पुस्तिकाहरू र बोलावटहरू
९. राहत समाज


“९. राहत समाज,” साधारण पुस्तिकाबाट छनोटहरू (२०२३) ।

“९. राहत समाज,” साधारण पुस्तिकाबाट छनोटहरू

छवि
धर्मशास्त्रहरू अध्ययन गरिरहेका महिलाहरू

९.

राहत समाज

९.१

उद्देश्य र सङ्गठन

९.१.१

उद्देश्य

अगमवक्ता जोसेफ स्मिथले सिकाउनुभयो कि राहत समाजको उद्देश्य आत्माहरूलाई बचाउनु र पीडालाई कम गर्नु हो ।

राहत समाजको आदर्श वाक्य “परोपकार कहिल्यै असफल हुँदैन”१ कोरिन्थी १३:८) ।

९.१.२

राहत समाजमा सदस्यता

एउटी युवती १८ वर्ष पुगेपछि राहत समाजमा सहभागी हुन सुरू गर्न सक्छिन् । १९ वर्षको उमेरमा वा विश्वविद्यालय वा सुसमाचार सेवा गर्न जानका लागि घरबाट सर्दा उनले राहत समाजमा सहभागी हुनुपर्दछ ।

१८ मुनिका विवाहित महिलाहरू पनि राहत समाजका सदस्य हुन् ।

९.२

मुक्ति र उत्कर्षको कार्यमा सहभागी हुने

९.२.१

येशू ख्रीष्टको सुसमाचारअनुसार जिउने

९.२.१.२

राहत समाजका सभाहरूमा सुसमाचार अध्ययन

सभाहरू महिनाको दोस्रो र चौथो आइतबार आयोजना गरिन्छन् । तिनीहरू ५० मिनेटका हुन्छन् । राहत समाजको अध्यक्षताले यी सभाहरूको योजना निर्माण गर्छन् । अध्यक्षताको एक सदस्यले सञ्चालन गर्छन् ।

राहत समाजका सभाहरू भर्खरैको साधारण सम्मेलनको एक वा बढी व्यक्तव्यका विषयहरूमा केन्द्रित हुन्छन् ।

९.२.१.३

क्रियाकलापहरू

राहत समाजका अध्यक्षताहरूले क्रियाकिलापहरू आयोजना गर्न सक्छन् । अधिकांश क्रियाकलापहरू आइतबार वा सोमबारका साँझहरू बाहेक अन्य समयमा आयोजना गरिन्छन् ।

९.२.२

आवश्यकतामा परेकाहरूको हेरचाह गर्ने

९.२.२.१

सेवा गर्ने

दिदीबहिनीहरूले राहत समाजकी अध्यक्षताबाट सेवाका कार्यभारहरू प्राप्त गर्छन् ‌। थप जानकारीका लागि, हेर्नुहोस् अध्याय २१

९.२.२.२

छोटो अवधिका आवश्यकताहरू

सेवा गर्ने दिदीबहिनीहरूले आफूले सेवा गर्नेहरूका आवश्यकताहरू बुझ्न र तिनीहरूका आवश्यकता पूरा गर्न खोज्छन् ‌। सदस्यहरूलाई बिरामी पर्दा, जन्म, मृत्युको समयमा, जागीर गुमाउँदा र अन्य परिस्थितिहरूमा छोटो-अवधिका लागि सहयोग आवश्यक पर्न सक्छ ।

आवश्यक पर्दा सेवा गर्ने दिदीबहिनीहरूले राहत समाजको अध्यक्षतालाई सहयोगका लागि अनुरोध गर्छन् ‌।

९.२.२.३

दीर्घकालीन आवश्यकता र आत्मनिर्भरता

बिशपद्वारा समन्वय गरिए अनुसार, राहत समाज र एल्डरहरूको गणका अध्यक्षताहरूले सदस्यहरूलाई दीर्घकालीन आवश्यकता र आत्मनिर्भरतामा सहयोग गर्छन् ।

राहत समाज, एल्डरहरूको गणका अध्यक्ष वा अन्य अगुवाले व्यक्ति वा परिवारलाई आत्मनिर्भरता योजनाविकास गर्न सहयोग गर्छन् ।

९.२.२.४

जब वार्ड सदस्यको मृत्यु हुन्छ

जब वार्ड सदस्यको मृत्यु हुन्छ, राहत समाज र एल्डरहरूको गणका अध्यक्षताहरूले सान्त्वना र सहयोग प्रदान गर्छन् । बिशपको निर्देशनमा, उनीहरूले अन्त्येष्टिमा सहयोग गर्न सक्छन् ।

थप जानकारीका लागि, हेर्नुहोस् ३८.५.८

९.२.३

सुसमाचार ग्रहण गर्न सबैलाई आमन्त्रण गर्ने

राहत समाजकी अध्यक्षले वार्डमा सुसमाचार प्रचार कार्यको नेतृत्व गर्नका लागि अध्यक्षताको एक सदस्यलाई नियुक्त गर्छिन् । उनले यी प्रयासहरूलाई समन्वय गर्न एल्डरहरूको गणको अध्यक्षताको नियुक्त सदस्यसँग कार्य गर्छिन् (हेर्नुहोस् २३.५.१) ।

९.२.४

अनन्तताका लागि परिवारहरू एकतावद्ध गर्ने

राहत समाजकी अध्यक्षले वार्डमा मन्दिर र पारिवारिक इतिहासको कार्यमा नेतृत्व गर्नका लागि सहयोग गर्न अध्यक्षताको एक सदस्यलाई नियुक्त गर्छिन् । उनले यी प्रयासहरूलाई समन्वय गर्न एल्डरहरूको गणका नियुक्त सदस्यसँग कार्य गर्छिन् (हेर्नुहोस् २५.२.२) ।

