साधारण सम्मेलन
संसारमाथि विजय प्राप्त गर्नुहोस् र विश्राम प्राप्त गर्नुहोस्
अक्टोवर २०२२ को साधारण सम्मेलन


संसारमाथि विजय प्राप्त गर्नुहोस् र विश्राम प्राप्त गर्नुहोस्

परमेश्वरसँग गरेका तपाईंका करारहरूद्वारा संसारमाथि विजय प्राप्त गरेर यस संसारको तीव्रता, अनिश्चितता र पीडाबाट विश्राम पाउनुहोस् ।

प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, यस महिमित विश्रामको दिनको बिहानीमा तपाईंहरूलाई अभिवादन गर्न पाउँदा म कृतज्ञ छु । तपाईंहरू निरन्तर रूपमा मेरो मष्तिष्कमा हुनुहुन्छ । जब तपाईंहरूले अरूहरूलाई आवश्यकतामा परेको देख्नुहुन्छ, तपाईंहरूको कार्यमा उत्रिने तरिका देखेर म आश्चर्यचकित छु । बारम्बार तपाईंहरूले प्रस्तुत गर्नुहुने आस्था र गवाहीमा म आश्चर्यचकित छु । म तपाईंहरूका हृदयका पीडाहरू, निराशाहरू र चिन्ताहरूमा विलाप गर्छु । म तपाईंहरूलाई प्रेम गर्छु । म तपाईंहरूलाई आश्वासन दिन्छु कि हाम्रा स्वर्गका पिता र उहाँका प्रिय पुत्र, येशू ख्रीष्टले, तपाईंहरूलाई प्रेम गर्नुहुन्छ । उहाँहरू तपाईंका परिस्थितिहरू, तपाईंको भलाइ, तपाईंका आवश्यकताहरू, र सहयोगका लागि तपाईंका प्रार्थनाहरूका बारेमा राम्ररी जानकार हुनुहुन्छ । पून: अनि बारम्बार, म प्रार्थना गर्दछु कि तपाईंले उहाँहरूको प्रेम महसुस गर्नुहोस् ।

उहाँहरूको प्रेमको अनुभव गर्नु महत्त्वपूर्ण छ, किनकि यस्तो देखिन्छ कि हामी प्रतिदिन गम्भीर समाचारहरूको आक्रमणबाट ग्रसित छौँ । तपाईंले त्यस्ता दिनहरूको सामना गर्नुभएको हुनसक्छ जब तपाईंले चाहनुभयो कि पाइजामा सुरुवाल लगाएर गुड्मुटिन पाए हुन्थ्यो अनि अशान्ति समाप्त भएपछि कसैले तपाईंलाई जगाइदिए हुन्थ्यो ।

तर, मेरा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरू, धेरै अद्भुत चीजहरू अगाडि छन् । आगामी दिनहरूमा, हामी मुक्तिदाताको शक्तिको सबैभन्दा महान् अभिव्यक्ति देख्नेछौँ जुन संसारले कहिल्यै देखेको छैन । अहिले र उहाँ “शक्ति र महान् महिमाका साथ” फर्कनुहुने समयका बीचमा, उहाँले आस्थावानहरूलाई अनगिन्ती विशेषाधिकारहरू, आशीषहरू र चमत्कारहरू प्रदान गर्नुहुनेछ ।

जे भए तापनि, वर्तमानमा विश्वको इतिहासमा हामी सबैभन्दा जटिल समयमा जिइरहेका छौँ । जटिलता र चुनौतीहरूले धेरै मानिसहरूलाई व्याकुल र थकित महसुस गराउँछ । यद्यपि, हालैको अनुभवलाई विचार गर्नुहोस् जसले तपाईं र मैले कसरी विश्राम पाउन सक्छौँ भनेर प्रकाश पार्न सक्छ ।

