पुस्तिकाहरू र बोलावटहरू
२७. जीवितका लागि मन्दिरका विधिहरू


“२७. जीवितका लागि मन्दिरका विधिहरू” साधारण पुस्तिकाबाट छनोटहरू (२०२३) ।

“२७. जीवितका लागि मन्दिरका विधिहरू” साधारण पुस्तिकाबाट छनोटहरू

छवि
दुलही र दुलहा

२७.

जीवितका लागि मन्दिरका विधिहरू

२७.०

परिचय

मन्दिर परमप्रभुको घर हो । यसले हामीलाई हाम्रा मुक्तिदाता, येशू ख्रीष्टतर्फ सङ्केत गर्छ । मन्दिरहरूमा, हामी पवित्र विधिहरूमा सहभागी हुन्छौँ र स्वर्गका पितासँग काररहरू गर्छौँ जसले हामीलाई उहाँ र हाम्रा मुक्तिदातासँग बाँध्छ । यी करार र विधिहरूले हामीलाई स्वर्गका पिताको उपस्थितिमा फर्कन र परिवारहरूका रूपमा अनन्तकालका लागि एकसाथ बाँधिन तयार पार्छ ।

मन्दिरका करार र विधिहरूमा, “ईश्वरीयपनको शक्ति प्रकट हुन्छ” (सिद्धान्त र करार ८४:२०) ।

मन्दिरका करार र विधिहरू पवित्र छन् । मन्दिरका करारहरूसँग सम्बन्धित प्रतीकहरूका सम्बन्धमा मन्दिर बाहिर छलफल गरिनु हुँदैन । न त हामीले मन्दिरमा प्रकट गर्दैनौँ भनेर प्रतिज्ञा गरेका पवित्र जानकारीका सम्बन्धमा छलफल नै गर्नु हुन्छ । यद्यपि, हामी मन्दिरका करार र विधिहरूका आधारभूत उद्देश्यहरू र सिद्धान्त र मन्दिरमा भएका आध्यात्मिक अनुभवहरूका सम्बन्धमा छलफल गर्न सक्छौँ ।

वार्ड र किला अगुवाहरूले अभिदान वा बाँधिने विधिहरू प्राप्त गर्न तयारी गरिरहेका सदस्यहरूसँग यस अध्यायका जानकारीका सम्बन्धमा छलफल गर्छन् ।

२७.१

मन्दिर विधिहरू प्राप्त गर्ने

२७.१.१

मन्दिर विधिहरू प्राप्त गर्न तयारी गर्ने

सदस्यहरूले मन्दिरका विधिहरू प्राप्त गर्न र मन्दिरका करारहरू गर्न र सम्मान गर्न आध्यात्मिक रूपमा तयार हुनु पर्छ ।

आफ्ना छोराछोरीहरूलाई मन्दिरका विधिहरू प्राप्त गर्न तयार रहन सहयोग गर्नु अभिभावकको प्रमुख उत्तरदायित्व हुन्छ । किला र वार्डका अगुवाहरू, सेवा गर्ने बन्धुहरू र दिदीबहिनीहरू र विस्तारित परिवारका सदस्यहरूले यस भूमिकामा अभिभावकहरूलाई समर्थन गर्छन् ।

सदस्यहरूलाई मन्दिरका विधिहरू प्राप्त गर्नका लागि तयारी गर्ने स्रोतहरू यहाँ उपलब्ध छन् temples.ChurchofJesusChrist.org.

आफ्नै अभिदान प्राप्त गर्न वा पति वा पत्नीसँगै बाँधिने तयारी गरिरहेका सदस्यहरूहरूलाई मन्दिर तयारी पाठ्यक्रममा सहभागी हुन प्रोत्साहन गरिन्छ (हेर्नुहोस् २५.२.८) ।

२७.१.३

शारीरिक असक्षमता भएका सदस्यहरू

शारीरिक असक्षमता भएका योग्य सदस्यहरूले मन्दिरका सबै विधिहरू प्राप्त गर्न सक्छन् । यी सदस्यहरूलाई सहयोग गर्न सक्ने समान लिङ्गका आफन्त वा साथीहरूलाई मन्दिरमा उपस्थित हुन प्रोत्साहन गरिन्छ । यदि सदस्यहरू परिवारको सदस्य वा साथीसँग उपस्थित हुन सक्दैनन् भने, तिनीहरूले के व्यवस्था गर्न सकिन्छ भनेर पहिले नै मन्दिरमा फोन गर्न सक्छन् ।

