पुस्तिकाहरू र बोलावटहरू
१९. सङ्गीत


“१९. सङ्गीत साधारण पुस्तिकाबाट छनोटहरू (२०२३) ।

“१९. सङ्गीत,” साधारण पुस्तिकाबाट छनोटहरू

छवि
महिला र बालक पियानो बजाउँदै

१९.

सङ्गीत

१९.१

चर्चमा सङ्गीतको उद्देश्य

पवित्र सङ्गीतले येशू ख्रीष्टमा आस्थाको वृद्धि गराउँछ । यसले आत्मालाई आमन्त्रण दिन्छ र सिद्धान्त सिकाउँछ । यसले सम्मानको भावना पनि सृजना गर्छ, सदस्यहरूलाई एकतावद्ध गर्छ र स्वर्गका पिता र येशू ख्रीष्टको उपासना गर्ने तरिका प्रदान गर्छ ।

१९.२

घरमा सङ्गीत

आफ्ना अगमवक्ताहरूद्वारा परमप्रभुले व्यक्ति र परिवारहरूलाई उनीहरूको दैनिक जीवनमा उत्थान गर्ने सङ्गीत प्रयोग गर्न प्रोत्साहन दिनुभएको छ ।

चर्चका सङ्गीतका रेकर्डिङहरू निम्न स्रोतहरूबाट उपलब्ध हुन्छन्:

१९.३

चर्च सभाहरूमा सङ्गीत

१९.३.१

चर्चका सभाहरूका लागि सङ्गीतको योजना निर्माण गर्ने

वार्ड र किलाका सङ्गीत संयोजकहरूले पादरित्व अगुवाहरूसँग आराधनाका सेवाहरूका लागि सङ्गीतको योजना निर्माणमा कार्य गर्छन् । तिनीहरूले सभाहरूमा आराधनाका भावना वृद्धि गर्ने सङ्गीत चयन गर्छन् ।

१९.३.२

प्रभुभोज सभामा सङ्गीत

प्रभुभोजका सभामा सङ्गीतले सभा प्रारम्भ र समापन गर्न र प्रभुभोजको प्रशासनपूर्व भजनको सामूहिक गायनलाई समावेश गर्छ । प्रभुभोजका भजनले प्रभुभोज स्वयंलाई वा मुक्तिदाताको बलिदानलाई उल्लेख गर्नु पर्छ ।

सभापूर्व सदस्यहरू एकत्रित हुँदै गर्दा सङ्गीत बजाइन्छ । समापनको प्रार्थना पश्चात् सदस्यहरू सभाबाट बाहिर निस्कँदा सङ्गीत बजाइन्छ ।

कुनै पनि प्रभुभोज सभाले सभाको बीचमा—उदाहरणका लागि, बोलिएका सन्देशहरूका बीचमा गाइएको चर्चको अतिरिक्त भजन पनि समावेश गर्न सक्छ ।

१९.३.३

कक्षा र अन्य वार्ड सभाहरूमा सङ्गीत

अगुवाहरूले शिक्षकहरूलाई तिनीहरूका शिक्षणलाई बढाउन भजन र अन्य पवित्र सङ्गीतहरू प्रयोग गर्न प्रोत्साहन गर्छन् ।

१९.३.६

साङ्गीतिक वाद्ययन्त्र

लाइभ वाद्ययन्त्रहरू सामान्यतया पूर्व र पाश्च सङ्गीतका लागि र चर्चका सभाहरूमा सङ्गीत र भजनका लागि प्रयोग गरिन्छ । तिनीहरू कहाँ उपलब्ध छन् र सदस्यहरूले तिनीहरू बजाउन सक्छन् भने, ओर्गनहरू र पियानोहरू निर्धारित उपकरणहरू हुन् । बिशपरिकहरूले चर्चको गायन, पूर्व र पाश्च सङ्गीतका लागि र अन्य सङ्गीतिक चयनहरूमा अन्य वाद्ययन्त्रहरूको प्रयोगलाई अनुमोदन गर्न सक्छन् ।