हालसालैको वासिङ्टन डी.सी. मन्दिरको ओपन हाउसको समयमा, ओपन हाउस समितिका एक सदस्यले आफुले धेरै प्रतिष्ठित पत्रकारहरूलाई साथमा लिएर मन्दिर वरिपरि घुम्दा एउटा अन्तरदृष्टिको आदानप्रदान गरे । कुनै न कुनै रूपमा एक जवान परिवार यस सञ्चार यात्रामा संलग्न भयो । एक सम्वादाताले मन्दिर संरक्षकको मन्दिरका प्रत्येक भागमा हिंड्दाउसको “यात्रा” कस्तो हुन्छ भन्ने बारेमा सोधिरह्यो । उनी जान्न चाहन्थे कि मन्दिरको यात्रा व्यक्तिको जीवन यात्रामा आउने चुनौतीहरूको प्रतीक हो कि होइन ।

त्यस परिवारका एक युवक यो वार्तालापमा संलग्न भए । जब भ्रमण समूहले अभिदान कक्षमा प्रवेश गरे , त्यस युवकले वेदीतर्फ औँल्याए, जहाँ मानिसहरूले परमेश्वरसँग करार गर्न घुँडा टेक्छन्, र भने, “अहो, यो राम्रो छ । मन्दिरको यात्रामा मानिसहरूलाई विश्राम गर्नका निम्ति यहाँ ठाउँ छ ।”

निसन्देह उसको अवलोकन कति गहिरो थियो भनेर त्यो युवकलाई जानकारी थिएन होला । मन्दिरमा परमेश्वरसँग गरिएका करार र मुक्तिदाताको आश्चर्यजनक प्रतिज्ञा बीचको सीधा सम्बन्धका बारेमा उनलाई सम्भवतः जनाकारी थिएन होला:

“मकहाँ आओ, सबै परिश्रम गर्ने र बोझले दबिएका, अनि मैले तिमीहरूलाई विश्रामदिनेछु ।

“मेरो जुवा आफुमा लिय, र मबाट सिक; … र तिमीहरूले आफ्नो आत्मामा विश्राम पाउने छौ ।

“किनकि मेरो जुवा सजिलो छ, र मेरो बोझ हलुका छ ।”

प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, म चर्च छोड्नेहरूका लागि दु:ख व्यक्त गर्दछु किनभने उहाँहरूलाई महसुस हुन्छ सदस्यताले उहाँबाट अत्यधिक अपेक्षा गर्दछ । तिनीहरूले अझै पत्ता लगाएका छैनन् कि करारहरू गर्नाले र पालन गर्नाले वास्तवमा जीवनलाई सजिलो बनाउँछ! प्रत्येक व्यक्ति जसले बप्तिस्माका जलाशयहरूमा र मन्दिरहरूमा करारहरू गर्दछन्—र तिनीहरूलाई पालन गर्दछन्—येशू ख्रीष्टको शक्तिमा तिनीहरूको पहुँच वृद्धि भएको छ । कृपया यो आश्चर्यजनक सत्यलाई विचार गर्नुहोस्!

परमेश्वरसँग गरिएका करारहरू पूरा गर्ने पुरस्कार भनेको स्वर्गको शक्ति हो—त्यो शक्ति जसले हामीलाई हाम्रा परीक्षाहरू, प्रलोभनहरू र हृदयका पीडाहरूलाई अझै राम्ररी सामना गर्न मजबुत बनाउँछ । यो शक्तिले हाम्रो बाटो सहज बनाउँछ । येशू ख्रीष्टको उच्च नियमहरू अनुरूप जिउनेहरूले उहाँको उच्च शक्तिमा पहुँच प्राप्त गर्न सक्छन् । यसरी, करार पालना गर्नेहरू विशिष्ट प्रकारका विश्राम का हकदार हुन्छन् जुन परमेश्वरसँग गरिएका करारको सम्बन्धबाट उनीहरूलाई प्राप्त हुन्छ ।

