साधारण सम्मेलन
परमप्रभुका लागि समय निकाल्नुहोस्
अक्टोवर २०२१ साधारण सम्मेलन


परमप्रभुका लागि समय निकाल्नुहोस्

म तपाईंहरूसँग बिन्ती गर्छु कि संसारको प्रलोभनलाई निष्फल गर्न तपाईंको जीवनमा परमप्रभुका लागि समय निकाल्नुहोस्।

मेरा प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, यी दुई दिन हामीलाई परमप्रभुका सेवकहरूबाट राम्ररी सिकाइयो जसले उहाँले तिनीहरूले के भनोस् भनेर चाहनुहुन्छ भन्नेबारे ध्यानपूर्वक खोजी गरेका छन्।

हामीलाई आर्को छ महिनाका लागि हाम्रो उत्तरदायित्व दिइएको छ। अब, प्रश्न के उठ्छ भने, हामीले सुनेका र अनुभव गरेकाबाट हामी कसरी भिन्न हुन्छौं त?

यो विश्वव्यापी रोगले देखाउँदछ, धेरै पटक हाम्रो नियन्त्रण भन्दा बाहिरको परिस्थितिमा कति चाँडै जीवन बदल्न सक्दछ भन्ने कुरा यो विश्वव्यापी रोगले देखाउँदछ । तैपनि, त्यहाँ धेरै कुराहरू छन् जुन हामी नियन्त्रण गर्न सक्दछौं । हामी आफ्ना प्राथमिकताहरू बनाउँछौं र आफ्ना सामर्थ्य, समय र श्रोत कसरी उपयोग गर्ने भन्नेबारे निश्चित गर्छौं। हामी एकअर्कासँग कसरी व्यवहार गर्छौं भन्नेबारेमा निर्णय गर्छौं। हामी तिनीहरू लाई रोज्छौं जस्तर्फ हामी सत्य र निर्देशनका लागि फर्किन्छौं।

संसारका आवाज र प्रभावहरू आकर्षक र अनेक छन्। तर धेरै आवाजहरू धूर्त, प्रलोभन देखाउने र हामीलाई करारको मार्गबाट तान्नसक्ने हुनसक्छ। आउन सक्ने उदासिनताबाट टाढा रहन, म तपाईंहरूसँग बिन्ती गर्छु कि संसारको प्रलोभनलाई निष्फल गर्न तपाईंको जीवनमा परमप्रभुका लागि हरेक दिन समय निकाल्नुहोस्।

यदि तपाईंले पाउने जानकारी सामाजिक अथवा अरु मिडियाबाट आउँछ भने आत्माले बोल्ने आवाज सुन्ने तपाईंको क्षमता कम हुनेछ। यदि तपाईं दिनहुँ प्रार्थना र सुसमाचारको अध्ययनद्वारा पनि परमप्रभुलाई खोजिरहनुभएको छैन भने तपाईं आफूलाई ती दर्शनशास्त्र सामु कमजोर छोड्नुहुनेछ जो रोचक हुनसक्छ तर सत्य हुँदैन। ती सन्तहरू पनि जो आस्थावान भए तापनि बाबिलोनको ब्याण्डको स्थिर तालले गर्दा भड्किन सक्दछ।

प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, म तपाईंहरूसँग बिन्ती गर्दछु कि परमप्रभुकालागि समय निकाल्नुहोस्। तपाईं ती कुराहरू गर्नुहोस् जसले तपाईंलाई आत्मिक जग बलियो र समयको परीक्षाको सामना गर्नसक्ने बनाउँछ जसले तपाईंलाई पवित्र आत्मा सधैंतपाईंसँग रहन अनुमति दिनेछ।

त्यो गहन सत्यको कहिल्यै कम आँकलन नगर्नुहोस् “आत्माले वास्तवमा नै भएका अहिलेका कुराहरूका, अनि वास्तवमा नै हुने कुराहरूका बारेमा बोल्दछ।” “तिमीले गर्नुपर्ने सबै कुराहरू उहाँले देखाउनुहुनेछ।”

येशू ख्रीस्टप्रति आफुलाई केन्द्रित गर्दा नै आत्मालाई आमन्त्रण गर्न सकिन्छ। ख्रीष्टको बारेमा बोल, ख्रीस्टमा आनन्द लेउ, र ख्रीस्टका शब्दहरुको ग्रहण गर, र ख्रीष्ट मा स्थिरताका साथ अघि बढ। उहाँको आराधना गरेर, प्रभुभोज लिएर र उहाँको दिनलाई पवित्र राखेर तपाईंको शबाथ आनन्दपूर्ण बनाउनुहोस्।

मैले यो बिहान जोड दिए झैं, कृपया परमप्रभुको पवित्र घरमा परमप्रभुका लागि समय निकाल्नुहोस्। मन्दिरमा सेवा र मन्दिरमा आराधनाले जस्तो अरु कुनैले तपाईंको आत्मिक जगलाई बलियो बनाउन सक्दैन।

हामी सबैप्रति कृतज्ञ छौं जो नयाँ मन्दिरहरूमा काम गरिरहनुभएको छ। संसारभर तिनीहरूको निर्माण भइरहेको छ। आज म अरु केही यी क्षेत्रहकामा मन्दिरहरूको निर्माणको हाम्रो योजनाको घोषणा गर्न पाउँदा खुशी छु: काओसिङ्ग, ताइवान; ताक्लोबान, फिलिपिन्स; मनरोविया, लाइबेरिया; कनङ्गा, डेमोक्राटिक रिपब्लिक अफ कङ्गो; आन्टानानारिभो, माडागास्कर; कुलियाकान, मेक्सिको; भिटोरिया, ब्राजिल; ला पाज, बोलिभिया; सान्टियागो वेस्ट, चिले; फोर्ट वोर्थ, टेक्सास; कोडी, वायोमिङ्ग; रेक्सबर्ग नर्थ, आइडाहो; हीबर भ्याली, यूटा; र ओरम यूटा मन्दिरको समर्पण पछि प्रोभो यूटा मन्दिरको पुन:निर्माण

म तपाईंहरूलाई माया गर्छु, मेरा प्रिय दाजुभाई तथा दिदीबहिनीहरू। परमप्रभुले तपाईंलाई चिन्नुहुन्छ र माया गर्नुहुन्छ। उहाँ तपाईंको मुक्तिदाता र तपाईंको उद्दारकर्ता हुनुहुन्छ। उहाँ आफ्नो चर्चको नेतृत्व र अगुवाइ गर्नुहुन्छ। यदि-हरेक दिन अनि सधैं तपाईंले आफ्नो जीवनमा परमप्रभुका लागि समय निकाल्नुभयो भने तपाईंको आफ्नो निजी जीवनमा उहाँले हरेक दिन तपाईं को नेतृत्व र अगुवाइ गर्नुहुनेछ।

हामी पून: नभेट्दासम्म परमेश्वर तपाईंहरूको साथमा रहुन्। म येशू ख्रीष्टको पवित्र नाममा प्रार्थना गर्दछु, आमीन।