साधारण सम्मेलन
title1ख्रीष्टमा विश्वास गरेर हाम्रा आध्यात्मिक तूफानहरूको सामना गर्ने
अक्टोवर २०२१ साधारण सम्मेलन


title1ख्रीष्टमा विश्वास गरेर हाम्रा आध्यात्मिक तूफानहरूको सामना गर्न

हामी ख्रीष्टमा विश्वास गरेर र उहाँका आज्ञाहरूलाई पालान गरेर हामीले हाम्रा आध्यात्मिक तूफानको राम्ररी सामना गर्छौँ।

विगत छ वर्षदेखि, मेरो प्रिय, एन, र म गल्फ कोस्टको नजिकै टेक्सासमा बसोवास गरिरहेका छौँ, केही ठूला तूफानहरूले भयङ्कर विनाश र जीवनको अवशान सहित संयुक्त राज्य अमेरिकालाई तहसनहस परेको छ। दुःखको कुरा, हालका महिनाहरू यस्ता विनाशकारी घटनाहरूका लागि अपरिचित छैन। कुनै पनि तरीकाबाट प्रभावित भएका सबैलाई हाम्रो प्रेम र प्रार्थना विस्तारित गर्दछौँ। २०१७ मा, हामीले व्यक्तिगत रुपमा वर्षाको ६० इन्च (१५० सेमी) सम्मको अभिलेख तोडेको तूफान हार्वेको अनुभव गर्यौँ।

प्राकृतिक नियमहरूले तूफानको बनावटलाई नियन्त्रण गर्दछन्। महासागरको तापमान कम्तीमा ८० डिग्री फरेनहाइट (२७ डिग्री से.), समुद्र सतहबाट १६५ फिट (५० सेमी) तल सम्म विस्तार हुनु पर्छ । जसरी हावा तातो सागरको पानीसँग मिल्छ, यसले पानीको वाष्पीकरण गराउँछ र वायुमण्डलमा उठ्छ, जहाँ यो तरल पदार्थ हुन्छ। त्यस पछि बादल बन्छन्, र हावाहरूले महासागरको सतहमा एक सर्पिल ढाँचा उत्पादन गर्दछन्।

तूफान

५०,००० फिट (१५,२४० मि) वा वातावरणमा अधिक पुग्ने अनि कम्तिमा १२५ माइल (२००किमि) भरमा फैलिने तूफानहरू आकारमा विशाल हुन्छन्। चाखलाग्दो कुरा के छ भने, जब तूफानहरू जमीनसँग मिल्दछन्, तिनीहरू कमजोर हुन थाल्छन् किनकि तिनीहरूको शक्तिलाई मजबुत बनाइरहने आवश्यक तातो पानी अब बाँकी छैन।

तपाईंले कहिल्यै पनि विनाशकारी भौतिक तूफानको सामना गर्न पर्ने नहुनसक्छ। यद्यपि, हामी हरेकले आध्यात्मिक तूफानको सामना गरेका छौँ र सामना गर्नेछौँ जसले हाम्रो शान्तिलाई चुनौती दिन्छ र हाम्रो आस्थाको परीक्षा लिन्छ। आजको संसारमा, तिनीहरू आवृत्तिमा र तीव्रतामा बढेको देखिन्छ। कृतज्ञतापूर्वक, परमप्रभुले हामीलाई खुशीसँगै तिनीहरूलाई परास्त गर्नका लागि एक निश्चित तरीका प्रदान गर्नुभएको छ। येशू ख्रीष्टको सुसमाचार अनुरुप जिएमा, हामीलाई आश्वस्त पारिएको छ कि “जब समस्याको कालो बादल हामी माथि मडारिन्छ र हाम्रो शान्तिलाई नष्ट गर्नका लागि धम्की दिन्छ, त्यहाँ हाम्रो अगाडि उज्यालो मुस्कुराउने आशा छ।”

अध्यक्ष रसल एम. नेल्सनले वर्णन गर्नुभयो

“सन्तहरू हरेक परिस्थितिमा खुशी हुन सक्छन्। हामी एक नराम्रो दिन, एक खराब हप्ता, वा यहाँ सम्म कि एक नराम्रो वर्ष हुँदा पनि खुशी महसुस गर्न सक्छौँ!