मुक्तिदाताले गेतसेमने र खप्परेको पीडामा आफूलाई समर्पण गर्नु अघि, उहाँले आफ्ना प्रेरितहरूलाई घोषणा गर्नुभयो, “संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ: तर खुशी बन; मैले संसारमाथि विजय” प्राप्त गरेको छु । त्यसपछि, येशूले हामी प्रत्येकलाई त्यसै गर्न आग्रह गर्नुभयो जब उहाँले भन्नुभयो, “म चाहन्छु कि तिमीहरू ले संसारमाथि विजय प्राप्त गर्नुपर्दछ ।”

प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, आज तपाईंहरूलाई मेरो सन्देश यो हो कि येशू ख्रीष्टले यस पतित संसारमाथि विजय प्राप्त गर्नुभयो, र उहाँले हामी प्रत्येकका लागि प्रायश्चित गर्नुभयो, तपाईंले पनि यस पापले-भरीपूर्ण, आत्म-केन्द्रित, र प्रायः थकित संसारमाथि विजय प्राप्त गर्न सक्नुहुन्छ ।

किनकि मुक्तिदाताले उहाँको असीम प्रायश्चितद्वारा अनि तपाईंले कहिल्यै भोग्नुभएका हरेक पीडा, चिन्ता अनि बोझलाई उहाँले अनुभव गर्नुभएको हुनाले हामी प्रत्येकलाई कमजोरी, गल्ती र पापबाट छुटकारा दिनुभयो; त्यसकारण वास्तवमा नै तपाईंले पश्चात्ताप गर्नुभयो र उहाँको सहायता खोज्नुभयो भने, तपाईं यो वर्तमान अनिश्चित संसार माथि उठ्न सक्नुहुन्छ ।

तपाईंले अहङ्कार, घमण्ड, क्रोध, अनैतिकता, घृणा, लोभ, ईर्ष्या र डर लगायत संसारका आध्यात्मिक र भावनात्मक रूपमा थकाउने विपत्तिहरूमाथि विजय प्राप्त गर्न सक्नुहुन्छ । हाम्रा वरिपरि घुम्ने विचलन र विकृतिहरूका बावजुद, तपाईंले सत्य विश्राम—तपाईंका सबैभन्दा कष्टकर समस्याहरूमा पनि—अर्थात् राहत र शान्ति प्राप्त गर्न सक्नुहुन्छ ।

यो महत्त्वपूर्ण सत्यले तीनवटा आधारभूत प्रश्नहरूलाई उत्प्रेरित गर्दछ:

पहिलो, संसारमाथि विजय प्राप्त गर्नुको अर्थ के हो?

दोस्रो, हामीले यसलाई कसरी गर्न सक्छौँ?

अनि तेस्रो, संसारमाथि विजय प्राप्त गर्नाले हाम्रो जीवनलाई कसरी आशीषित तुल्याउँछ?

संसारमाथि विजय प्राप्त गर्नुको अर्थ के हो? यसको अर्थ परमेश्वरका चीजहरूमा भन्दा यस संसारका चीजहरूका बारेमा बढी ध्यान केन्द्रित गर्ने प्रलोभनमाथि विजय प्राप्त गर्नु हो । यसको अर्थ मानिसका दर्शनमा भन्दा ख्रीष्टका सिद्धान्तमा विश्वास गर्नु हो । यसको अर्थ सत्यमा रमाउनु, छलकपटको निन्दा गर्नु र “ख्रीष्टका विनम्र अनुयायीहरू” बन्नु हो । यसको अर्थ आत्मालाई टाढा लैजाने कुनै पनि चीजबाट अलग रहनु हो । यसको अर्थ हामीलाई मनपर्ने पापहरू पनि “त्याग” गर्न इच्छुक हुनु हो ।

अब, संसारमाथि विजय प्राप्त गर्नुको अर्थ यो जीवनमा परिपूर्ण बन्नु भनेको होइन, न त यसको अर्थ तपाईंका समस्याहरू जादुमय रूपमा निवारण हुनेछन् भन्नु नै हो—किनभने तिनीहरू हुनेछैनन् । अनि यसको अर्थ यो पनि होइन कि तपाईंले अब गल्ती गर्नुहुँदैन । तर संसारमाथि विजय प्राप्त गर्नुको अर्थ यो हो कि पापको प्रतिरोध गर्ने तपाईंको क्षमतामा वृद्धि हुनेछ । येशू ख्रीष्टमा तपाईंको आस्था बढ्दै जाँदा तपाईंको हृदय कोमल हुनेछ । संसारमाथि विजय प्राप्त गर्नु भनेको तपाईंले कसैलाई वा अरू कुनै चीजलाई भन्दा बढी परमेश्वर र उहाँका प्रिय पुत्रलाई प्रेम गर्न वृद्धि गर्नु हो ।

