पुस्तिकाहरू र बोलावटहरू
१०. हारुनको पादरित्वका गणहरू


“१०. हारुनको पादरित्वका गणहरू,” साधारण पुस्तिकाबाट छनोटहरू (२०२३) ।

“१०. हारुनको पादरित्वका गणहरू,” साधारण पुस्तिकाबाट छनोटहरू

छवि
चर्चमा युवाहरू

१०.

हारुनको पादरित्वका गणहरू

१०.१

उद्देश्य र सङ्गठन

१०.१.१

उद्देश्य

गणको उद्देश्य पादरित्व बाहकहरूलाई मुक्ति र उत्कर्षको कार्य पूरा गर्न सँगै काम गर्न सहयोग गर्नु हो ।

१०.१.२

हारुनको पादरित्व गणको विषयवस्तु

“म परमेश्वरको प्रिय पुत्र हुँ र उहाँसँग मेरा लागि एउटा कार्य छ ।

“मेरो सम्पूर्ण हृदय, शक्ति, मस्तिष्क र समार्थ्यले, म परमेश्वरलाई प्रेम गर्ने छु, मेरा करारहरू पालना गर्ने छु र उहाँको पादरित्वलाई मेरो आफ्नै घरबाट सुरु गरेर अरूहरूको सेवा गर्न प्रयोग गर्ने छु ।

“जब म सेवा गर्ने, विश्वासको अभ्यास गर्ने, पश्चात्ताप गर्ने र हरेक दिन सुधार गर्ने प्रयास गर्छु, म मन्दिरका आशीर्वादहरू र सुसमाचारको अनन्त आनन्द प्राप्त गर्न योग्य हुने छु ।

“म येशू ख्रीष्टको सत्य अनुवायी भएर एक लगनशील सुसमाचार प्रचारक, इमानदार पति र मायालु बुबा बन्न तयार हुने छु ।

“म सबैलाई ख्रीष्टमा आउन र उहाँको प्रायश्चितको आशीर्वाद प्राप्त गर्न आमन्त्रण गरेर मुक्तिदाताको पुनरागमनका लागि संसारलाई तयार पार्न सहयोग गर्ने छु ।”

१०.१.३

गणहरू

१०.१.३.१

डिकनहरूको गण

युवा पुरुषहरू १२ वर्ष पुगेको वर्षको जनवरीदेखि सुरु हुने डिकन गणमा सहभागी हुन्छन् । यदि तिनीहरू यस समयमा तयार र योग्य छन् भने तिनीहरू डिकनमा नियुक्त गरिन पनि योग्य छन् ।

डिकनका कर्तव्यहरू सिद्धान्त र करार २०:५७–५९; ८४:१११मा वर्णन गरिएका छन् । अन्य कर्तव्यहरूमा प्रभुभोज बाँढ्ने र “सबै अस्थायी चीजहरू व्यवस्थापन गर्न” बिशपलाई सहयोग गर्नु समावेश छन् (सिद्धान्त र करार १०७:६८) ।

१०.१.३.२

शिक्षकहरूको गण

युवाहरू १४ वर्ष पुगेको वर्षको जनवरीमा सुरू हुने शिक्षकहरूको गणमा सहभागी हुन्छन् । यदि तिनीहरू यस समयमा तयार र योग्य छन् भने तिनीहरू पनि शिक्षकमा नियुक्त गरिन योग्य छन् ।

शिक्षकका पनि डिकनका जस्तै कर्तव्यहरू हुन्छन् । तिनीहरूले प्रभुभोज पनि तयार पार्छन् र सेवा गर्ने बन्धुहरूका रूपमा सेवा गर्छन् । थप कर्तव्यहरू सिद्धान्त र करार २०:५३–५९; ८४:१११ मा वर्णन गरिएका छन् ।

