मासिक युवाहरूको शक्तिका लागि सन्देश, मार्च २०२५
हामी संसारमा कसरी जिउन सक्छौँ र “यस संसारका विषयहरूलाई त्याग्न सक्छौँ” ?
केसी चाइल्ड्सद्वारा The Disciples Whom He Had Chosen(उहाँले छनोट गर्नुभएका शिष्यहरू)
परमप्रभुले भन्नुभएको छ, “तिमीले यस संसारका विषयहरूलाई त्याग्नु पर्छ र अझ राम्रा विषयहरूको खोजी गर्नु पर्छ” (सिद्धान्त र करार २५:१०) । यसको अर्थ हामीले हाम्रो सांसारिक र भौतिक आवश्यकताहरूलाई बेवास्ता गर्छौँ भन्ने होइन तर हामीले आफ्नो हृदय धन, शक्ति, पद वा संसारको अनुमोदनमा निर्धारण गर्दैनौँ भन्ने हो । हामीलाई आधुनिक संसारमा जिउने सम्बन्धमा सिकाइएका केही सिद्धान्तहरू यस प्रकार छन्:
परमेश्वरका कार्यहरूलाई सबैभन्दा पहिलोमा राख्नुहोस्। “पहिले उहाँको अधिराज्य र उहाँका धार्मिकताको खोजी गर” (मत्ती ६:३३) । हाम्रा हृदयहरू र हाम्रा जीवनहरूमा, परमेश्वरका आज्ञाहरू र उहाँसँगका हाम्रा करारहरू हाम्रा प्राथमिकता हुन् ।
सिक्ने प्रयास गर्नुहोस् । “जसरी तपाईंहरूले आफ्नो वरपरको संसारका सम्बन्धमा सिक्नुहुन्छ, त्यसरी नै मुक्तिदाताका सम्बन्धमा पनि सिक्नुहोस् ।… तपाईंहरूले जति धेरै सिक्नुहुन्छ, त्यति नै तपाईंहरूले परमेश्वरको अधिराज्य निर्माण गर्न र असल कार्यका लागि संसारलाई प्रभाव पार्न सहयोग गर्न सक्नुहुन्छ” (For the Strength of Youth: A Guide for Making Choices [२०२२], ३१, ३२) ।
काम । “काम सुसमाचारको महत्त्वपूर्ण सिद्धान्त हो । यसले विकासलाई प्रोत्साहन गर्छ र हाम्रो विकास गर्छ । … परमप्रभुले हामीले हाम्रो परिवारका लागि बन्दोबस्ती गरेको मात्रै चाहनु नभई हामी ‘असल कार्यमा उत्सुकतापूर्वक संलग्न भएको’ चाहनुहुन्छ [सिद्धान्त र करार ५८:२७]” (“रोजगार,” विषयहरू र प्रश्नहरू, सुसमाचारको पुस्तकालय) ।
© 2025 द्वारा Intellectual Reserve, Inc. All rights reserved । संयुक्त राज्य अमेरिकामा मुद्रित । अङ्ग्रेजी अनुमोदन: ६/१९ । अनुवाद अनुमोदन: ६/१९ । Monthly For the Strength of Youth Message, March 2025 को अनुवाद । Nepali. 19628 372