“…हामीले महसुस गर्ने खुशीसँग हाम्रो जीवनका परिस्थितिको कमै सम्बन्ध छ र हाम्रा जीवनका ध्यानसँग सबै कुरा जोडिएको छ ।

“जब हाम्रो जीवनको ध्यान …येशू ख्रीष्ट र उहाँको सुसमाचारमा हुन्छ, हाम्रो जीवनमा जेसुकै भइरहेको भए तापनि वा नभएको भएपनि हामीले आनन्दको अनुभव गर्न सक्छौँ ।

जसरी प्राकृतिक नियमहरूले भौतिक तूफानहरूलाई नियन्त्रण गर्दछन्, दैवी नियमहरूले हाम्रो आध्यात्मिक तूफानको समयमा कसरी खुशी महसुस गर्ने भन्ने कुरालाई नियन्त्रण गर्दछन्। जीवनका आँधीहरूको समाना गर्दा हामीले महसुस गर्ने आनन्द वा दु:ख परमेश्वरद्वारा निर्धारण गरिएका नियमहरूसँग बाँधिएका छन्। अध्यक्ष नेल्सनले बाँढ्नुभयो, “तिनीहरूलाई आज्ञाहरू भनिन्छ, तर तिनीहरू लिफ्टको नियम, गुरुत्वाकर्षणको नियम, [र] हृदयको धडकनलाई नियन्त्रित गर्ने नियम जस्तै सत्य हुन्।”

अध्यक्ष नेल्सनले निरन्तरता दिनुभयो, “बरु यो एक सरल सूत्र बन्छ: यदि तपाईं खुशी हुन चाहानुहुन्छ भने आज्ञाहरूको पालन गर्नुहोस्।”

शङ्का आस्था र आनन्दको एक शत्रु हो। जसरी सागरको तातो पानी तूफानका लागि प्रजनन मैदान हो, त्यसै गरी शङ्का आध्यात्मिक तूफानका लागि प्रजनन मैदान हो। जसरी विश्वास एक छनौट हो, त्यस्तै शङ्का पनि हो। जब हामी शङ्का गर्ने छनौट गछौँ, हामी आफु माथि कार्य गराइन छनौट गर्दछौँ, सैतानलाई शक्ति दिन्छौँ , जसले हामीलाई कमजोर र असुरक्षित बनाएर छोडिदिन्छ।

सैतानले हामीलाई शङ्काको प्रजनन मैदानमा लैजान खोज्छ। उसले हाम्रो मुटुलाई कडा बनाउन खोज्छ ताकि हामीले विश्वास नगरौँ। शङ्काको प्रजनन मैदान आमन्त्रित हुन सक्छ किनकि यो शान्तिपूर्ण देखिन्छ, तातो पानीले हामीलाई “परमेश्वरको मुखबाट निस्कने प्रत्येक शब्दमा बाँच्न “ बाध्यकारी गराउँदैन। यस्तो पानीमा शैतानले हामीलाई हाम्रो आध्यात्मिक सतर्कतालाई आराम दिनका लागि प्रलोभन दिन्छ। त्यो बेवास्ताले आध्यात्मिक दृढ विश्वासको कमीलाई प्रेरित गर्न सक्छ, जहाँ हामी “न चिसो न तातो हुन्छौँ।” यदि हामी ख्रीष्टमा आश्रित छैनौँ भने शङ्का र यसको आकर्षणले हामीलाई उदासीनता तिर लैजान्छ जहाँ न त हामीले चमत्कार, दिगो खुशी पाउँछौँ, न त “[हाम्रा] आत्माहरूलाई आराम” नै मिल्छ।”