१०.१.३.३

पादरीहरूको गण

युवाहरू १६ वर्ष पुगेको वर्षको जनवरीमा सुरू हुने पादरीहरूको गणमा सहभागी हुन्छन् । यदि तिनीहरू यस समयमा तयार र योग्य छन् भने तिनीहरू पनि पादरीमा नियुक्त गरिन योग्य छन् ।

पादरीहरूको पनि डिकन र शिक्षकहरूका जस्तै कर्तव्यहरू हुन्छन् । थप कर्तव्यहरू सिद्धान्त र करार २०:४६–५२, ७३–७९मा वर्णन गरिएका छन् ।

१०.१.४

पादरित्वका साँचाहरू

यी साँचाहरूका सम्बन्धमा थप जानकारीका लागि, हेर्नुहोस् ३.४.१

१०.१.५

स्थानीय आवश्यकताहरूमा गणहरू समायोजन गर्ने

थोरै युवा भएको वार्ड वा शाखामा, हारुनको पादरित्वको गणहरू निर्देशन र क्रियाकलापहरूका लागि एकसाथ एकत्रित हुन सक्छन् ।

१०.२

मुक्ति र उत्कर्षको कार्यमा सहभागी हुने

१०.२.१

येशू ख्रीष्टको सुसमाचारअनुसार जिउने

१०.२.१.२

सुसमाचार सिकाइ

गण सभाहरू महिनाको दोस्रो र चौथो आइतबार आयोजना गरिन्छन् । तिनीहरू ५० मिनेटका हुन्छन् । गणका अध्यक्षताको एक सदस्य (वा पादरीहरूको गणमा बिशपका सहायकहरू मध्येका एक) ले सञ्चालन गर्छन् । उनले विषयवस्तु पढ्न र कार्यभारहरू, कर्तव्यहरू र अन्य विषयहरूका सम्बन्धमा सँगै परामर्श गर्न गणको नेतृत्व गर्छन् ।

गणका सदस्य वा वयस्क अगुवाले त्यसपछि सुसमाचार निर्देशनको नेतृत्व गर्छन् ।

१०.२.१.३

सेवा र क्रियाकिलापहरू

सेवा र क्रियाकलापहरूले गवाहीहरू निर्माण गर्नुपर्छ, परिवारलाई मजबुत बनाउनु पर्छ, गणको एकताको प्रोत्साहन गर्नुपर्छ र अरूहरूलाई आशीर्वाद प्रदान गर्ने अवसरहरू प्रदान गर्नुपर्छ ।

केही सेवा र क्रियाकिलापहरूले युवाहरू र युवतीहरू विशेष गरी जवान युवाहरूलाई समावेश गर्नुपर्छ ।

वार्षिक क्रियाकलापहरू । युवाका नियमित क्रियाकलापहरूका अतिरिक्त, युवाहरू प्रत्येक वर्ष निम्न विषयमा सहभागी हुन सक्छन्:

  • हारुनको पादरित्वको गणका शिविर (हेर्नुहोस् हारुनको पादरित्वको गणका शिविर मार्गदर्शन) ।

  • वार्ड वा किला युवा सम्मेलन वा युवाहरूको शक्ति (एफ्.एस्.वाई) सम्मेलन ।

१०.२.१.४

व्यक्तिगत विकास

मुक्तिदाता जस्तै बन्ने आफ्नो प्रयासमा, युवाहरूलाई आध्यात्मिक, सामाजिक, शारीरिक र बौद्धिक रूपमा विकास गर्ने लक्ष्यहरू निर्धारण गर्न आमन्त्रण गरिन्छ (हेर्नुहोस् लूका २:५२) ।

थप जानकारीका लागि, हेर्नुहोस् ChildrenandYouth.ChurchofJesusChrist.org.