२७.१.४

अनुवाद वा व्याख्यामा सहयोग

यदि सदस्यहरूलाई अनुवाद वा व्याख्यामा सहयोगको आवश्यकता पर्छ भने, तिनीहरूले यो उपलब्ध छ कि छैन भनेर बुझ्नका लागि पहिले नै मन्दिरमा सम्पर्क गर्नु पर्छ ।

२७.१.५

मन्दिरमा लगाउने कपडा

मन्दिरमा जाँदा, सदस्यहरूले सामान्यतया तिनीहरूले प्रभुभोज सभामा लगाउने कपडा लगाउनु पर्छ ।

मन्दिरमा विवाह गर्दा वा बाँधिँदा लगाउने कपडाहरूका सम्बन्धमा जानकारीका लागि २७.३.२.६ हेर्नुहोस् ।

यस सम्बन्धमा जानकारीका लागि ३८.५ हेर्नुहोस्:

  • अभिदान र बन्धनका विधिहरूको समयमा लगाउने कपडा ।

  • मन्दिरका औपचारिक कपडा र वस्त्रहरू प्राप्त गर्ने, लगाउने र सुरक्षा गर्ने ।

२७.१.६

बाल हेरचाह

मन्दिर परिसरमा बालबालिकाहरू छन् भने तिनीहरूको रेखदेख गर्न वयस्क हुनु पर्छ । मन्दिरमा काम गर्ने व्यक्तिहरू निम्न परिस्थितिहरूमा मात्रै बालबालिकाको रेखदेख गर्न उपलब्ध हुन्छन्:

  • यदि तिनीहरू अभिभावकहरूसँग बाँधिँदै छन् भने

  • यदि तिनीहरूले आफ्ना जीवित दाजुभाइ दिदीबहिनीहरू, सौतेनी दाजुभाइ दिदीबहिनीहरू वा सौतेनी भाइबहिनीहरू आफ्ना आमाबाबुसँग बाँधिँदै छन् भने

२७.१.७

मन्दिरका विधिहरू प्राप्त गरेपछि सदस्यहरूसँग भेटघाट गर्ने

मन्दिरका विधिहरू प्राप्त गरिसकेपछि प्रायश: सदस्यहरूले प्रश्नहरू राख्छन् । अभिदान प्राप्त परिवारका सदस्यहरू, बिशप, अन्य वार्ड अगुवाहरू र सेवा गर्ने दाजुभाइ दिदीबहिनीहरूले तिनीहरूको मन्दिरको अनुभवका सम्बन्धमा छलफल गर्न सदस्यहरूसँग भेट्न सक्छन् ।

प्रश्नहरूको जवाफ दिनका लागि सहयोग गर्न मा स्रोतहरू उपलब्ध छन् temples.ChurchofJesusChrist.org.

२७.२

अभिदान

अभिदान शब्दको अर्थ “उपहार” हो । मन्दिरको अभिदान वास्तवमा नै परमेश्वरको उपहार हो जसद्वारा उहाँले आफ्ना सन्ततिहरूलाई आशीर्वाद दिनुहुन्छ । सदस्यहरूले मन्दिरको अभिदानबाट प्राप्त गर्ने उपहारहरू मध्येका केहीले समावेश गर्छन्:

  • परमप्रभुको उद्देश्य र शिक्षाहरूको महान् ज्ञान ।

  • स्वर्गका पिताले आफ्ना सन्ततिहरूले गरून् भन्ने सबै गर्न सक्ने शक्ति ।

  • परमप्रभु, तिनीहरूका परिवारहरू र अन्यहरूको सेवा गर्दा दैवी निर्देशन ।

  • आशा, सान्त्वना र शान्तिमा वृद्धि ।

यी आशीर्वादहरूको परिपूर्ति येशू ख्रीष्टको सुसमाचारको आज्ञाकारितामा निर्भर गर्छ ।

अभिदान दुई अंशमा प्राप्त हुन्छ । पहिलो अंशमा, एक व्यक्तिले प्रारम्भिक विधि प्राप्त गर्छन् जसलाई प्राथमिक भनिन्छ । प्राथमिकलाई धुने र अभिषेक पनि भनिन्छ (हेर्नुहोस् प्रस्थान २९:४-९) । यसमा व्यक्तिसँग सम्बन्धि दिव्य सम्पदा र सम्भाव्यतासँग सम्बन्धित विशेष आशीर्वादहरू समावेश छन् ।

