साधारण सम्मेलन
करारको मार्ग:अनन्त जीवनको बाटो
अप्रिल २०२२ को साधारण सम्मेलन


करारको मार्ग: अनन्त जीवनको बाटो

पूर्णताको मार्ग करारको मार्ग हो अनि ख्रीष्ट सबै विधिहरु र करारहरुको केन्द्रबिन्दु हुनुहुन्छ।

एक शक्तिशाली राजा आफ्नो राज्यहरुको एक भाग आफ्नो छोराले राज्य गरोस् भन्ने चाहन्थे। ती राजकुमारले राजगद्धीमा बस्न ज्ञान आर्जन गर्नु र हुर्कनु पर्दथ्यो। एक दिन राजाले राजकुमारसँग भेटे र आफ्ना योजना उनलाई बताए। उनीहरु सहमत भए कि राजकुमार एक भिन्दै शहरमा जानेछन् र अनुभवहरु हासिल गर्नेछन्। उनले कठिनाइहरुको सामना गर्नुपर्नेछ भने त्यहाँका राम्रा कुराहरुको आनन्द पनि लिन पाउनेछ। त्यसपछि राजाले उनलाई त्यो शहरमा पठाए, जहाँ राजकुमारले राजा सामु आफ्नो इमानदारी प्रमाणित गर्नुपर्थ्यो र राजाले उनका लागि साँचेर राखेका सुअवसर र उत्तरदायित्वहरु प्राप्त गर्न उनी लायक छन् कि छैनन् भनेर देखाउनुपर्थ्यो। राजकुमारलाई उनका इच्छाहरु र उनका इमानदारीताको अनुसार यी सुअवसर र उत्तरदायित्वहरु प्राप्त गर्न रोज्ने स्वतन्त्रता दिइएको थियो। मलाई थाहा छ तपाईंहरु राजकुमारको के भयो भनेर जान्न उत्सुक हुनुहुन्छ। के उनी राज्यको उत्तराधिकार लिन फर्किए?

प्रिय दाजुभाइ दिदीबहिनीहरू, हामी हरेक राजकुमार र राजकुमारी हौं। हामीलाई प्रेम गर्ने स्वर्गका पिताद्वारा शरीरको आशीषको आनन्द लिन नश्वरतामा पठाइएको छ जुन शरीर येशू ख्रीष्टको प्रायश्चित्त र पूनरुत्थानद्वारा अविनाशी हुनसक्छ । हामीलाई परमेश्वरको उपस्थितिमा फर्कन अपेक्षा गरिन्छ यो प्रमाणित गरेर कि हामी “[हाम्रा] परमप्रभु परमेश्वरले दिने सबै आज्ञाहरू हामीले गर्छौं” (अब्राहाम ३:२५)।

हाम्रो सहयोग गर्न मुक्तिदाता हाम्रो मुक्ति गर्न र परमेश्वर सामु फर्किने मार्ग देखाउन आउनुभयो। परमेश्वरका सन्ततिहरुलाई मुक्तिदाता सामु आउन र उहाँमा पूर्ण हुन आमन्त्रण गरिन्छ । धर्मशास्त्रहरुमा हामीलाई परमप्रभुकहाँ आउन ९० पटक निमन्त्रणा दोहोर्‍याएको पाउँछौं, र आधा भन्दा बढी परमप्रभु स्वयमले आमन्त्रण गर्नुभएको छ । मुक्तिदाताको आमन्त्रणलाई स्वीकार गर्नु भनेको उहाँका विधिहरुमा भाग लिनु र उहाँसँग गरिएका आफ्ना करारहरु राख्नु हो। येशू ख्रीष्ट नै “मार्ग, सत्य र जीवन” हुनुहुन्छ (यूहन्ना १४:६), र उहाँ “सबैलाई उहाँमा आउन अनि उहाँको असलपनामा भाग लिन निम्त्याउनु हुन्छ; अनि उहाँले आफूमा आउने कसैलाई अस्वीकार गर्नुहुँदैन” (२ नफी २६:३३)।

