EnglishConnect for Missionaries
परिचय


“परिचय,” EnglishConnect 1 कार्यपुस्तिका अडियो (२०२३)

“परिचय,” EnglishConnect 1 कार्यपुस्तिका अडियो

मानिस अध्ययन गर्दै

परिचय

EnglishConnect कार्यपुस्तिकालाई EnglishConnect 1 for Learners. को सहयोगी स्रोतका रूपमा प्रयोग गर्न तयार पारिएको छ । यस कार्यपुस्तिकाको उद्देश्य तपाईंलाई तपाईंका अङ्ग्रेजी सीपहरू विकास गर्न र क्रियाकलाप तथा कथाहरूद्वारा तपाईंको आस्था बढाउन सहयोग गर्नु हो । यसले तपाईंलाई EnglishConnectका निम्नलिखित सुन्ने, बोल्ने, पढ्ने र लेख्ने सीपका चारवटै क्षेत्रहरूमा हरेक पाठका शब्दावली र संरचनाहरू अभ्यास गर्न सहयोग गर्ने छ । कार्यपुस्तिकाको प्रत्येक पाठलाई तल सूचीबद्ध निम्न खण्डहरूमा विभाजन गरिएको छ ।

Conversation(s) (वार्तालाप)

प्रत्येक पाठ एक वा बढी वार्तालापबाट सुरु हुन्छ । यसको उद्देश्य पाठमा शब्दावली, विषय र संरचनाहरूको परिचय गराउनु र सुन्ने अनि पढ्ने बुझाइलाई प्रोत्साहन गर्नु हो । प्रत्येक “Conversation” खण्डले उस्तै नमूनालाई अनुसरण गर्छ:

  1. Listen. सम्पूर्ण वार्तालाप सुन्नुहोस् ।

  2. Listen and repeat. वार्तालापको हरेक पङ्क्ति ध्यान दिएर सुन्नुहोस् र आफूले सुनेका विषयलाई ठूलो स्वरमा दोहोर्‍याउनुहोस् ।

  3. Write the missing word. वार्तालापबाट छुटेका शब्दहरू हेरेर लेख्नुहोस् । बाकसमा दिइएका शब्दहरूबाट छनोट गर्नुहोस् ।

  4. Read aloud. बोल्ने अभ्यास गर्न वार्तालाप खण्ड ठूलो स्वरमा पढ्नुहोस् ।

  5. Answer the questions (यो हरेक पाठमा समावेश गरिएको छैन) । यो अंशले तपाईंको वार्तालापको बुझाइ परीक्षण गर्छ ।

Activities 2–8 (क्रियाकलापहरू २–८)

क्रियाकलापहरूको सङ्ख्या प्रत्येक पाठअनुसार फरक-फरक छ । यी क्रियाकलापहरूले व्याकरणका चार्टहरूका साथै पढ्ने, लेख्ने, सुन्ने तथा बोल्ने क्रियाकलाप र कथाहरू समावेश गर्दछन् । क्रियाकलापका प्रत्येक अंशका लागि दिइएका निर्देशनहरूको पालना गर्नुहोस् । सुन्ने क्रियाकलापहरूमा, अडियो रेकर्डिङमा सम्बन्धित क्रियाकलाप सङ्ख्या र अक्षर हेर्नुहोस्—उदाहरणका लागि, “Activity 2B”। बोल्ने क्रियाकलापहरूमा, ठूलो स्वरमा बोल्न सम्झनुहोस् । तपाईं यस पुस्तकको पछाडिको “Answer Key” मा आफ्ना उत्तरहरू परीक्षण गर्न सक्नुहुन्छ ।

Practice Partner Instructions (सहभागी निर्देशनहरू अभ्यास गर्नुहोस्)

यो पाठमा सिकेका विषयहरूको उपयोग गरेर अङ्ग्रेजी बोल्ने अभ्यासका लागि तपाईंलाई सहयोग गर्न यो खण्ड तयार पारिएको छ । कुनै सहभागीसँग कार्य गर्दै गर्दा, यस पुस्तकको पछाडिका “Vocabulary” को समीक्षा गर्नुहोस् र यस खण्डका क्रियाकलापहरू गर्नुहोस् । प्रत्येक क्रियाकलापका लागि सम्भव भए सम्म बोल्नुहोस् । वास्तवमा नै अङ्ग्रेजी बोल्ने अभ्यासमा यो समयको उपयोग गर्नुहोस् ।