त्यसोभए, हामीले संसारमाथि कसरी विजय प्राप्त गर्न सक्छौँ त? राजा बेन्यामिनले हामीलाई कसरी भनेर सिकाए । उनले भने कि “प्राकृतिक मानिस परमेश्वरको शत्रु हो” र सदैव रहन्छ “जबसम्म उसले पवित्र आत्माको प्रलोभनमा झुक्दैन, र प्राकृतिक मानिसलाई त्याग्दैन र ख्रीष्ट परमप्रभुको प्रायश्चितद्वारा सन्त बन्दैन ।” प्रत्येक पटक जब तपाईं आत्माको प्रोत्साहनको खोजी गर्नुहुन्छ र अनुसरण गर्नुहुन्छ, प्रत्येक पटक “प्राकृतिक मानिस” ले नगर्ने कार्यहरू—केही असल चीज गर्नुहुन्छ—तपाईंले संसारमाथि विजय प्राप्त गर्दै हुनुहुन्छ ।

संसारमाथि विजय प्राप्त गर्ने विषय एक वा दुई दिनमा हुने घटना होइन । हामीले ख्रीष्टका सिद्धान्तलाई अपनाउँदा जीवनभर यो बारम्बार हुन्छ । हामी दिनहुँ पश्चात्ताप गरेर र हामीलाई शक्ति प्रदान गर्ने करारहरू पालन गरेर येशू ख्रीष्टमा आस्था वृद्धि गर्दछौँ । हामी करार मार्गमा रहन्छौँ र आत्मिक शक्ति, व्यक्तिगत प्रकाश, वृद्धि भएको आस्था, र स्वर्गदूतहरूको सेवा सहित आशीषित हुन्छन् । ख्रीष्टका सिद्धान्तमा जीवन जिउँदा हाम्रो जीवनमा आध्यात्मिक गति सिर्जना गर्ने, सबैभन्दा शक्तिशाली सद्गुण चक्र उत्पादन गर्न सक्छ ।१०

जब हामी येशू ख्रीष्टको उच्च नियमहरू अनुरूप जिउन प्रयास गर्दछौँ, हाम्रा हृदय र स्वभावहरू परिवर्तन हुन थाल्छ । मुक्तिदाताले हामीलाई अधिक करुणा, विनम्रता, उदारता, दया, आत्म-अनुशासन, शान्ति र विश्राम का साथ आशीर्वाद दिएर यस पतित संसारको तानबाट माथि उठाउनुहुन्छ

अब, तपाईं सोच्दै हुनुहुन्छ होला कि यो विश्रामभन्दा कडा आध्यात्मिक कार्य जस्तो देखिन्छ । तर यहाँ महान् सत्य छ: संसारले शक्ति, सम्पत्ति, लोकप्रियता, र शारीरिक सुखले आनन्द ल्याउँछ भनेर जोड दिन्छ, तिनीहरूले ल्याउँदैनन्! तिनीहरूले सक्दैनन्! तिनीहरूले जे उत्पादन गर्छन्‌ त्यो केही पनि होइन तर “परमेश्वरका आज्ञाहरू पालन गर्नेहरूका लागि आशीष र आनन्दित अवस्था” हो खोक्रो विकल्प मात्र होइन।११