हामीले सुसमाचार सिक्ने र सिकाउनाले स्वर्गका पिता र येशू ख्रीष्ट प्रतिको हाम्रो परिवर्तन गहिरो हुन्छ अनि हामीलाई उहाँहरु जस्तै बन्नका लागि सहयोग गर्दछ । “उन्नयनको आशीष कुन समय र तरिकाले प्रदान गरिन्छ,” भन्ने ठ्याक्कै सबै कुरा प्रकाश नगरिए तापनि हामीलाई यसको आश्वासन दिईएको छ (एम. रसल बलार्ड, “ख्रीष्टमा आस्था,” लियाहोना, मे २०२१, ५५)।

जेरहेम्लाको भूमिमा सिकाउदै गरेका उच्च पादरी अल्माले येशू ख्रीष्टद्वारा गरिएको गहिरो निमन्त्रणा सुनाए:

“हेर, उहाँले सबै मानिसहरूसामु एक निमन्त्रणा पठाउनु हुन्छ, किनकि कृपाका बाहुहरू उनीहरूतर्फ फैल्याइएका छन् र उहाँ भन्नुहुन्छ: पश्चात्ताप गर र म तिमीहरूलाई ग्रहण गर्नेछु।

“हो, उहाँ भन्नुहुन्छ: म समक्ष आऊ र तिमीहरूले जीवनको वृक्षको फल खानेछौ।” (अल्मा ५:३३-३४)।

मुक्तिदाता हामीलाई उहाँकहाँ आउन र आफूमा उहाँको जुवा बोक्न आफै आमन्त्रण गर्नुहुन्छ ताकि हामीले यो उतारचढावको संसारमा आराम पाउनेछौं (see मत्ती ११:२८–२९)। “[उहाँ]मा आस्थाको अभ्यास गरेर, दिनहुँ पश्चाताप गरेर, मुक्ति र उत्कर्षका विधिहरु प्राप्त गर्दै परमेश्वरसंग करारहरुमा बाँधिएर र ती करारहरु पालना गर्दै अन्त्यसम्म सहेर हामी ख्रीष्टमा आउँछौं। (साधारण पुस्तिका: पछिल्ला दिनका सन्तहरुका येशू ख्रीष्टको चर्च, १.२.१,ChurchofJesusChrist.org)। पूर्णताको मार्ग करारको मार्ग हो र येशू ख्रीष्ट सबै विधिहरु र करारहरुको केन्द्रबिन्दु हुनुहुन्छ।

बेन्यामिन राजाले सिकाउनुभयो कि हामीले गरेका करारहरुका कारण, हामी ख्रीष्टका छोरा तथा छोरीहरु बन्छौं, जसले हामीलाई आत्मिकरुपमा जन्माउनु भएको छ र उहाँको शिर मुनि हामीलाई स्वतन्त्र बनाइएकोछ, किनकि “त्यहाँ अर्को कुनै नाउँ छैन जसबाट मुक्ति आउँदछ” (हेर्नुहोस् मोसीयाह ५:७-८)। “जीवित परमेश्वरका पुत्रको उदाहरण पछ्याउँदै” यदि हामीले अन्त्यसम्म सह्यौ भने हामी सुरक्षित हुन्छौं (२ नफी ३१:१६)। नफीले सुझाव दिए कि केवल सिधा र साँघुरो बाटोमा लागेर सबै पूरा हुँदैन; हामीले “सबै मानिसहरूप्रतिको र परमेश्वरप्रतिको प्रेम र आशाको परिपूर्ण चमक लिएर, ख्रीष्टमाथिको स्थिरताका साथ अगाडि बढ्नुपर्छ।” (हेर्नुहोस् २ नफी ३१:१९-२०)।