प्रारम्भिक समयमा, सदस्यलाई मन्दिरको वस्त्र पहिरिने अधिकार हुन्छ । वस्त्रले परमेश्वरसँगको ऊ वा उनको व्यक्तिगत सम्बन्ध र मन्दिरमा गरिएका करारहरू पालना गर्ने प्रतिवद्धतालाई प्रतिनिधित्व गर्छ । जब सदस्यहरू आफ्ना करारहरूप्रति आस्थावान् हुन्छन् र उपयुक्त तरिकाले आफ्नो जीवनभर वस्त्र पहिरिन्छन्, यसले सुरक्षाका रूपमा पनि कार्य गर्छ । वस्त्र पहिरिने र सुरक्षा गर्ने सम्बन्धमा जानकारीका लागि, हेर्नुहोस् ३८.५.५

अभिदानको दोस्रो अंशमा, सृष्टि, आदम र हव्वाको पतन, येशू ख्रीष्टको प्रायश्चित, धर्मत्याग र पुनर्स्थापना सहित मुक्तिको योजना सिकाइएको छ । सदस्यहरूले परमप्रभुको उपस्थितिमा कसरी फर्कने भनेर निर्देशन पनि प्राप्त गर्छन् ।

अभिदानमा, सदस्यहरूलाई निम्नानुसार पवित्र करारहरू गर्न आमन्त्रण गरिएको छ:

  • आज्ञाकारिताको नियममा जिउनुहोस् र स्वर्गका पिताका आज्ञाहरू पालना गर्न प्रयास गर्नुहोस् ।

  • बलिदानको नियमको पालना गर्नुहोस्, जसको अर्थ परमप्रभुको कार्यलाई समर्थन गर्नका लागि त्याग गर्नु र चूर्ण हृदय र पछुताएको आत्माले पश्चात्ताप गर्नु हो ।

  • येशू ख्रीष्टको सुसमाचारको नियम पालना गर्नुहोस्, जुन उहाँ पृथ्वीमा हुनुहुँदा उहाँले सिकाउनुभएको उच्च नियम हो ।

  • पवित्रताको नियम पालना गर्नुहोस्, जसको अर्थ हो कि एक सदस्यले ती व्यक्तिसँग मात्र यौन सम्बन्ध राख्छन् जससँग उसले कानुनी र नियमपूर्वक परमेश्वरको नियमअनुसार विवाह गरेका छन् ।

  • पवित्रीकरणको नियम पालना गर्नुहोस्, जसको अर्थ सदस्यहरूले आफ्नो समय, प्रतिभा र परमप्रभुले तिनीहरूलाई आशीर्वाद दिनुभएका सबै विषयहरू पृथ्वीमा येशू ख्रीष्टको चर्च निर्माणका लागि समर्पित गर्छन् ।

बदलामा, स्वर्गका पिताले मन्दिरका आफ्ना करारमा आस्थावान् रहनेहरूलाई “उच्चबाट शक्ति” प्रदान गरिने छ भनेर प्रतिज्ञा गर्नुहुन्छ (सिद्धान्त र करार ३८:३२, ३८; पनि हेर्नुहोस्) लुका २४:४९; सिद्धान्त र करार ४३:१६) ।

२७.२.१

कसले अभिदान प्राप्त गर्न सक्छ

चर्चका सबै उत्तरदायी वयस्क सदस्यहरूलाई तिनीहरूको आफ्नै अभिदानका लागि तयारी गर्न र प्राप्त गर्न आमन्त्रण गरिन्छ । सदस्यहरूले अभिदान प्राप्त गर्न सक्नुपूर्व सबै आवश्यक विधिहरू निर्वाह र अभिलेख गरिनु पर्छ (हेर्नुहोस् २६.३.१) ।

२७.२.१.१

भर्खरै बप्तिस्मा लिएका सदस्यहरू

योग्य नयाँ वयस्क सदस्यहरूले तिनीहरूको प्रमाणीकरणको मितिबाट कम्तिमा पूरा एक वर्षमा अभिदान प्राप्त गर्न सक्ने छन् ।

