पुस्तिकाहरू र बोलावटहरू
८. एल्डरहरूको गण


“८. एल्डरहरूको गण,” साधारण पुस्तिकाबाट छनोटहरू (२०२३) ।

“८. एल्डरहरूको गण,” साधारण पुस्तिकाबाट छनोटहरू

छवि
पुरुषहरू वार्तालाप गर्दै

८.

एल्डरहरूको गण

८.१

उद्देश्य र सङ्गठन

८.१.१

उद्देश्य

१८ र सो माथिका योग्य पुरुषहरूले मल्कीसेदेक पादरित्व प्राप्त गर्न सक्छन् र एल्डरको पदमा नियुक्त गरिन सक्छन् । त्यो विभागमा नियुक्त भएका पुरुषले परमेश्वरलाई उहाँको कार्य पूरा गर्न सहयोग गर्न पवित्र करारमा प्रवेश गर्छन् (हेर्नुहोस् सिद्धान्त र करार ८४:३३-४४) ।

८.१.२

एल्डरहरूको गणमा सदस्यता

प्रत्येक वार्डमा एल्डरहरूको गण छ । यसले निम्न बन्धुहरूलाई समावेश गर्छ:

  • वार्डका सबै एल्डरहरू ।

  • वार्डका सबै सम्भावित एल्डरहरू (हेर्नुहोस् ८.४) ।

  • हाल किला अध्यक्षतामा, बिशप्रिकमा, उच्च परिषदमा वा कुलपिताको रूपमा सेवा गरिरहेका बाहेक वार्डका सबै उच्च पादरीहरू ।

एल्डर नियुक्त नभएको भए तापनि एक युवा १८ वर्षको भएपछि एल्डरहरूको गणमा सहभागी हुन सुरू गर्न सक्छन् । १९ वर्षको उमेरमा वा विश्वविद्यालय वा सुसमाचार सेवा गर्न जानका लागि घरबाट सर्दा यदि उनी योग्य छन् भने, उनलाई एल्डर नियुक्त गर्नुपर्छ ।

१८ मुनिका विवाहित पुरुषहरू सम्भावित एल्डरहरू हुन् र एल्डरहरूको गणका सदस्यहरू पनि हुन् ।

८.२

मुक्ति र उत्कर्षको कार्यमा सहभागी हुने

८.२.१

येशू ख्रीष्टको सुसमाचार अनुसार जिउने

८.२.१.२

गणका सभाहरूमा सुसमाचारको अध्ययन

सभाहरू महिनाको दोस्रो र चौथो आइतबार आयोजना गरिन्छन् । तिनीहरू ५० मिनेटका हुन्छन् । एल्डरहरूको गणको अध्यक्षताले यी सभाहरूको योजना बनाउँछन् । अध्यक्षताको एक सदस्यले सञ्चालन गर्छन् ।

गणका सभाहरू भर्खरैको सामान्य सम्मेलनको एक वा बढी व्यक्तव्यका विषयहरूमा केन्द्रित हुन्छन् ।

८.२.१.३

क्रियाकलापहरू

एल्डरहरूको गणका अध्यक्षताहरूले क्रियाकिलापहरू आयोजना गर्न सक्छन् । अधिकांश क्रियाकलापहरू आइतबार वा सोमबारका साँझहरू बाहेक अन्य समयमा आयोजना गरिन्छन् ।

८.२.२

आवश्यकतामा परेकाहरूको हेरचाह गर्ने

८.२.२.१

सेवा गर्ने

एल्डरहरूको गणका सदस्यहरूले गणका अध्यक्षताबाट सेवाका कार्यभारहरू प्राप्त गर्छन् । थप जानकारीका लागि, हेर्नुहोस् अध्याय २१

८.२.२.२

छोटो अवधिका आवश्यकताहरू

सेवा गर्ने बन्धुहरू आफूले सेवा गर्नेहरूका आवश्यकताहरू बुझ्न र तिनीहरूका आवश्यकता पूरा गर्न खोज्छन् ‌। सदस्यहरूलाई बिरामी पर्दा, जन्म, मृत्युको समयमा, जागिर गुमाउँदा र अन्य परिस्थितिहरूमा छोटो-अवधिका लागि सहयोग आवश्यक हुन सक्छ ।