जमिनमा तूफान कमजोर भए जस्तै, जब हामी ख्रीष्टमा हाम्रो जग बसाल्छौँ आस्थाले शङ्कालाई प्रतिस्थापन गर्दछ। तब हामी आध्यात्मिक तूफानहरूलाई तिनीहरूको उचित परिप्रेक्ष्यमा देख्न सक्षम हुन्छौं, र उनीहरूलाई पराजित गर्ने हाम्रो क्षमता बढ्छ। अनि, “जब सैतानले आफ्ना शक्तिशाली हुरी, हो, हावाको भूमरीका उसका तीरहरू पठाउँछ, … उसमा हामीलाई शोकको अनन्त खाडी र अन्त्यहीन धिक्कारतिर घिसार्ने शक्ति हुनेछैन, तिमीहरूलाई बनाइएको जग बसालेको चट्टानका कारण, जुन बलियो जग हो, जग यदि त्यसमा मानिसहरूले बनाए उनीहरूको पतन हुन सक्दैन”१०

अध्यक्ष नेल्सनले सिकाउनुभयो:

येशू ख्रीष्टमा आस्था भनेको सबै विश्वासको आधार र दैवी शक्तिको वाहिनी नली हो।

उहाँको पूर्ण शक्तिमा पहुँच पाउनका लागि हामी सँग निपूर्ण आस्था हुनु परमप्रभुका लागि आवश्यक छैन। तर उहाँ हामीलाई विश्वास गर्न आग्रह गर्नुहुन्छ।११

अप्रिलको साधारण सम्मेलनदेखि, [हाम्रा] चुनौतिहरूलाई अतुलनीय वृद्धि र अवसरमा बदल्न हामीलाई सहयोग गर्न मेरो परिवार र म येशू ख्रीष्ट र उहाँको प्रायश्चित्तमा हाम्रो विश्वासलाई बलियो बनाउन खोजिरहेका छौँ ।”१२

हाम्री नातिनी, रुबीलाई, एक मजबुत, अगुवा गर्ने इच्छा शक्तिले आशीषित छिन्। जब उनी जन्मिएकी थिइन्, उनको अन्ननली उनको पेटमा जोडिएको थिएन। एक शिशुका रुपमा, रुबी, उनका आमा-बुबाको सहयोगमा असामान्य दृढ सङ्कल्पसँगै यो परीक्षणको सामना गरिन्। रुबी अहिले पाँच वर्षकी भईन्। उनी अझै धेरै सानो भए तापनि, उनी आफ्ना परिस्थितिहरूले आफ्नोखुशीलाई निर्धारण गर्न नदिने एक शक्तिशाली उदाहरण हुन्। उनी सधैँ खुशीछिन्।

गत मेमा, रुबीले उनको जीवनमा आस्थासँगको एक अतिरिक्त तूफान सामना गरीन्। उनी एक अपूर्ण विकसित हातसँग जन्मेकी थिईन् जसलाई पूनर्गठन सर्जरीको आवश्यकता थियो। यो जटिल अपरेशन भन्दा पहिले, हामीले उनलाई भेट्यौँ र उनलाई एउटा चित्र दियौँ कि त्यसमा मुक्तिदाताको हातले एक बालाकको हात न्यानो तरिकाले समातिएको चित्रण गरिएको थियो। जब हामीले उनलाई सोध्यौँ कि के उनी बेचैन थिइन्, उनले जवाफ दिईन्, “हैन, म खुशी छु!”

मुक्तिदाताको हातको चित्रका साथमा रूबी

तब हामीले उनलाई सोध्यौँ, “रूबी यो कसरी हुन्छ?”