ख्रीष्टको सिद्धान्तले हामीलाई करारको मार्ग खोज्न र त्यसमा रहन मद्दत गर्दछ र सुसमाचार यसरी व्यवस्थित गरिएको छ कि परमप्रभुबाट वाचा गरिएका आशिषहरु पवित्र विधि र करारहरुद्वारा प्राप्त गर्न सकिन्छ। परमेश्वरका अगमवक्ता, अध्यक्ष रसल एम नेल्सनले, हामीलाई १६ जनवरी २०१८ को प्रसारणमा “करारको मार्गमा रहने” सल्लाह दिनुभयो। उहाँसँग करारहरू गरेर मुक्तिदातालाई अनुशरण गर्ने अनि यी करारहरू पालन गर्ने तपाईंको प्रतिवद्धताले तपाईंका लागि सबै तिरका महिला, पुरुष र केटाकेटीहरूलाई उपलब्ध हुने हरेक आध्यात्मिक आशीष र सुअवसरहरूको ढोका खुलाउनेछ। अन्त्यमा हामी सबैको प्रयास भनेको परमप्रभुको घरमा शक्तिले अभिदान हुनु, परिवारका रुपमा बाँधिनु, मन्दिरमा गरेका करारहरुमा आस्थावान हुनु जसले हामीलाई परमेश्वरको सर्बोच्च उपहार—अनन्त जीवन प्राप्त गर्नका लागि योग्यता प्रदान गर्दछ,” (As We Go Forward Together,” लियाहोना, अप्रील २०१८, ७)।

परमेश्वरले कुनै पनि आज्ञाकारी करारकर्तासँगको प्रतिज्ञा गरिएका अनन्त जीवनका उहाँका आशीषहरूसँगको आफ्नो सम्बन्धलाई त्याग्नुहुन्छ वा रोक्नुहुनेछैन । र जब हामी पवित्र करारहरूको सम्मान गर्छौं, हामी मुक्तिदाताको नजिक पुग्छौं। एल्डर डेभिड ए बेडनारले हिजो हामीलाई सिकाउनुभयो कि सुसमाचारका करारहरू र विधिहरू हाम्रा जीवनमा कम्पासका रुपमा काम गर्दछन् जसले हामीलाई ख्रीष्टमा आउन र उहाँ जस्तै बन्नका लागि मौलिक निर्देशन प्रदान गर्दछ ।

करारहरुले परमेश्वरमा फर्कने मार्ग देखाउँछ। बप्तिस्मा, पवित्र आत्माको उपहार , पदारित्व र प्रभुभोजका विधिहरु प्राप्त गर्दा हामीलाई परमप्रभुको मन्दिरमा उहाँको उन्नयनका विधिहरुमा सहभागी हुन अगुवाइ गर्छ ।

आस्थाका साथ करारहरु पालना गर्न मुक्तिदाताले हाम्रा लागि सहयोग गर्न जोड दिनुभएका दुई कुराहरु म यहाँ उल्लेख गर्न चाहन्छु:

  1. पवित्र आत्माले हामीलाई सिकाउन सक्छ, हामीलाई मुक्तिदाताका शिक्षाहरु सम्झना दिलाउ र हामीसँग सदाका लागि रहन सक्छ । (हेर्नुहोस् यूहन्ना १४:१६,२६)। करारको बाटोमा हामीलाई मार्गदर्शन गर्न उहाँ हाम्रो निरन्तर साथी हुनसक्नुहुनेछ। अध्यक्ष रसल एम. नेल्सनले सिकाउनुभयो, “आउँदा दिनहरुमा, पवित्र आत्माको मार्गदर्शन, निर्देशन, सान्त्वना र निरन्तर प्रभाव बिना आत्मिक रुपमा बाँच्न सम्भव हुनेछैन,” (“Revelation for the Church, Revelation for Our Lives,” लियाहोना, मे २०१८ ९६ ९६)।

  2. परमप्रभुले प्रभुभोजको विधि स्थापना गर्नुभयो ताकि हामी उहाँलाई सधैँ सम्झिरहौं र उहाँको आत्मा हामीसँगै रहोस् । बप्तिस्माले अनन्त जीवनको द्वार खोल्छ र प्रभुभोजले हामीलाई करारको मार्गमा स्थिरताका साथ अगाडि बढ्न मद्दत गर्छ। जब हामी प्रभुभोज लिन्छौं, यो पितासामु हामी सधैँ उहाँका पुत्रलाई सम्झन्छौं भन्ने एक गवाही हुनेछ । अनि जब हामी उहाँलाई सधैँ सम्झन्छौं र उहाँका आज्ञाहरूको पालना गर्दछौं, उहाँको आत्मा सधैँ हाम्रो साथमा रहनेछ। यस प्रतिज्ञामा थपिएको, हामीले विनम्रतापूर्वक हाम्रा पापहरूको पश्चात्ताप गर्दा परमप्रभुले पापबाट छुट्कारा दिन गरिएको प्रतिज्ञा नवीकरण गर्नुहुन्छ।