२७.२.१.२

अभिदान प्राप्त नगरेका जीवनसाथी भएका सदस्यहरू

एक योग्य सदस्य जसको पति/पत्नीले अभिदान प्राप्त गरेका छैनन् भने निम्न सर्तहरू पूरा भएमा ऊ वा उनले आफ्नै अभिदान प्राप्त गर्न सक्छ:

  • अभिदान प्राप्त नगरेका जीवनसाथीले ऊ वा उनको सहमति दिन्छन् ।

  • सदस्य, बिशप र किला अध्यक्ष विश्वस्त छन् कि मन्दिरका करारहरूका साथ ग्रहण गरिएका उत्तरदायित्वले विवाहमा व्यवधान गर्ने छैनन् ।

पति वा पत्नी चर्चको सदस्य भए या नभए तापनि यी सर्तहरू लागू हुन्छन् ।

२७.२.१.३

वौद्धिक असक्षमता भएका सदस्यहरू

वौद्धिक अपाङ्गता भएका सदस्यहरूले आफ्नै अभिदान प्राप्त गर्न सक्छन् यदि:

  • तिनीहरूले सबै आवश्यक विधिहरू प्राप्त गरेका छन् (हेर्नुहोस् २६.३.१) ।

  • तिनीहरूसँग सम्बन्धित करारहरू बुझ्ने, बनाउने र राख्ने बौद्धिक क्षमता छन् ।

बिशपले सदस्यसँग र जहाँ उपयुक्त हुन्छ, ऊ वा उनका अभिभावकहरूसँग सल्लाह गर्छन् । उनले आत्माको निर्देशन पनि अन्वेषण गर्छन् । उनले किला अध्यक्षसँग सल्लाह गर्न सक्छन् ।

२७.२.२

अभिदान कहिले प्राप्त गर्ने भनेर निर्णय गर्ने

अभिदान प्राप्त गर्ने निर्णय व्यक्तिगत हो र प्रार्थनापूर्वक गरिनु पर्छ । अभिदान भनेको ती सबैका लागि शक्ति र प्रकाशको आशीर्वाद हो जसले यसलाई प्राप्त गर्न तयार गर्छ । सदस्यहरूले निम्न सबै सर्तहरू पूरा गरेर तिनीहरूले आफ्नै लागि अभिदान प्राप्त गर्ने छनौट गर्न सक्छन्:

  • तिनीहरू कम्तीमा १८ वर्षका छन् ।

  • तिनीहरूले उच्च माध्यमिक विद्यालय, माध्यमिक विद्यालय वा समकक्ष अध्ययन पूरा गरेका छन् वा यस पछि उपस्थित हुँदैनन् ।

  • तिनीहरूको प्रमाणीकरण भएको एक वर्ष पूरा भएको छ ।

  • तिनीहरूले आफ्नो जीवनभर पवित्र मन्दिरका करारहरू प्राप्त गर्ने र सम्मान गर्ने चाहनाको महसुस गर्छन् ।

सुसमाचार प्रचारको बोलावट प्राप्त गरेका वा मन्दिरमा बाँधिनका लागि तयारी गरिरहेका सदस्यहरूले अभिदान प्राप्त गर्नु पर्छ ।

कुनै सदस्यलाई अभिदान प्राप्त गर्नका लागि मन्दिरको सिफारिस जारी गर्नु पूर्व, बिशप र किला अध्यक्षले महसुस गर्नु पर्छ कि ती व्यक्ति मन्दिरका पवित्र करारहरू बुझ्न र पालना गर्न तयार छन् । यो योग्यता हरेक व्यक्तिका लागि व्यक्तिगत रूपमा निर्धारण गरिन्छ ।

२७.२.३

अभिदानको योजना र समयतालिका

२७.२.३.१

जीवित विधिहरूका लागि अनुमति-पत्र प्राप्त गर्ने

एक सदस्यले मन्दिरमा प्रवेश गर्न र अभिदान प्राप्त गर्न जीवित विधिहरूका लागि अनुमति प्राप्त गर्नु पर्छ । यी अनुमतिहरूका सम्बन्धमा जानकारीका लागि, हेर्नुहोस् २६.५.१

२७.२.३.२

मन्दिरमा सम्पर्क गर्ने

अभिदान प्राप्त गर्ने योजनामा रहेका सदस्यहरूले विधिका लागि तालिका बनाउनका लागि मन्दिरमा अग्रिम रूपमा सम्पर्क गर्नु पर्छ ।

