पुस्तिकाहरू र बोलावटहरू
११. युवतीहरू


“११. युवती,” साधारण पुस्तिकाबाट छनोटहरू (२०२३) ।

“११. युवती महिलाहरू,” साधारण पुस्तिकाबाट छनोटहरू

छवि
बाहिरतर्फ युवतीहरू

११.

युवती महिलाहरू

११.१

उद्देश्य र सङ्गठन

११.१.१

उद्देश्य

युवतीहरूको सङ्गठनले युवतीहरूलाई पवित्र करारहरू निर्माण र पालना गर्न र येशू ख्रीष्ट र उहाँको सुसमाचारमा उनीहरूको परिवर्तनलाई गहन बनाउन सहयोग गर्छन् ।

११.१.२

युवतीहरूको विषयवस्तु

“म दैवी प्रकृति र अनन्त गन्तव्य सहित स्वर्गका अभिभावककी प्रिय पुत्री हुँ ।

“येशू ख्रीष्टका अनुयायीका रूपमा, म उहाँ जस्तै बन्न प्रयास गर्छु । म उहाँको पवित्र नाममा व्यक्तिगत प्रकाश खोज्छु र त्यसअनुसार कार्य गर्छु र अरूहरूको सेवा गर्छु ।

“म सबै समय र सबै विषयमा र सबै स्थानमा परमेश्वरको साक्षीका रूपमा खडा हुने छु ।

“जब म उत्कर्षका लागि योग्य हुन प्रयास गर्छु, म पश्चात्तापको उपहारको कदर गर्छु र हरेक दिन सुधार गर्न खोज्छु । आस्थासँगै, म मेरो घर र परिवारलाई मजबुत बनाउने छु, पवित्र करारहरू निर्माण र पालना गर्ने छु र पवित्र मन्दिरका विधिहरू र आशीर्वादहरू प्राप्त गर्ने छु ।”

११.१.३

कक्षाहरू

युवतीहरू १२ वर्ष पुगेको वर्षको जनवरीदेखि सुरू हुने युवतीको कक्षाका सदस्यहरू बन्छन् ।

बिशपरिक र वयस्क युवती अगुवाहरूले प्रार्थनापूर्वक उमेरअनुसार कक्षाहरू कसरी व्यवस्थित गर्ने भनेर निर्णय गर्छन् । आकारको पर्वाह नगरी, प्रत्येक कक्षामा एक अध्यक्ष र जहाँ सम्भव छ, एक वा दुई सल्लाहकार र एक सचिव हुनुपर्छ ।

११.२

मुक्ति र उत्कर्षको कार्यमा सहभागी हुने

११.२.१

येशू ख्रीष्टको सुसमाचारअनुसार जिउने

११.२.१.२

सुसमाचार सिकाइ

कक्षाका सभाहरू महिनाको दोस्रो र चौथो आइतबार आयोजना गरिन्छन् । तिनीहरू ५० मिनेटका हुन्छन् । कक्षा अध्यक्षताको एक सदस्यले सञ्चालन गर्छन् । उनले विषयवस्तु पढ्न र कार्यभारहरू र अन्य विषयहरूका सम्बन्धमा सँगै परामर्श गर्न कक्षाको नेतृत्व गर्छन् ।

कक्षाका एक सदस्य वा वयस्क अगुवाले त्यसपछि सुसमाचार निर्देशनको नेतृत्व गर्छन् ।

११.२.१.३

सेवा र क्रियाकिलापहरू

सेवा र क्रियाकलापहरूले गवाहीहरू निर्माण गर्नुपर्छ, परिवारलाई मजबुत बनाउनु पर्छ, कक्षामा एकताको प्रोत्साहन गर्नुपर्छ र अरूहरूलाई आशीर्वाद प्रदान गर्ने अवसरहरू प्रदान गर्नुपर्छ ।

केही सेवा र क्रियाकिलापहरूले दुबै युवाहरू र युवतीहरू विशेष गरी जवान युवाहरूका लागि समावेश गर्नुपर्छ ।

वार्षिक क्रियाकलापहरू । युवाहरूका नियमित क्रियाकलापहरूका अतिरिक्त, युवतीहरू प्रत्येक वर्ष निम्न विषयहरूमा सहभागी हुन पनि सक्छन्:

  • युवतीको एक शिविर (हेर्नुहोस् युवतीको शिविरका लागि मार्गदर्शन) ।

  • वार्ड वा किला युवा सम्मेलन वा युवाहरूको शक्ति (एफ्. एस्.वाई)का लागि सम्मेलन ।

११.२.१.४

व्यक्तिगत विकास

मुक्तिदाता जस्तै बन्ने तिनीहरूका प्रयासमा, युवाहरूलाई आध्यात्मिक, सामाजिक, शारीरिक र बौद्धिक रूपमा विकास गर्ने लक्ष्यहरू निर्धारण गर्न आमन्त्रण गरिन्छ (हेर्नुहोस् लूका २:५२) ।

