साधारण सम्मेलन
एक नयाँ सामान्य
अक्टोवर 2020 साधारण सम्मेलन


एक नयाँ सामान्य

म तपाईलाई आफ्नो मन, मस्तिष्क र आत्मालाई अझ बढी रुपमा हाम्रा स्वर्गमा रहनुहुने पिता र उहाँका पुत्र येशू ख्रीष्ट तर्फ फर्काउन आमन्त्रण गर्दछु ।

मेरा प्रिय दाजुभाई र दिदीबहिनिहरू, साधारण सम्मेलनका यी दुइ दिन महिमापूर्ण भएका छन् ! म एल्डर जेफ्फ्री आर. होल्याण्डसँग सहमत छु । उहाँले उल्लेख गरेझैँ, सन्देशहरु, प्रार्थनाहरु, र संगीतहरु सबै परमप्रभुबाट प्रेरित छन् । कुनै पनि तरिकाबाट सहभागी हुनुहुने सबैमा म आभारी छु |

यसका कार्यवधिभरि मैले आफ्नो मस्तिष्कमा तपाइँहरू सम्मलेन सुनिरहनुभएको चित्रण गरेको छु| मैले प्रभुलाई तपाईंहरूको अनुभव, तपाइँहरूको चिन्ता, अथवा तपाइँहरूले समाधान गर्न खोजिरहेको समस्या बुझ्न सहयोग गर्न अनुरोध गरेको छु| यो सम्मेलन समापन गर्न मैले के भानु भनेर धेरै सोचेको छु जसले तपाईहरूलाई प्रभुले चाहे जस्तै भविष्यको वारेमा आशाबादी बनाएर पठाउनेछ |

हामी शताब्दियौं देखिका अगमवक्ताहरूले भाबिश्यवाणी गरेको महिमित युगमा छौं । यो धर्मीहरूबाट कुनै पनि आशिष नलुकाइने युग हो | संसारिक हल्लाका बावजुद, परमप्रभुले हामी “खुशियालीपूर्ण आशाका साथ” भविष्यको प्रतिक्षा गरेको चाहनुहुन्छ। विगतका यादहरूमा हाम्रा चक्रहरु घुमाऔं | इस्राएलको भेला गर्ने कार्य अगाडी बढ्दैछ | प्रभु येशू ख्रीष्टले आफ्नो चर्चको कार्यवाहीको बाटो देखाउनुहुन्छ, र यसले यसको इश्वरीय लक्ष्य अवश्य पूरा गर्नेछ |

तपाइँहरूको र मेरो चुनौती यो हो कि हामी प्रत्येकले आफ्नो इश्वरीय सम्भावना प्राप्त गर्न सकौं | आजकल हामी बाराम्बार “नयाँ सामान्य” को बारेमा सुन्ने गर्छौं |” यदि तपाईंलाई साँच्चै नै नयाँ सामान्य अगाल्न इच्छा छ भने, म तपाइँहरूलाई आफ्नो मन, मस्तिष्क र आत्मालाई अझ बढी स्वर्गमा रहनुहुने पिता र उहाँको पुत्र येशू ख्रीष्टतर्फ फर्काउन निमन्त्रणा गर्दछु । त्यसलाई नै तपाईको नयाँ सामान्य बनोस् ।

प्रत्येक दिन पश्चाताप गरेर आफ्नो नयाँ सामान्य आगाल्नुहोस् । सोच, शब्द र कार्यमा अझ बढी पवित्र हुन खोज्नुहोस् | अरुको सेवा गर्नुहोस् | अनन्त दृष्टिकोण राख्नुहोस | आफ्नो जिम्मेवारीलाई पूरा गर्नुहोस् | अनि तपाइँहरूको जे जस्तो चुनौती भएपनि, मेरा प्रिय दाजुभाई र दिदीबहिनीहरू, प्रत्येक दिन यसरि जिउनुहोस कि तपाईं आफ्नो निर्मातालाई भेट्न अझ तयार हुनुहोस् |

त्यसैका कारण हामीसंग मन्दिरहरू छन् | परमप्रभुका विधिहरू र करारहरूले परमेश्वरका सबै आशिषहरु मध्ये सबभन्दा महान आशिष अनन्त जीवनको निम्ति तयार गर्छ । तपाइँहरूलाई थाहा छ, COVID महामारीले हाम्रा मन्दिरहरूलाई अस्थायी रुपमा बन्द गर्न आवश्यक बनाएको थियो | त्यसपछि हामीले होसियारपुर्वक समन्वित तरिकाले विभिन्न चरणमा मन्दिरहरू खुलाउन आरम्भ गर्यौं । धेरै मन्दिरहरू अब दोस्रो चरणमा हुँदा, विगतका केहि महिनामा नै हजारौं दम्पत्तिहरू बाँधिएका छन् र हजारौंले आफ्नो इन्डाओमन्ट प्राप्त गरेकाछन्। हामी त्यो दिनको प्रतीक्षामा छौं जब चर्चका सबै योग्य सदस्यहरू फेरी आफ्नो पुर्खाहरूको सेवा गर्न सक्नेछन् र पवित्र मन्दिरमा आराधना गर्न सक्नेछन् |

अब म निम्न ठाउँहरुमा छ नयाँ मन्दिरहरुको निर्माणको योजनाहरु घोषणा गर्न पाउँदा खुशी छु : तेरवा,किरबस; पोर्ट विला, वनाउतु; लिनदन्, युटाह; ग्रेटर ग्वाटेमाला सिटी, ग्वाटेमाला; साव पाउलो इस्ट, ब्राजिल र सान्ता क्रुज, बोलिविया ।

जब यी मन्दिर बनाइन्छन् र राम्रो अवस्थामा राखिन्छन्, हामी प्रार्थना गर्छौं कि तपाइँहरू प्रत्येकले आफैंलाई निर्माण गर्नुहुनेछ र राम्रो अवस्थामा राख्नुहुनेछ ताकि तपाईंहरू पवित्र मन्दिरमा प्रवेश गर्न योग्य हुन सक्नुहोस् |

अहिले , मेरा प्रिय दाजुभाइ तथा दिदीबहिनीहरु, म तपाईहरुलाई प्रभु येशू ख्रीष्टको शान्तिले भरीन आशीष दिन्छु। उहाँको शान्ति सबै पार्थिव ज्ञानभन्दा माथीको हुन्छ ।| म तपाईंहरूलाई परमेश्वरको नियमहरू पालना गर्ने बढो चाहाना र क्षमताको आशिष दिन्छु | म वाचा गर्छु कि जब तपाइँहरूले त्यसो गर्नुहुन्छ, यो अनिश्चितता माँझपनि बढ्दो सहास, बढ्दो व्यक्तिगत प्रकाश, तपाइँहरूको परिवारमा अझ सुन्दर सामन्जस्यता, र आनन्द लगायतका आशिषहरु तपाइँहरूमाथि बर्साईनेछ ।

मसीहको दोस्रो आगमनका लागि हामी आफैंलाई र संसारलाई तयार पार्ने इश्वरीय आदेश पुरा गर्न हामी अघि बढ्न सकौं । तपाइँहरू प्रतिको आफ्नो प्रेम व्यक्त गर्दै म यो प्रार्थना गर्छु, येशू ख्रीष्टको पवित्र नाममा,आमीन।