२७.२.३.३

अभिदान प्राप्त गर्ने सदस्यहरूको लागि संरक्षकहरू

आफ्नै अभिदान प्राप्त गर्ने सदस्यहरूले समान लिङ्गको कुनै अभिदान प्राप्त सदस्यलाई संरक्षकका रूपमा कार्य गर्न र अभिदान सत्रको समयमा सहयोग गर्न आमन्त्रण गर्न सक्छन् । संरक्षकसँग हालको मन्दिर अनुमति-पत्र हुनुपर्छ । आवश्यक परेमा मन्दिरले संरक्षक प्रदान गर्न सक्छ ।

२७.३

पति र पत्नीको बन्धन

मन्दिरको बन्धनले पति र पत्नीलाई समय र अनन्तकालका लागि सँगै जोड्छ । यदि तिनीहरूले मन्दिरमा गरेका करारहरूप्रति इमान्दार भए भने तिनीहरूले यी आशीर्वादहरू प्राप्त गर्ने छन् । यस विधिद्वारा, तिनीहरूका छोराछोरीहरू पनि उनीहरूको अनन्त परिवारको अंश बन्न सक्छन् ।

चर्चका अगुवाहरूले सदस्यहरूलाई मन्दिरमा विवाह गर्न र बाँधिन तयार हुनका लागि प्रोत्साहन गर्छन् । जहाँ मन्दिरको विवाहलाई कानुनी रूपमा मान्यता प्राप्त छैन, चर्चका आधिकारिक अगुवाहरू वा अरूहरूले नागरिक विवाह गर्न सक्छन् जस पश्चात् मन्दिरको बन्धन गरिन्छ (हेर्नुहोस् ३८.३) । तिनीहरू मन्दिर समारोहमा उपस्थित हुन नसक्ने हुनाले यदि मन्दिरको विवाहले अभिभावक वा नजिकका परिवारका सदस्यहरूलाई बहिष्कृत महसुस गराउन सक्छ भने यो नमूना पनि अनुशरण गर्न सकिन्छ ।

२७.३.१

को मन्दिरमा बाँधिन सक्छन्

चर्चका सबै उत्तरदायी अविवाहित सदस्यहरूलाई मन्दिरमा बाँधिनका लागि तयारी गर्न आमन्त्रण गरिएको छ । नागरिक विवाह गर्नेहरूलाई तिनीहरू तयार हुने बित्तिकै मन्दिरमा समय र अनन्तताका लागि बाँधिन प्रोत्साहन गरिन्छ । सदस्यहरूले बाँधिन सक्षम हुनुपूर्व अभिदान प्राप्त गर्नु पर्छ (हेर्नुहोस् २७.२)।

मन्दिरमा बाँधिन लागेका जीवनसाथीहरू या त (१) बाँधिनुपूर्व नागरिक विवाह गरेको हुनुपर्छ वा (२) मन्दिरको उही समारोहमा विवाह गरी बाँधिएको हुनु पर्छ । हेर्नुहोस् २७.३.२

२७.३.१.२

वौद्धिक असक्षमता भएका सदस्यहरू

वौद्धिक असक्षमता भएका सदस्यहरूले तिनीहरूका जीवनसाथी, भावि पति वा भावि पत्नीसँग बाँधिन सक्छन् यदि:

  • तिनीहरूले अभिदान सहित सबै आवश्यक विधिहरू प्राप्त गरेका छन् (हेर्नुहोस् २७.२.१.३) ।

  • तिनीहरूसँग सम्बन्धित करारहरू बुझ्ने, बनाउने र राख्ने बौद्धिक क्षमता छ ।

बिशपले सदस्य र तिनका जीवनसाथी, भावि पति वा भावि पत्नीसँग सल्लाह गर्छन् । उनले आत्माको निर्देशन पनि अन्वेषण गर्छन् । उनले किला अध्यक्षसँग सल्लाह गर्न सक्छन् ।

२७.३.२

मन्दिरको विवाह वा बाँधिनका लागि योजना र समयतालिका

२७.३.२.१

जीवित विधिहरूका लागि अनुमति-पत्र प्राप्त गर्ने

कुनै सदस्यले ऊ वा उनको जीवनसाथीसँग बाँधिन जीवित विधिहरूका लागि अनुमति प्राप्त गर्नु पर्छ । यी सिफारिसहरूका सम्बन्धमा जानकारीका लागि हेर्नुहोस् २६:३