सत्य यो हो कि जहाँ तपाईं यसलाई कहिल्यै प्राप्त गर्न सक्नु हुँदैन त्यहाँ खुशी खोज्नु अति नै थकित बन्नु मात्रै हो ! यद्यपि, जब तपाईं आफूलाई येशू ख्रीष्टसँग जोड्नुहुन्छ र संसारमाथि विजय प्राप्त गर्नका लागि आवश्यक आध्यात्मिक कार्य गर्नुहुन्छ, उहाँ अनि उहाँ एक्लैले तपाईंलाई यस संसारको तानबाट माथि उठाउने शक्ति प्रादन गर्नुहुन्छ ।

अब, संसारमाथि विजय प्राप्त गर्दा हाम्रो जीवन कसरी आशीषित हुन्छ? उत्तर स्पष्ट छ: परमेश्वरसँगको करारको सम्बन्धमा प्रवेश गर्दा जीवनका बारेका सबै चीज हरूलाई सजिलो बनाउने तरिका सहित हामीलाई उहाँसँग बाँध्छ । कृपया मलाई गलत नबुझ्नुहोस्: करारमा बाँधिनाले जीवन सजिलो हुन्छ भनेर मैले भनेको छैन। वास्तवमा, विपक्षको अपेक्षा गर्नुहोस्, किनभने शत्रुले तपाईंले येशू ख्रीष्टको शक्ति पत्ता लगाउनुहोस् भन्ने चाहँदैन । तथापि तपाईं स्वयंलाई मुक्तिदातासँग जोड्नु भनेको उहाँको शक्ति र उद्धार गर्ने शक्तिमा पहुँच प्राप्त गर्नु हो ।

छवि
अध्यक्ष एज्रा ट्राफ्ट बेन्सन

म अध्यक्ष एज्रा टाफ्ट बेन्सनको गहन शिक्षालाई पून: पुष्टि गर्दछु: “ती पुरुष र महिलाहरू जसले आफ्नो जीवनलाई परमेश्वरमा सुम्पिदिनुहुन्छ उहाँहरूले आफ्नो जीवनमा गर्न सक्ने भन्दा अधिक बढी परमेश्वरले उहाँहरूलाई बनाउन सक्नुहुन्छ भनेर पत्ता लगाउनुहुनेछ । उहाँले तिनीहरूको आनन्दलाई गहिरो बनाउनुहुनेछ, तिनीहरूको दृष्टिलाई विस्तार गर्नुहुनेछ, तिनीहरूको मष्तिष्कलाई जीवित बनाउनुहुनेछ, … तिनीहरूको आत्मालाई उठाउनुहुनेछ, तिनीहरूका आशीषहरूलाई वृद्धि गर्नुहुनेछ, तिनीहरूका सुअवसरहरूलाई बढाउनुहुनेछ, तिनीहरूको आत्मालाई सान्त्वना दिनुहुनेछ, मित्रहरू खडा गर्नुहुनेछ, र शान्ति खन्याउनुहुनेछ।”१२

यी अतुलनीय विशिष्ट अधिकारहरूले उनीहरूलाई पछ्याउँछन् जसले यस संसारमाथि विजय प्राप्त गर्न तिनीहरूलाई सहयोग गर्न स्वर्गको समर्थन खोज्छन् । यस उद्देश्यका लागि, म चर्चका सम्पूर्ण सदस्यहरूलाई गत मेमा मैले हाम्रा युवा वयस्कहरूलाई दिएको त्यही चुनौती प्रदान गर्दछु । मैले उहाँहरूलाई त्यस समयमा आग्रह गरेँ—र अब म तपाईसँग बिन्ती गर्दछु—येशू ख्रीष्ट र उहाँको सुसमाचारका बारेमा आफ्ना गवाहीको दायित्व वहन गर्नुहोस् । यसका लागि कार्य गर्नुहोस् । यसलाई पोषित गर्नुहोस् ताकि यो विकसित हुन सकोस् । यसलाई सत्यतामा पोषित गर्नुहोस् । नास्तिक पुरुष र महिलाहरूको झूटा दर्शनले यसलाई प्रदूषित नपार्नुहोस् । तपाईंले येशू ख्रीष्टको गवाहीको निरन्तर सुदृढीकरणलाई आफ्नो सर्वोच्च प्राथमिकतामा राख्नुहुन्छ, आफ्नो जीवनमा चमत्कारहरू हुनका लागि प्रतीक्षा गर्नुहोस् ।१३

