2025
हामी संसारमा कसरी जिउन सक्छौँ र “यस संसारका विषयहरूलाई त्याग्न सक्छौँ” ?
मार्च २०२५


मासिक युवाहरूको शक्तिका लागि सन्देश, मार्च २०२५

हामी संसारमा कसरी जिउन सक्छौँ र “यस संसारका विषयहरूलाई त्याग्न सक्छौँ” ?

येशू ख्रीष्टले नफीका शिष्यहरूलाई नियुक्त गर्नुहुँदै

केसी चाइल्ड्सद्वारा The Disciples Whom He Had Chosen(उहाँले छनोट गर्नुभएका शिष्यहरू)

परमप्रभुले भन्नुभएको छ, “तिमीले यस संसारका विषयहरूलाई त्याग्नु पर्छ र अझ राम्रा विषयहरूको खोजी गर्नु पर्छ” (सिद्धान्त र करार २५:१०) । यसको अर्थ हामीले हाम्रो सांसारिक र भौतिक आवश्यकताहरूलाई बेवास्ता गर्छौँ भन्ने होइन तर हामीले आफ्नो हृदय धन, शक्ति, पद वा संसारको अनुमोदनमा निर्धारण गर्दैनौँ भन्ने हो । हामीलाई आधुनिक संसारमा जिउने सम्बन्धमा सिकाइएका केही सिद्धान्तहरू यस प्रकार छन्:

परमेश्वरका कार्यहरूलाई सबैभन्दा पहिलोमा राख्नुहोस् “पहिले उहाँको अधिराज्य र उहाँका धार्मिकताको खोजी गर” (मत्ती ६:३३) । हाम्रा हृदयहरू र हाम्रा जीवनहरूमा, परमेश्वरका आज्ञाहरू र उहाँसँगका हाम्रा करारहरू हाम्रा प्राथमिकता हुन् ।

सिक्ने प्रयास गर्नुहोस् । “जसरी तपाईंहरूले आफ्नो वरपरको संसारका सम्बन्धमा सिक्नुहुन्छ, त्यसरी नै मुक्तिदाताका सम्बन्धमा पनि सिक्नुहोस् ।… तपाईंहरूले जति धेरै सिक्नुहुन्छ, त्यति नै तपाईंहरूले परमेश्वरको अधिराज्य निर्माण गर्न र असल कार्यका लागि संसारलाई प्रभाव पार्न सहयोग गर्न सक्नुहुन्छ” (For the Strength of Youth: A Guide for Making Choices [२०२२], ३१, ३२) ।

काम । “काम सुसमाचारको महत्त्वपूर्ण सिद्धान्त हो । यसले विकासलाई प्रोत्साहन गर्छ र हाम्रो विकास गर्छ । … परमप्रभुले हामीले हाम्रो परिवारका लागि बन्दोबस्ती गरेको मात्रै चाहनु नभई हामी ‘असल कार्यमा उत्सुकतापूर्वक संलग्न भएको’ चाहनुहुन्छ [सिद्धान्त र करार ५८:२७]” (“रोजगार,” विषयहरू र प्रश्नहरू, सुसमाचारको पुस्तकालय) ।