मासिक युवाहरूको शक्तिका लागि सन्देश, फेब्रूवरी २०२५
एक उत्कृष्ट स्रोतबाट सहयोग
तपाईंले जस्तोसुकै सङ्घर्षहरूको सामना गरिरहनुभएको भए तापनि, तपाईं येशू ख्रीष्टतर्फ फर्किनुहुँदा उहाँले तपाईंलाई सहयोग गर्नुहुने छ ।
The Pattern(त्यो नमूना), जेनेट बोरुपद्वारा
कुनै न कुनै परिस्थितिमा हामी सबैलाई कुनै न कुनै सहयोगको आवश्यकता पर्छ । यदाकदाको धेरै सहयोग । सत्य यही हो, तपाईंले अरूहरूको सहयोगबिनाआफैँ गर्ने प्रयास नगर्नुहुँदा जीवन सामान्यतया धेरै राम्रो हुन्छ ।
येशू ख्रीष्ट तपाईंको सहायता, आशा र शक्तिको उत्कृष्ट स्रोत हुनुहुन्छ । उहाँले तपाईंलाई अपेक्षाकृत रूपमा राम्रोका लागि—सम्भवत: यो सम्भव छ भनेर तपाईंले नसोच्नुभएको तरिकाहरूमा पनि परिवर्तन गर्न सहयोग गर्न सक्नुहुन्छ ।
हृदयको परिवर्तन
परमेश्वरले तपाईंका सत्रुहरूको हृदयलाई कोमल पार्नुहोस् भनेर के तपाईंले कहिल्यै प्रार्थना गर्नुभएको छ? यदि त्यसो हो भने, तपाईं असल साहचर्यमा हुनुहुन्छ (हेर्नुहोस् ३ नफी १२:४४; मोरोनी ७:४८) । मोर्मोनको पुस्तकमा भएका जस्ता सत्रुहरू यदि तपाईंका छैनन् भने पनि (हतियारले सुस्वजित र आक्रमण गर्न तयार भएका सत्रुहरू), सम्भवत:तपाईंलाई राम्रोसँग व्यवहार नगर्ने कोही कसैको हृदयलाई परमेश्वरले कोमल पार्नुहुने छ भनेर तपाईंले प्रार्थना गर्नुभएको हुन सक्छ ।
परन्तु के तपाईंले कहिल्यै प्रार्थना गर्ने र तपाईंको हृदयलाई कोमल पार्न परमेश्वरलाई अनुरोध गर्ने सोच राख्नुभएको छ? सम्भवत: तपाईंलाई कसैलाई क्षमा गर्न कठीन भइरहेको छ । अथवा तपाईंले नचाहँदा नचाहँदै पनि आफूलाई रिस उठिरहन्छ । अथवा कहिलेकाहीँ तपाईंलाई आफ्ना भाइबहिनीहरूले रिस उठाउँदातपाईं उनीहरूप्रति अझै दयालु भएको महसुस गर्न चाहनुहुन्छ ।
“[येशू ख्रीष्ट] ले तपाईंको हृदय र तपाईंको जीवनलाई परिवर्तन गर्नुहुने छ । बिस्तारै, तपाईंको उन्नति हुँदै जाने छ र उहाँ जस्तै बन्नुहुने छ । उहाँसँगको तपाईंको करारको सम्बन्धले तपाईंलाई अझै बढी उहाँको शक्तिमा पहुँच प्रदान गर्ने छ” (For the Strength of Youth: A Guide for Making Choices [२०२२], ८, जोड दिएर थपिएको) ।
के त्यो महान प्रतिज्ञा होइन? तपाईं जस्तोसुकै समस्या, आफ्नै हृदयसँग समेत सङ्घर्ष गर्दै गर्नुभएको भए तापनि, येशू ख्रीष्टले सहयोग गर्न सक्नुहुन्छ । आज तपाईं उहाँमा कसरी फर्कन सक्नुहुन्छ?
© 2025 द्वारा Intellectual Reserve, Inc. All rights reserved । संयुक्त राज्य अमेरिकामा मुद्रित । अङ्ग्रेजी अनुमोदन: ६/१९ । अनुवाद अनुमोदन: ६/१९ । Monthly For the Strength of Youth Message, February 2025को अनुवाद । Nepali. 19621 372