२७.३.२.२

मन्दिरमा सम्पर्क गर्ने

विवाह गर्ने वा पति वा पत्नीसँग बाँधिने योजनामा रहेका सदस्यहरूले विधिको तालिका बनाउनका लागि पहिले नै मन्दिरमा सम्पर्क गर्नु पर्छ ।

२७.३.२.३

विवाहको इजाजतपत्र प्राप्त गर्ने

विवाह गर्नु पूर्व, एक जीवनसाथीले कानुनी विवाह इजाजतपत्र प्राप्त गर्नुपर्छ जुन विवाह गरिएको स्थानमा वैध छ । यदि जीवनसाथीले एउटै समारोहमा विवाह गर्ने र बाँधिने दुबै योजना बनाएका छन् भने, तिनीहरूले मन्दिरमा विवाहको वैध इजाजतपत्र ल्याउनु पर्छ ।

नागरिक विवाह पछि बाँधिने जीवनसाथीहरूले मन्दिरमा विवाह इजाजतपत्र ल्याउन आवश्यक छैन । यसको सट्टा, तिनीहरूले अभिलेख प्रमाणीकरण प्रक्रियाको अंशका रूपमा आफ्नो नागरिक विवाहको मिति र स्थान प्रदान गर्छन् ।

२७.३.२.४

दुलही र दुलहाका लागि संरक्षकहरू

अभिदान प्राप्त कुनै दिदीबहिनीले दुलहीलाई ड्रेसिङ कोठामा सहयोग गर्नका लागि सहयोग गर्न सक्छिन् । अभिदान प्राप्त कुनै दाजुभाइले दुलहाका लागि सोही गर्न सक्छन् । संरक्षकसँग हालको मन्दिर अनुमति-पत्र हुनुपर्छ । आवश्यक परेमा मन्दिरले संरक्षक प्रदान गर्न सक्छ ।

२७.३.२.५

जसले मन्दिरको विवाह वा बन्धनको कार्य निर्वाह गर्छन्

मन्दिरको विवाह वा बन्धन सामान्यतया बन्धन गराउने कुनै एकद्वारा गरिन्छ जो दम्पत्ती विवाह वा बाँधिन तयारी गरिरहेको मन्दिरमा नियुक्त गरिएका छन् । यदि परिवारका सदस्य वा परिचित व्यक्तिले बाँध्ने अधिकार धारण गर्छन् र दम्पत्तीको विवाह वा बाँधिने मन्दिरमा नियुक्त गरिएका छन् भने, तिनीहरूले उनलाई विवाह वा बाँधिनका लागि आमन्त्रण गर्न सक्छन् ।

२७.३.२.६

मन्दिरको विवाह वा बाँधिनका लागि उपयुक्त कपडा

दुलहीको पोशाक । मन्दिरमा लगाइने दुलहीको पोशाक सेतो, डिजाइन र कपडामा साधारण र विस्तृत सजावटबाट मुक्त हुनु पर्छ । यसले मन्दिरको वस्त्र पनि ढाक्नु पर्छ । पारदर्शी कपडामा भित्री राख्नु पर्छ ।

मन्दिरमा लगाइने अन्य लुगाहरूसँग मिल्दोजुल्दो हुन, दुलहीको पोशाक लामो बाहुला वा तीन-चौथाई बाहुला भएको हुनु पर्छ । पोशाकहरूमा पछाडि लत्रेको हुनु हुँदैन अन्यथा यसलाई बन्धनको समारोहमा माथि अड्काउन वा हटाउन सकिँदैन ।

मन्दिरले आवश्यक वा चाहना भएमा पोशाक प्रदान गर्न सक्छ ।

दुलहाको कपडा विवाह वा बाँधिने समारोहमा दुलहाले मन्दिरको सामान्य कपडा लगाउँछन् (हेर्नुहोस् ३८.५.१३८.५.२) ।

पाहुनाको कपडा विवाह वा बाँधिने समारोहमा सहभागी हुनेहरूले प्रभुभोज सभामा लगाउने जस्तै लुगा लगाउनु पर्छ । सदस्यहरू जो प्रत्यक्ष रूपमा बाँधिने सत्रबाट सिधै अभिदान प्राप्त गर्ने सत्रमा आउँछन् उनीहरूले मन्दिरका औपचारिक कपडा लगाउन सक्छन् ।