यदि पियानो, ओर्गन वा सङ्गीत बजाउन कोही उपलब्ध छैन भने, रेकर्डिङहरू प्रयोग गर्न सकिन्छ (हेर्नुहोस् १९.२) ।

१९.२

गायक मण्डलीहरू

१९.३.७.१

वार्डका भजन गायन मण्डलीहरू

जहाँ पर्याप्त सदस्यहरू छन्, वार्डहरूले नियमित रूपमा प्रभुभोजका सभामा गाउने भजन गायन मण्डलीहरू सङ्गठित गर्न सक्छन् ।

वार्ड भजन गायन मण्डलीहरूका अतिरिक्त, परिवार र महिलाहरू, पुरुषहरू, युवाहरू वा बालबालिकाहरूका समूहहरूलाई चर्चका सभाहरूमा गाउन आमन्त्रण गर्न सकिन्छ ।

१९.४

वार्डमा सङ्गीत नेतृत्व

१९.४.१

बिशपरिक

बिशप वार्ड सङ्गीतका लागि उत्तरदायी हुन्छन् । उनले यो उत्तरदायित्व आफ्ना कुनै एक सल्लाहकारलाई दिन सक्छन् ।

१९.४.२

वार्ड सङ्गीत संयोजक

वार्ड सङ्गीत संयोजकले बिशपरिकको निर्देशनमा सेवा गर्छन् । ऊ वा उनीसँग निम्न उत्तरदायित्वहरू छन्:

  • सङ्गीतका सम्बन्धमा बिशपरिक र अन्य वार्ड अगुवाहरूका लागि स्रोत बन्ने ।

  • प्रभुभोजका सभाहरूका लागि सङ्गीतका योजना बनाउन बिशपरि कसँग कार्य गर्ने (हेर्नुहोस् १९.३.११९.३.२) ।

  • बिशपरिकले अनुरोध गरेअनुसार वार्डका सङ्गीतका बोलावटहरूमा सेवा गर्न सदस्यहरूको सिफारिस गर्ने । आवश्यकताअनुसार समर्थन, निर्देशन र तालीम प्रदान गर्दै यी बोलावटहरूमा सेवा गर्नेहरूलाई प्रशिक्षण गर्ने ।

१९.४.३

अतिरिक्त बोलावटहरू

बिशपरिकले निम्न बोलावटहरूमा सेवा गर्न सदस्यहरूलाई बोलावट गर्न सक्छन् ।

१९.४.३.१

वार्डको सङ्गीत अगुवा

अनुरोध गारिएअनुसार सङ्गीतका अगुवाले प्रभुभोजका सभाहरू र अन्य वार्ड सभाहरूका लागि चर्चका भजनहरू सञ्चालन गर्छन् ।

१९.४.३.२

वार्डका लागि सङ्गीतमा सहयोगी

अनुरोध गारिएअनुसार वार्डका लागि सङ्गीतमा सहयोगीले प्रभुभोजका सभामा र अन्य वार्ड सभाहरूमा भजनहरूका लागि पूर्व र पाश्च सङ्गीत प्रदान गर्छन् ।

१९.७

अतिरिक्त नीति तथा मार्गदर्शनहरू

१९.७.२

अभ्यास, निजी मार्गदर्शन र साङ्गीत प्रस्तुतिका लागि सभागृहका उपकरणहरूको प्रयोग

त्यहाँ कुनै उचित विकल्प नहुँदा पादरित्व अगुवाहरूले अभ्यासका लागि सभागृहका पियानो र ओर्गनहरू मूल्य तिरिने निजी मार्गदर्शन र त्यो सभागृह प्रयोग गर्ने सोही एकाइहरूका सदस्यहरू संलग्न गराइने साङ्गीत प्रस्तुतिका लागि अधिकार प्रदान गर्न सक्छन् ।