्पिट्जमा, The Renaissance and Reformation Movements [१९८७], ३३५) ।