रुबी आत्मविश्वासका साथ् भनिन्, “किनकि मलाई थाहा छ कि येशूले मेरो हात समात्नुहुनेछ।”

रूबीको स्वास्थ्य लाभ चमत्कारी भएको छ, र उनीले खुशीलाई निरन्तरत दिएकी छन्। कसरी एक बालकको विश्वासको शुद्धताको विरोधाभासमा शङ्काको मूर्खता छ कि हामी ठूलो हुँदै जाँदा अक्सर त्यसले हामीलाई प्रलोभनमा पार्न सक्छ!१३ तर हामी सबै साना बालकहरू जस्तै बन्न सक्छौँ र हाम्रो अविश्वासलाई अलग राख्ने छनौट गर्न सक्छौँ। यो एक साधारण छनौट हो।

एक मायालु बुबाले लगनशीलता पूर्वक उद्धारकर्तासँग आग्रह गर्नुभयो, “ यदि हजुर केही गर्न सक्नुहुन्छ भने, … हामीलाई सहयोग गर्नुहोस्।” १४

तब येशूले उहाँलाई भन्नुभयो:

“यदि तिमी विश्वास गर्छौ भने सबै कुरा उसका लागि सम्भव छन् जसले विश्वास गर्दछ।

“अनि तुरुन्तै बुबाले … चिच्याउनुभयो, र आँसुसँगै भन्नुभयो, परमप्रभु, म विश्वास गर्छु; मेरा अविश्वासमा हजुर सहयोग गर्नुहोस्।”१५

यी विनम्र बुबाले वुद्धिमानीपूर्वक उहाँको शङ्काको सट्टामा ख्रीष्टमा भएको आफ्नो आस्थामा भरोसा गर्न छनौट गर्नुभयो। अध्यक्ष नेल्सनले बाँढ्नुभयो “केवल तपाईंको अविश्वासले तपाईंलाईतपाईंको जीवनमा१६ चमत्कार सहित पर्वतहरूलाई सार्ने आशीर्वाद दिनबाट परमेश्वरलाई रोक्नेछ ।

ज्ञानको स्तरमा नभई विश्वासको स्तरमा तह निर्धारण गर्नमा हाम्रा परमेश्वर कति दयालु हुनुहुन्छ!

अल्मा सिकाउँछन्:

“त्यो धन्य हो जो परमेश्वरका वचनमा विश्वास गर्दछ।”१७

“[किनकि] परमेश्वर उहाँको नाममा विश्वास गर्ने सबैका लागि दयालु हुनुहुन्छ; यसैले उहाँ चाहनुहुन्छ, पहिलो स्थानमा, कि तपाईंले विश्वास गर्नुपर्छ।”१८

हो, पहिलो स्थानमा, परमेश्वर चाहनुहुन्छ कि हामी उहाँमा विश्वास गरौँ।

हामी ख्रीष्टमा विश्वास गरेर र उहाँका आज्ञाहरूलाई पालान गरेर हामीले हाम्रा आध्यात्मिक तूफानको राम्रो सामना गर्छौँ। हाम्रो विश्वास र आज्ञाकारिताले हाम्रो जीवनमा “[जेसुकै] भइरहेको छ — वा भइरहेको छैन” लाई परास्त गर्न हाम्रो आफ्नै शक्ति भन्दा बाहिरको शक्तिमा जोड्दछ।”१९ हो, परमेश्वरले “तुरुन्तै [हामीलाई] आशीर्वाद दिनुहुन्छ” विश्वास र आज्ञा पालनका लागि।२० वास्तवमा, समयसँगै हाम्रो स्थिति खुशीमा परिवर्तन हुन्छ अनि “हामी ख्रीष्टमा जीवित बनाइन्छौँ” जब हामी उहाँमा हाम्रो आस्था अभ्यास गर्दछौँ र उहाँका आज्ञाहरू पालना गर्दछौँ।२१

दाजुभाइ तथा दिदीबहिनीहरू, आज हामी “शंका नगर्न, तर विश्वास गर्ने” छनौट गरौँ ।”२२ वास्तवमा, “ख्रीष्टमा विश्वास गर्ने नै सही तरीका हो।” २३ हामी “[उहाँको] हातको हत्केलामा खोपिएका छौँ।”२४ उहाँ हाम्रो मुक्तिदाता र उद्धारकर्ता हुनुहुन्छ जो हाम्रो ढोकामा उभिएर ढकढक गर्नुहुन्छ।२५ येशू ख्रीष्टको नाउँमा, आमीन |

सूचीहरू:

  1. हेर्नुहोस्, “What Weather Conditions Create a Hurricane,” जुलाई २९, २०१९, Sciencing, sciencing.com. ।

  2. हेर्नुहोस्, “We Thank Thee, O God, for a Prophet,” Hymns,no. 19.