फूलहरू । दम्पत्ती र उनीहरूका पाहुनाहरूले विवाह वा बाँधिने समारोहमा फूलहरू पहिरिनु हुँदैन ।

२७.३.२.७

मन्दिरको विवाह वा बन्धन पछि औँठी आदानप्रदान गर्ने

औँठी आदानप्रदान गर्ने मन्दिरको बन्धन गर्ने समारोहको अंश होइन । यद्यपि, दम्पत्तीहरूले बन्धन गरिने कोठामा समारोह पछि औँठी आदानप्रदान गर्न सक्छन् । दम्पत्तीहरूले मन्दिर वा मन्दिर परिसरमा अन्य कुनै समय वा स्थानमा औँठी आदानप्रदान गर्नु हुँदैन ।

विवाहित र सोही समारोहमा बाँधिएका दम्पत्तीहरूले मन्दिरको विवाहमा उपस्थित हुन नसक्ने परिवारका सदस्यहरूलाई समायोजन गर्न समारोह पछिको समयमा औँठी आदानप्रदान गर्न सक्छन् । आदानप्रदानले मन्दिरको विवाह वा बन्धन समारोहका कुनै पनि अंशलाई अनुकरण गर्नु हुँदैन । विवाह गरेपछि वा मन्दिरमा बाँधिए पछि दम्पत्तीले सपथ आदानप्रदान गर्नु हुँदैन ।

मन्दिरमा बाँधिनुपूर्व नागरिक विवाह गरेका दम्पत्तीहरूले तिनीहरूको नागरिक समारोहमा, तिनीहरूको मन्दिरमा बाँधिने समयमा वा दुवै समारोहहरूमा औँठी आदानप्रदान गर्न सक्छन् ।

२७.३.४

मन्दिर विवाह वा बाँधिने समयमा को सहभागी हुन सक्छ

दम्पत्तीहरूले नजिकका परिवारका सदस्यहरू र साथीहरूलाई मात्र मन्दिर विवाह वा बन्धनमा आमन्त्रण गर्नु पर्छ । उत्तरदायी सदस्यहरूले अभिदान प्राप्त गर्नुपर्छ र उपस्थित हुनका लागि वैधानिक मन्दिर अनुमति-पत्र लिनु पर्छ ।

किला अध्यक्षले वौद्धिक अपाङ्गताका कारण बप्तिस्मा नगरेका र अभिदान प्राप्त नगरेका व्यक्तिलाई ऊ वा उनका जीवित दाजुभाइको मन्दिरको विवाह वा बन्धन अवलोकन गर्न अधिकार दिन सक्ने छन् । ती व्यक्ति:

  • कम्तीमा १८ वर्षको हुनु पर्छ ।

  • समारोहको समयमा सम्मानपूर्वक रहन सक्षम हुनु पर्छ ।

किला अध्यक्षले पत्र लेख्छन् कि व्यक्तिलाई बन्धनको समारोह अवलोकन गर्न अधिकार दिइएको छ । यो पत्र मन्दिरमा प्रस्तुत गरिन्छ ।

२७.४

जिउँदा बालबालिकाहरू अभिभावकहरूसँग बाँधिने

तिनीहरूकी आमाले उनका पतिसँग मन्दिरमा बाँधिएपछि जन्मेका बालबालिकाहरू त्यही बन्धनको करारमा जन्मिएका हुन्छन् । तिनीहरूले अभिभावकहरूसँग बाँधिने विधि प्राप्त गर्नु आवश्यक छैन ।

करारमा नजन्मिएका बालबालिकाहरू तिनीहरूका अभिभावकहरू वा धर्मअभिभावकहरूसँग बाँधिएर अनन्त परिवारको अंश बन्न सक्छन् । यिनीहरू करारमा जन्मिएकाहरू ती बालबालिकाहरू जस्तै आशीर्वादका हकदार हुन्छन् ।

२७.४.२

मन्दिरमा सम्पर्क गर्ने

आफ्ना छोराछोरीलाई उनीहरूसँग बाँध्न चाहने दम्पत्ती वा आफ्ना मृतक अभिभावकहरूसँग बाँधिन चाहने सन्ततिहरूले विधिको तालिका बनाउनका लागि पहिले नै मन्दिरमा सम्पर्क गर्नु पर्छ ।