Expansion Activities (विस्तारित क्रियाकलापहरू)

यी कथा र क्रियाकलापहरू अङ्ग्रेजीमा पढ्ने, सुन्ने, बोल्ने र लेख्ने तपाईंको क्षमतामा अभिवृद्धि गर्न र येशू ख्रीष्टमा तपाईंको आस्थामा अभिवृद्धिका लागि सहयोग गर्न तयार पारिएको छ । प्रत्येक “Expansion Activities” खण्डहरू प्रेरणादायक कथामा निर्माण गरिएको छ । यस खण्डका लागि, निम्न कार्य गर्नुहोस्:

  1. Learn the vocabulary. कथा पढ्नुपूर्व यस खण्डमा दिइएका शब्दावलीका शब्द र वाक्यांशहरूको अर्थ सिक्नुहोस् । यसले तपाईंलाई कथा पढ्नका लागि तयार हुन सहयोग गर्नुका साथै कथाका मुख्य शब्दहरू र वाक्यांशहरू बुझ्न तपाईंलाई सहयोग गर्ने छ ।

  2. Listen. कथाको प्रत्येक खण्ड सुन्नुहोस् । जति पटक तपाईलाई आवश्यक हुन्छ तपाईंले यसो गर्न सक्नुहुन्छ ।

  3. Read aloud. पढ्ने र उच्चारण गर्ने अभ्यास गर्न र कथा बुझ्नका लागि ठूलो स्वरमा कथा पढ्नुहोस् । तपाईंले कथा पुन: सुन्ने र सँगै पढ्ने चाहना राख्न सक्नुहुन्छ ।

  4. Learn the vocabulary. यो शब्दावलीले तपाईंलाई कथा सँगसँगै आएका धर्मशास्त्रहरू र उद्धरणहरू बुझ्न सहयोग गर्छ । धर्मशास्त्रहरू र उद्धरणहरूको अध्ययन गर्नुपूर्व दिइएका शब्दावलीका शब्द र वाक्यांशहरूको अर्थ बुझ्नुहोस् ।

  5. Read aloud. पढ्ने र उच्चारण गर्ने अभ्यास गर्न धर्मशास्त्र र उद्धरणहरू धेरै पटक ठूलो स्वरमा पढ्नुहोस् ।

  6. Ponder. कथामा सिकाइएका सिद्धान्तका सम्बन्धमा सोच्नका लागि तपाईंलाई सहयोग गर्न यी प्रश्नहरू तयार पारिएका छन् । तिनीहरूलाई मनन गर्न समय लिनुहोस् । तपाईं प्रश्न वा प्रश्नहरूको उत्तर लेख्ने चाहना राख्न सक्नुहुन्छ ।

  7. Write. यस खण्डमा तपाईंले कथाको सिद्धान्त उपयोग गर्न सहयोग गर्ने गरी तयार पारिएको लेखन क्रियाकलाप गर्नुहुने छ ।

  8. Speak. यस खण्डमा तपाईंले आफूले पढेको कथा र सिकेको सिद्धान्तको व्याख्या गर्न सहयोग गर्ने गरी तयार पारिएको बोल्ने क्रियाकलाप गर्नुहुने छ । यस्ता क्रियाकलापहरूमा कथा पुनः बताउने, सम्बन्धित व्यक्तिगत अनुभव सुनाउने वा अन्तर्दृष्टि र सम्बन्धित लक्ष्यहरू अरूहरूसँग बाँढ्ने लगायतका क्रियाकलापहरू समावेश छन् ।

यस कार्यपुस्तिकामा दिइएका निर्देशनहरूको समाधान

निम्न तालिकाले सामान्यतया यस कार्यपुस्तिकामा प्रयोग हुने निर्देशनहरू देखाउँछ । आइकनहरूले क्रियाकलापहरूमा प्रयोग गरिने सीपहरूको सङ्केत गर्छन् । यदि तपाईंले तिनीहरूलाई अङ्ग्रेजीमा बुझ्नुभएको छैन भने निर्देशनहरूका लागि अनुवाद हेर्नुहोस् ।

सुन्ने क्रियाकलाप आइकन
Listening

सुन्ने

Listen.