आवश्यक पर्दा सेवा गर्ने बन्धुहरूले एल्डरहरूको गणका अध्यक्षतालाई सहयोगका लागि अनुरोध गर्छन् ‌।

८.२.२.३

दीर्घकालीन आवश्यकता र आत्मनिर्भरता

बिशपद्वारा समन्वय गरिए अनुसार, एल्डरहरूको गण र राहत समाजका अध्यक्षताहरूले सदस्यहरूलाई दीर्घकालीन आवश्यकता र आत्मनिर्भरतामा सहयोग गर्छन् ।

एल्डरहरूको गणका अध्यक्ष, राहत समाजका अध्यक्ष वा अन्य अगुवाले व्यक्ति वा परिवारलाई आत्मनिर्भरता योजना विकास गर्न सहयोग गर्छन् । सेवा गर्ने बन्धुहरू वा दिदीबहिनीहरूले पनि योजनामा ​​सहयोग गर्न सक्छन् ।

८.२.२.४

जब वार्ड सदस्यको मृत्यु हुन्छ

जब वार्ड सदस्यको मृत्यु हुन्छ, एल्डरहरूको गण र राहत समाजका अध्यक्षहरूले सान्त्वना र सहयोग प्रदान गर्छन् । बिशपको निर्देशनमा, उनीहरूले अन्त्येष्टिमा सहयोग गर्न सक्छन् ।

थप जानकारीका लागि, हेर्नुहोस् ३८.५.८

८.२.३

सुसमाचार ग्रहण गर्न सबैलाई आमन्त्रण गर्ने

एल्डरहरूको गणका अध्यक्षले वार्डमा सुसमाचारको कार्यको नेतृत्व गर्न सदस्यहरूलाई सहयोग गर्न अध्यक्षताको एक सदस्यलाई नियुक्त गर्छन् । तिनले यी प्रयासहरूलाई समन्वय गर्न राहत समाजको अध्यक्षताको नियुक्त सदस्यसँग कार्य गर्छन् ।

हेर्नुहोस् २३.५.१२३.५.३

८.२.४

अनन्तताका लागि परिवारहरू एकतावद्ध गर्ने

एल्डरहरूको गणका अध्यक्षले वार्डमा मन्दिर र पारिवारिक इतिहासको कार्यमा नेतृत्व गर्नका लागि सहयोग गर्न अध्यक्षताको एक सदस्यलाई नियुक्त गर्दछ । तिनले यी प्रयासहरूलाई समन्वय गर्न राहत समाजको अध्यक्षताको नियुक्त सदस्यसँग कार्य गर्छन् ।

हेर्नुहोस् २५.२.२

८.३

एल्डरहरूको गणका अगुवाहरू

८.३.१

किला अध्यक्षता र बिशप

एल्डरहरूको गणका अध्यक्ष किला अध्यक्षतासँग प्रत्यक्ष रूपमा उत्तरदायी छन् । उनले आफ्नो उत्तरदायित्वका सम्बन्धमा निर्देशन र प्रतिवेदन लिन अध्यक्षताका सदस्यसँग नियमित रूपमा भेटघाट गर्छन् ।

एल्डरहरूको गणका अध्यक्षले पनि बिशपबाट निर्देशन प्राप्त गर्छन्, जो वार्डका अध्यक्षता गर्ने अधिकारी हुन् । उनीहरू नियमित रूपमा भेटघाट गर्छन् ।

८.३.२

उच्च सल्लाहकार

किला अध्यक्षताले प्रत्येक एल्डरहरूको गणमा उनीहरूको प्रतिनिधित्व गर्न उच्च सल्लाहकार नियुक्त गर्छन् । उनका उत्तरदायित्वहरू ६.५मा उल्लेख गरिएका छन् ।

८.३.३

एल्डरहरूको गणको अध्यक्षता

८.३.३.१

एल्डरहरूको गणको अध्यक्षताको बोलावट

बिशपसँग परामर्श गरेपछि, किला अध्यक्षले एल्डरहरूको गणका अध्यक्षका रूपमा सेवा गर्न एल्डर वा उच्च पादरीलाई बोलावट गर्छन् ।

