२०१०–२०१९
पछिल्ला दिनका उदाहरणीय सन्तहरू बन्ने
अक्टोबर २०१८


पछिल्ला दिनका उदाहरणीय सन्तहरू बन्ने

म मेरो माया र आशीषहरू तपाईंलाई दिन्छु कि तपाईं परमप्रभूका वचनहरूमा भोज गर्न सक्नुहोस् र तपाईंको व्यक्तिगत जीवनमा उहाँको शिक्षा लागु गर्न सक्नुहोस्।

यो प्रेरणादायी र ऐतिहासिक सम्मेलन भएको छ। हामीले उत्साहपूर्वक भविष्यलाई हेर्नेर्छौं। हामी अझै राम्रो गर्नबन्नका लागि सङ्कल्पित भएका छौँ। साधारण अधिकारीहरू र साधारण पधाधिकारीहरूले यो मन्चबाट दिनुभएका सन्देशहरू उल्लेखनीय छन् र सङ्गीत उत्कृष्ट भएको छ। म तपाईंहरूलाई यही हप्ता यी सन्देशहरू पढ्न सुरु गर्न आग्रह गर्छु।. तिनीहरूले आज उहाँका सन्ततिहरूलाई परमप्रभूको मष्तिस्क र चाहनालाई व्यक्त गर्छन्।

हरेक परिवारले चर्चलाई समर्थन गर्ने एकीकृत पाठ्यक्रम अनुशरण गरेर तिनीहरूको घरलाई आस्था केन्द्रित एक नँया घर र पवित्र स्थानका रुपमा परिवर्तन गर्न इमान्दारिता र सावधानीपूर्वक प्रयास गर्दैगर्दा यो पाठ्यक्रमसँग परिवारको शक्तिलाई उजागर गरिदिने सम्भाव्यता छ। तपाईंले आफ्नो घरलाई सुसमाचार सिकाइमा केन्द्रित घरका रुपमा पून: निर्माण गर्नका लागि लगनका साथ प्रयास गर्दा धेरै समयसम्म तपाईंको विश्रामको दिन आनन्ददायक हुनेछ। तपाईंका केटाकेटीहरू मुक्तिदाताको शिक्षा सिक्नका लागि उत्सुक हुनेछन् रतपाईंकोजीवन र तपाईंको घरमा पर्ने व्यवधानहरूको प्रभाव पनि घट्नेछ। तपाईंको घरमा हुने परिवर्तनहरू चमत्कारयुक्त र स्थिर हुनेछन्।

यो सम्मेलनको समयमाहेरकपटक हामीले उहाँको चर्चलाई उल्लेख गर्दा हामीले हाम्रा परमप्रभू येशू ख्रीष्टलाई सम्मान गर्नका लागि आवश्यक प्रयाशलाई कार्यान्वयन गर्ने हाम्रो संकल्पलाई मजबुत बनाएका छौँ। मुक्तिदाता र यसका सदस्यहरूको नाम उपयुक्त तरिकाले उपयोग गर्ने हाम्रो दृढ सङ्कल्पले उहाँको चर्चका सदस्यहरूका लागि बढ्दै गएको आस्था र महान् आत्मिक शक्ति तर्फ अगुवाइ गर्ने छ।

अब मन्दिरको विषयमा कुरा गरौँ। हामीले मन्दिरमा बिताउने हाम्रो समय हामी र हाम्रो परिवारको मुक्ति र उन्नयनका लागि महत्वपूर्ण छ।

हामीले आफुस्वयंका लागि मन्दिरका विधिहरू प्राप्त गरिसकेपछि र परमेश्वरसँग पवित्र करार गरिसकेपछि हामी हरेकलाई निरन्तर रुपमा आत्मिक उन्नति र सिकाइको आवश्यकता हुन्छ जुन केवल परमप्रभूको घरमा मात्रैसम्भव हुन्छ। अनि हाम्रा पूर्वजहरूलाई प्रतिनिधिपात्रका रुपमा सेवा गरिदिन हाम्रो आवश्यकता पर्छ।

सुसमाचारको ज्ञानबिना बितेसकेकाहरूलाई मन्दिरका आशीषहरू उपलब्ध गराउने तरिका प्रदान गर्न परमेश्वरले संसारको स्थापना हुनुभन्दा पनि पहिले महान् दया र निष्पक्षतालाई महत्व दिनुभएको छ। मन्दिरका यी पवित्र संस्कारहरू पुरातन हुन्। मेरा लागि त्यो पुरातात्विक विषय त्यसको अस्तित्वको रोमाञ्चक र सत्य प्रमाण हो।.

मेरा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरू, प्रतिवादीका आक्रमणहरू तिव्रता र विविधतामा द्रूत गतिमा बढिरहेका छन्।निरन्तर रुपमा मन्दिरमा जाने हाम्रो आवश्यकता कहिल्लै कम भएको छैन। तपाईंले आफ्नो समय कसरी बिताउनुहुन्छ भनेर प्रार्थनापूर्वक विचार गर्न म तपाईंहरूलाई अनुरोध गर्छु। तपाईंको भविष्य र परिवारका लागि समय लगाउनुहोस्। यदि तपाईंसँग मन्दिरका लागि अर्थपूर्ण पहूँच छ भने, उहाँको पवित्र घरमा जानका लागि-परमप्रभूसँग नियमित समयादेश लिने तरिका पत्ता लगाउन र त्यो समयादेशलाई सही रुपमा र खुशीका साथ पालना गर्न आग्रह गर्छु। परमप्रभूको मन्दिरमा सेवा र आराधना गर्न तपाईंले समयको त्याग गर्दा तपाईंलाई चमत्कारहरूको आवश्यकता हुन्छ भनेर उहाँलाई थाहा छ र उहाँले ती चमत्कारहरू ल्याउनुहुनेछ भनेर म तपाईंलाई प्रतिज्ञा गर्छु।