९.३

राहत समाजका अगुवाहरू

९.३.१

बिशप

बिशपले सामान्यतया राहत समाजका अध्यक्षसँग मासिक रूपमा भेटघाट गर्छन् । तिनीहरूले सेवा गर्ने दिदीबहिनीहरूको सेवा लगायत मुक्ति र उत्कर्षको कार्यका सम्बन्धमा छलफल गर्छन् ।

९.३.२

राहत समाजको अध्यक्षता

९.३.२.१

राहत समाजको अध्यक्षतामा बोलावट गर्ने

बिशपले एक महिलालाई वार्ड राहत समाजको अध्यक्षका रूपमा सेवा गर्न बोलावट गर्छन् । यदि एकाइ पर्याप्त रूपमा ठूलो छ भने, तिनले उनलाई एक वा दुई उनको सल्लाहकारका रूपमा सेवा गर्न सिफारिस गर्छिन् ।

केही साना एकाइहरूमा युवती वा प्राथमिक अध्यक्ष नहुन सक्छन् । यी एकाइहरूमा राहत समाजका अध्यक्षले आमाबाबुलाई युवा र बालबालिकाका लागि निर्देशन योजना बनाउन सहयोग गर्न सक्छन् ।

९.३.२.२

उत्तरदायित्वहरू

राहत समाजकी अध्यक्षका निम्न उत्तरदायित्वहरू छन् । उनका सल्लाहकारहरूले उनलाई सहयोग गर्छन् ।

  • वार्ड परिषदमा सेवा गर्नुहोस् ।

  • मुक्ति र उत्कर्षको कार्यमा सहभागी हुन राहत समाजका प्रयासहरूको नेतृत्व गर्नुहोस् (हेर्नुहोस् अध्याय १) ।

  • सेवा गर्ने दिदीबहिनीहरूको सेवालाई व्यवस्थित र निरीक्षण गर्नुहोस् ।

  • बिशपका नेतृत्वमा, उनले वार्डका वयस्क सदस्यहरूको सल्लाह लिन्छन् ।

  • अविवाहित र विवाहित दुबै युवती वयस्क दिदीबहिनीहरूलाई मजबुत बनाउन राहत समाजका प्रयासहरूलाई समन्वय गर्नुहोस् ।

  • राहत समाजका प्रत्येक सदस्यसँग वर्षमा कम्तिमा एक पटक व्यक्तिगत रूपमा भेट्नुहोस् ।

  • राहत समाजका अभिलेखहरू, प्रतिवेदनहरू र वित्तको निरीक्षण गर्नुहोस् (हेर्नुहोस् LCR.ChurchofJesusChrist.org) ।

९.३.२.३

अध्यक्षताका सभा

राहत समाज अध्यक्षता र सचिवले नियमित रूपमा भेटघाट गर्छन् । अध्यक्षले यी सभाहरू सञ्चालन गर्छन् । छलफलका विषयमा निम्न विषयवस्तुहरू समावेश हुन सक्छन्:

  • दिदीबहिनीहरू र तिनीहरूका परिवारहरूलाई कसरी मजबुत बनाउने भन्ने योजना निर्माण गर्नुहोस् ।

  • सुसमाचार प्रचार र मन्दिर र पारिवारिक इतिहासका कार्यलाई समन्वय गर्नुहोस् ।

  • वार्ड परिषद्का सभाहरूबाटमा छलफल गरिएका कार्यभारहरू पूरा गर्नुहोस् ।

  • सेवाका अन्तर्वार्ताहरूबाट जानकारीको समीक्षा गर्नुहोस् ।

  • राहत समाजको बोलावट र कार्यभारहरूमा दिदीबहिनीहरूलाई सेवा गर्न विचार गर्नुहोस् ।

  • राहत समाजका सभाहरू र क्रियाकिलापहरूको योजना निर्माण गर्नुहोस् ।

९.३.३

सचिव

राहत समाजको अध्यक्षताले कुनै दिदीबहिनीलाई राहत समाज सचिवका रूपमा सेवा गर्न सिफारिस गर्न सक्छ ।

९.४

युवतीहरूलाई राहत समाजमा सहभागी हुनका लागि तयार हुन सहयोग गर्ने

राहत समाजको अध्यक्षताले युवतीहरूलाई राहत समाजमा सहभागी हुन तयार हुनका लागि सहयोग गर्न युवतीहरू, तिनीहरूका आमाबाबु र युवती अगुवाहरूसँग कार्य गर्छन् ।

अगुवाहरूले युवती र राहत समाजका दिदीबहिनीहरूलाई सम्बन्धहरूको विकास गर्न निरन्तर अवसरहरू पनि प्रदान गर्छन् । सेवा गर्ने दिदीबहिनीका रूपमा सँगै सेवा गर्नु सम्बन्ध निर्माण गर्ने एक महान् तरिका हो ।

९.६

अतिरिक्त मार्गदर्शन र नीतिहरू

९.६.२

साक्षरता

आवश्यकता अनुसार, राहत समाजको अध्यक्षताले सदस्यहरूलाई पढ्न र लेख्न सिक्नका लागि सहयोग गर्न बिशप, एल्डरहरूको गणको अध्यक्षता र वार्ड परिषद्सँग कार्य गर्छन् ।