यदि एकाइ पर्याप्त रूपमा ठूलो छ भने, एल्डरहरूको गणका अध्यक्षले किला अध्यक्षलाई एक वा दुई एल्डरहरू वा उच्च पादरीहरूलाई सल्लाहकारका रूपमा सेवा गर्न सिफारिस गर्छन् ।

८.३.३.२

उत्तरदायित्वहरू

एल्डरहरूको गणका अध्यक्षका निम्न उत्तरदायित्वहरू छन् । उनका सल्लाहकारहरूले उनलाई सहयोग गर्छन् ।

  • वार्ड परिषदमा सेवा गर्छन् ।

  • मुक्ति र उत्कर्षको कार्यमा सहभागी हुन गणका प्रयासहरूको नेतृत्व गर्छन् (हेर्नुहोस् अध्याय १) ।

  • सेवा गर्ने बन्धुहरूको सेवालाई व्यवस्थित र निरीक्षण गर्छन् ।

  • बिशपका नेतृत्वमा वार्डका वयस्क सदस्यहरूसँग सल्लाह लिन्छन् ।

  • अविवाहित र विवाहित दुबै युवा वयस्क बन्धुहरूलाई मजबुत बनाउन एल्डरहरूको गणका प्रयासहरूलाई समन्वय गर्छन् ।

  • वर्षमा कम्तिमा एक पटक प्रत्येक गणका सदस्यसँग व्यक्तिगत रूपमा भेट्छन् ।

  • गणका सदस्यहरूलाई तिनीहरूको पादरित्वका कर्तव्यहरू सिकाउँछन् (हेर्नुहोस् सिद्धान्त र करार १०७:८९) । यसमा उनीहरूलाई विधिहरू र आशीर्वादहरू पूरा गर्न आफ्नो पादरित्व कसरी प्रयोग गर्ने भनेर सिकाउने विषय समावेश छ ।

  • गणका अभिलेखहरू, प्रतिवेदनहरू र वित्तको निरीक्षण गर्छन् (हेर्नुहोस् LCR.ChurchofJesusChrist.org).

८.३.३.३

अध्यक्षताका सभा

एल्डरहरूको गणको अध्यक्षता र सचिवले नियमित रूपमा भेटघाट गर्छन् । अध्यक्षले यी सभाहरू सञ्चालन गर्छन् । गणमा तोकिएका उच्च पादरीहरू आवधिक रूपमा उपस्थित हुन्छन् ।

छलफलका विषयमा निम्न विषयवस्तुहरू समावेश हुन सक्छन्:

  • गणका सदस्यहरू (सम्भावित एल्डरहरू सहित) र उनीहरूका परिवारहरूलाई कसरी मजबुत बनाउने भन्ने योजना निर्माण गर्नुहोस् ।

  • सुसमाचार प्रचार र मन्दिर र पारिवारिक इतिहासका कार्यलाई समन्वय गर्नुहोस् ।

  • वार्ड परिषद्का सभाहरूबाट कार्यभारहरूका सम्बन्धमा प्रतिक्रिया दिनुहोस् ।

  • सेवाका अन्तर्वार्ताहरूबाट जानकारीको समीक्षा गर्नुहोस् ।

  • बन्धुहरूलाई बोलावट र कार्यभारहरूमा सेवा गर्न विचार गर्नुहोस् ।

  • गणका सभाहरू र क्रियाकिलापहरूको योजना निर्माण गर्नुहोस् ।

८.३.४

सचिव

बिशपको स्वीकृतिमा, एल्डरहरूको गणको अध्यक्षताका सदस्यले गणका सदस्यलाई गणको सचिवका रूपमा बोलावट दिन सक्छन् ।

८.४

सम्भावित एल्डरहरूलाई मल्कीसेदेक पादरित्व प्राप्त गर्नका लागि तयार हुन सहयोग गर्ने

कुनै सम्भावित एल्डर एक पुरुष चर्च सदस्य हुन् जसले मल्कीसेदेक पादरित्व प्राप्त गरेका छैनन् र (१) १९ वर्ष वा माथिका वा (२) १९ वर्ष मुनि अनि विवाहित छन् ।

सम्भावित एल्डरहरूलाई मल्कीसेदेक पादरित्व प्राप्त गर्नका लागि तयार हुन सहयोग गर्नु गणका अध्यक्षताको प्रमुख प्राथमिकताहरू मध्येको एक हो ।