हाल हामीसँग १५९ समर्पित मन्दिरहरू छन्। हामीहरुका लागि यी मन्दिरहरुको उचित स्याहार र संरक्षण धेरै महत्वपूर्ण छ। समय बित्दै जादा, मन्दिरहरुको अनिवार्य रूपमा पुनताजकिकरण र नबिकरण आवश्यक हुन्छ। त्यसको लागि साल्ट लेक मन्दिर र अरु अग्रगामी पुस्ताका मन्दिरहरुको पुनस्थापना र अद्यावधि गर्ने योजनाहरु बनेका छन्। यी परियोजनाका बिस्तृत जानकारी क्रमैसंग दिइनेछ।

आज हामी थप मन्दिरहरूको निर्माण गर्ने योजना घोषणा गर्न पाउँदा खुशी छौँ। ती मन्दिरहरू निम्न स्थानहरूमा निर्माण गरिनेछन्: मेन्दोजा, अर्जेन्टिना;साल्वाडोर, ब्राजील; युबा सिटी, क्यालिफोर्निया; नोम पेन्ह, कम्बोडिया; प्रिया, केप वर्डे; यिगो, गुवाम; पेओब्ला,मेक्सिको; अकल्याण्ड, न्यूजील्याण्ड; लेगोस, नाइजीरिया; डेवाओ, फिलिपिन्स; सान हुवान, पुएर्टो रिको; र वाशिंगटन काउन्टी, यूटा।

मन्दिरहरूको निर्माण र मर्मतसम्भारले तपाईंको जीवन परिवर्तन नहुन सक्छ तरपनि मन्दिरमा समय बिताउनाले अवश्य नै परिवर्तन गराउनेछ। धेरै समयसम्म मन्दिरबाट टाढा रहनेहरूलाई म सम्भव भएसम्म छिट्टो मन्दिरमा फर्किन तयारी गर्न र फर्किनका लागि प्रोत्साहन गर्छु। त्यसपछि म तपाईंहरूलाई मन्दिरमा आराधना गर्न र तपाईं प्रतिको मुक्तिदाताको पूर्ण प्रेम जसले तपाईंलाई उहाँले यो पवित्र र अन्त्यहीन कार्यलाई निर्देशित गर्नुहुन्छ भनेर तपाईंको आफ्नै गवाही प्राप्त गर्न सहयोग गर्ने कुरालाई गहिरिएर महसुस गर्नका लागि प्रार्थना गर्न आमन्त्रण गर्छु। .

दाजूभाइ र दिदीबहिनीहरू, म तपाईंहरूको आस्था र समर्थनको प्रयासका लागि तपाईंहरूलाई धन्यवाद दिन्छु। म मेरो माया र आशीष तपाईंलाई दिन्छु कि तपाईंहरू परमप्रभूका वचनमा भोज गर्न सक्नुहोस् र तपाईंको व्यक्तिगत जीवनमा उहाँका शिक्षाहरू उपयोग गर्न सक्नुहोस्। चर्चमा प्रकाश निरन्तर चलिरहन्छन् र परमेश्वरको उद्देश्य पूरा नहुँदासम्म अनि महान् योहोवाले कार्य समाप्त भयो भनेर नभन्दासम्म चलिरहनेछ भनेर म तपाईंलाई सुनिश्चित गराउँछु।”

म तपाईंहरूलाई उहाँमा र उहाँको पवित्र कार्यमा वृधि भइरहेको आस्था, आस्था र धैर्यता सहित तपाईंका जीवनका व्यक्तिगत चुनौतीहरू अन्त्य सम्म सहन आशीष दिन्छु। म तपाईंहरूलाई पछिल्ला दिनका उदाहरणीय सन्तहरू बन्न आशीष दिन्छु। म तपाईंहरूलाई धेरै आशीष दिँदै परमेश्वर जीवित हुनुहुन्छ भनेर मेरो गवाही व्यक्त गर्छु ! येशू नै ख्रीष्ट हुनुहुन्छ ! यो उहाँको चर्च हो। हामी उहाँका अनुवाईहरू हौँ, येशू ख्रीष्टको नाउँमा, आमीन।

सूची

  1. अनलाइन LDS.org र Gospel Library app. मा साधारण सम्मेलनका सन्देशहरू हेर्नुहोस्। तिनीहरू EnsignLiahona. मा छापिनेछन्। मेल वा अनलाइनद्वारा प्रदान गरिएका New EraFriend सहित चर्चका पत्रिकाहरू तपाईंका सुसमाचारका घर केन्द्रित पाठ्यक्रम हुन्।

  2. हेर्नुहोस्, उदाहरणका लागि, प्रस्थान२८ ;२९; लेभीहरू ८

  3. हेर्नुहोस् मसीयाह ४:२९

  4. उल्फोर्ड उड्रफलाई हेर्नुहोस्: “स्वीकृतिको सिद्धान्त” चर्चको अप्रिल ८, १८९४ को साधारण सम्मेलनमा हिम्मत तोढ़दै अध्यक्ष उडड्रफले भन्नुभयो: “हामीले प्रकाश अनुसार प्राप गरेका छैनौँ। हामीले परमेश्वरको कार्य सकाएका छैनौँ … यो पूर्णतामा नपुगेसम्म अन्त्य हुने छैन।“ ((Deseret Evening News,, Apr. 14, 1894, 9).

  5. चर्चका अध्यक्षहरूको शिक्षा: जोसेफ स्मिथ (२००७), १४२