  3. Russell M. Nelson, “Joy and Spiritual Survival,” LiahonaNov. 2016, 82, 84.

  4. Russell M. Nelson, in “Eternal Laws: From Scrabble to the Commandments” (video), Church News, Aug. 31, 2019, thechurchnews.com. पनि हेर्नुहोस् मोसीयाह २:४१; सिद्धान्त र करार १३०:२०–२१.

  5. हेर्नुहोस २ नफी २:२६-२७

  6. हेर्नुहोस् सिद्धान्त र करार १०:३२-३३

  7. सिद्धान्त र करार ८४:४४; पनि हेर्नुहोस् व्यवस्था ८:३; मात्ति ४:४; सिद्धान्त र करार ९८:११

  8. प्रकाश ३:१५-१६

  9. हेर्नुहोस २ नफि २८:२१-२६। यसको विपरित, हेर्नुहोस् मत्ती ११:२८–३० र ख्रीष्टमा आउदा उहाँले हामीलाई दिने “आराम” लाई ध्यान दिनुहोस।

  10. हेलामान ५:१२

  11. रसेल एम नेल्सन, “ख्रीष्ट ब्यूतिनुभएको छ; उहाँ माथिको आस्थाले पहाडलाई सार्नेछ,” लियाहोना, मे २०२१, १०२।

  12. रसेल एम नेल्सन, “ख्रीष्ट ब्यूतिनुभएको छ; उहाँ माथिको आस्थाले पहाडलाई सार्नेछ, “१०४।

  13. हेर्नुहोस २ नफी ९:२८-२९

  14. मर्कूस ९:२२। ध्यान दिनुहोस् कि पिताले ख्रीष्टलाई “हामी” - आमा-बुबा र सन्तति सँगै, मुक्तिदाताको माया र चङ्गाइ दिने शक्ति खोज्न सहयोग गर्न बिन्ती गर्नुभयो।

  15. मर्कूस ९:२३-२४

  16. रसेल एम नेल्सन, “ख्रीष्ट ब्यूतिनुभएको छ; उहाँ माथिको आस्थाले पहाडलाई सार्नेछ,” १०३।

  17. अल्मा ३२:१६। पूरा वचन यस्तो छ, त्यसकारण, विनम्र हुन बाध्य नगराइकनआफैँ विनम्र हुनेहरू आशीषित हुन्छन्; अथवा अर्को शब्दमा, ऊ आशीषित हुन्छ जो परमेश्वरका वचनमा विश्वास गर्छ र हृदयको हठीपना बिना बप्तिस्मा लिन्छ, हो, उनीहरूले विश्वास गर्नुभन्दा अगाडि वचनको ज्ञानमा नल्याईकन, अथवा जान्न बाध्य नगरीकन (जोड दिएर थपिएको) । ध्यान दिनुहोस् कि परमप्रभु चाहनुहुन्छ कि हामी विनम्र हुन बाध्य नभई, जिद्दी बिना, “थाहा नपाई”, अनि “जान्न” का लागि बाध्यता बिना विश्वास गरौँ।

  18. अल्मा ३२:२२

  19. Russell M. Nelson, “Joy and Spiritual Survival,” 82.

  20. मोसीयाह २:२४; पनि हेर्नुहोस्मोसीयाह २:४१ एतेर १२:४

  21. हेर्नुहोस २ नफी २५:२४-२५

  22. मोर्मोन ९:२७; पनि हेर्नुहोस्।१ नफी ४: ३

  23. २नफी २५:२८

  24. १नफी २१:१६

  25. हेर्नुहोस् प्रकाश ३:२०पद २१ मा “पराजित गर्नेलाई” प्रतिज्ञा गरिएको कुरालाई ध्यान दिनुहोस्।”