थप जानकारीका लागि, हेर्नुहोस् ChildrenandYouth.ChurchofJesusChrist.org

११.२.२

आवश्यकतामा परेकाहरूको हेरचाह गर्ने

युवतीहरूलाई युवाका क्रियाकलापहरूमा र आफ्नै तरीकामा अरूहरूलाई र तिनीहरूको आफ्नै परिवारमा सेवा गर्ने नियमित अवसरहरू हुनुपर्छ ।

११.२.२.१

सेवा गर्ने

युवतीहरूले १४ वर्ष पुगेको वर्षको जनवरीदेखि सुरू हुने सेवाका कार्यभारहरू प्राप्त गर्न सक्छन् । थप जानकारीका लागि, हेर्नुहोस् अध्याय २१

११.२.३

सुसमाचार ग्रहण गर्न सबैलाई आमन्त्रण गर्ने

युवतीहरूले सबैलाई सुसमाचार ग्रहण गर्न आमन्त्रण गर्छन् जब तिनीहरू “सबै समय र सबै विषयमा र सबै स्थानहरूमा परमेश्वरको साक्षीका रूपमा खडा हुन्छन्” (मोसीयाह १८:९) ।

अभिभावकहरू र अगुवाहरूले युवतीहरूलाई जीवनभर सुसमाचार बाँड्न तयार गर्नका लागि सहयोग गर्न सक्छन् ।

११.२.४

अनन्तताका लागि परिवारहरू एकतावद्ध गर्ने

युवतीहरूले अनन्तताका लागि परिवारलाई धेरै तरिकामा एकतावद्ध गर्न सहयोग गर्न सक्छन् ।

  • तिनीहरूका अभिभावकहरूको आदर गर्नुहोस् र तिनीहरूका घरमा ख्रीष्टको जस्तो जीवनको उदाहरण स्थापित गर्नुहोस् ।

  • अनन्त विवाह सहित मन्दिरका विधिहरू प्राप्त गर्न तयार हुनुहोस् ।

  • मन्दिरका विधिहरू आवश्यक पर्ने पुर्खाहरूको पहिचान गर्नुहोस् (हेर्नुहोस् FamilySearch.org) ।

  • परिस्थितिले अनुमति दिएअनुसार मृतकहरूका लागि बप्तिस्मामा र प्रमाणीकरणमा सहभागी हुनुहोस् ।

११.३

वार्ड युवतीहरूको नेतृत्व

११.३.१

बिशपरिक

बिशपको प्रमुख उत्तरदायित्व उनको वार्डका युवायुवतीहरूको हेरचाह गर्नु हो । उनी र तिनका सल्लाहकारहरूले तिनीहरूको नाम बुझ्छन् र तिनीहरूका घरको परिस्थिति बुझ्छन् । तिनीहरूले कम्तिमा वर्षमा दुई पटक प्रत्येक युवतीसँग भेटघाट गर्छन् (हेर्नुहोस् ३१.३.१

बिशपसँग वार्ड युवती सङ्गठनहरूका लागि उत्तरदायित्व छन् । उनले युवती अध्यक्षसँग नियमित भेटघाट गर्छन् ।

बिशप र उनका सल्लाहकारहरू नियमित रूपमा युवतीका सभा, सेवा र क्रियाकालपहरूमा सहभागी हुन्छन् ।

११.३.२

वयस्क युवतीकी अध्यक्षता

बिशपले एक वयस्क महिलालाई वार्ड युवतीको अध्यक्षका रूपमा सेवा गर्न बोलावट र पदीय जिम्मेवारी दिन्छन् । यदि एकाइ पर्याप्त ठूलो छ भने, उनले एक वा दुई वयस्क महिलाहरूलाई आफ्नो सल्लाहकारका रूपमा बोलावट गर्न सिफारिस गर्छिन् (हेर्नुहोस् अध्याय ३०) ।

एउटा सानो एकाइमा, युवती अध्यक्ष युवती सङ्गठनमा बोलावट गरिएकी एक मात्र वयस्क अगुवा हुन सक्छिन् । यस अवस्थामा, उनी युवतीहरूका लागि निर्देशन र क्रियाकलापहरू व्यवस्थित गर्न अभिभावकहरूसँग कार्य गर्छिन् ।

यदि शाखामा युवती अध्यक्ष नभएको खण्डमा, राहत समाजकी अध्यक्षले युवती अध्यक्षको बोलावट नगर्दासम्म युवतीहरूका लागि निर्देशनको व्यवस्थापन गर्न सक्छिन् ।