हाम्रा करारहरुमा आस्थावान रहेर हामीले सधैँ योग्यताकासाथ प्रभुभोज ग्रहण गर्न तयारी गर्न आत्मालाई आफूसँग राख्न प्रयत्न गर्नुपर्दछ र त्यसैगरी, हामी आफूसँग आत्मालाई राख्न प्रभुभोज नियमित रुपले ग्रहण गर्छौं।

जब हाम्री छोरी पाँच वर्षकी थिइन्, उनीसँग ब्याट्रीले चल्ने कार थियो र उनलाई त्यो चलाएर घर वरिपरि गुडाउन एकदमै मन पर्थ्यो। एक साँझ , तिनी मकहाँ आइन् र भनिन्, “ड्याडी, मेरो कार चल्न छोड्यो। के तपाईंको कारबाट अलिकति ग्याँस झिकेर यसमा राख्दिन सक्नुहुन्छ ताकि फेरी यो चल्न सकोस्? सायद यसलाई चल्नका लागि तपाईंको कारलाई जस्तै ग्याँस चाहिन्छ।”

पछि मैले देखें कि ब्याट्री सकिएको रहेछ, त्यसैले मैले भने कि हामी यसलाई एक घण्टामा चल्ने बनाउनेछौं। धेरै उत्सुकताकासाथ तिनले भनिन्, “हुन्छ! हामी यसलाई ग्याँस स्टेशनमा लैजान्छौं।” मैले ब्याट्रीलाई केवल इलेक्ट्रिक स्रोतमा चार्ज गर्न जोडिदिएँ र एक घण्टापछि उनीले चार्ज गरेको ब्याट्री राखेर त्यो कार चलाउन शुरु गरिन्। त्यसपछि उनीले बुझिन् कि सधैँ इलेक्ट्रिक श्रोतमा जोडेर ब्याट्रीलाई चार्ज गर्न जरुरी छ।

जसरी हाम्री छोरीले तिनको खेलौना कार चलाउन ब्याट्री र पावरको सम्बन्धबारे बुझिन्, त्यसैगरी हामी येशूख्रीष्ट, प्रभुभोज र आत्माका बारेमा बुझ्छौं। हामीलाई नश्वरताका माध्यमबाट नेभिगेट गर्नका लागि सहयोग गर्न आत्मा चाहिन्छ किनकि हामी आस्थापूर्वक करारहरू पालन गर्छौं, अनि हामीलाई हाम्रो आध्यात्मिक अस्तित्वलाई बलियो बनाउन प्रभूभोज आवश्यक पर्दछ । हाम्रो बप्तिस्माको करार नवीकरण गर्नाले र प्रभुभोज ग्रहण गर्नाले आस्थालाई अरु करारहरु तर्फ डोर्याउँछ। जब हामी प्रार्थनापूर्वक पढ्छौं र मुक्तिदाताको निमन्त्रणालाई सम्मान गर्छौं र उहाँले वाचा गर्नुभएका आशिषहरुको आनन्द लिन्छौं, एक खुशीयाली अन्त्यको सूनिश्चित छ । उहाँले भन्नुभयो, “र तिमीले आफूलाई पूर्णरुपमा संसारबाट बेदाग राख्नु, तिमी प्रार्थनाको घरमा जानेछौं र मेरो पवित्र दिनमा प्रभुभोज ग्रहण गर्नेछौं” (सिद्धान्त र करारहरु ५९:९)।

म गवाही दिन्छु कि करार कर्ताहरुलाई “यस संसारमा शान्ति र आउने संसारमा अनन्त जीवनको” वाचा गरिएकको छ (सिद्धात र करार ५९:२३)। म गवाही दिन्छु कि यदि तपाईं नियमित रुपमा मुक्तिदाताको चिनो प्रभुभोज मार्फत लिनुहुन्छ भने, तपाईंले आफूलाई करारको मार्गमा हिड्न र आफ्नो करारहरुमा आस्थावान रहन उहाँको आत्माको निर्देशन पाउनुहुनेछ। येशू ख्रीष्टको नाममा, आमीन ।