सुन्नुहोस् ।

Listen and repeat.

सुन्नुहोस् र दोहोर्‍याउनुहोस् ।

Listen to the question / example.

प्रश्न/उदाहरण सुन्नुहोस् ।

Listen and read.

सुन्नुहोस् र पढ्नुहोस् ।

Listen, and then answer the question.

सुन्नुहोस् र त्यसपछि प्रश्नको उत्तर दिनुहोस् ।

You may listen more than once.

तपाईं एकभन्दा बढी पटक सुन्न सक्नुहुन्छ ।

**यस पुस्तकको अडियो सुसमाचार पुस्तकालयमा वा englishconnect.org/audio मा पाइन सकिन्छ ।

सुन्ने क्रियाकलाप आइकन
Speaking

बोल्ने

Repeat.

दोहोर्‍याउनुहोस् ।

Answer aloud.

ठूलो स्वरमा उत्तर दिनुहोस् ।

Introduce __________.

_____परिचय दिनुहोस् ।

Retell the story.

कथा पुन: सुनाउनुहोस् ।

Tell the story / scripture to _________.

____ लाई कथा/धर्मशास्त्र भन्नुहोस् ।

Practice saying the questions aloud.

प्रश्नहरू ठूलो स्वरमा भन्ने अभ्यास गर्नुहोस् ।

Say __________.

_________ भन्नुहोस् ।

Practice saying __________.

_____ भन्ने अभ्यास ।

पढ्ने आइकन
Reading

पढ्ने

Read aloud.

ठूलो स्वरमा पढ्नुहोस् ।

Read aloud, then listen.

ठूलो स्वरमा पढ्नुहोस्, त्यसपछि सुन्नुहोस् ।

Read the question.

प्रश्न पढ्नुहोस् ।

Study the chart.

चार्ट अध्ययन गर्नुहोस् ।

Choose the correct response.

सही प्रतिक्रिया छनोट गर्नुहोस् ।

Choose all that are correct.

सबै सही छनोट गर्नुहोस् ।

Say Answer the questions.

भन्नुहोस् प्रश्नहरूको उत्तर दिनुहोस् ।

Number the pictures.

चित्रहरूलाई सङ्ख्या दिनुहोस् ।

Learn the vocabulary.

शब्दावली सिक्नुहोस् ।

Read the scriptures aloud.

धर्मशास्त्रहरू ठूलो स्वरमा पढ्नुहोस् ।

Ponder.

मनन गर्नुहोस् ।

लेखन आइकन
Writing

लेख्ने

Write the missing / correct word.

छुटेको/सही शब्द लेख्नुहोस् ।

Rewrite the complete sentence.

पूर्ण वाक्य पुनः लेख्नुहोस् ।

Write what you hear.

सुनेको विषय लेख्नुहोस् ।

Fill in the blanks / missing words.

खाली स्थानमा/छुटेका शब्दहरू भर्नुहोस् ।

Write an / the answer (in a complete sentence).

(पूर्ण वाक्यमा) सम्भावित उत्तर /एक उत्तर लेख्नुहोस् ।

Finish the sentence.

वाक्य पूरा गर्नुहोस् ।

Be creative.

सिर्जनशील बन्नुहोस् ।

नयाँ भाषा सिक्नु एक प्रक्रिया हो जसका लागि समय, धीरता र लगनशीलता आवश्यक हुन्छ । आफ्ना लक्ष्यहरू पूरा गर्न परमेश्वरले तपाईंलाई सहयोग गर्न सक्नुहुन्छ । सहयोगका लागि प्रार्थना गर्नुहोस् । लगनशीलतापूर्वक यस कार्यपुस्तिकाका क्रियाकलापहरू पूरा गर्नुहोस् । आफूले सिकेका विषयहरू उपयोग गर्नुहोस् । तपाईंले परमेश्वरको सहयोग अन्वेषण र उत्तम प्रयास गर्नका लागि आस्थामा कार्य गर्नुभयो भने अङ्ग्रेजी बोल्ने, सुन्ने, पढ्ने र लेख्ने तपाईंको क्षमतामा सुधार हुने छ ।

तपाईंको अङ्ग्रेजी सिक्ने यात्राका लागि शुभकामना छ!