यो बिहानीमाआज बिहान तपाईंहरूलाई मेरो अनुरोध छ कि परमेश्वरसँग गरेका आफ्ना करारहरू मार्फत संसारमाथि विजय प्राप्त गर्न यस संसारका तीव्रता, अनिश्चितता र पीडाबाट विश्राम प्राप्त गर्नुहोस् । उहाँलाई तपाईंका प्रार्थनाहरू र तपाईंका कार्यहरू मार्फत जानकारी दिनुहोस् कि तपाईं संसारमाथि विजय प्राप्त गर्नका लागि गम्भीर हुनुहुन्छ । उहाँलाई आफ्नो मष्तिष्कज्ञान प्रदान गर्न र तपाईंलाई आवश्यक पर्ने सहयोग पठाउन अनुरोध गर्नुहोस् । प्रत्येक दिन, तपाईंले प्रार्थना गर्दा तपाईंमा आउने विचारहरू अभिलेख गर्नुहोस्; त्यसपछि लगनशीलताका साथ पालन गर्नुहोस् । मन्दिरमा धेरै समय बिताउनुहोस्, र मन्दिरले तपाईंलाई यस पतित संसारबाट माथि उठ्न कसरी सिकाउँछ भनेर बुझ्न प्रयास गर्नुहोस् ।१४

मैले यस पूर्व भनेजस्तै, इस्राएलको भेला आज पृथ्वीमा भइरहेको सबैभन्दा महत्त्वपूर्ण कार्य हो । यस भेलाको एउटा महत्त्वपूर्ण तत्व भनेको परमप्रभु पून: आउनुहुँदा, यो पतित संसारमा येशू ख्रीष्टलाई पहिले नै छनौट गरिसकेका मानिसहरू, येशू ख्रीष्टको उच्च, पवित्र नियमहरू जिउनका लागि आफ्नो छनोटमा रमाउने उहाँलाई ग्रहण गर्न सक्षम, तयार र योग्य मानिसहरू तयार पार्नु हो ।

मेरा प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, म तपाईंहरूलाई यही धर्मिक मानिस बन्न आह्वान गर्दछु । अन्य सबै प्रतिवद्धताहरू भन्दा माथि आफ्ना करारहरूलाई पालना र सम्मान गर्नुहोस् । तपाईंले आफ्नो जीवनमा परमेश्वरलाई विजयी हुन दिनुभएपछि, म तपाईंलाई महान् शान्ति, आत्मविश्वास, आनन्द, र हो, विश्रामको प्रतिज्ञा गर्दछु ।

ममा निहित प्रेरितको पवित्र शक्तिले, म तपाईंलाई यस संसारमाथि विजयी हुने तपाईंको खोजमा आशीष दिन्छु । म तपाईंलाई येशू ख्रीष्टमा तपाईंको आस्था वृद्धि गर्न र उहाँको शक्तिलाई कसरी आकर्षित गर्ने भनेर अझै राम्ररी सिक्न आशीष दिन्छु । तपाईं त्रुटिबाट सत्य छुट्याउन सक्षम हुनुहोस् भनी म तपाईंलाई आशीष दिन्छु । म तपाईंलाई यस संसारका चीजहरू भन्दा परमेश्वरका चीजहरूका बारेमा बढी ध्यान केन्द्रित गर्नका लागि आशीष दिन्छु । म तपाईंलाई वरपरका मानिसहरूका आवश्यकताहरूलाई महसुस गर्न र तपाईंले प्रेम गर्नेहरूलाई मजबुत बनाउनका लागि आशीष दिन्छु । येशू ख्रीष्टले यस संसारमाथि विजय प्राप्त गर्नुभएका कारण तपाईंले पनि विजय प्राप्त गर्न सक्नुहुन्छ । म येशू ख्रीष्टको पवित्र नाममा यो प्रमाणित गर्छु, आमीन ।