विधिहरू र घोषणाहरू
आस्थाका बुँदाहरू


पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चको
आस्थाका बुँदाहरू

हामी अनन्त पिता परमेश्वरमा र उहाँका पुत्र येशू ख्रीष्टमा र पवित्र आत्मामा विश्वास गर्छौँ।

हामी विश्वास गर्छौँ कि मानिसहरू उनीहरूका आफ्ना पापका लागि दण्डित हुनेछन्, आदमको उल्लङ्घनका निम्ति होइन।

हामी विश्वास गर्छौँ कि ख्रीष्टको प्रायश्चित्तद्वारा, सुसमाचारका नियमहरू र विधिहरूप्रतिको आज्ञाकारिताका कारण सबै मानव जातिले मुक्ति पाउन सक्छन्।

हामी विश्वास गर्छौँ कि सुसमाचारका प्रारम्भिक सिद्धान्त र विधिहरू यी हुन्: पहिलो परमप्रभु येशू ख्रीष्टमाथिको आस्था, दोस्रो पश्चात्ताप, तेस्रो पापको छुटकाराका निम्ति पूर्ण रुपमा डुबुल्की मारीकन बप्तिस्मा, चौथो शिरमाथि हात राखेर दिइने पवित्र आत्माको उपहार।

हामी विश्वास गर्छौँ कि कुनै पनि मानिसले सुसमाचारको प्रचार गर्न र त्यसका विधिहरूको प्रशासन गर्न अगमवाणीद्वारा र अधिकार प्राप्त गरेकाहरूद्वारा हात राखेर परमेश्वरबाट बोलावट गरिएको हुनुपर्छ।

हामी त्यही प्राचीन चर्चमा विद्यमान भएअनुसारको सङ्घठनमा विश्वास गर्छौँ, नामत: प्रेरितहरू, अगमवक्ताहरू, पाष्टरहरू, शिक्षकहरू, सुसमाचार-प्रचारकहरू आदि।

हामी भाषाहरू, अगमवाणी, प्रकाश, दर्शन, चङ्गाइ, भाषाका भाषान्तकरणका र आदि उपहारहरूमा विश्वास गर्छौँ।

हामी बाइबलको सहीरुपमा अनुबाद भएसम्म त्यो परमेश्वरको वचन हो भनी विश्वास गर्छौं; हामी मोर्मोनको पुस्तकलाई पनि परमेश्वरको वचन हो भनी विश्वास गर्छौँ।

हामी त्यो सबैमा विश्वास गर्छौँ कि जुन परमेश्वरले प्रकट गर्नुभएको छ, ती सबैमा जुन उहाँले अहिले प्रकट गर्नुहुन्छ र हामी विश्वास गर्छौँ कि उहाले परमेश्वरको अधिराज्यका बारेमा अझ महान् र महत्वपूर्ण धेरै कुराहरू प्रकट गर्नुहुनेछ।

१० हामी इस्राएलको वास्तविक मूलको अनुरुप एकत्र हुने र दश घरानाहरूको पुनर्स्थापना हुनेमा विश्वास गर्छौँ; कि सियोन (नयाँ येरुसलेम) अमेरिकी महादेशमा बनाइनेछ; कि ख्रीष्टले आफैँ पृथ्वीमा राज्य गर्नुहुनेछ; र पृथ्वीलाई पुन: नवीकरण गरिनेछ र यसको स्वर्गीय महिमा प्राप्त गर्नेछ।

११ हामी आफ्नो विवेकअनुसार सर्वसक्तिमान् परमेश्वरको आराधना गर्न पाउने अधिकारको दावा गर्छौँ र सबै मनिसहरूलाई आफूले चाहेअनुसार जसरी, जहाँ, जसको पनि आराधना गर्न पाउने अधिकार दिन्छौँ।

१२ हामी कानुनको पालना गर्न, सम्मान गर्न र समर्थन गर्न राजाहरूको, राष्ट्रपतिहरूको, राज्यपालहरूको र मजीस्ट्रेटहरूको अधीनमा रहनेमा विश्वास गर्छौँ।

१३ हामी इमान्दार, सत्य, शुद्ध, परोपकारी, साच्चरित्रवान हुनमा र सबै मानिसहरूको भलो गर्नमा विश्वास गर्छौँ; वास्तवमा, हामी भन्न सक्छौं कि हामी पाओलले दिएको उपदेशको पालना गर्छौँ—हामी सबै कुराहरूमा विश्वास गर्छौँ, हामीले सबै कुराहरुमा आशा गर्छौं, हामीले धेरै कुराहरू सहेका छौँ र सबै कुराहरू सहन सक्ने आशा गर्छौँ। यदि त्यहाँ कुनै सच्चरित्रवान, प्रेमयोग्य, अथवा असल वा प्रशंसायोग्य भए, हामी ती कुराहरूको खोजी गर्छौँ।

योसेफ स्मिथ