१०.२.२

आवश्यकतामा परेकाहरूको हेरचाह गर्ने

हारुनको पादरित्व बाहकहरूले “सबै अस्थायी चीजहरू व्यवस्थापन गर्न” बिशपलाई सहयोग गर्छन् (सिद्धान्त र करार १०७:६८) । तिनीहरूलाई युवाका क्रियाकलापहरूमा र आफ्नै रूपमा अरूहरू र तिनीहरूको आफ्नै परिवारमा सेवा गर्ने नियमित अवसरहरू हुनुपर्छ ।

१०.२.२.१

सेवा गर्ने

हारुनको पादरित्व बाहकहरूले १४ वर्ष पुगेको वर्षको जनवरीदेखि सुरू हुने सेवाका कार्यभारहरू प्राप्त गर्छन् । थप जानकारीका लागि, हेर्नुहोस् अध्याय २१

१०.२.३

सुसमाचार ग्रहण गर्न सबैलाई आमन्त्रण गर्ने

“सबैलाई ख्रीष्टमा आउन आमन्त्रण गर्ने “ हारुनको पादरित्व बाहकहरूको कर्तव्य हुन्छ (सिद्धान्त र करार २०:५९) ।

अभिभावकहरू र अगुवाहरूले युवाहरूलाई पूर्णकालीन सुसमाचार प्रचारक सेवाहरू गर्न र जीवनभर सुसमाचार बाँढ्नका लागि तयार रहन प्रोत्साहन दिन्छन् ।

१०.२.४

अनन्तताका लागि परिवारहरू एकतावद्ध गर्ने

हारुनको पादरित्व बाहकहरूले अनन्तकालका लागि परिवारहरूलाई एकत्रित हुनका लागि विभिन्न तरिकामा सहयोग गर्न सक्छन् ।

  • तिनीहरूका अभिभावकहरूको आदर गर्नुहोस् र तिनीहरूका घरमा ख्रीष्टको जस्तो जीवनको उदाहरण स्थापित गर्नुहोस् ।

  • सदस्यहरूलाई अनन्त विवाह लगायत मन्दिरका विधिहरू प्राप्त गर्नका लागि तयारी गर्नुहोस् ।

  • मन्दिरका विधिहरू आवश्यक पर्ने पुर्खाहरूको पहिचान गर्नुहोस् (हेर्नुहोस् FamilySearch.org) ।

  • परिस्थितिले अनुमति दिएसम्म मृतकहरूका लागि बप्तिस्मामा र प्रमाणीकरणमा सहभागी हुनुहोस् ।

१०.३

बिशपरिक

बिशपको प्रमुख उत्तरदायित्व उनको वार्डका युवा र युवतीहरूको हेरचाह गर्नु हो । उनले तिनीहरूको नाम सम्झन्छन् र तिनीहरूका घरको परिस्थितिलाई बुझ्छन् । उनी नियमित रूपमा तिनीहरूका क्रियाकलापहरू र आइतबारका सभामा सहभागी हुन्छन् ।

बिशप पादरीहरूको गणका अध्यक्ष हुन् ।

बिशपरिकका पहिलो सल्लाहकारसँग शिक्षकहरूको गणका लागि उत्तरदायित्व छन् । दोस्रो सल्लाहकारसँग डिकनहरूको गणका लागि उत्तरदायित्व छन् ।

हारुनको पादरित्वको गणहरूका लागि बिशपरिक सँग निम्न अतिरिक्त उत्तरदायित्वहरू छन्:

  • वर्षमा कम्तिमा दुई पटक प्रत्येक युवासँग भेट्नुहोस् (हेर्नुहोस् ३१.३.१) ।

  • युवालाई मल्कीसेदेक पादरित्व प्राप्त गर्नका लागि तयार हुन सहयोग गर्नुहोस् ।

  • हारुनको पादरित्वको गणहरूका अभिलेखहरू, प्रतिवेदनहरू र वित्तको निरीक्षण गर्नुहोस् ।

गणका सल्लाहकारहरू र विशेषज्ञहरूले अनुरोध गरेअनुसार यी उत्तरदायित्वहरूमा सहयोग गर्छन् ।