युवतीकी अध्यक्षका निम्न उत्तरदायित्वहरू छन् । उनका सल्लाहकारहरूले उनलाई सहयोग गर्छन् ।

  • वार्ड परिषदमा सेवा गर्नुहोस् ।

  • वार्ड युवा परिषद्का सदस्यका रूपमा सेवा गर्नुहोस् (हेर्नुहोस् २९.२.६) ।

  • व्यक्तिगत रूपमा युवतीहरूलाई सेवा गर्नुहोस् ।

  • अन्य युवतीका अगुवाहरू र कक्षा अध्यक्षहरूलाई तिनीहरूका उत्तरदायित्वहरू सिकाउनुहोस् ।

  • बिशपको आवश्यकता नपर्ने वा दुर्व्यवहार समावेश नगर्ने चुनौतिहरूका सम्बन्धमा युवतीहरूसँग सल्लाह गर्नुहोस् (हेर्नुहोस् ३२.३; ३१.३.१३८.६.२) ।

११.३.४

कक्षा अध्यक्षता र सचिव

११.३.४.१

बोलवट गर्ने, समर्थन गर्ने र पदीय जिम्मेवारी दिने

प्रत्येक युवती कक्षामा एक कक्षा अध्यक्षता हुनुपर्छ ।

बिशपरिकका एक सदस्यले एक युवतीलाई कक्षाको अध्यक्षका रूपमा सेवा गर्न बोलावट गर्छन् । सेवा गर्नका लागि पर्याप्त युवतीहरू हुँदा, तिनले प्रार्थनापूर्वक कक्षाका सदस्यहरूलाई सल्लाहकारहरू र सचिवका रूपमा सिफारिस गर्नका लागि विचार गर्छिन् ।

यी बोलावटहरू विस्तार गरेपछि, बिशपरिकका एक सदस्यले युवतीलाई तिनीहरूको कक्षामा समर्थनका लागि प्रस्तुत गर्छन् । बिशप वा नियुक्त गरिएका सल्लाहकारले युवतीलाई पदीय जिम्मेवारी दिन्छन् ।

११.३.४.२

उत्तरदायित्वहरू

कक्षाका अध्यक्षहरूले वार्ड युवा परिषदमा सेवा गर्छन् (हेर्नुहोस् ११.३.४.४) । कक्षा अध्यक्षताहरूका निम्न उत्तरदायित्वहरू पनि छन्:

  • मुक्ति र उत्कर्षको कार्यमा सहभागी हुन कक्षाका प्रयासहरूको नेतृत्व गर्नुहोस् (हेर्नुहोस् अध्याय १) ।

  • कक्षाका सभाहरूमा उपस्थित नहुनेहरू सहित प्रत्येक युवतीलाई चिन्नुहोस् र सेवा गर्नुहोस् ।

  • योजना बनाउनुहोस् र आइतबारका कक्षाहरूका सभाहरू सञ्चालन गर्नुहोस् (हेर्नुहोस् ११.२.१.२) ।

  • गणका सेवा र क्रियाकलापहरूको योजना बनाउनुहोस् र सञ्चालन गर्नुहोस् (हेर्नुहोस् १०.२.१.३) ।

११.३.४.३

गणका अध्यक्षताको सभा

युवतीहरूको कक्षाका अध्यक्षताहरूले नियमित रूपमा भेटघाट गर्छन् । कक्षाका अध्यक्षले यी सभाहरू सञ्चालन गर्छन् । कक्षा अध्यक्षतालाई समर्थन गर्न नियुक्त गरिएका वयस्क युवती अगुवाहरू पनि उपस्थित हुन्छन् ।

११.३.४.४

वार्ड युवा परिषद्

वार्ड युवा परिषद्का सम्बन्धमा थप जानकारीका लागि २९.२.६ हेर्नुहोस् ।

११.६

अतिरिक्त मार्गदर्शन र नीतिहरू

११.६.१

युवालाई सुरक्षा गर्ने

जब वयस्कहरूले चर्चका संयन्त्रहरूमा युवाहरूसँग अन्तरक्रिया गरिरहदा कम्तिमा दुई जिम्मेवार वयस्कहरू उपस्थित हुनुपर्छ । यो सम्भव बनाउन कक्षाहरू समायोजन गर्न आवश्यक हुन सक्छ ।

युवाहरूसँग कार्य गर्ने सबै वयस्कहरूले पदीय जिम्मेवारी प्राप्त भएको एक महिनाभित्र बालबालिकाहरू र युवा सुरक्षा तालीम पूरा गर्नुपर्छ (ProtectingChildren.ChurchofJesusChrist.org) ।