१०.४

युवाहरूको गणका अगुवाहरू

१०.४.१

बोलवट गर्ने, समर्थन गर्ने र पदीय जिम्मेवारी दिने

बिशपले एक वा दुई जना पादरीहरूलाई पादरीहरूको गणको नेतृत्व गर्न आफ्नो सहायक बन्न बोलावट गर्छन् ।

बिशप्रिकका एक सदस्यले डिकन र शिक्षक गणका अध्यक्षहरूको बोलावट गर्छन् । सेवा गर्नका लागि पर्याप्त हारुनको पादरित्व बाहकहरू हुँदा, यी युवाहरूले प्रार्थनापूर्वक गणका सदस्यहरूलाई सल्लाहकार र सचिवका रूपमा सिफारिस गर्नका लागि विचार गर्छन् ।

यी बोलावटहरू विस्तार गरेपछि, बिशप्रिकका सदस्यले युवा गणका अगुवाहरूलाई तिनीहरूको गणका सभामा समर्थनका लागि प्रस्तुत गर्छन् । बिशपले आफ्ना सहायकहरू र डिकनहरू र शिक्षकहरूको गणका अध्यक्षहरूलाई पदीय जिम्मेवारी दिन्छन् । उनले गणका अध्यक्षहरूलाई पादरित्वका साँचाहरू प्रदान गर्छन् । उनले आफ्ना सल्लाहकारहरूलाई अध्यक्ष पदका अन्य सदस्यहरू र सचिवहरूलाई पदीय जिम्मेवारी दिन नियुक्त गर्न सक्छन् ।

१०.४.२

उत्तरदायित्वहरू

  • मुक्ति र उत्कर्षको कार्यमा सहभागी हुन गणका प्रयासहरूको नेतृत्व गर्नुहोस् (हेर्नुहोस् अध्याय १) ।

  • गणका सभाहरूमा सहभागी नहुनेहरू सहित गणका प्रत्येक सदस्यलाई चिन्नुहोस् र सेवा गर्नुहोस् ।

  • वार्ड युवा परिषदमा सेवा गर्नुहोस् (हेर्नुहोस् १०.४.४) ।

  • गणका सदस्यहरूलाई तिनीहरूको पादरित्वका कर्तव्यहरू सिकाउनुहोस् (हेर्नुहोस् सिद्धान्त र करार १०७:८५–८८) ।

  • योजना बनाउनुहोस् र गणका सभाहरू सञ्चालन गर्नुहोस् (हेर्नुहोस् १०.२.१.२)।

  • गणका सेवा र क्रियाकलापहरूको योजना बनाउनुहोस् र सञ्चालन गर्नुहोस् (हेर्नुहोस् १०.२.१.३) ।

१०.४.३

गणका अध्यक्षताको सभा

हारुनको गणको अध्यक्षताहरूले नियमित रूपमा भेटघाट गर्छन् । गणका अध्यक्षले यी सभाहरू सञ्चालन गर्छन् । कम्तिमा दुई वयस्कहरू उपस्थित हुन्छन्—बिशपरिक का एक सदस्य, एक सल्लाहकार वा एक विशेषज्ञ ।

१०.४.४

वार्ड युवा परिषद्

वार्ड युवा परिषद्का सम्बन्धमा थप जानकारीका लागि २९.२.६ हेर्नुहोस् ।

१०.८

अतिरिक्त मार्गदर्शन र नीतिहरू

१०.८.१

युवालाई सुरक्षा गर्ने

जब वयस्कहरूले चर्चका संयन्त्रहरूमा युवाहरूसँग अन्तरक्रिया गरिरहदा कम्तिमा दुई जिम्मेवार वयस्कहरू उपस्थित हुनुपर्छ ।

युवाहरूसँग कार्य गर्ने सबै वयस्कहरूले पदीय जिम्मेवारी दिइएको एक महिनाभित्रमा बालबालिकाहरू र युवा सुरक्षा तालीम पूरा गर्नुपर्छ (ProtectingChildren.ChurchofJesusChrist.org) ।